जब डोनाल्ड जे ट्रम्पले आफ्नो पहिलो कार्यकाल सुरू गर्दैथिए, त्यो बेलो उनी राजनीतिमा नयाँ थिए र रिपब्लिकन पार्टीका बाहिरिया मानिन्थे । उनको मन्त्रिपरिषद् परम्परागत रिपब्लिकन, व्यापारी र सेनाका उच्च अधिकारीहरूको मिश्रणजस्तो थियो। तर, तीमध्ये धेरैको कार्यकाल छोटो रह्यो—पहिलो दुई वर्षमै ट्रम्पका दस जना मन्त्रिपरिषद्का सदस्यहरूले पद छोड्नु परेको थियो । त्यसरी छाड्नेहरुमध्ये प्रायः सबैजना ट्रम्पसँगको विवादमा थिए ।
ट्रम्पको नयाँ कार्यकालको सुरुआत शान्त रहनेछ भन्ने मान्नु मुर्खतापूर्ण आशा जस्तै हो । किन भने उनले आप्रवासन र व्यापारका विषयमा कार्यकारी आदेशहरूको लहर नै शुरु गर्ने निश्चितजस्तै छ। यी आदेशले अमेरिकाभित्र मात्र नभएर विश्वलाई नै एकप्रकारको कुटनीतिक कोलाहलमा बदल्न सक्छ ।
यो पटक भने उनका मनोनयनहरू विविधखाले छन्। तिनीहरूमा राजनीतिमा लामो अनुभव भएका व्यक्ति, वाल स्ट्रिटका ठूला हस्तीहरू र मिडियाम्यानहरु समेत देखिन्छन् । तिनीहरू सबैको एउटै महत्वपूर्ण विशेषता छः ट्रम्पप्रतिको अडिग निष्ठा र बफादारिता । यसरी नयाँ राष्ट्रपति पहिलेभन्दा अझ आत्मविश्वासी, थप कट्टरपन्थी, र व्यापक रूपमा स्वीकार्य समेत भएका छन्। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा व्यापक परिवर्तन ल्याउने प्रतिबद्धता जनाउँदै मातृभूमिले सामना गरेका सबै संकटलाई सुधार्ने संकल्प व्यक्त गरेका छन् ।
“भोलि देखि, म ऐतिहासिक गतिमा र शक्तिकासाथ क्रियाशील हुनेछु र हाम्रो देशले सामना गरेको हरेक संकट समाधान गर्नेछु,” ट्रम्पले सपथ ग्रहण समारोह पहिले आयोजना गरिएको एक समारोहमा प्रतिवद्धता जनाएका छन् ।
ट्रम्पको पूर्व सपथग्रहण र्यालीले अमेरिकाको इतिहासमा भएको सबैभन्दा हलचलपूर्ण र असम्भावित राजनीतिक पुनरागमनको उत्सवलाई समेटेको उल्लेख गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ ‘केवल १ माइल टाढा उभिएर उनले सोमबार राष्ट्रको ४७औं राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्न जाँदैछन्। ट्रम्पले आफ्नो पूर्व भाषणमार्फत पुनः निर्वाचन जितको विजय यात्रा गरिरहेको दावी गर्न छाडेका छैनन् । उनले भने “हामी जित्यौं!” । ट्रम्प, ठूलो भीड अगाडि बोल्न रुचाउँछन् र उनको सिग्नेचर कार्यशैलीका रुपमा कार्यकाल भरि ठूला ¥यालीहरु जारी रहने सम्भावना छ।
