सस्तो चिनियाँ मोडेलहरूको सफलताले अमेरिकाको प्रविधिमा रहको अग्रतालाई चुनौती दिइरहेको छ। यदि एउटा प्रविधि छ, जसले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उद्घाटन मन्तव्यमा वाचा गरेको “राष्ट्रिय सफलताको रोमाञ्चक नयाँ युग“ ल्याउन मद्दत पु¥याउन सक्छ, भने त्यो जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता (एआई) हो।
कम्तीमा, एआइले आगामी दशकको उत्पादकत्व वृद्धिमा थप योगदान पु¥याउनेछ, जसले आर्थिक वृद्धिलाई उर्जा प्रदान गर्नेछ। अधिकतम रूपमा, यसले मानवजातिलाई औद्योगिक क्रान्तिसँग तुलना गर्न मिल्ने रूपान्तरणतर्फ अघि बढाउनेछ।
राष्ट्रपति ट्रम्पले “इतिहासकै सबैभन्दा ठूलो एआइ पूर्वाधार परियोजना“ सुरु गर्ने घोषणा गरेको भोलिपल्टको कार्यक्रमले उनले यस प्रविधिको सम्भावनालाई राम्ररी बुझेको देखाउँछ।
तर संसारका अन्य भागले पनि यो कुरालाई बुझेका छन्, र विशेष गरी चीनले राम्रोगरी बुझेको छ ।
उनको उद्घाटन भाषण भइरहेका बेला, एक चिनियाँ कम्पनीले प्रभावशाली ठूलो भाषा मोडेल (एलएलएम) सार्वजनिक ग¥यो।
अचानक,च्याटजिपिट चर्चित भएयता एआईक्षेत्रमा अमेरिकाको अग्रता कहिल्यैभन्दा सानो देखिन थालेको छ।
चीनको प्रगति अचम्मलाग्दो छ, किनकि चीन यस क्षेत्रमा निकै पछाडि थियो—र अमेरिकाले यसलाई धीमा बनाउन प्रयास गरेको थियो।
जो बाइडेन प्रशासनले उन्नत एआइले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) लाई सैन्य प्रभुत्व दिनसक्छ भनेर डराएको थियो। त्यसैले, अमेरिकाले चीनलाई एआई प्रशिक्षणका लागि चाहिने उत्कृष्ट चिप्सहरूको निर्यात रोकिदियो र प्रतिस्थापन बनाउन आवश्यक मेसिनहरूको पहुँच पनि बन्द गरिदियो। यस सुरक्षात्मक पर्खालभित्र, सिलिकन भ्यालीले आफ्नो प्रभुत्व देखाइरहेको थियो।
चिनियाँ अनुसन्धानकर्ताहरू अमेरिकी एआइ अनुसन्धान कागजातहरू अध्ययन गर्छन्, तर अमेरिकाले यस्तै सम्मानपूर्वक जवाफी कदम प्रायः उठाएको देखिँदैन।
तर चीनको हालैको प्रगतिले यो क्षेत्रलाई हल्लाइरहेको छ र अमेरिकी नीतिनिर्माताहरूलाई लज्जित बनाइरहेको छ।
चिनियाँ मोडेलहरूको सफलताले, उद्योगव्यापी परिवर्तनहरूसँग मिलेर, एआइको अर्थतन्त्रलाई उल्ट्याउन सक्छ।
अमेरिकाले यस्तो दुनियाँको तयारी गर्नुपर्नेछ, जहाँ चिनियाँ एआइ पछाडि लागिरहेको छैन, बरु त्यससँग निकट प्रतिस्पर्धामा रहेको छ।
चिनियाँ ठूलो भाषा मोडेलहरू (एलएलएम) अहिले पनि सबैभन्दा उत्कृष्ट त छैनन्। तर ती निर्माणमा निकै सस्ता छन्।
नोभेम्बरमा अलिबाबाले स्वामित्व गरेको ई कमर्श कम्पनी क्यूडब्लुक्यू को मोडेल सार्वजनिक भएको थियो, जुन अमेरिकाका शीर्ष मोडेलहरूभन्दा तीन महिनामात्र पछाडि छ।
