ट्रम्पले उनलाई चागोस द्वीपसमूह मौरिससलाई हस्तान्तरण गर्नबाट रोक्नुपर्छ, त्यसोगरिए द्धीपले चीनलाई सशक्त बनाउँछ भने पश्चिमी शक्ति कुमजोर बनाउँछ।
ब्रिटिश प्रधानमन्त्री केइर स्टार्मरले अक्टोबरमा घोषणा गरेका थिmउज यु.के.ले मौरिससलाई चागोस द्वीपसमूहको सार्वभौमिकता हस्तान्तरण गर्नेछ। चागोस द्वीपसमूह एक ब्रिटिश–प्रशासित द्वीपसमूह हो, जुन भारतीय महासागरको मध्य भागमा अवस्थित छ। डिएगो गार्सिया, एकमात्र आवासित द्वीप, अमेरिकी रणनीतिका लागि इन्डो–प्यासिफिक क्षेत्रमा र त्यस बाहेक पनि महत्वपूर्ण छ। डिएगो गार्सियामा संयुक्त राज्य अमेरिकी–ब्रिटिश हवाई र नेवीको बेस छ । यो इन्डोनेशिया, सोमालिया र येमेनको बीचको केन्द्रीय स्थानमा छ र यसले पर्शियन गल्फमा सञ्चालन भइरहेका शक्तिहरूको लागि भौतिक सहयोग प्रदान गर्दछ। अमेरिकी नौसेना डिएगो गार्सियालाई “स्वतन्त्रताको पदचिह्न“ भनेर सम्बोधन गर्छ। ब्रिटेनको लेवर सरकारले त्यसको आधारलाई विक्री गर्न लागेको छ।
रिपोर्टहरूका अनसार प्रारम्भिक अक्टोबर सम्झौताअनुसार, यु.के. ले बाहिरी चागोस द्वीपहरू हस्तान्तरण गर्नेछ, तर डिएगो गार्सिया माथि ९९ वर्षको लागि नियन्त्रण कायम राख्न मौरिससलाई ९ अर्ब विलियन अर्ब तिर्नेछ। त्यसपछि यसले एकपक्षीय रूपमा ४० वर्षको लागि भाडामा थप समय बढाउन सक्छ । तर मौरिससले नोभेम्बरमा नयाँ प्रधानमन्त्री नविन रामगूलामलाई निर्वाचित गरेको छ, र रामगूलामले चाँडै नै वार्ता पुनः सुरु गरेका थिए । रामगुलामले नयाँ सम्झौताअनुसार, यु.के.बाट भुक्तानी महँगाईसँग सम्बन्धित हुनेछ भन्ने घोषणा गरेका छन् । मूल्य प्रभावकारी रूपमा १८ अर्ब पाउण्ड पुगिसकेको छ। तर स्टार्मरले भने यसलाई अस्वीकार गर्छन्। रामगूलामले मौरिससले डिएगो गार्सियाको ४० वर्षको भाडा विस्तारलाई भिटो दिन सक्नेछ भनेका छन् । ब्रिटेनको विदेश मन्त्रालयले पनि यसलाई अस्वीकार गरेको छ।
जस्तो भए पनि, यस्ता कुनै पनि सम्झौताले अमेरिकाका लागि ठूलो रणनीतिक खतराहरू निम्त्याउँछ। मौरिसस चीनसँग मैत्रीपूर्ण छ। २००१–२००३ मा डिएगो गार्सिया एयर बेसका कमान्डर एдам पीटर्सले ६ फेब्रुअरीमा मौरिससको बाहिरी चागोस द्वीपहरूको नियन्त्रण चीनलाई “त्यहाँ पुनर्निर्माण गर्न र सबै प्रकारको जासूसी उपकरण“ र “हवाई अड्डा प्रयोग गरेर विमानलाई सिध्याउन सक्ने हतियार“ जडान गर्न थालेको चेतावनी दिएका छन् ।
चीनले यस्तो दृष्टिकोण पहिले पनि लिएको छः २०१३ मा यसले दक्षिण चीन सागरमा एटोलहरूबाट सैन्यीकृत कृत्रिम द्वीपहरूको निर्माण गर्न थाल्यो। जब लेवर पार्टीका प्रवक्ताहरूले स्टार्मरको सम्झौताका अनिर्दिष्ट तत्वहरूले डिएगो गार्सियाको सञ्चालनमा चिनियाँ हस्तक्षेपलाई रोक्ने दावी गर्छन
