शुक्रबार, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एलन मस्कका सहयोगीहरूलाई वित्त मन्त्रालयको भुक्तानी प्रणालीमा पहुँच दिने अनुमति दिएको बताइएको छ। यो प्रणालीले पाँच ट्रिलियन डलरभन्दा बढी रकमको कारोबार गर्छ र सामाजिक सुरक्षा तथा मेडिकेयर लाभहरू सहित संवेदनशील डाटा समेत समेट्छ। साथै, यस प्रणालीमा सरकारका ती कन्ट्याक्टरहरूको जानकारी समेत समावेश छ, जो मस्कका आफ्नै कम्पनीहरूसँग प्रत्यक्षरुपले प्रतिस्पर्धामा छन्।
“यूएसएआईडी एक आपराधिक संस्था हो। अब यसलाई अन्त्य गर्ने समय आएको छ।“ त्यसैबीच, एजेन्सीको वेबसाइट अफलाइन गरियो, र शीर्ष दुई सुरक्षा अधिकारीहरूलाई प्रशासनिक जर्बजस्ती विदामा पठाइयो, किनभने उनीहरूले मस्कको टिमलाई यूएसएआईडीको सुरक्षित प्रणालीमा पहुँच दिन अस्वीकार गरेका थिए। अन्ततः, सोमबार मस्कले घोषणा गरे कि उनले ट्रम्पसँग परामर्श गरिसकेका छन् र “हामी यसलाई बन्द गर्दैछौं।“
यो घटनाले ट्रम्प प्रशासनले संघीय सरकारको प्रत्येक क्षेत्रमा हस्तक्षेप गरिरहेको पुष्टि गर्ने पछिल्लो चिन्ताजनक रिपोर्टलाई थप बल पुर्याएको छ। यी हस्तक्षेपमा राष्ट्रपति ट्रम्पले सरकारी कर्मचारीहरूलाई जागिरबाट निकाल्नु, पन्छाउनु वा राजीनामा दिन बाध्य पार्ने कुरा छँदैछन् ।
संघीय सरकारको पुनर्गठनको पूर्ण तस्वीर अझै स्पष्ट भइसकेको छैन, र त्यसमा मस्कको भूमिका तथा उद्देश्य के हो भन्ने विषय अझै अनिश्चित छ। (सोमबार, राष्ट्रपति ट्रम्पले यसबारे केही स्पष्ट पार्ने प्रयास गर्दै भने, “एलनले हाम्रो स्वीकृति बिना केही गर्न सक्दैनन्, र गर्नेछैनन्।”)।
तर यी घटनाहरूको समग्र प्रभावले एउटा साधारण प्रश्नलाई अनावश्यक रूपमा जटिल बनाइदिएको छ—सही अर्थमा संघीय सरकार कसले सञ्चालन गर्दैछ?
यदि यस प्रश्नको स्पष्ट उत्तर “लोकतान्त्रिक रूपमा निर्वाचित नेताहरू” भन्न सकिंदैन भने त्यो नै गम्भीर चिन्ताको विषय हो। अझ चिन्ताजनक कुरा त के छ भने, वास्तविक उत्तर मस्क—विश्वकै सबैभन्दा धनी व्यक्ति—र उनका अन्य अनियन्त्रित, नियुक्त समेत नभएका, अनि अनपेक्षित सहयोगीहरू हुन सक्छन्, जो राष्ट्रपति ट्रम्पसँग निकट सम्बन्ध राख्छन्।
राजनीतिक अर्थशास्त्रीहरू यसलाई ‘स्टेट क्याप्चर’ भन्छन्। स्टेट क्याप्चर भनेको त्यस्तो अवस्था हो, जहाँ धन कुवेर निजी स्वार्थी समूहहरूले सरकारलाई यति धेरै प्रभावमा पार्छन् कि उनीहरू निसंकोच आफ्नो स्वार्थ वा आफ्ना विचारधारात्मक सहयात्रीहरूको पक्षमा सरकारी नीति र सार्वजनिक कोषको उपयोग गर्न सक्छन्।
यस किसिमको भ्रष्टाचारका उदाहरणहरू अरू देशहरूमा पनि देखिएका छन्—विशेष गरी मस्ककै जन्मभूमि दक्षिण अफ्रिकामा देखिएको एक उल्लेखनीय उदाहरण छ । यी घटनाहरू लोकतान्त्रिक सरकारहरूप्रति चेतावनीको रूपमा उभिएका छन्।
घटनाक्रम अनुसार सन्दर्भअनुसार फरक पर्छन्, तर राजनीतिक वैज्ञानिक एलिजाबेथ डेभिड–ब्यारेटले स्टेट क्याप्चरका तीन सामान्य संयन्त्रहरू उल्लेख गरेकी छन्। अहिले यी कुरा परिचित जस्ता प्रतित भइरहेका छन् —कानून र नीतिमार्फत खेलको नियमलाई आफ्नो अनुकूल बनाउनु; बजेट, नियुक्ति, सरकारी ठेक्का तथा नियामकीय निर्णयहरू नियन्त्रण गरेर प्रशासनिक निर्णयहरूमा प्रभाव पार्नु; र शक्ति परीक्षण गर्ने संयन्त्रहरूलाई अक्षम बनाउनु, जस्तै न्यायपालिका, कानून कार्यान्वयन निकाय, अभियोजन सेवा, लेखा परीक्षक निकाय (जस्तै, इन्स्पेक्टर जनरलहरू), तथा स्वतन्त्र मिडिया समेत ।
