यस चित्रणमा पृष्ठभूमिमा चिनियाँ झण्डा देखिन्छ, जसमा वृद्धि संकेत गर्ने माथि उकालोतिर गएको तीर छ। तीरको तल धेरै रंगीन चक्की र क्याप्सुलहरू छन्, जसले चीनको औषधि वा स्वास्थ्य सेवा उद्योगको वृद्धि सूचित गर्दछ।
चिनिया कम्पनीहरू सस्ता र छिटो औषधि खोजीका लागि अग्रस्थानमा छन्।
फेब्रुअरी १६, : Keytruda, को एक क्यान्सर–इम्युनोथेरापी औषधि, अहिलेसम्म बेचिएका सबैभन्दा नाफामुखी औषधिहरूमध्ये एक हो। यसको २०१४ को सुरुवातदेखि नै अमेरिकी निर्माता मर्कले (Merck)यसबाट १३० अर्ब डलरभन्दा बढीको बिक्री गरेको छ, यसले गत वर्ष मात्र २९.५ अर्ब डलर विक्रि गरेको थियो ।
गत सेप्टेम्बरमा, एक प्रयोगात्मक औषधिले अघिल्लो कुनै पनि औषधिले गर्न नसकेको उपलब्धि हासिल ग¥यो। नन–स्मल–सेल फोक्सो क्यान्सर का लागि पछिल्लो चरणका परीक्षणहरूमा, यसले बिरामीहरूले रोग नबढाइकन बाँच्ने समय लगभग दोब्बर पार्यो—Keytruda का लागि ५.८ महिनाको तुलनामा ११.१ महिना बढी हो ।
परिणामहरू अचम्मलाग्दा थिए। त्यस्तै, यसका पछाडि रहेको कम्पनीको राष्ट्रियता पनि। Akeso , एक बायोटेक चिनियाँ कम्पनी हो।
पछिल्ला केही महिनामा, चीनको कृत्रिम बुद्धिमतासम्बन्धी प्रगतिले विश्वलाई स्तब्ध बनाएको छ। यद्यपि कम लगानी थोरै चर्चामा, तर उस्तै महत्वपूर्ण परिवर्तन बायोटेक क्षेत्रमा भइरहेको छ।
चीन लामो समयदेखि सामान्य औषधिहरू उत्पादन गर्ने, कच्चा पदार्थ आपूर्ति गर्ने र औषधि उद्योगका लागि क्लिनिकल परीक्षण सञ्चालन गर्ने देशका रूपमा चिनिन्थ्यो। तर अहिले, चिनियाँ औषधि निर्माता अत्याधुनिक स्तरमा पुगेका छन्, जसले प्रतिस्पर्धी औषधिहरूभन्दा सस्ता नवीन औषधिहरू उत्पादन गरिरहेका छन्। चीन अब नयाँ औषधिहरू विकास गर्ने मामिलामा अमेरिकापछिको दोस्रो ठूलो राष्ट्र बनेको छ (चार्ट १ हेर्नुहोस्)।

चार्टः द इकोनोमिस्ट
यसको परिणामस्वरूप, पश्चिमी औषधि निर्माताहरुले नयाँ विचारहरू खोज्नका लागि बढ्दो रूपमा पूर्वतर्फ आकर्षित भइरहेका छन्। औषधि पेटेन्टहरूका म्याद सकिँदै गएकाले, दशकको अन्त्यसम्ममा तिनीहरूले वार्षिक १४० अर्ब डलरसम्मको बिक्री गुमाउने सम्भावना छ।
गत वर्ष, उनीहरूले गरेका ठूला लाइसेन्सिङ सम्झौताहरू—५० मिलियन डलर वा सोभन्दा बढी मूल्यका—मध्ये लगभग एक तिहाइ चिनियाँ कम्पनीहरूसँग थिए, यो २०२० को तुलनामा तीन गुणा बढी हो। परामर्शदाता कम्पनी ीभ्प् का अनुसार, सोही अवधिमा पश्चिममा चीनबाट लाइसेन्स लिइएका औषधिहरूको कुल मूल्य १५ गुणा बढेर ४८ अर्ब डलर पुगेको छ (चार्ट २ हेर्नुहोस्)।

