आफ्नो आत्मकथामा, डोरोथी एलिसन लेख्छिन्, “दुई वा तीन कुरा म पूर्ण रूपमा जान्दछु, र तीमध्ये एक कथा पूरा सुनाउनु प्रेम गर्नु जस्तै हो।“
क्लिन्टन प्रशासनको समयमा सुरु भएको मेरो स्वतन्त्र विद्यालयहरूमा अध्यापन यात्रामा, म पनि विद्यार्थीहरूलाई यही सिकाउँदै आएको छु—कथा पूरै पढ्नु प्रेमिल कार्य हो। यो महसुस गर्न शान्ति र ग्रहणशीलता चाहिन्छ, यस्तो व्यक्तिको जीवनमा प्रवेश गर्ने इच्छाशक्ति चाहिन्छ, जसलाई तपाईं कहिल्यै भेट्नुहुन्न, र यसमा ठूलो अभ्यास आवश्यक छ।
आजको डिजिटल संसारमा पढाइलाई पुरानो परम्पराका रूपमा हराउन दिन सकिँदैन। औसतमा विद्यार्थीहरू प्रतिदिन आठ घण्टाभन्दा बढी स्क्रिनमा व्यस्त रहन्छन्, जहाँ उनीहरू अनगिन्ती दोयमखाले(अरुका) अनुभवहरू मार्फत यात्रा गर्छन्। विद्यालयहरू भौतिकरुपले नै किताब पढ्ने अनुभवका लागि एक सुरक्षित स्थान हुनुपर्छ।
अंग्रेजी अध्ययन केवल पढाइ मात्र होइन; यो लेखन, अभिव्यक्तिको विकास, र एक प्रामाणिक आवाज खोज्ने प्रक्रियासँग पनि जोडिएको छ। तर साहित्य बुझाइ, जुन अंग्रेजी अध्ययनको आधार हो, पढाइको आनन्दसँग गहिरो रूपमा गाँसिएको छ। कहिलेकाहीं, एउटा प्रकाशको किरण कक्षाकोठामा झर्दै गर्दा विद्यार्थीहरू सामूहिक रूपमा कथा पढ्न तल्लीन देखिन्छन्, केवल पानाहरू पल्टाउने मधुर आवाज सुनिन्छ, र लाग्छ हामी सबैको हृदयगति सुस्त भएको छ। तर हामीले पढाइलाई निरर्थक देखिने गरी यति धेरै बाधाहरू सिर्जना गरिसकेका छौं कि यो व्यवहारिक देखिँदैन।
राष्ट्रिय मूल्याङ्कन परीक्षणले हाम्रो देशमा साक्षरताको भविष्यप्रति गम्भीर चिन्ता जनाएको छ।
गत महिनाको अन्त्यमा सार्वजनिक गरिएको National Assessment of Educational Progress (राष्ट्रिय शैक्षिक प्रगति मूल्याङ्कनको परीक्षण नतिजाले हाम्रो देशमा साक्षरताको भविष्यप्रति गम्भीर चिन्ता उत्पन्न गरेको छ। आठौं श्रेणीका ३३ प्रतिशत विद्यार्थीहरू “बेसिक भन्दा कमजोर“ श्रेणीमा परेका छन्, जसको अर्थ उनीहरू कुनै पाठको मुख्य विचार पत्ता लगाउन वा फरक बैचारिक पक्षहरू पहिचान गर्न असमर्थ थिए। यो परीक्षाको ३२ वर्षको इतिहासमा सबैभन्दा कमजोर नतिजा हो।
यसलाई झन् गम्भीर बनाउने वा यसको कारण बुझ्न मद्दत गर्ने अर्को तथ्य छ –२०२३ मा मात्र १४ प्रतिशत विद्यार्थीहरूले दैनिक रूपमा रमाइलोका लागि पढ्ने गरेको बताएका थिए, जुन २०१२ यता १३ प्रतिशत अंकले घटेको देखिन्छ।
अंग्रेजीलाई थप सान्दर्भिक बनाउने प्रयासस्वरूप, National Council of Teachers of English(NCTE) ले २०२२ मा घोषणा गरे अनुसार उनीहरूले डिजिटल र मध्यस्थ (mediated) संसारलाई थप समावेश गर्नेछन्। यसको उद्देश्य लेखिएको शब्दको प्रधानता घटाएर छविहरू र मल्टिमिडियालाई बढी स्थान दिनु थियो। “हाम्रो पेशा—जसले संचार कलाको संरक्षण गर्छ—लेख्य माध्यमलाई विशेष रूपमा उच्च मान्ने परम्परागत सोचलाई चुनौती दिनुपर्ने आवश्यकता छ,“ परिषद्ले भनेको थियो।
यो निर्णय लिइएको समयसम्म, अमेरिकी १२औं श्रेणीका केवल ३७ प्रतिशत विद्यार्थीहरू मात्र ‘प्रवीण’ (proficient) वा सोभन्दा माथि थिए। यस्तो अवस्थामा, “अब किताब पढाइ र निबन्ध लेखाइलाई अंग्रेजी भाषा शिक्षाको मुख्य आधार मान्ने समय सकिएको छ“ भन्ने परिषद्को निष्कर्ष शंकास्पद देखिन्छ।
तर साक्षरता भनेको छरिएका टुक्राहरूको मिश्रण मात्र होइन। विशेषगरी पढाइ भनेको शान्त रूपमा कसैको विचार सुन्ने कला हो, जसमा पाठकले आफ्नो दृष्टिकोण अनावश्यक रूपमा थोपर्ने प्रयास गर्दैन। यो एउटा अनुशासन हो, जसले विद्यार्थीलाई चुनौती दिन्छ, कठिन भाषाशैली र चरित्रहरूलाई बुझ्ने संयमता दिन्छ।