राष्ट्रपति–निर्वाचितले तिनले आफ्नै उम्मेदवारीको शपथ ग्रहण गरेदेखि नै देश बदलिँदै गइरहेको भन्दै आफैले त्यसका नाम “ट्रम्प प्रभाव” राखेका छन् । उनले टिकटकलाई पुनर्जीवित गर्न आफू सफल भएको भन्दै क्रेडिट लिएका छन् । जो अमेरिकी बजारमा बन्द भएको केही घण्टामै उनले टिकटकलाई तत्काल बन्द नगर्ने कार्यकारी आदेश जारी गरेर चीनसँगको सम्वन्धमा नाटकियता प्रदर्शन गर्ने संकेत गरेका छन् । ट्रम्पले सोमबार शपथ ग्रहण गरेसँगै २०० भन्दा बढी कार्यकारी आदेशहरूको शुरुआत गर्नेछन्, जसले आफ्नो चुनाव प्रचारमा गरेका नीति परिवर्तनहरूको शीघ्र कार्यान्वयनको प्रतिबद्धता देखाउने अपेक्षा गरिएको छ(वाशिंगटन पोष्ट, जनवरी १९, २०२५)।
“हामी राष्ट्रपति नभएको अवस्थामा पनि बढी प्राप्त गरेका छौं भने तिनीहरूले चार वर्षको कार्यकालमा पनि केही पनि हासिल गरेका छैनन्,” उनले भने।
डोनाल्ड ट्रम्पको पहिलो र दोस्रो सपथ ग्रहण समारोहको सबैभन्दा ध्यानाकर्षक भिन्नता कार्यक्रमको स्थान हुने भएको छ । आठ वर्षअघि उनले जनवरीको तुलनात्मक रूपमा मध्यम मौसममा क्यापिटल भवनको अगाडि भाषण गरेका थिए । तर यसपालि चिसो मौसमका कारण यो समारोह ४० वर्षपछि पहिलो पटक बन्द हलभित्र आयोजना गरिंदैछ।
सन् २०१७ र २०२५ बीचका गहिरा भिन्नताहरूलाई प्रस्ट पार्ने संकेतहरू यस सीमित कार्यक्रमको योजनाले नै संकेत गर्ने द इकोनोमिष्टले रोचक ढंगले उल्लेख गरेको छ (जनवरी १९, २०२५)।
शपथ लिने क्रममा ट्रम्पका उपराष्ट्रपतिले पहिलो स्थान लिनेछन् । यसअघि उनीसँग रेगन रिपब्लिकनिज्मका परम्परागत मान्यताहरूको प्रतिनिधित्व गर्ने माइक पेन्सको स्थिर नेतृत्व थियो । पेन्सले प्रतिनिधि सभामा एक दशकभन्दा बढी समय बिताएका थिए । र उनले चार वर्ष इन्डियानाको गभर्नरको रूपमा प्रशासन चलाएका थिए । उनले वाशिङ्टनको राजनीतिलाई राम्ररी बुझ्दथे । र पार्टीका मुख्य घटकहरूः स्वतन्त्र बजार समर्थक, सामाजिक परम्परावादी, र विदेश नीतिका पक्षधरहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्नेमा पेन्स सिद्धहस्त मानिन्थे । पेन्सको छनोट ट्रम्पबाट आफ्नै पार्टीलाई आश्वस्त पार्ने नम्रताको संकेत थियो । जब कि पहिलो पटक नै ट्रम्पले रिपब्लिकन पार्टीको नेतृत्वलाई ठाडै चुनौती दिएर आफ्नो जित हासिल गरेका थिए।