नोभेम्बरमा,Merck ले LaNova Medicines, अर्को चिनियाँ बायोटेक कम्पनी, लाई ५ मिलियन डलर तिरेर ब्पभकय ले उत्पादन गर्ने उपचारका जस्तै औषधि उत्पादन गर्ने अधिकार सुरक्षित गरेको थियो ।
चीन सरकारले बायोटेकलाई लगभग दुई दशकअघि रणनीतिक प्राथमिकताका रूपमा पहिचान गरेको थियो। तर, २०१५ मा राष्ट्रिय औषधि नियामकले महत्वाकांक्षी सुधारहरू सुरु गरेपछि मात्र यो क्षेत्रले वास्तवमै गति लिन थाल्यो। नियामक निकायले थप कर्मचारीहरू राखेर दुई वर्षभित्रै २०,००० औषधि आवेदनहरूको चाङलाई सफा गरेको थियो । क्लिनिकल परीक्षणहरूलाई सुव्यवस्थित गर्दै तिनीहरूलाई विश्वव्यापी मापदण्डसँग मिलाइएको छ ।
पेकिङ विश्वविद्यालयका Yimin Cui र उनका सहकर्मीहरूको Nature Reviews Drug Discovery मा प्रकाशित अध्ययनमा देखाएअनुसार, सुधारहरूअघि पहिलो चरणको मानव परीक्षण स्वीकृत हुन ५०१ दिन लाग्थ्यो, तर सुधारपछि त्यो घटेर ८७ दिनमा सीमित हुन आएको छ।
यी सुधारहरू “समुद्री कछुवा“ गति भनिने प्रवृत्तिसँग मेल खान्छन्—यो चिनियाँ वैज्ञानिकहरूलाई जनाउने शब्द हो, जो विदेशमा अध्ययन वा काम गरेर स्वदेश फर्किएका थिए। चीनको विशाल घरेलु बजारले सबै ठूला औषधि निर्माताहरूलाई आकर्षित गर्यो, जसले ज्ञान र प्रतिभा भित्र्यायो। सरल सूचीकरण नियमहरूले बायोटेक लगानीकर्ताहरूलाई निकासका लागि स्पष्ट मार्ग उपलब्ध गरायो, जसले यो क्षेत्रलाई अझ आकर्षक बनायो। निजी लगानी २०१६ मा १ अर्ब डलरबाट बढेर २०२१ मा १३.४ अर्ब डलर पुगेको थियो।
अझ बढी प्रतिभा र लगानीसहित, चिनियाँ कम्पनीहरू पश्चिमी औषधिहरूको नक्कल गर्ने चरणबाट अघि बढेका छन् । पेटेन्ट समाप्त हुने कुराको प्रतीक्षा गरेर उस्तै जेनेरिक उत्पादन गर्नुको सट्टा, तिनीहरूले “फास्ट–फलोअर“ रणनीति अपनाएका छन् —पहिले नै परिचित औषधिहरूलाई परिमार्जन गर्दै सुरक्षा, प्रभावकारिता वा डेलिभरी सुधार्नेमा केन्द्रित छन् ।
औषधि विकास सामान्यतः कुनै लक्ष्य पहिचान गरेर सुरु हुन्छ, प्रायः कुनै रोगसँग सम्बन्धित प्रोटिन वा जीन । वैज्ञानिकहरू त्यसपछि त्यस्ता अणुहरूको खोजी गर्छन्, जसले उक्त लक्ष्यका कार्यलाई रोक्न वा प्रवद्र्धन गर्न सक्छ। फास्ट–फलोअरहरूले नयाँ सुरुआत नगर्ने भएकाले तिनीहरूले परीक्षणहरू निकै कम लागत र यथासमयमै गर्न सक्छन्।