यी मध्ये कतिपय रणनीतिहरू प्रोजेक्ट २०२५ को रणनीति दस्तावेज वा ट्रम्प प्रशासनका कार्यकारी आदेशहरूबाट सिधै आउन सक्थे। यसले सबै अमेरिकीहरूलाई चिन्तित बनाएको हुनुपर्छ। एलिजाबेथ डेभिड–ब्यारेटका अनुसार, स्टेट क्याप्चरले व्यापक, दीर्घकालीन प्रणालीगत असमानता सिर्जना गर्छ र सार्वजनिक सेवा कमजोर बनाउँछ। उनी लेख्छिन्, “खेलका नियमहरू परिवर्तन गरेर यस्तो मिलेमतो बढ्न दिनु भनेको केही सीमित आर्थिक शक्ति राख्नेहरूलाई भविष्यका राजनीतिक अभिजात्य वर्गलाई प्रभाव पार्न सशक्त स्थिति दिनु हो, जसले उनीहरूको प्रभुत्वलाई आत्म–नविकरण हुने ढाँचालाई अझ शक्तिशाली बनाउँछ।“
मस्कको पछिल्लो कदम—यूएसएआईडी (संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास एजेन्सी) विरुद्धको अडान—स्टेट क्याप्चरको रणनीति दस्तावेजबाट सिधै आएको जस्तो देखिन्छ, त्यो पनि निकै निर्लज्ज ढंगमा। मस्कले सप्ताहन्तमा पोष्ट गरेका थिए, “यूएसएआईडी एक आपराधिक संस्था हो। अब यसलाई अन्त्य गर्ने समय आएको छ।“ त्यसैबीच, एजेन्सीको वेबसाइट अफलाइन गरियो, र शीर्ष दुई सुरक्षा अधिकारीहरूलाई प्रशासनिक जर्बजस्ती विदामा पठाइयो, किनभने उनीहरूले मस्कको टिमलाई यूएसएआईडीको सुरक्षित प्रणालीमा पहुँच दिन अस्वीकार गरेका थिए। अन्ततः, सोमबार मस्कले घोषणा गरे कि उनले ट्रम्पसँग परामर्श गरिसकेका छन् र “हामी यसलाई बन्द गर्दैछौं।“ (त्यस दिन, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफू यूएसएआईडी को कार्यवाहक प्रमुख भएको घोषणा गरे।)
दक्षिण अफ्रिकाबाट आएको उदाहरण स्टेट क्याप्चरको एक प्रमुख उदाहरण हो, जुन २०१६ मा सार्वजनिक “स्टेट अफ क्याप्चर“ नामक प्रतिवेदनमा उल्लेख गरिएको थियो। उक्त प्रतिवेदन दक्षिण अफ्रिकाको सार्वजनिक रक्षक थुलिसिले माडोन्सेलाले तयार पारेकी थिइन्।
उक्त प्रतिवेदनमा उल्लेख गरिएअनुसार, वर्षौंदेखि अर्बौं डलर सार्वजनिक कोष केही सीमित अभिजात्य वर्गको हातमा पुगेको थियो, जब कि ती रकम संघर्षरत स्वास्थ्य सेवा तथा शिक्षा प्रणाली सुधार गर्न प्रयोग हुनुपर्ने थियो। माडोन्सेलाको कार्यालयमा गुप्ता परिवार विरुद्ध गम्भीर आरोपहरू दर्ता भएका थिए। गुप्ता परिवार—धनी भारतीय व्यापारी समूह, जसको दक्षिण अफ्रिकामा विशाल व्यापारिक जालो थियो (तथापि गुप्ता परिवारले गलत कार्य गरेको आरोप अस्वीकार गरेका छन्)—ले दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई तथा अन्य उच्च अधिकारीहरूलाई दबाब दिएर आफ्नो अनुकूलका मन्त्रीहरू नियुक्त वा हटाउन सफल भएको आरोप थियो। यसको परिणामस्वरूप, “राज्य ठेक्का तथा सुविधा अवैधानिक रूपमा गुप्ता परिवारका कम्पनीहरूलाई प्रदान गरिएको“ बताइएको थियो।
स्टेट क्याप्चर केवल रंगभेदी शासनपछिको दक्षिण अफ्रिकामा मात्र सीमित अवस्था होइन। उदाहरणका लागि, ब्राजिलमा गरिएको अपरेसन कार वास अनुसन्धानले पनि स्टेट क्याप्चर स्तरका गोप्य, अवैध सम्बन्धहरू उजागर गरको थियो ।
उसोभए, स्टेट क्याप्चरको खतरामा परेका देशहरूले के गर्न सक्छन् ?