यसपटक भने ट्रम्पले गरेको उपराष्ट्रपतिको छनोटले ठीक उल्थो सन्देश दिएको छ। ४० वर्षीय जे.डी. भ्यान्स, वाशिङ्टनमा निर्वाचित अधिकारीको रूपमा ट्रम्पभन्दा आधा मात्र अनुभव भएका व्यक्ति हुन्। सिनेटमा आफ्नो छोटो कार्यकालमा उनले अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थशास्त्रमा रिपब्लिकन सोचको आधारभूत धारणालार्य चुनौती दिएका थिए। उनको पदोन्नति ट्रम्पको आत्मविश्वासको संकेत त प्रष्टै छ । ट्रम्पले दोस्रो इनिङमा आफूलाई गाइडभन्दा बढी आक्रमणकारी सहयोगी र वफादार सहयोगी चाहिएको देखाएको बुझ्न कठिन छैन । ट्रम्पले २०२० को चुनावपछि पेन्सबाट जे अपेक्षा गरेका थिए, त्यो नपाएका कारण जेडी भ्यान्सजस्ता वफादारको रोजाइतिर प्रवृत्त भएको स्पष्ट छ ।
राष्ट्रपति–निर्वाचितले तिनले आफ्नै उम्मेदवारीको शपथ ग्रहण गरेदेखि नै देश बदलिँदै गइरहेको भन्दै आफैले त्यसका नाम “ट्रम्प प्रभाव” राखेका छन् । उनले टिकटकलाई पुनर्जीवित गर्न आफू सफल भएको भन्दै क्रेडिट लिएका छन् ।
सपथ ग्रहण कार्यक्रममा उपस्थित हुने अन्य अतिथिहरू—वा अतिथिहरूको सूचीमा स्थान बनाएका व्यक्तिहरु—ट्रम्पको दोस्रो कार्यकालको ठूलो विरोधाभासको प्रमाणका रुपमा चिन्हित हुँदैछन । यसपटक ट्रम्प कम नियन्त्रणमा छन्, तर उनले कार्यालय सम्हाल्दै गर्दा अमेरिका र विश्वका धेरैजसो उनलाई सत्तामा देखेर कम चिन्तित देखिन्छन्।
२०१६ मा ट्रम्प एक प्रकारको अन्तर्राष्ट्रिय अपवादजस्ता थिए। जापानका प्रधानमन्त्रीले, नयाँ वास्तविकतालाई छिट्टै स्वीकार गर्दै ट्रम्पलाई न्यूयोर्कमा भेट्न गएका थिए । तर यसपटक ट्रम्पसँग व्यापक अन्तर्राष्ट्रिय समर्थन छ। अर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेई र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले कार्यक्रममा सहभागिता जनाएर ट्रम्पको विश्व वैचारिकीलाई अनुमोदन गर्दैछन् । चिनियाँ कम्युनिस्ट पार्टीले उपराष्ट्रपतिको रूपमा आफ्नो प्रतिनिधि पठाउँदै छ भने भारतका विदेशमन्त्री पनि ट्रम्पको समारोहमा उपस्थि हुन न्यूयोर्क पुगेका छन् । ट्रम्पको सपथ ग्रहण लगत्तै पहिलो विश्व सञ्जाल मध्येको क्वाडका विदेशमन्त्रीहरुको बैठक अमेरिकामा नै हुँदैछ । ट्रम्पका सल्लाहकारहरूले गाजा युद्धविराममा भूमिका खेलिरहेको समयमा परछायाँ कूटनीतिक भूमिकाले पनि विदेशबाट यति फराकिलो अतिथि सूची देखिनु कुनै आश्चर्य नभएको पश्चिमा मिडियाहरुले महत्वका साथ उल्लेख गरेका छन् ।
