ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी अभिवृद्धिका लागि सरकारले ल्याएका अध्यादेश स्वागतयोग्य- निजी क्षेत्र


एबीसी न्यूज
२ माघ २०८१, बुधबार   ३ : ५१   बजे

काठमाडौं २ माघ । निजी क्षेत्रका संघ–संस्थाहरूले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने गरी जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन्।

गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो।

बुधवार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य भएको बताउँदै सरकारलाई धन्यावाद दिएका हुन्।

हाल बजारमा आएको संकुचन हटाई अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने उनीहरूको विश्वास छ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अध्यादेशमार्फत विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको विदेशी विनिमय नियमित गर्ने ऐनमा परिर्वतन गरेकोमा सरकारलाई धन्यावद दिए।

उनले अब नेपालबाहिर समेत व्यवसायिक क्रियाकलाप गरेर विदशबाट लगानी भित्र्याउने बाटो खुलेको बताए। उनले कालोबजारी ऐनमा भएको परिवर्तनले समेत उद्योगी व्यवसायीहरू खुशी भएको बताए।

उनले राजश्व चुहावट र राजश्व न्यायधीकरणसम्बन्धी ऐनमा धरौटीको व्यवस्था राखि मिलापत्र लगायतका विषयहरू समेटिएकोमा नीजि क्षेत्र उत्साहित भएको बताए।

अध्यक्ष ढकालले भने, ‘सरकारले अध्यादेशमार्फत विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको विदेशी विनिमय नियमित गर्ने ऐनमा परिवर्तन गर्दै सूचना प्रविधि उद्योगलाई विदेशमा लगानी गर्ने जुन व्यवस्था गरिएको छ यसले नेपालमा व्यवसायिक क्रियाकलाप गरेर विदशबाट पनि बेनिफिट लिनसक्ने व्यवस्था भएको छ। निजी क्षेत्रले पहिलेदेखि नै यो माग उठाइरहेको थियो। यसका लागि म सरकारलाई निजी क्षेत्रको तर्फबाट धेरै धेरे धनयवाद दिन चाहन्छु।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक तथा व्यवसायी वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दूरगामी महत्वको रहेको बताए। उनले उक्त अध्यादेशले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएको बताए।

उनले लामो समयदेखि बजारमा संकुचलन र आर्थिक गतिविधि शिथिल हुँदा सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसकेको बताए। उनले सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भएपनि प्रथम त्रैमासमा ३।४ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गरे।

उनले आर्थिक वृद्धिदरमा सुधार नहुनुमा नीतिगत समस्या रहेकोमा अब सुधारको प्रयास अगाडि बढ्ने विश्वस व्यक्त गरे।

 

उनले भने, ‘अहिले सरकारले ल्याएको आर्थिक तथा व्यवसायी वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको यो अध्यादेश एकदमै सकारात्मक र दूरगामी महत्वको रहेको हामीले महशुस गरेका छौं। सार्वजनिक सेवा सुधार तथा आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न अध्यादेश आएको छ। यसले मुलुकको आर्थिक वातावरणमास सुधार र लगानी अभिवृद्धि हुने विश्वास हामी सबै उद्यमी व्यवसायीहरूले गरेका छौं।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजारको मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरूको खस्कँदो मनोबल लगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानूनहरूमा गरिएको सुधारले लगानीकर्तामा सकारात्कक सन्देश बताए।

उनले कानूनहरमा भएको परिवर्तनले उद्योगी व्यवसायीहरूमा नयाँ रक्त सञ्चार हुने विश्वास व्यक्त गर्नुभयो। मुलुकको आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको दृढ इच्छाशक्तिको स्वागत गरे।

उनले ध्यादेशका व्यवस्थाका कारण लगानीमैत्री वातावरण सृजना हुँदा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन योगदान मिल्ने बताए।

उनले भने, ‘हाल बजारको मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरूको खस्कँदो मनोबल लगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानूनहरूमा गरिएको सुधारले लगानीकर्तामा सकारात्कक सन्देश गएको हाम्रो विश्वास छ। अहिले कानूनहरूमा द्रुत गतिमा जुन परिवर्तन भएको छ यसबाट नीजि क्षेत्रमा नयाँ रक्तसञ्चार हुने विश्वास हामीले लिएका छौं।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group