पहिलो, दक्षिण अफ्रिकामा जस्तै, उच्च–प्रोफाइल अनुसन्धान सञ्चालन गर्नु आवश्यक छ, जुन अझै स्टेट क्याप्चर नभइसकेका सरकारी निकायहरूले गर्नुपर्छ। अमेरिकामा पब्लिक प्रोटेक्टरको कार्यालय छैन, तर संघीय सरकारभित्रका विभिन्न निगरानी निकायहरूले अनुसन्धानात्मक अधिकार प्रयोग गर्न सक्छन्। ट्रम्पले पहिले नै १७ महान्यायधिवक्ताहरू (इन्स्पेक्टर जनरलहरू) हटाइसकेका छन्, तर कङ्ग्रेसनल रिसर्च सर्भिस, गभर्नमेन्ट अकाउन्टेबिलिटी अफिस, वा कङ्ग्रेसनल बजेट अफिस जस्ता संस्थाहरू अझै प्रभावकारी रूपमा यस कामका लागि अघि आउन सक्छन्।
दोस्रो, प्रतिपक्षी नेताहरूले यस विषयमा सतर्कता बढाउनुपर्छ। यो सामान्य पेय–टु–प्ले (भुक्तान गरेर सेवा प्राप्त गर्ने) भ्रष्टाचार मात्र नभई, संस्थागत नियन्त्रणको अपहरण हो भन्ने कुरा स्पष्ट पार्नुपर्छ। डेमोक्र्याटहरूले जनवरी २० पछि सापेक्ष मौनता साँध्दै आएका छन्, तर स्टेट क्याप्चरको खतरा नयाँ प्रशासनको तेस्रो हप्तामा प्रवेश गर्दा पनि आपतकालीन सन्देशको रूपमा प्रस्तुत गरिएको छैन।
अन्ततः, स्टेट क्याप्चर को विवरण सिधै यसका पीडितहरू—अमेरिकी जनतासँग सम्बद्ध हुनुपर्छ। दक्षिण अफ्रिकी राजनीतिक विश्लेषक युसेबियस म्याकाइजर ले २०१७ मा लेखेकी थिइन्ः
“यदि हामी स्टेट क्याप्चरको बारेमा मिडियामा पर्याप्त चर्चा गर्न चुकेका छौं भने, त्यो हाम्रो असफलता हो, जसले राजनीतिक जार्गन (अर्थात् जटिल शब्दावली) र वास्तविक मानवीय पीडाबीचको सम्बन्धलाई बुझाउन सकिरहेको छैन।“
हामीलाई भ्रष्टाचारको अर्थ र यसको कारण गुम्ने अवसरहरूको सरल र मार्मिक व्याख्या आवश्यक छ। किनभने स्टेट क्याप्चर भनेको केवल कुनै ठूलो स्क्याण्डल होइन, यो सम्पूर्ण प्रणालीगत भ्रष्टाचार हो।
म्याकाइजरले यसलाई प्रभावकारी रूपमा उदाहरण दिएका थिइन् । जब ५ वर्षीय बालक आफ्नो विद्यालयको जीर्ण शौचालयमा लडेर(डुबेर) म¥यो, त्यहाँका धनाढ्य व्यापारीहरू विद्यालयका शौचालय जस्ता आधारभूत संरचनाहरू बनाउन प्रयोग हुने रकम हिनामिना गरिरहेको आरोपमा थिए । म्याकाइजरले सिधै भने, “त्यो विद्यार्थी स्टेट क्याप्चर का कारण म¥यो।“
अमेरिकी जनताले थाहा पाउनुपर्छ कि उनीहरूको राष्ट्रिय सरकार कसको नियन्त्रणमा छ।
यदि उनीहरूले यो साधारण प्रश्नको उत्तर दिन सक्दैनन् भने, सरकारी अधिकारीहरू र नागरिक समाजले स्टेट क्याप्चरको चेतावनी संकेतहरू चिन्नुपर्छ र आफ्नो शासन फिर्ता लिनुपर्छ।
(म्याकब्रायन ‘लअफेयर’ का प्रबन्ध सम्पादक हुन्।)
द न्यूयोर्क टाइम्स, फेब्रुवरी ५, २०२५ बाट भावानुवाद गरिएको ।
प्रतिक्रिया दिनुहोस्