अमेरिकी जनताको प्रतिक्रिया पनि यसपटक धेरै फरक छ । २०१७ जनवरीमा देखिएको स्पष्ट भयको तुलनामा, यसपटक सडकहरू पर्यटकले भरिनु साथौ शहरभरि पार्टीहरू चलिरहेका छन्। वाशिङ्टनमा ट्रम्पविरोधी प्रदर्शनका आयोजकहरूले झन्डै ५० हजार मानिस आउने अपेक्षा गरेकोमा जम्मा ५,००० मात्र आएका छन्(द इकोनोमिष्ट, जनवरी १९, २०२५) । एकपटक ट्रम्पका आलोचक रहिसकेका स्नूप डगले क्रिप्टो बलमा प्रस्तुति मात्र दिएनन् । सोही दिन नवनिर्वाचित राष्ट्रपति ट्रम्पले $trup नामक नयाँ क्रिप्टोकरेन्सी सार्वजनिक गरेर उनी अमेरिकी नेता हुन् कि कारोबारी च्याम्पिएन भन्ने दुविधापनि खडा गरिदिएका छन् ।
शून्य डिग्री तापक्रमले ट्रम्पका विरोधीहरूबीचको सामूहिक उदासिनतालाई थप विस्तार गरिदिएको छ । सडकहरू सम्भवतः शान्त हुनेछन्, तर ट्रम्पले शपथ ग्रहण गर्ने रोटुन्डा सभाकक्षमा ठूला अमेरिकन व्यक्तित्वहरूले भरिनेछ।
ट्रम्प अहिले आफ्नो शक्तिको शिखरमा छन्, जहाँ उनले अहिलेसम्म कुनै अलोकप्रिय निर्णय गर्नु परेको छैन वा उनको ध्यान खिच्न प्रतिस्पर्धा गरिरहेका विभिन्न समूहहरूलाई निराश पारेका छैनन्। मार्क जुकरबर्ग, जेफ बेजोस, र एलन मस्क—जसले पहिलो कार्यकालमा ट्रम्पको खुलेर आलोचना गरेका थिए—अब मैत्रीपूर्ण ढंगमा प्रस्तुत भएका मात्र छैनन्, ट्रम्पको मागा अभियानका पैरवीकर्ता बनेका छन् । यहाँसम्म कि बिल गेट्सले पनि पछिल्लो समय नयाँ राष्ट्रपति ट्रम्पप्रति “प्रभावित” भएको बताएका छन्।
चुनावताकाको अन्त्यति फोव्र्स पत्रिकाले गरेको अनुमानमा कमला ह्यारिसलाई ८३ जना अर्बपतिहरूको समर्थन थियो भने ट्रम्पसँग ५२ को मात्र । तर चुनावी नजितजापछि धेरै व्यावसायिक टाइकुनहरू खुला रूपमा ट्रम्पको समर्थनमा आएका छन्। त्यही भएर ट्रम्पले चुनाव लगत्तै भनेका थिए “सबैले मेरो साथी बन्न चाहन्छन्,”। सम्भवत ट्रम्पलाई राम्ररी थाहा छ, त्यसरी साथी बन्न चाहनेहरुका आफ्नै निजी स्वार्थ छन् । किनकि उनको प्रशासनले नयाँ नियमहरू बनाउने र पुराना हटाउने तयारी गर्दैछ । यसले गर्द प्रत्यक्ष रूपमा मुनाफाका मार्जिनहरूमा ती टाइकुनहरुलाई असर पु¥याउन सक्छ।
पहिलो कार्यकालमा ट्रम्पले “डीप स्टेट“ले आफूलाई कमजोर बनाएका बताउँदै आएका थिए । त्यसो गत उनको कङ्ग्रेससँग पनि उनको केही हदसम्म झगडा थियो। यस हिसाबले पेन्सिल्भेनिया एभिन्युको अर्को किनाराका राजनीतिज्ञहरूसँग कुशलतापूर्वक समन्वय गर्नु ट्रम्पको प्रशासनको एजेन्डा कार्यान्वयनका लागि महत्वपूर्ण हुनेछ।
