राष्ट्रपतिले ओभल अफिसको ध्यान आफ्ना अर्बपति मित्र÷बजेट कटौतीकर्तालाई सुम्पिए, जसले संघीय कर्मचारी हटाउने कदमलाई ‘ब्ल्याङ्क चेक’ र १५० वर्ष उमेर पुगेका सामाजिक सुरक्षा लाभार्थीहरूको प्रसङ्ग जोडेर सही ठहर्याए।
इलन मस्क, कालो कोट र टोपीमा, ओभल अफिसमा राष्ट्रपति ट्रम्पको छेउमा उभिएका छन्। उनतिर माइक्रोफोन फर्काइएको छ।
मंगलबार (अमेरिकी समयअनुसार) इलन मस्कले आफ्ना कदमहरूप्रति उठेका आलोचनाहरूलाई बेवास्ता गरे। “ठगहरू नै सबैभन्दा चर्को आवाज निकाल्छन्,“ उनले ओभल अफिसमा उभिएर भने, राष्ट्रपति ट्रम्पले सहमतिमा टाउको हल्लाइरहे ।
यो प्रशासनका तीन हप्ता बित्दा नबित्दै, ह्वाइट हाउस कुनै दिन पनि सामान्य देखिएको छैन। तर, मंगलबार दिउँसो ओभल अफिसमा देखिएको दृश्य अहिलेसम्मकै सबैभन्दा अनौठोमध्ये एक थियो।
राष्ट्रपति ट्रम्प रिजोल्युट डेस्क पछाडि बसिरहेका थिए, जबकि इलन मस्क उनको छेउमा उभिएर पहिलोपटक सपथग्रहण समारोहयता आफू वाशिङ्टन किन आएको भन्ने स्पष्ट पार्ने प्रयास गर्दै थिए।
हप्तौँदेखि, मस्क र उनका डोरिटो –ले धूलिएका सहयोगीहरूले संघीय सरकारभित्र पसेर कर्मचारी हटाउने, कार्यक्रम र एजेन्सीहरू बन्द गर्ने, र संवैधानिक तथा कानुनी सीमाहरूलाई परीक्षण गर्ने कार्य गरिरहेका छन्।
तर, उनीहरूले के गरिरहेका छन् वा आगामी कदम के चाछन् भन्ने जानकारी केवल मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जालमार्फत वा प्रशासनका अधिकारीहरूको अस्पष्ट भनाइमार्फत मात्र बाहिर आएको थियो।
मंगलबार, मस्क सम्पूर्ण रूपमा कालो पोशाकमा मागा टोपी लगाएर, आफ्नो सानो छोरासँगै ओभल अफिसमा उपस्थित थिए । उनी आफू सत्ताको उच्च तहमा पुगेकोमा निकै उत्साहित देखिन्थे। संघीय कर्मचारीहरूलाई हटाउने कदमको बचाउ गर्दै उनले तिनलाई गैरनिर्वाचित, गैर–जवाफदेही र भ्रष्ट नोकरशाहीका अपव्ययी प्रबन्धकहरूको समूहका रूपमा चित्रित गरिहेका थिए ।

उनले कुनै प्रमाण बिना नै संघीय ठेक्काहरू हेर्ने कर्मचारीहरू रहस्यमय तरिकाले धनी हुँदै गएको दाबी गरे। सामाजिक सुरक्षाले १५० वर्षका वृद्धहरूलाई लाभ दिइरहेको बताए । करदाताहरूलाई दोहन गरिएको उल्लेख गरे।
राष्ट्रपति ट्रम्पले हात बाँधेर सुनिरहे, जब तिनले स्वतन्त्र रूपमा निर्णय गर्न दिएका उद्योगपति मस्कले आफ्ना निष्कर्ष सुनाइरहेका थिए। “यदि नोकरशाहीले नै शासन गर्छ भने, लोकतन्त्रको कुनै अर्थ रहन्छ त?“ मस्कले प्रश्न गरे।
उनले नोकरशाहहरूद्वारा सञ्चालित ‘ठगी’ को कथा सुनाए—केही ‘भ्रष्ट’, केही अयोग्य । उनले अपारदर्शी भुक्तानीहरू फेला पारेको बताए, “संघीय भवनभित्रैबाट ब्ल्याङ्क चेकहरू बाहिर उडिरहेका छन्,“ उनले भने। उनले नोकरशाहीलाई ढुंगामुनि लुकेर कुहिएका किराहरूको संज्ञा दिए।
“ठगहरू नै सबैभन्दा चर्को आवाज निकाल्छन्,“ उनले उत्पन्न आक्रोशबारे टिप्पणी गरे, जसमा ट्रम्पले सहमति जनाए।
मस्कले हस्तक्षेप गर्न पाउने आफ्नो अधिकारको बचाउ गर्दै भने, “जनताले प्रमुख सरकारी सुधारको लागि मतदान गरेका थिए, र अब तिनले त्यही पाउनेछन्।“
दुनियाँका सबैभन्दा धनी मानिस मस्कले भने, संघीय नियामक एजेन्सीहरूको विघटनबाट आफूलाई कुनै फाइदा नहुने स्पष्टीकरण दिए । पेन्टागनको खर्च जाँच्ने आफ्नो अधिकारलाई पनि उनले स्वार्थको टकराव नभएको बताए, यद्यपि उनका सैन्य ठेक्काहरू अर्बौँ डलरका छन्। उनले तर्क गरे “सरकारका लागि म नै सधैँ उत्कृष्ट मूल्य प्रदान गर्छु,“त्यसैले यसमा कुनै समस्या छैन।
