ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीभित्रै प्रश्न उठेपछि पूर्वउपराष्ट्रपति पुनको मनोनयन स्थगित


एबीसी न्यूज
१० माघ २०८१, बिहिबार   ८ : १०   बजे

काठमाडौं १० माघ ।  नेताहरूबाटै प्रश्न उठेपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने तयारीबाट माओवादी नेतृत्व पछि हटेको छ । पदाधिकारी बैठकमा सहभागी हुन थालेका पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल थिए ।

तर उनको मनोनयन विधानविपरीत हुने र उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउँदा गलत सन्देश जाने तर्क पार्टीभित्रैबाट आएपछि दाहालले मनोनयन थाती राखेका हुन् ।

हालै स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गलत हुने बताएका थिए ।

‘यो पार्टीभित्रको मात्र होइन, राष्ट्रिय पद र प्रतिष्ठाको विषय हो,’ उनले भनेका थिए । बैठकमा अञ्जना विशंखेले पनि पूर्वउपराष्ट्रपति पुन पार्टी राजनीतिमा आउन लागेको सन्दर्भमा प्रश्न उठाएकी थिइन् । त्यसपछि भएको केन्द्रीय समिति बैठकमा नेताहरू सुदन किराती, इन्द्र आङ्बो, लेखनाथ न्यौपाने, कुलप्रसाद साम्बालगायत नेताहरूले पूर्वउपराष्ट्रपति सम्मानित अवस्थामै रहनु उचित हुने बताएका थिए । उनीहरूले पार्टी विधानलाई मिचेर पूर्वउपराष्ट्रपति पुनलाई मनोनयन गर्न नहुने धारणा राखेका थिए ।

पूर्वउपराष्ट्रपति पुनले पार्टीमा सक्रिय भएर योगदान गर्न चाहेको निकटस्थ नेताहरूसँग बताएका थिए । ‘म कुनै पद लिन जानेभन्दा लडेर ल्याएको व्यवस्थामाथि केही योगदान गर्ने उद्देश्यले सक्रिय हुन खोजेको हुँ,’ उनको भनाइ थियो । दाहालले पनि उपराष्ट्रपति भइसके पनि पुनः राजनीतिमा आउन कानुनी बन्देज नभएको उल्लेख गरेका थिए । पार्टीमा सक्रिय हुने पुनको चाहनाअनुरूप बैठकमा बोलाउने गरिएको दाहालको भनाइ थियो ।

पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी हाललाई स्थगित भएको माओवादीका एक पदाधिकारीका बताए । ‘पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी थियो । पार्टीभित्र प्रश्न उठेपछि स्थगित भएको छ,’ ती पदाधिकारीले भने ।

माओवादीका केन्द्रीय समिति सदस्य इन्द्र आङ्बोले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति प्रश्नको घेराभन्दा माथि बस्नुपर्ने बताए । ‘राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु उचित हुँदैन,’ उनले भने, ‘बरू सम्मानित अवस्थामै रहेर महिला, बालबालिका, वातावरण र शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्नर्पुर्छ ।’

सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा लाग्दा पुनः चुनावमा भिड्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । ‘जो कोही पार्टीभित्र र बाहिर लोकतान्त्रिक प्रणालीमा चुनिएर आउनुपर्छ,’ आङ्बोले भने, ‘त्यस्तो ठाउँमा पुगेको मान्छे पराजित भए के हुन्छ रु’

सक्रिय राजनीतिबाट कसै न कसैले अवकाश लिनुपर्ने उल्लेख गर्दै केन्द्रीय सदस्य आङ्बोले भने, ‘राजनीतिमा सक्रिय हुँदा गालीगलौज, गुटउपगुट, हारजितको खेलमा लाग्नुपर्ने हुन सक्छ । सम्माननीय भइसकेका व्यक्ति हिलो छ्यापाछ्यापमा लाग्नु राम्रो हुँदैन ।’

माओवादी सचिव राम कार्कीले राष्ट्रपति, उपराष्ट्रपति पदमा रहँदा वा नरहँदा आलोचनाभन्दा बाहिर बसेको व्यक्ति राजनीतिमा सक्रिय भए ‘जे पनि सहन तयार हुनुपर्ने’ बताए । ‘राष्ट्रपति र उपराष्ट्रपति भएका बेला आलोचनाभन्दा बाहिर बस्छन् । पार्टीमा आए वैचारिक लडाइँ हुन्छ । समूह हुन्छन् । आरोपरप्रत्यारोप चल्छ । राजनीतिमा आउँदा यी सबै सहन्छु भनेर आउनुपर्ने हुन्छ,’ उनले भने, ‘गाउँपालिका अध्यक्षको उम्मेदवार हुन पनि तयार हुनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group