यसपटक ट्रम्पले आफ्नो दोस्रो कार्यकालको तयारीमा बढी कोशिश गरेको देखिएको छ। उनले व्यक्तिगत रूपमा हस्तक्षेप गर्दै माइक जोनसनलाई स्पीकरको रूपमा कायम निरन्तरता दिलाउन सफल भए । कङ्ग्रेसका विभिन्न समूहहरूलाई रणनीतिबारे छलफल गर्न मार–ए–लागोमा स्वागत गरिरहे । ट्रम्प जहिल्यै अप्रत्याशित छन्, तर समन्वयमा सुधार भएको देखिएको छ । उदाहरणका लागि, केही कार्यकारी आदेशहरू उनले ढिलो गर्न सक्छन् । जसले गर्दा राजस्व बचत कङ्ग्रेसद्वारा पारित गरी कर कटौती विस्तारबाट हुने राजस्व घाटामा गणना गर्न सकियोस् भन्ने उनको रणनीति हुनसक्ने वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ। यस्तो भएमा जो बाइडेनको विद्यार्थी ऋण राहतसम्बन्धी कार्यकारी आदेशको भाग्य हुन सक्छ(वाशिंगटन पोष्ट, जनवरी १८, २०२५)। ट्रम्प व्यवसायमा लाग्न यति उत्सुक छन् कि उनले सपथ ग्रहणलगत्तै कार्यकारी आदेशहरू हस्ताक्षर गर्न क्यापिटलको सिँढीमा “सानो डेस्क“ स्थापना गर्ने कुरा ठट्टैठट्टामा बताएका छन् । २०१७ मा पहिलोपटक राष्ट्रपति बनेको दिन उनले मात्र एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । तर, पहिलो १०० दिनभित्र उनले ३३ वटा आदेश जारी गरेको रेकर्ड छ (युएसस्टेटडट जिओभी)।
ट्रम्पका उत्तराधिकारी जो बाइडेनले भने सन् २०२१ मा सपथ ग्रहणकोपहिलो दिनमै ९ वटा आदेशमा हस्ताक्षर गरेका थिए । पहिलो १०० दिनभित्र बाइडेनले ४२ वटा आदेशमा हस्ताक्षर गरेर ४० प्रतिशतभन्दा धेरै त ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जारी गरेका आदेशहरूलाई रद्द गर्ने आदेशहरु थिए । अब ट्रम्पले फेरि त्यो व्यवहारको “प्रत्युत्तर“ दिने तयारी गरेका छन् ।
ट्रम्पको नयाँ कार्यकालको सुरुआत शान्त रहनेछ भन्ने मान्नु मुर्खतापूर्ण आशा जस्तै हो । किन भने उनले आप्रवासन र व्यापारका विषयमा कार्यकारी आदेशहरूको लहर नै शुरु गर्ने निश्चितजस्तै छ। यी आदेशले अमेरिकाभित्र मात्र नभएर विश्वलाई नै एकप्रकारको कुटनीतिक कोलाहलमा बदल्न सक्छ । तर अमेरिकी इतिहासमा नयाँ राष्ट्रपतिले कार्यकारी आदेशको बाढी लगाउने एक परम्परा जस्तै बस्दै आएको छ । उनको पूर्वज जो बाइडेनले पनि आफ्नो पहिलो दिनमा धेरै कार्यकारी आदेशहरू जारी गरेका थिए। मुस्लिम प्रतिबन्धलाई उल्ट्याउने निर्णय, कोभिड–१९ का कारण घरबाट निस्कन रोक्ने मोराटोरियम, र जातीय समानताका लागि सरकारी पहलहरू जस्ता कार्यकारी आदेश वाइडेनले पहिलो दिन नै जारी गरेका थिए । तर पनि राष्ट्रपतिको आदेशद्वारा दिगो परिवर्तन सम्भव हुँदैन भन्न स्पष्ट छ । फेरि पनि नीतिहरूलाई दिगो बनाउन कङ्ग्रेसको समर्थन आवश्यक पर्छ।
यद्यपि रिपब्लिकन पार्टी बाह्य रूपमा मागाका छायाँमा बदलिएको छ । कर कटौती, आप्रवासनमा कडाइ, र ऊर्जा उत्पादन प्रवद्र्धनमा उनको पार्टीमा कुनै असहमति छैन् ।