। उनीहरू केवल नेभिल चेम्बरल्यान्डको प्रसिद्ध “कागजको टुक्रा“ हल्लाइरहेका छैनन्। उनीहरू अमेरिकीको तर्फबाट एक प्रमुख सञ्चालन क्षेत्रको महत्वपूर्ण थिएटरमा सेतो झण्डा फहराउँदैछन्।
यो मित्रवत सरकारको व्यवहार होइन। त्यही समयमा जबस्टार्मर यू.एस. र यु.के. बीचको “विशेष सम्बन्ध“ को कुरा गर्छन् र राष्ट्रपति ट्रम्पसँग स्वतन्त्र व्यापार सम्झौताका लागि प्रयास गर्दैछन्, उनका पार्टीका क्रियाकलाप भने यसको विपरीत प्रगतितिर लम्किरहेका छन् । लगभग सात महिनामा सरकारमा, लेवर पार्टीले चीनको पक्षमा आर्थिक मार्गनिर्देशन गरेको छ, इजरायलमाथि प्रतिबन्ध लगाएको छ, र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि अन्तर्राष्ट्रिय आपराधिक अदालतको पक्राउ आदेशलाई समर्थन गरेको छ। लन्डनका प्रमुख प्रहरी अधिकृतले अमेरिकी नागरिकहरूले अनलाइन भाषणको लागि प्रत्यर्पण र कारावासको सामना गर्न सक्ने बताएका छन् । लेवर सरकारले अमेरिकी सामाजिक मिडिया कम्पनीहरूले “हानिकारक“ सामग्री हटाउन असफल भएमा सेन्सरशिप र जरिवाना सामना गर्न सक्छन् भन्ने चेतावनी दिउएको छ ।

स्टार्मर र सी जिनपिङको नोभेम्बरमा भएको समूह जी–२० शिखर सम्मेलनको बैठक ब्रिटिश र चिनियाँ नेताहरू बीचको २०१८ पछि पहिलो भेट थियो। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हुआको रिपोर्ट अनुसार स्टार्मरले चीनसँग व्यापार र वित्तीय सेवामा, साथै “विज्ञान र प्रविधि“—अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण क्षेत्रहरूमा गहिरो सहयोग प्राप्त गरे। जनवरीमा, ब्रिटिश वित्त मन्त्री राचेल रिभ्सले चीनको तीन दिने भ्रमण गरिन्, जहाँ उनले “सुरक्षित व्यापार र लगानीका अवसरहरू“ खोज्न आग्रह गरेकी छन्। उनले ५ वर्षमा ब्रिटेनको अर्थतन्त्रलाई ६०० मिलियन पाउण्डको सम्झौतासम्म पु¥याएको रिपोर्ट गरेकी छन् । यो रकमले ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा केवल एक दिन मात्र चलाउन सक्छ।
के यो सबै द्वेष वा अयोग्यताको परिणाम हो? यु.के.को चीनतर्फको आर्थिक उन्मुखता घरेलु वृद्धि कमजोर भएको प्रतिक्रिया हो। इजरायलमाथि प्रतिबन्ध लगाउने सोच निर्वाचनसँग सम्बन्धित छ—ब्रिटेनका कट्टर मुस्लिम मतदाताहरूलाई शान्त पार्ने आवश्यकता—र वैचारिक रूपमा, राष्ट्रिय चासोको सट्टा अन्तर्राष्ट्रिय कानूनी महत्वका पक्षमा झुकाव दर्शाउँछ। सेप्टेम्बरमा, यु.के. ले इजरायलमाथि आंशिक हतियार निर्यात प्रतिबन्ध लगायो, जब यहूदी राज्यले इरान–प्रायोजित इस्लामिस्टहरूको विरुद्ध बहुपक्षीय युद्ध लडिरहेको थियो। मूल प्रतिबन्ध योजनाले एफ–३५ लडाकू जेटका ब्रिटिश–निर्मित घटकहरूको निर्यात अनुमति रोक्ने थियो। यो प्रस्ताव अगस्टमा ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रायनद्वारा चेतावनी दिएपछि, “अत्यन्तै खतरनाक“ भन्दै र “विशेष सम्बन्धलाई चिरफार गर्न र पश्चिमी गठबन्धन र नाटोलाई साँच्चिकै हानि पुर्याउन सक्छ“ चेतावनीपछि सुसम्वेदन गरिएको थियो।