आजको समयमा National Council of Teachers of English को निर्देशनअनुसार, शिक्षकहरूले विद्यार्थीहरूलाई पूर्ण पाठसँग संलग्न गराउने साटो अनुभवात्मक (एक्सपेरिमेन्टल) सिकाइमा जोड दिएका छन्। उदाहरणका लागि, विद्यार्थीहरू”The Great Gatsby“ को पूरै पुस्तक पढ्नु सट्टा केवल तीन अध्याय पढ्छन्, त्यसपछि TED Talk सुन्छन्, Claude McKay को कविता पढ्छन्, फ्ल्यापरको पहिरन लगाएर PowerPointप्रस्तुति दिन्छन्, र æProhibition (मद्यनिषेध) सम्बन्धी रिपोर्ट बनाउँछन्। तर, उनीहरू पुस्तकका बाँकी अध्यायहरूका मात्र सारांश मार्फत जान्नेछन् र अन्तिम अध्याय पढ्नमात्र मूल किताबमा फर्कनेछन्।
यसरी, मूल साहित्यिक अनुभवलाई डिजिटल र अनावश्यक गतिविधिहरूले विस्थापित गर्दै लगिएको छ, जसले दीर्घकालीन रूपमा साक्षरताको भविष्यमा नकारात्मक प्रभाव पार्न सक्छ।
विद्यार्थीहरू मुख्यतः सारांश र अनुमानमा भर पर्छन्, जसले उनीहरूलाई केवल सतही जानकारी दिन्छ। उनीहरू ऋबचतभकष्बल ग्रिड देख्छन्, ओसन नक्सामा खिचिएको रेखा देख्छन्, तर “तरंगहरू देख्दैनन्,“ जस्तो कि संचार सिद्धान्तकार Douglas Rushkoff ले हालसालै भनेका थिए। उनी भन्छन्, विद्यार्थीहरू “मापन गर्न सकिने सूचकहरू मात्र देख्छन्, वास्तविकता होइन, जसको मात्र मापनको प्रयास गरिन्छ।“ उनी अनावश्यक रूपमा त्रास फैलाउने व्यक्ति होइनन्, तर उनी “बीचको, यो सम्पर्कयुक्त वास्तविकता“ हराउँदै गएकोमा चिन्तित छन्।
म संसारमा धेरैथरी काम गर्न सक्थेँ, तर म भाग्यमानी छु कि म टाढाका भूमिहरूका कथाहरू विद्यार्थीहरूको कोमल मनमा छर्न सक्छु र उनीहरूको सोचाइलाई उत्तेजित गर्न सक्छु। कहिलेकाहीँ, म स्वीकार गर्छु, मलाई खेलकुद हेर्न, Saturday Night Live“ को क्लिप हेर्न, वा निदाउन मन लाग्छ। तर विद्यार्थीहरूको लागि पनि किताब खोल्न, आफैंले प्रयोग नगर्ने भाषामा लेखिएको शब्दहरू बुझ्न, र बहुपदात्मक नामहरू पढ्न सजिलो हुँदैन। (तर उनीहरू बिहान ५ः३० बजे उठेर आइस हकी अभ्यास गर्न भने निकै सिपालु छन्।)
गत शरद ऋतुमा मैले जुनियर र सिनियर विद्यार्थीहरूलाई Richard Powers को Bewilderment नामक उपन्यास दिएँ। यस उपन्यासमा एक ९ वर्षीय बालकको कथा छ, जो लोपोन्मुख प्रजातिहरू बचाउने अभियानमा समर्पित छ, जबकि उसका पिता उनलाई सुरक्षित राख्न संघर्ष गर्दैछन्। विद्यार्थीहरूलाई प्रारम्भमा वातावरणीय सक्रियता वा पशु कल्याणबारे खासै ज्ञान थिएन। तर कथाले तिनलाई ग्रह सम्बन्धी नैतिकता, आमाबाबुको प्रेमको शक्ति र यसको सीमाहरूबारे बहस गर्न मद्दत ग¥यो। यदि उनीहरूले केवल सारांश मात्र पढेका भए, उनीहरूले यिनै शब्दहरू देख्ने थिए, तर महसुस गर्ने क्षमता गुमाउने थिए।
सेमेस्टर सुरु हुँदा, म अक्सर विद्यार्थीहरूलाई Virginia Woolf को एक गहिरो निबन्ध How Should One Read a Book पढ्न दिन्छु। उनले सुझाउँछिन्, “न्यायाधीशहरूसँग बसेर मूल्यांकन नगर्नुहोस्, तर अपराधीको छेउमा उभिनुहोस्। उसको सहकर्मी बन्नुहोस्, उसको सहयात्री बन्नुहोस्।“ कक्षाकोठाले विद्यार्थीहरूलाई डकवर्करहरू र धनी व्यापारीहरू, तानाशाहहरू र मुक्तिदूतहरू सँग यात्रा गर्न अनुमति दिन्छ।
तर जब अन्तिम पृष्ठ पल्टाइन्छ, ध्ययाि पाठकलाई भन्छिन्, “अब तपाईं अपराधीको साथी मात्र होइन, न्यायाधीश बन्नुपर्छ।“
नेपालको शिक्षा प्रणाली, सिकाई र शिक्षक तथा विद्यार्थीहरुका लागि समेत सान्दर्भिक लागेर त्यसको भावानुवाद यहाँ दिइएको छ।डोनाह्यू कनेक्टिकटको Greenwich Country Day School मा अंग्रेजी पढाउँछन्।
न्यूयोर्क टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्