“अहिलेका रिपब्लिकन कङ्ग्रेस सदस्यहरूको सबैभन्दा ध्यान खिच्ने पक्ष भनेको उनीहरू पहिलेका ओबामा–युगका नेताहरूजस्तै चिन्न सकिने खालका रहेको अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ फेलो र जर्ज डब्ल्यू. बुस प्रशासनका पूर्व सदस्य युभाल लेभिनले द इकोनोमिष्टसँगको प्रतिक्रियामा व्यक्त गरेका छन् । लेभिनका अनुसार “रिपब्लिकनहरू ट्रम्प जति फरक छन्, त्यस अनुसार उनीहरू धेरै परिवर्तन भएका छैनन्।“
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका पहिलो दिनका प्राथमिकताहरू र वाचाहरु
डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातलाई अमेरिकी इतिहासका कुनै पनि राष्ट्रपतिले भन्दा “सबैभन्दा असाधारण पहिलो सय दिन” बनाउने वाचा गरेका छन्। उनले आफ्नो पहिलो दिनमा यति धेरै सफलता हासिल गर्ने कुरा गरेको बारम्बार भन्दै आएका छन् । तिनलाई सारांशमा यसरी १० प्रथामिकताका रुपमा हेर्न सकिन्छ ।१. सीमाना बन्द
“मेरो पहिलो दिनमै, म अवैध आप्रवासीहरूलाई रोक्न र हाम्रो देशमा भइरहेको आक्रमणलाई रोक्न सीमा बन्द गर्नेछु।“
२. सबैभन्दा ठूलो निर्वासन कार्यक्रमको सुरूवात
“पहिलो दिनमै, म अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन कार्यक्रम सुरू गर्नेछु ताकि अपराधीहरूलाई हटाउन सकियोस्।“
३. युक्रेनमा युद्ध समाप्त
“रूस र युक्रेनका मानिसहरू मर्दैछन्। म यसरी मर्न रोक्न चाहन्छु, र म यो २४ घण्टामा सम्पन्न गर्नेछु।“
४. मुद्रास्फीति घटाउने“पहिलो दिनमै, म हरेक संघीय निकायलाई मूल्यवृद्धि गराउने कुनै पनि अनावश्यक नियम तुरुन्त हटाउन निर्देशन दिनेछु।“
५. जनवरी ६ का दंगाइहरूलाई आममाफी
“मेरो पहिलो निर्णयमध्ये एक, जनवरी ६ मा अन्यायपूर्वक कैद गरिएका ‘बन्दीहरूलाई’ स्वतन्त्र गराउने हुनेछ।“
६. जन्मसिद्ध नागरिकताको समाप्ती
“पहिलो दिनमै, म एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु, जसले अवैध आप्रवासीका भविष्यका बच्चाहरूले स्वतः अमेरिकी नागरिकता नपाउने प्रष्ट पार्नेछ।“
७. छिमेकी देशहरूमाथि शुल्क
“जनवरी २० मा, म मेक्सिको र क्यानडाबाट आउने सबै उत्पादनहरूमा २५% शुल्क लगाउनेछु।“
८. ड्रिलिंग र फ्र्याकिङ विस्तार
“पहिलो दिनमै, म फ्र्याक, फ्र्याक, फ्र्याक, र ड्रिल, ड्रिल, ड्रिल गर्ने आदेश दिनेछु।“
९. बाइडेनका जलवायु नीति समाप्त
“म पहिलो दिनमै बाइडेनका ऊर्जा उत्पादनमा लगाइएका प्रतिबन्धहरू र विद्युतीय गाडीको अनिवार्यताको आदेश खारेज गर्नेछु।“