“म पूर्ण रूपमा पारदर्शी छु,“ उनले भने। तर, उनले प्रश्नहरूको उत्तर पहिलोपटक मंगलबार मात्रै दिएका थिए र ह्वाइट हाउसले उनको वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन।
तर हावामा यो सत्य पनि थियोः ट्रम्पको जागिर स्वीकृति दर सामान्य रूपमा स्वस्थ देखिएको छ, जसले संकेत गर्छ कि धेरै अमेरिकीहरू अहिलेसम्म मस्कलाई दिइएको शक्तिबारे समर्थन वा कम्तीमा खुला सोच राखिरहेका छन्। कर तिर्ने व्यक्तिहरू सधैं आफ्नो पैसा कसरी प्रयोग हुन्छ भन्नेमा गहिरो शंका राख्छन्— र यो वास्तविकता ट्रम्पले उल्लेख गर्ने सुनिश्चित गरेका थिए “जनताले बुझ्नेछन्,“ उनले एकपटक जोड दिए।
कहिलेकाहीं, राष्ट्रपति मस्कका भनाइहरूसँग मिलेर विभिन्न अनाम नोकरशाहहरूको भ्रष्टाचारबारे टिप्पणी गर्थे वा उनको धारणालाई समर्थन गर्ने अस्पष्ट अभिव्यक्तिहरू दिन्थे। तर करिब आधा घण्टासम्म, उनले डोनाल्ड जे. ट्रम्पका लागि असाधारण काम गरेः उनले लगभग मञ्च छोडिदिए।
यो राष्ट्रपतिले आफ्नो नजिकको साथीलाई क्यामेराको अगाडि ओवल अफिसमा निम्त्याएको रोचक क्षण थियो।
चार दिनअघि मात्र, ट्रम्पलाई टाइम म्यागजिनको नयाँ कभरबारे प्रश्न सोधिएको थियो, (जसमा मस्कलाई रिजोलुट डेस्कको पछाडि बसिरहेको देखाइएको थियो।) “छैन,“ ट्रम्पले जवाफ दिए, अनि व्यंग्य गर्दै थपेः “टाइम म्यागजिन अझै व्यवसायमा छ ?(अर्थात् प्रकाशित हुँदैछ छ र ?) मलाई त थाहा नै थिएन।“ (यो अचम्मको कुरा थियो, किनकि म्यागजिनले गत डिसेम्बरमा मात्र उनलाई “पर्सन अफ द इयर“ अंकको आवरणमा राखेको थियो । ती अंकहरु प्रेस अफिसको भित्तामा झुण्ड्याइएको स्ट्यान्डमा राखिएका छन्।)
https://www.abcnepal.tv/posts/268967
अब, त्यो आवरणको संशोधित संस्करण अस्तित्वमा आएको थियो— जहाँ ट्रम्प दृढतापूर्वक कुर्सीमा बसेका थिए, र मस्क उनको छेउमा सहायक भूमिकामा थिए।
ट्रम्पले मस्कको (धेरै हदसम्म अनुशासित) सानो छोराको उपस्थितिलाई स्वीकार गरे र मस्कका मजाकहरूमा हाँसे। उनीहरूले आफूहरूलाई एकीकृत मोर्चाको रूपमा प्रस्तुत गरे, र आफूहरूलाई समय खेर फाल्ने नोरशाहहरूको शहरविरुद्ध लडिरहेका दुई ‘श्वेत शूरवीर’ का रूपमा चित्रित गरे। मस्कले खुलेरै स्वीकार गरे, उनले सरकारप्रति पनि आफ्ना कम्पनीहरूमा अपनाउने जस्तै दृष्टिकोण लिएका छन्— “पहिले हटाउ, त्यसपछि प्रश्न सोध,“ अर्थात् “पहिला हटाउँ, पछि सोचौँ।“
“हामी छिटो अघि बढिरहेका छौं, त्यसैले हामी गल्ती गर्नेछौं,“ उनले भने, “तर हामी ती गल्तीहरू छिट्टै सुधार्नेछौं।“
उदाहरणका लागि, उनले आफ्नो टोलीले ‘एच.आई.भी.’रोकथाम योजनाहरूका लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) बाट पुनः वित्त पोषण सुरू गरेको बताएका थिए।
र एक क्षण, उनले सरकारी खर्चबारे गरिएको केही अचम्मलाग्दा दाबीहरू पूर्ण रूपमा सही नभएको स्वीकार गरे, जस्तै कि “सरकारले गाजामा बस्ने व्यक्तिहरूका लागि ५० मिलियन डलर कन्डममा खर्च गरेको छ“ भन्ने कुरा।
“पहिले, केहि कुरा मैले भनेका गलत हुन सक्छन्,“ उनले भने, “र ती सुधारिनुपर्छ।“
तर, स्पष्ट रूपमा, ती कुरा फेरि दोहोर्याइयो, अलि परिमार्जित ढाँचामा। ट्रम्पले ध्यान दिएर सुने, जब मस्कले सुझाव दिए –संयुक्त राज्य अमेरिकाले विश्वभर परिवार नियोजनका लागि यति धेरै खर्च गर्नु हुँदैन।
“म निश्चित छैन कि हामीले ५० मिलियन डलरको कन्डम कतै पठाउनु आवश्यक छ,“उनले प्रश्नको शैलीमा पुनः दोहराए । त्यसपछि फेरि थपे “यदि तपाईं सोच्नुहुन्छ भने, यो साँच्चै असाधारण रूपमा धेरै कन्डम नै हो।“
द न्युयोर्क टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्