नोभेम्बरमा, जब अन्तर्राष्ट्रिय आपराधिक अदालतले नेतान्याहुका लागि पक्राउ आदेश जारी ग¥यो, विदेशमन्त्री डेविड लैमीले भने कि ब्रिटेन पूर्ण रूपमा पालन गर्नेछ। यहाँसम्म कि बाइडेन प्रशासनले पनि त्यत्तिको कदम चालेको थिएन । लेवरको दृष्टिकोण सार्वभौमिक अधिकार क्षेत्रको कल्पनामा ढाकिएको छ। स्टार्मर मानव अधिकारवादी वकिल हुन्। उनका निकट मित्र फिलिप स्यान्ड्सले लेवर पार्टीको नेतृत्व गर्ने अभियानको समर्थन गरेका थिए । उनले चागोस द्वीपसमूहको सम्झौतामा मौरिससको प्रतिनिधित्व गर्छन् । उनी पनि मानव अधिकारवादी वकिल हुन्। स्टार्मरका पूर्व सहकर्मी रिचर्ड हर्मर, जसले उनको नेतृत्व चुनावी अभियानमा आर्थिक सहयोग गरेका थिए । अहिले स्टार्मरका एटर्नी जनरलका रूपमा चागोस द्वीपसमूहको सम्झौतामा ब्रिटेनको चासोको प्रतिनिधित्व गर्छन् ।
द्वीपसमूहको कानूनी विवाद १९६५ मा शुरू भएको हो, जब ब्रिटेनले मौरिससलाई चागोस द्वीपसमूहलाई छुट्याउन ३ मिलियन पाउण्ड तिर्नु पर्ने थियो, र मौरिससले १९६८ मा ब्रिटेनबाट स्वतन्त्रता प्राप्त गर्दा द्वीपसमूहको नियन्त्रण कायम राख्यो। २०१९ मा, अन्तर्राष्ट्रिय न्याय अदालतले, जसलाई यू.एस.ले मान्यता दिंदैन। तर यु.के.ले गर्दछ, एक गैर–न्यायिक राय जारी गर्दै ब्रिटेनले मौरिससको “उपनिवेशमुक्ति“ पुरा गर्नु पर्छ र चागोस द्वीपसमूह हस्तान्तरण गर्नु पर्छ भनेको थियो । त्यहाँका एक न्यायाधीश, जो त्यस समयमा अन्तर्राष्ट्रिय न्याय अदालतका उपाध्यक्ष थिए, उनी एक पूर्व चिनियाँ सरकारी अधिकारी थिए। स्टार्मरले आफ्नो प्रस्तुतिलाई बचाउ गर्दै भनेका छन् “कानूनी निश्चितता बिना,“ डिएगो गार्सिया बेस “प्रायोगिक रूपमा जसरी काम गर्नु पर्छ त्यसरी काम गर्न सक्दैन।“ यसको प्रमाण भनेको केवल यति मात्र छ, २०२१ मा, युनाइटेड नेशन्स एजेन्सी युनिभर्सल पोस्टल युनियनले द्वीपसमूहमा ब्रिटिश टिकटहरूको प्रयोग रोकेको थियो ।
बाइडेन प्रशासनले पनि अन्तर्राष्ट्रिय कानूनी मृगमरीचिका रूपमा रणनीतिक प्रतिस्पर्धाका कडा सत्यलाई भ्रमित पार्यो । यसले गर्दा स्टार्मरलाई मौरिसससँग सम्झौता गर्न दबाब दियो, जसलाई जो बाइडेनले “ऐतिहासिक सम्झौता“ भनेका थिए । । अहिले, ट्रम्प प्रशासनको चेतावनीले लेवर सरकारलाई बिक्री रोक्न बाध्य तुल्याएको छ। ट्रम्पले अन्तर्राष्ट्रिय न्याय अदालतको दाबीलाई अस्वीकार गर्नुपर्छ र चागोस द्वीपसमूहको बिक्रीको विरोध गर्नुपर्छ। यसले लेवरलाई ब्रिटेनका चासोहरू कहाँ छन् भनेर सम्झाउनु पर्छ।
ग्रीन जर्नलका योगदानकर्ता र रोयल हिस्टोरिकल सोसाइटीका सदस्य हुन्।
द वाल स्ट्रिट जर्नलको १२ फेब्रुअरी, २०२५ बाट
प्रतिक्रिया दिनुहोस्