ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धक्का खाएका रुस र इरानले गरे २० वर्षे ‘रणनीतिक साझेदारी’


एबीसी न्यूज
५ माघ २०८१, शनिबार   ५ : २८   बजे

काठमाडौं ५ माघ । रुस र इरानले लामो समयदेखि ढिलाइ हुँदै आएको एउटा दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेका छन्। दुवै देशले भूराजनीतिक दबाब चरम विन्दुमा पुगेका बेला यस्तो सम्झौता गरेका हुन्।

यो २० वर्षे रणनीतिक साझेदारीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शुक्रबार मस्कोमा हस्ताक्षर गरेका छन्। जसले दुई देशको सैन्य तथा आर्थिक सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ। यद्यपि, यो सम्झौता पश्चिमा मुलुकहरूका लागि भने टाउको दुखाइको विषय हुन सक्छ।

हस्ताक्षरपछि पुटिनले रुस र इरानले दृढतापूर्वक विदेशी दबाबको सामाना गर्ने बताए।

सम्झौतामा दुवै देशले आफ्नो भूमि एकअर्काका लागि खतरा उत्पन्न कुनै काममा प्रयोग गर्न नदिने वाचा गरेका छन्। त्यस्तै, सैन्य र सुरक्षा खतराको सामना गर्न एकअर्कालाई सल्लाह र सहयोग दिने, संयुक्त सैन्य अभ्यास गर्ने सर्तहरू पनि छन्।

यसले उर्जा क्षेत्रको सहकार्य र व्यापार पनि बढाउने बताइएको छ। पुटिनले इरानमा नयाँ परमाणु उर्जा एकाइ निर्माणका विषयमा पनि विचार गरिरहेको बताएका छन्।

पेजेस्कियानले यसलाई बहुध्रुवीय विश्व निर्माणतर्फको कदम भनेका छन्।

यसै पनि इरान र रुस एकअर्काका निकै नजिक छन्। इरानले युक्रेन युद्धमा रुसलाई सघाइरहेको बताइन्छ।

यी दुवै देशले भारी पश्चिमा प्रतिबन्ध झेलिरहेका छन्। र, यो सम्झौता त्यतिखेर भएको छ, जतिबेला डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको शपथ लिन लाग्दैछन्।

ट्रम्पले इरानप्रति आक्रामक नीति अख्तियार गर्ने आकलन गरिएको छ।

अर्कोतिर, सिरियामा बसर अल असदको सत्ता ढल्दा पश्चिम एसियामा यी दुवै देशले धक्का खाएको महसुस गरेका छन्।

सिरियामा नयाँ सत्ता र टर्कीको बढ्दो भूमिकाका कारण पश्चिम एसियाको भूराजनीतिक समीकरणमा पनि बदलाव आउन सक्ने अनुमान छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group