ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प प्रशासन प्रभावः एमसीसीको अनुदान रोक्का, सरकार जबाफविहीन !


एबीसी न्यूज
७ फाल्गुन २०८१, बुधबार   ३ : ५१   बजे

काठमाडौं ७ फागुन । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले पनि दुई पक्षीय बहुचर्चित सम्भौता र संसदबाट समेत अनुमोदन भएको समझौताको अनुदान रोकेको छ।

नेपालमा विद्युत प्रसारणलाइन बनाउन ५० करोड अमेरिकी डलरबराबरको अनुदान दिने घोषणा गरेको एमसीसीले फागुन २ गते इमेल पठाएर सबै प्रकारका भुक्तानी रोकेको जानकारी दिएको छ।

‘नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न सम्झौताअन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको २०२५ जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी सरकारले २ परियोजना एमसीसी र यूएसएडमार्फत सिधै नेपालमा अनुदान दिने गरेको छ।
यसअघि अमेरिकी अनुदान स्थगन घोषणाले नेपालमा सुरु भएको एमसीसी परियोजना नरोकिने अर्थ मन्त्रालयले विश्वास गरेको जनएको थियो।

सन् २०१७ सेप्टेम्बरमा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालसँग सम्झौता गर्दा ट्रम्पको पहिलो कार्यकाल सुरु भएको थियो। तर कार्यान्वयन भने सन् २०२३ अगस्ट ३० बाट राष्ट्रपति जो बाइडेनको पालामा थालिएको थियो।

एमसीसीले नुवाकोटको रातामाटेदेखि नवलपरासीको बर्दघाटसम्म ४०० केभीको प्रसारणलाइन निर्माण गर्दै छ। एमसीसी बोर्डले सुरुमा ५०० मिलियन डलर सहायता दिएकोमा अहिले थप ५० मिलियन दिने निर्णय गरेको छ।

यूएसएडले नेपालमा २०८ परियोजनामा काम गरेको छ। यसअन्तर्गत २०८ मध्ये सबैभन्दा बढी योजना स्वास्थ्य क्षेत्रमा ६८, कृषि क्षेत्रमा ४६, निर्माण र उत्पादनतर्फ २१, शिक्षा क्षेत्रमा १६, आर्थिक क्षेत्रमा ११, सामाजिक सुरक्षामा ११, परिवार र शिशु कल्याणमा ९, ऊर्जामा ९, वातावरणमा ९ र अन्य सामुदायिक विकाससम्बन्धी कार्यक्रम रहेका छन्।

२०२२ भदौमा अर्थ मन्त्रालयसँग यूएसएडले ६९८ मिलियन डलर खर्च गर्ने सम्झौता गरेको थियो। उक्त कार्यक्रम सञ्चालनमै छ। त्यसबाहेक फिड द फ्युचर्स कार्यक्रम अन्तर्गत ५६ लाख डलर प्रतिबद्धता गरेकोमा २० मिलियन खर्च भएको छ।

त्यसबाहेक यूएसएडले सहयोग गरेका विश्व स्वास्थ्य संगठन, विश्व बाल संगठन लगायतले नेपालमा गरिरहेका कार्यक्रम समेत प्रभावित हुने देखिएका छन्।

यूएसएडले २०२४ मा नेपालमा सबैभन्दा बढी पोषण कार्यक्रममा खर्च गरेको छ। २२.९७ मिलियन डलर खर्च गरेको उसले कृषिमा १९.९९ मिलियन, एजुकेसन स्वाप ७.८४ मिलियन, रेड बुक सपोर्ट प्रोग्राममा ७.८२ मिलियन, ऊर्जा नेपालमा ७.५५ मिलियन अमेरिकी डलर खर्च गरेको छ।

यूएसएडले विभिन्न एजेन्सीमार्फत १९ करोड २६ लाख डलर खर्च गरेको थियो।

नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएसँगै अमेरिकाको स्टेट डिपार्टमेन्टले विश्वभर दिइरहेका सबै आर्थिक सहयोग पुनर्विचार गर्ने भन्दै ९० दिनका लागि ‘होल्ड’ गरेको हो। सोसँगै यूएसएड नेपालले यसको जानकारी अर्थ मन्त्रालयलाई दिइसकेको छ।

नेपालमा एमसीसी परियोजना कार्यान्वयन गर्न एमसीए–नेपाल गठन गरिएको थियो।
दुई सरकारबीच भएका यस्ता सम्झौतासमेत एकपक्षीय रुपमा रोकिने भएपछि आगामी दिनमा अमेरिकासँगका दुइ पक्षीय सम्झौताको विश्वसनीयता पनि संकट पर्ने विश्लेषकहरुले बताएका छन् ।
नेपालमा एमसीसी परियोजना लागू गराउन अमेरिकाका तत्कालीन ट्रम्प प्रशासन र बाइडेन प्रशासनको त्यति ठूलो जोडबल र देशभित्रको जनमत समेत विभाजन भएको बहुचर्चित परियोजना एकाएक रोकिएपछि नेपाल सरकार अप्ठेरोमा परेको छ ।
नेपाल सरकारले केवल अमेरिकाले सहायता रोकेको भन्ने सूचना बाहेक कुनै थप जानकारी वा आफ्नो भनाई समेत सार्वजनिक गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group