ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज अन्तर्राष्ट्रिय भन्सार दिवस, पछिल्ला पाँच वर्षमध्ये चार वटामा लक्ष्य अनुसार भन्सार राजश्व उठेन


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   १२ : ३३   बजे

काठमाडौं १३ माघ । पछिल्ला पाँच वटा आर्थिक वर्षमध्ये जम्मा एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भन्सार राजश्वको लक्ष्य र उपलब्धीबीच ठूलो खाडल रहेको देखिएको हो ।

आर्थिक वर्ष २०७६र७७ यता एउटा आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसार भन्सार राजश्व सङ्कलन भएको छ । २०७६र७७ मा चार खर्ब ७३ अर्ब रुपैयाँ भन्सार राजश्वको लक्ष्य लिएकोमा जम्मा तीन खर्ब पाँच अर्ब रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७र७८ मा भने चार खर्ब ४० अर्ब रुपैयाँको लक्ष्य रहेकोमा तीन अर्ब रुपैयाँ बण्ढी राजश्व सङ्कलन भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७८र७९ मा लक्ष्यको साढे ९५ प्रतिशत, २०७९र८० मा ५८ दशमलव चार प्रतिशत र आर्थिक वर्षमा २०८०र८१ मा लक्ष्यको जम्मा साढे ६७ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षको छ महिनामा पनि कुल लक्ष्यको झन्डै ८१ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार प्रशासनले आधुनिक सूचना प्रविधिको प्रयोग गरेर जाँचपास सहज बनाउने प्रयत्न गरेको गरेको बताउनुभएको छ । यसबाट अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण भएर भन्सार राजश्व बढ्ने अपेक्षा रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय एकद्वार प्रणालीमा बैंक तथा वित्तीय संस्था लगायत भन्सार जाँचपाससँग सम्बन्धित निकायहरू समेत आबद्ध गरी निकासी पैठारी सङ्केत नम्बर ९एक्जिम कोड० र बण्डेड वेयरहाउससम्बन्धी सम्पूर्ण कामकाजमा पूर्ण रूपमा विद्युतीय प्रणालीमा लैजाने पनि पुडासैनीले बताउनुभएको छ ।

अग्रिम यात्रु सूचना प्रणालीको माध्यमबाट यात्रुहरूको र कार्गो म्यानिफेष्टबाट मालबस्तुको पूर्व सूचना लिई जोखिम निर्धारण गर्ने, सबै भन्सार कार्यालयमा भन्सार राजस्व महसुल विद्युतीय भुक्तानी प्रणालीमार्फत मात्र भुक्तानी गर्ने, चोरी पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने पनि भन्सार विभागका महानिर्देशक पुडासैनीले उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group