२०२१ देखि २०२४ को बीचमा चीनमा विकास भइरहेका औषधिहरूको सङ्ख्या दोब्बर भएर ४,३९१ पुगेको छ । फास्ट–फलोअर र पूर्ण रूपमा मौलिक उपचारहरू पाइपलाइनको करिब ४२% पुगेका छन् ।. LEK की Helen Chen ले बताए अनुसार चीनको दृष्टिकोण एडीसी (ADC -Antibody–Drug Conjugates) प्रकारका क्यान्सर उपचारहरूमा विशेष रूपमा प्रभावकारी देखिएको छ।
एडीसी उपचारमा एउटा एन्टिबडीलाई रासायनिक लिंकमार्फत कीमोथेरापी पेलोडसँग जोडिन्छ। किनकि यसका मुख्य घटकहरू पहिल्यै अवस्थित हुन्छन्, यसमा सफलता उपचार संयोजनको कुशलतामा निर्भर रहन्छ। Helen Chen ले यस्तै क्षेत्रमा चिनियाँ कम्पनीहरू उत्कृष्ट रहेको विश्वास गर्छन् ।
Keytruda, एक क्यान्सर–इम्युनोथेरापी औषधि, इतिहासकै सबैभन्दा बढी नाफा कमाउने औषधिहरूमध्ये एक हो। यसको अमेरिकी निर्माता Merck ले २०१४ मा सुरुवात गरेदेखि नै १३० अर्ब डलरभन्दा बढीको बिक्री गरेको छ ।
स्पीड पनि चीनको अर्को ठूलो फाइदा हो। Akeso का संस्थापकMichelle Xia भन्छिन्, “ हामी संसारका अरू कुनै पनि देशभन्दा दुई वा तीन गुणा छिटो काम गर्न सक्छौं। “ औषधि विकासको सबैभन्दा महँगो र लामो चरण क्लिनिकल परीक्षण पश्चिमको तुलनामा चीनमा धेरै छिटो सञ्चालन हुन्छ। ठूलो जनसंख्या भएका कारण बिरामीहरू छिटो भर्ती गर्न सजिलो हुन्छ , र सरकारको प्रोत्साहनका कारण अस्पताल तथा डाक्टरहरूले अनुसन्धानलाई समर्थन गर्छन्।
यी द्रुत परीक्षणहरूले चिनियाँ औषधिहरूलाई वैश्विक औषधि कम्पनीहरूको लागि अझ आकर्षक बनाएका छन्। Akeso को औषधिले चीनमै गरिएको परीक्षणको आधारमा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) लाई प्रभाव पार्न सफल भएको छ। जसका कारण यसलाई सिधै अन्तिम चरणको परीक्षणमा लैजान अनुमति दिइयो।
हाल धेरै चिनियाँ कम्पनीहरूले अमेरिकामा सिधै औषधि बेच्दैनन्। बरु, तिनीहरू लाइसेन्सिङ सम्झौताहरूमा भर पर्छन् —चिनियाँ कम्पनीले आफ्नो औषधि विदेशमा बेच्ने अधिकार अन्य कम्पनीलाई बेच्छ, बदलीमा सुरुवाती भुक्तानी, माइलस्टोन–आधारित शुल्क र भविष्यको बिक्रीबाट रोयल्टी प्राप्त गर्छ। उदाहरणका लागि, ब्पभकय को Keytruda प्रतिस्पर्धी औषधि अमेरिकी कम्पनी समिट थेरापेटिक्सलाई ५०० मिलियन डलरको प्रारम्भिक सम्झौता दिइएको थियो, यसमाथि अतिरिक्त ५ अर्ब डलरसम्मको भुक्तानी र बिक्रीबाट रोयल्टी प्राप्त हुने छ।