डिपसिक– जुन एउटा लगानी कम्पनीको सहायक कम्पनी हो, यो मापदण्डमा सातौँ स्थानमा छ।
यो मोडेल २,००० मध्यमस्तरीय चिप्स प्रयोग गरेर प्रशिक्षण गरिएको थियो, जबकि मेटा को मोडेलले १६,००० उच्चस्तरीय चिप्स प्रयोग गरेको थियो।
तर डिपसिकले केही मापदण्डमा मेटाको मोडेललाई उछिनिरहेको छ। अमेरिकी एलएलएम को प्रशिक्षण लागत करोडौँ डलर पर्छ, जुन अझ बढ्दैछ। तर डिपसिकका मालिकका अनुसार, यो मोडेल बनाउन ६ मिलियन अमेरिकी डलरभन्दा कम खर्च भएको छ।
अमेरिकी कम्पनीहरूले चाहेमा डिपसिक को प्रविधिहरूलाई नक्कल गर्न सक्छन्, किनभने यसको मोडेल खुला–स्रोत हो।
तर सस्तो प्रशिक्षण प्रविधिले उद्योगलाई परिवर्तन गर्नेछ, विशेषगरी मोडेल डिजाइनमा भइरहेका नयाँ प्रविधिहरूसँगै।
चीनले उद्घाटनको दिन सार्वजनिक गरेको मोडेल डिपसिकको “लजिक“ मोडेल हो, जुन ओपनएआई को अत्याधुनिक मोडेलसँग प्रतिस्पर्धा गर्न डिजाइन गरिएको हो।
यी मोडेलहरूले प्रश्नको उत्तर दिनुअघि “आफैँसँग कुरा गर्ने“ क्षमतालाई प्राथमिकता दिन्छन्।
यसरी “सोच्ने“ प्रक्रियाले राम्रो उत्तर प्रदान गर्छ, तर यसले थप ऊर्जा पनि खपत गर्छ। जब उत्पादनको गुणस्तर वृद्धि हुन्छ, लागत पनि बढ्छ।
परिणामस्वरूप, जस्तै चीनले मोडेल निर्माण गर्ने स्थिर लागत घटाएको छ, त्यस्तै मोडेलहरूलाई प्रश्न गर्नको लागि लागत बढ्दैछ।
यदि यी दुई प्रवृत्तिहरू जारी रह्यो भने, प्रविधि उद्योगको अर्थतन्त्र उल्टिन सक्छ।
वेब सर्च र सामाजिक सञ्जालमा, गुगल जस्ता विशाल कम्पनीको नक्कल गर्न ठूलो लगानी र ठूलो घाटा सहन सक्ने क्षमता चाहिन्थ्यो। तर प्रतिखोज लागत नगण्य थियो।
यसले—र धेरै वेब प्रविधिहरूमा हुने नेटवर्क प्रभावले—यस्ता बजारलाई “जित सबैको हो“ जस्तो बनायो।
यदि सस्तोमा “प्रत्येक–अनुकूल“ एआई मोडेलहरू प्रशिक्षण गर्न सकिन्छ भने, यस्ता मोडेलहरूको संख्या वृद्धि हुनेछ, विशेषगरी धेरै देशहरूले आफ्नै मोडेल बनाउन चाहिरहेका छन्।
र, उच्च प्रति–प्रश्न लागतले यस्तै उपयोग–विशेष मोडेलहरूलाई प्रेरित गर्न सक्छ, जसले न्यूनतम प्रश्नहरूको साथ कुशल र विशेष उत्तर दिन सक्छ।
चीनको यस प्रगतिले अर्को नतिजा ल्याउँछ कि अब अमेरिका असमान प्रतिस्पर्धाको सामना गर्दैछ। अब स्पष्ट छ कि चीन उत्कृष्ट चिप्सको अभाव जस्ता बाधाहरूलाई चिर्न नवीनता गर्नेछ, चाहे त्यो दक्षता सुधार गरेर होस् वा उच्च–गुणस्तरीय हार्डवेयरको अभावलाई परिमाणको साथ पूर्ति गरेर होस् ।
चीनमा निर्मित चिप्स राम्रा हुँदै गएका छन्, जसमा हुवावे जस्ता कम्पनीहरूले डिजाइन गरेका चिप्स पनि सामेल छन्।