१०. ट्रान्स एथलीटहरूको सहभागितामा प्रतिबन्ध
“मेरो हस्ताक्षरले, पहिलो दिनमै, ट्रान्सजेन्डर पागलपनलाई रोक्नेछु, र पुरुषहरूलाई महिलाहरूको खेलमा प्रतिस्पर्धा गर्न रोक्ने कार्यकारी आदेश जारी गर्नेछु।“
यो कुरा ट्रम्पको दोस्रो कार्यकालका लागि महत्वपूर्ण हुने देखिन्छ, किनभने उनले पुराना र नयाँ रिपब्लिकन विचारधाराबीच सन्तुलन कायम गर्दै आफ्ना एजेन्डाहरू अघि बढाउनुपर्नेछ ।
सिनेटले परम्परागत रूपमा कुनै पनि महत्वाकांक्षी राष्ट्रपतिको लक्ष्यलाई सुस्त पार्ने भूमिका खेल्न सकछ । सम्भवतः ट्रम्प प्रशासनको पहिलो दिनमा केवल विदेशमन्त्रीको लागि मनोनित गरिएका मार्को रुबियोलाई मात्र स्वीकृत गर्ने देखिएको छ। यसले पहिलो दिन ट्रम्पसँग एक जनामात्र मन्त्रीले सपथ लिनेछन् । विवादास्पद महान्यायाधिवक्ता पदको उम्मेदवार म्याट गेट्ज पहिले नै आफ्नो मनोनयन कायम गर्न असफल भएका छन् । सिनेटले अन्य मनोनयनलाई पनि सुनुवाइमा कस्तो प्रदर्शन गर्छन् भन्ने आधारमा सफल वा असफल हुन सक्ने सम्भवाना यथावत नै छ ।
ट्रम्पको सपथग्रहण समारोहमा को को ले भाषण गर्नेछन् ?
अमेरिकी राष्ट्रपति पदको सपथग्रहण समारोहमा केवल ट्रम्पले आइतबार भाषण गर्ने भन्दा बढी केही उल्लेख गरिएको छैन । तर एपी समाचार संस्थाका अनुसार झण्डै आधा दर्जन बढीले भाषण गर्ने तयारी गरेका छन् । वक्ताहरूमा उपराष्ट्रपति–निर्वाचित जे.डी. भान्स, पृथ्वीकै सवैभन्दा धनी अर्बपति एलोन मस्क, कुश्ती सुपरस्टार हल्क होगन, अभिनेता जोन वाइट, युएफसीका अध्यक्ष डाना ह्वाइट, पर्टो रिकोका रेगेटोन स्टार अनेल एए, टर्निंग प्वाइंट युएसएका संस्थापक चार्ली कर्क, र कन्जरभेटिभ पडकास्टर मेगिन केलीको नाम वक्ताहरुको लहरमा रहेको छ ।
प्रारम्भिक झटका र त्रास समाप्त भएपछि, ट्रम्पलाई आफ्ना योजनाहरूलाई वास्तविक विरासतका रुमपा रूपान्तरण गर्नका लागि कठिन मनोविज्ञान र समर्थन जुटाउनुपर्ने त छँदैछ । यद्यपि देशको बारेका भावनाहरू पार्टीगत रेखाहरूमा विभाजित हुन्छन् । त्यस्त भावनाहरुलाई जम्मा गरेर मतदाताहरूको मनस्थिति चुनावी मौसमको तुलनामा विस्तारै र तुलनात्मक रूपमा हल्का हुँदै गएको देख्न सकिन्छ ।
समारोहमा मुख्य भिलेज पिपलका तर्फबाट १९७८ को हिट “वाइएमसीए“ गीत प्रस्तुत गर्नेछन्। यो गीत २०२४ को चुनाव अभियानका क्रममा ट्रम्पले आफ्नो ¥यालीहरूमा प्रयोग गरेका थिए । यो गीत ट्रम्प यूनिभर्सको अभिन्न हिस्सा बनेको छ। “गड ब्लेस द युएसए“ का गायक ली ग्रीनवुड पनि प्रस्तुत गर्नेछन्।