अर्को रणनीति “NewCo“ मोडेल हो। यस अन्तर्गत, चिनियाँ कम्पनीहरूले आफ्ना क्लिनिकल सम्पत्तिलाई छुट्टै अमेरिकी कम्पनीमा रूपान्तरण गर्छन् , जसलाई अनुभवी स्थानीय व्यवस्थापन टोलीले सञ्चालन गर्छ। मूल कम्पनीले आंशिक स्वामित्व कायम राख्छ, जसले औषधि सफल भएमा रोयल्टीभन्दा बढी फाइदा प्राप्त गर्न सक्छ। लगानी बैंक Jefferies का अनुसार, मे महिनादेखि हालसम्म करिब आठवटा यस्ता कम्पनीहरू स्थापना भइसकेका छन्।
Keytruda चीनको बायोटेकको बृद्धि जोखिमविहीन भने छैन। बढ्दो लाइसेन्सिङ सम्झौताहरूले एउटा ठूलो समस्या लुकाइरहेका छन्— लगानी संकट। २०२४ मा चिनियाँ बायोटेकमा निजी लगानी सात वर्षयताकै न्यून बिन्दुमा झ¥यो, जसले विश्वव्यापी बायोटेक बजारमा आएको मन्दीलाई झल्काउँछ। लगानीकर्ताहरूले छिटो नगद प्रवाह उत्पन्न गर्ने वा बलियो अन्तर्राष्ट्रिय सम्भावना भएका कम्पनीहरूलाई प्राथमिकता दिइरहेका छन्।
सान फ्रान्सिस्कोका लगानीकर्ता जिमी चाङ चिन्तित छन् कि अहिले भइरहेका धेरै लाइसेन्सिङ सम्झौताहरू अघिल्लो लगानी बृद्धिका परिणाम मात्र हुन्। उनको चेतावनी अनुसार नयाँ लगानी बिना, चीनको औषधि विकास पाइपलाइन सुकेको जस्तो हुन सक्छ।
अरू पनि ठूला चिन्ता भनेको अमेरिकासँगको बढ्दो तनाव हो। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा (अमेरिका) औषधि मूल्यहरू चीनको तुलनामा कम नियन्त्रित छन्, जसले गर्दा अमेरिकी बिरामीहरू चिनियाँ बायोटेक कम्पनीहरूका लागि महत्वपूर्ण आम्दानी स्रोत बनेका छन्।
हाल अमेरिकी व्यापार प्रतिबन्धहरू उच्च–प्रविधि उत्पादनहरूमा केन्द्रित छन् , तर चिनियाँ बायोटेकले अहिलेसम्म त्यस्तो कडा निगरानी भोग्नु परेको छैन। चीनबाट केही बायोटेक सेवा र उपकरण आपूर्ति रोक्ने अमेरिकी प्रयास कांग्रेसमा अड्किएको छ। तर, डोनाल्ड ट्रम्पको नीतिमा चीन व्यापार प्रमुख निशानामा रहेकाले बायोटेक उद्योग पनि यसबाट प्रभावित नहुने ग्यारेन्टी छैन।
अमेरिकामा लाइसेन्सिङ सम्झौतामार्फत बिक्री गर्ने रणनीतिले सीमित सुरक्षा प्रदान गर्न सक्छ। तर अहिले नै चिनियाँ बायोटेक कम्पनीहरूले अमेरिकी प्रतिस्पर्धीहरूको तुलनामा कम लाइसेन्सिङ शुल्क पाइरहेका छन् , किनकि भूराजनीतिक जोखिमहरू लगानीकर्ताहरूका लागि मुख्य चिन्ताको विषय बनेका छन्।
चीनको चमत्कारीक बायोटेक प्रगति प्रशंसनीय छ, तर यसलाई शक्तिशाली भूराजनीतिक शक्तिहरूसँग जुध्नै पर्नेछ।
द इकोनोमिष्टबाट
■
प्रतिक्रिया दिनुहोस्