एक पुस्ताअघि, हुवावे ले आफ्नो सस्तो–र–सहज दृष्टिकोणका साथ टेलिकम उपकरणहरूलाई व्यापक रूपमा स्वीकृत गराएको थियो।
यदि चीन सिमानासम्मै नजिक रह्यो भने, यो सुपरइन्टेलिजेन्समा पहिलो फड्को मार्न सक्ने पहिलो देश हुन सक्छ।
यदि यसो भयो भने, यसले सैन्य फाइदाभन्दा धेरै प्राप्त गर्न सक्छ। सुपरइन्टेलिजेन्स परिदृश्यमा, “जित्नेको सबै हो“ जस्ता गतिशीलता अचानक पुनः सक्रिय हुन सक्छ।
यद्यपि उद्योग आजकै मार्गमा रह्यो भने पनि, संसारभर चिनियाँ एआई को व्यापक प्रयोगले सीसीपीलाई राजनीतिक प्रभाव दिन सक्छ, जुन टिकटक जस्तो चिनियाँ स्वामित्वको भिडियो–साझेदारी अनुप्रयोगले खडा गरेको प्रचार जोखिमजस्तै चिन्ताजनक हुन सक्छ। टिकटकको भविष्य अमेरिका भित्र अझै अस्पष्ट छ।
ट्रम्पले के गर्नुपर्छ?
उनको पूर्वाधार घोषणा राम्रो सुरुवात थियो । अमेरिकाले डेटा केन्द्रहरू निर्माण गर्न कानुनी बाधाहरू हटाउनुपर्छ। साथै, विदेशी इन्जिनियरहरूलाई नियुक्त गर्न सजिलो बनाउने र रक्षा खरिद प्रक्रियामा सुधार गरेर एआईलाई तीव्र रूपमा अपनाउने वातावरण सिर्जना गर्नुपर्छ । केहीले तर्क गर्छन् कि उनले चिप उद्योगको निर्यात प्रतिबन्ध पनि हटाउनुपर्छ।
बाइडेन प्रशासनले यो स्वीकार गरेको छ – प्रतिबन्धले चिनियाँ एआईलाई नियन्त्रण गर्न असफल भयो। तर यसको अर्थ यसले केही नगरेको भने होइन। सबैभन्दा खराब अवस्थामा, एआई परमाणु हतियार जत्तिकै घातक हुन सक्छ।
अमेरिका आफ्नो प्रतिस्पर्धीहरूलाई परमाणु हतियारका कम्पोनेन्टहरू कहिल्यै आपूर्ति गर्दैन, चाहे तिनीहरूले अन्य माध्यमबाट ती पाउने सम्भावना किन नहोस्। यदि अहिले चिनियाँ एआईले उत्कृष्ट चिप्समा सजिलै पहुँच फेरी पायो भने, यो अझै बलियो हुने निश्चित छ ।
एजेन्सीहरू वा एजन्सी
सबैभन्दा महत्वपूर्ण कुरा भनेको बाइडेनको “एआई प्रसार नियम“ मस्यौदालाई कटौती गर्नु हो, जसले अमेरिकी प्रविधिमा पहुँच कसलाई दिने भन्ने निर्णय गर्दछ। यो नियमले अन्य देशहरूलाई अमेरिकाको एआई पारिस्थितिक प्रणालीमा बाध्य पार्ने उद्देश्य राखेको छ, तर प्रविधि उद्योगले तर्क गरेको छ कि यसले नयाँ नियमहरू लागू गरेर उल्टो असर गर्नेछ।
चिनियाँ प्रगतिका साथ, यो आपत्ति अझ विश्वसनीय बन्दैछ। यदि अमेरिकाले यो मान्दछ कि भारत वा इन्डोनेसिया जस्ता देशहरूको लागि अमेरिकी प्रविधि मात्र विकल्प हो भने यसले आफ्नो रणनीति कमजोर बनाउने जोखिम मोल्छ।
केही प्रविधि विज्ञहरूले भनेका छन् अर्को नवप्रवर्तनले फेरि अमेरिकालाई धेरै अघि लैजानेछ। हुन सक्छ। तर, अमेरिकाको नेतृत्वलाई स्वतः सुनिश्चित ठान्नु खतरनाक हुनेछ। ■
प्रतिक्रिया दिनुहोस्