ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रसिद्ध वैज्ञानिक स्टेफन हकिनको निधन


admin
३० फाल्गुन २०७४, बुधबार   ११ : ४८   बजे

काठमाडौं, ३० फागुन । भौतिक विज्ञान शास्त्रका प्रसिद्ध वैज्ञानिक स्टेफन हकिनको ७६ बर्षको उमेरमा लण्डनमा निधन भएको छ । बेलायतको लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा हकिनको निधन भएको उनको परिवारले जानकारी दिएको छ । हकिङले ब्ल्याक् होल र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए। उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्।

उनका तीन छोराछोरी लुसी, रबर्ट र टिमले बुबाको निधन भएको जानकारी दिदै भनेकाछ छन्, ‘हाम्रा प्यारा बुवा आज बित्नु भएकाले हामी दुःखी छौँ।’ उहाँ महान् वैज्ञानिक र असाधारण व्यक्ति हुनुहुन्थ्यो जसको काम र विरासत धेरै समयसम्म जिउँदो रहने छ। उनीहरूले आफ्ना पिताको साहस र दृढताको प्रशंसा गर्दै उनको प्रतिभा र हास्यकलाले विश्वभरि मानिसहरूलाई उत्प्रेरित गरिराख्ने विश्वास व्यक्त गरेका छन्।

चर्चित अ ब्रिफ हिस्ट्री अफ टाइम पुस्तकका बेलायती लेखक समेत रहेका हकिन सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलकाबारे विभिन्न नयाँ तथ्य पहिल्याउने प्रखर वैज्ञानिक मानिन्छन् । सन् १९४२ मा जन्मिएका हकिन भौतिक विज्ञानका ज्ञातामात्र नभई क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत हुनुहुन्थ्यो । सन् १९६३ मा मोर्टन न्युरोन रोग लागेको पत्ता लागेपछि उहाँलाई चिकित्सकहहरुले २ बर्ष बाँच्ने बताएका थिए । तर चिकित्सकीय भनाइलाई चुनौती दिंदै हकिन आधा शताब्दीभन्दा धेरै बाँच्न सफल हुनुभयो ।

१९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा नेचुरल साइन्स पढ्ने अवसर पाएसँगै उहाँले क्याम्ब्रिजबाट विद्यावारिधी गर्नुभएको थियो । १९७४ मा उनले ब्ल्याक होलले हकिङ रेडियसन फाल्छ भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । १९८८ मा प्रकाशित उहाँले लेखेको पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइम १ करोडभन्दा बढी प्रति विक्री भइसकेको छ । उहाँको जीवनीमा आधारित भएर सन् २०१४ मा द थेउरी अफ एभ्रीथिङ नामक चलचित्र नै बनेको थियो । आफ्नो जीवनको लामो समय ह्वीलचेयरमा बिताउनुभएका उहाँले आफ्नो शारीरिक असक्षमतालाई पछि छोड्दै इच्छाशक्ति भयो भने कुनै दुर्बलताले रोक्दैन भन्ने प्रमाणित गर्नुभयो ।

को थिए हकिङ?

  • जन्म: अक्सफोर्ड, इङ्ल्याण्डमा सन् १९४२, ज्यानुअरी ६
  • सन् १९५९ मा नेचुरल साइन्स अध्ययन गर्न अक्सफोर्ड विश्वविद्यालय प्रवेश
  • पछि क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि
  • सन् १९६३ मा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी रोग लागेको निदान भएपछि जम्मा दुई वर्ष मात्र आयु बाँकी रहेको बताइएको
  • सन् १९७४ मा ‘ब्ल्याक् होल्’बाट ‘हकिङ विकिरण’ निस्किने सिद्धान्तको प्रतिपादन
  • सन् १९८८ मा ‘अ ब्रीफ् हिस्ट्री अफ् टाइम्’ प्रकाशित। यो पुस्तकको एक करोडभन्दा बढी प्रति बिकिसकेको छ।
  • सन् २०१४ मा उनको जीवनकथामा आधारित चलचित्र ‘द थिअरी अफ् एभ्रिथिङ्’ को निर्माण

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group