तथापि ट्रम्प तीव्र रूपमा अगाडि बढ्नेछन् । तर उनका नीतिगत परिवर्तनहरू दीर्घकालसम्म टिक्छन् कि टिक्दैनन् भन्ने गम्भी प्रश्न रहेको छ (न्यूयोर्क टाइम्स, जनवरी १७, २०२५) । पहिलो ट्रम्प युगको अन्त्यको सुरूआत मंगलबार,सपथ ग्रहण समारोहहरू समाप्त भएपछि ठूलो मात्रामा गरिने निर्वासनहरूद्वारा हुने छ(द इकोनोमिष्ट, जनवरी १९, २०२५) । प्रारम्भिक झटका र त्रास समाप्त भएपछि, ट्रम्पलाई आफ्ना योजनाहरूलाई वास्तविक विरासतका रुमपा रूपान्तरण गर्नका लागि कठिन मनोविज्ञान र समर्थन जुटाउनुपर्ने त छँदैछ । यद्यपि देशको बारेका भावनाहरू पार्टीगत रेखाहरूमा विभाजित हुन्छन् । त्यस्त भावनाहरुलाई जम्मा गरेर मतदाताहरूको मनस्थिति चुनावी मौसमको तुलनामा विस्तारै र तुलनात्मक रूपमा हल्का हुँदै गएको देख्न सकिन्छ ।
ट्रम्पको जीतसँगै, “उत्साहित” र “आशावादी” हुनेहरूको सङ्ख्या छिटै र महत्वपूर्व रूपमा बढ्नुका साथै “रुष्ट” मतदाताहरूको सङ्ख्या पनि स्वस्थ रूपमै घट्यो। न्यूयोर्क टाइम्समा लेखक मिसेल कोट्ले लेख्छिन् ‘यसो हुनुमा धेरै कारणहरू छन्, तर २०२४ मा अर्थतन्त्र जस्तो ज्वलन्त विषय भएकाले, मतदाताको एक भागलाई ट्रम्पको “अमेरिकालाई धनी बनाउने” वाचाले मनोबल मिलेको हुनसक्छ। महँगाई र बाइडेन प्रशासनले आफ्नो पीडालाई गम्भीरतापूर्वक लिन नसकेको भान परेकाले अमेरिकाका नागरिकहरू ट्रम्पलाई कार्यालय सम्हाल्नासाथ आर्थिक मुद्दाहरूलाई चुट्कीको भरमा समाधान गरेको देख्न आतुर देखिन्छन्। ट्रम्पले छिट्टै लागत घटाउने, मजदुरहरूको वेतन सुधार्ने र समृद्धिको नयाँ युगलाई स्वागत गर्ने वाचा गरेका छन्। तर उनले गर्ने सामूहिक विस्थापन र उच्च शुल्कहरुको योजना भने दिक्कलाग्दो छ । र स्वयं ट्रम्पले ती वाचा पूरा गर्ने सम्पूर्ण योजना फिर्ता लिएका छन्।’(जनवरी १९, २०२५)।
म्याटर अफ ओपिनियन नामक पडकास्टकी प्रस्तुकर्ता समेत रहेकी लेखिका कोट्ले लेख्छिन् ‘ यो स्पष्ट छ कि अमेरिकावासीहरू परिवर्तनको लागि आतुर थिए। राम्रो परिवर्तन । डर लाग्दो परिवर्तन । जोखिमपूर्ण परिवर्तन । उनीहरूले अवस्था जस्तो छ, त्यो आफ्नो लागि उपयुक्त नभएको ठान्थे । तसर्थ कुनै न कुनै कुरा परिवर्तन गर्नुपर्छ। यद्यपि ट्रम्पले केही गर्दैछन्, उनी एक विस्फोटक एजेन्ट हुन् । निश्चितै, अब कठिन हिस्सा आउँछः सबैखाले ठूला वाचा पूरा गर्ने।’
प्रतिक्रिया दिनुहोस्