काठमाडौं । एबीसी टिप्पणी : युरोपेली नेताहरू सम्भावित खालीपन — युक्रेन र समग्र महाद्वीपीय सुरक्षामा — कसरी भर्ने भनेर पत्ता लगाउन दौडधुप गरिरहेका छन् । राष्ट्रपति ट्रम्पको ह्वाइट हाउसले युरोपमा अमेरिकी समर्थन र नाटो सेना संख्या घटाउने कुरा गरिरहेको छ। युक्रेनमा युद्धको तेस्रो वर्ष पूरा भएको छ र बलियो रूसको खतरा बढिरहेको भन्दै युरोपेली नेताहरूले कीभमा एकताको प्रदर्शन गरेका छन्। सोमबार, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन सहित शीर्ष अधिकारीहरू कीभ पुगे, जहाँ उनले युक्रेनको लडाइँलाई “युरोपको नियति“ को रूपमा वर्णन गरिन्। उही दिन, युरोपेली विदेशमन्त्रीहरू ब्रसेल्समा भेटे । उनीहरूले कीभलाई अर्को समर्थन प्याकेजमा कति पठाउने भनेर छलफल गर्नेछन्। यो प्याकेज एकल अंकबाट शुरू भए पनि २० अर्ब युरोभन्दा बढी हुन सक्छ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले ट्रम्पलाई पुटिनका विरुद्ध “कमजोर नहुन“ आग्रह गर्न वाशिंगटनको भ्रमण गर्ने योजना बनाएका छन्। युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले मार्च ६ मा युक्रेन र युरोपेली रक्षाका बारेमा छलफल गर्न विशेष बैठक बोलाएका छन्। युरोपेली नेताहरूले रूसमाथि नयाँ प्रतिबन्धहरू पनि स्वीकृत गर्ने अपेक्षा गरिएको छ, यद्यपि यो कदम ट्रम्प र पुटिनबीचको बढ्दो निकटताको कारण ह्वाइट हाउसलाई मन पर्ने कुरा हुन नसक्ने निश्चित छ ।
संसारभर मतदाता सहभागिता कमजोर भइरहेको देखिएका बेला जर्मनीमा भने मतदानमा असाधारण सहभागिता देखियो। योग्य मतदाता जर्मनहरूको करिब ८३% ले मतदान गरेका छन् । यो पुनर्जनन भएको ३५ वर्षयताकै उच्च मतदान आँकडा हो।
यो निर्वाचनको परिणामले लामो समयदेखि राजनीतिक स्पष्टता नभएको देशका रुपमा चिनिएको जर्मनीमा त्यसस्तो आशा गर्नेहरूलाई सन्तुष्ट पार्न सकेन । सीडीयू/सीएसयूको विजय मुख्य रूपमा विद्यमान सरकारको अलोकप्रियताको परिणाम हो । सम्भावित चान्सलर मर्जले पार्टीभित्रका पुराना शंकाहरूलाई ताजा बनाउने सम्भावना छ भने गत महिना उनले संसद(बन्डेस्टाग)मा आप्रवासन–विरोधी प्रस्तावहरू पारित गर्न एएफडीको समर्थन स्वीकारेर धेरै जर्मनहरूलाई आक्रोशित बनाएका छन् । उनको व्यक्तिगत लोकिप्रयता दर पनि राम्रो छैन ।
फेब्रुअरी २३, २०२५ को निर्वाचनको मत र सिट हिस्सा तालिकामा प्रत्येक प्रमुख पार्टीको मत संख्या, मत प्रतिशत र प्राप्त सिटहरू समावेशछन्:
पार्टी | मत संख्या | मत प्रतिशत (%) | सिट संख्या |
---|---|---|---|
सीडीयू/सीएसयू | १४,१५८,४३२ | २८.५२ | २०८ |
एएफडी | १०,३२७,१४८ | २०.८० | १५२ |
एसपीडी | ८,१४८,२८४ | १६.४१ | १२० |
ग्रिन्स | ५,७६१,४७६ | ११.६१ | ८५ |
डाइ लिन्के | ४,३५५,३८२ | ८.७७ | ६४ |
अन्य | २,२७३,८१७ | ४.५८ | १ |
बीएसडब्ल्यू | २,४६८,६७० | ४.९७ | ० |
एफडीपी | २,१४८,८७८ | ४.३३ | ० |
जर्मनीको फेब्रुअरी २३, २०२५ को निर्वाचनले देशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्यायो, जसमा क्रिश्चियन डेमोक्र्याट्स (सीडीयू/सीएसयू) ले २८.५% मत सहित २०८ सिट जितेर सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको छ । यो परिणामले चान्सलर ओलाफ शोल्जको नेतृत्वमा रहेको वामपन्थी रुझानको गठबन्धन सरकारप्रतिको असन्तुष्टिलाई प्रतिबिम्बित गरेको पुष्टि भएको छ। जर्मनीको अर्थतन्त्र र आप्रवासन नीतिहरूको आलोचना हुँदै आएको थियो।सीडीयू/सीएसयूका नेता फ्रेडरिक मर्जले अब सरकार बनाउन गठबन्धनको नेतृत्व गर्नेछन्, सम्भवतः शोल्जको सोशल डेमोक्र्याट्स (एसपीडी) सँग उनले गठबन्धन गर्ने अधिक सम्भावना छ । सत्तारुढ शोल्जको दलले १६.४% मत सहित १२० सिटमा खुम्चिएको छ । यी दुइ दल मिलेमा अर्को सरकारका लागि ३२८ सिटको बहुमत हुनेछ । ६३० सिटको बन्डेस्टागमा ३१६ सीट बहुमतको लागि आवश्यक हुन्छ।
यो चुनावमा उत्सव मनाउने पार्टीहरू केव दुई ध्रवमा उभिएका चरम दक्षिणपन्थी र चरम वामपन्थी बन्न पुगेका छन् । जसको सरकारमा सहभागि हुने आशा छैनः एएफडी र डाइ लिन्के ।जर्मनीको यसखाले वाध्यकारी जस्तो लाग्ने नतिजाले मुख्य पार्टीहरूमा गठबन्धन वार्तामा बसेर आत्ममूल्यांकनलाई प्रेरित गर्न सक्छ ।

दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले आफ्नो मत हिस्सा दोब्बर बनाएर २०.८% मतसहित १५२ सिट प्राप्त गर्न सफल भएको छ । यो दलले पूर्वी जर्मनीमा बलियो प्रदर्शन गरेको छ । सम्भावित चान्सलर मर्जले भने एएफडीसँग गठबन्धन नगर्ने यस अघि नै घोषणा गरेका छन् । एएफडीको नाजी नारा र सरकार उल्टाउने षड्यन्त्रका कारण केन्द्रवादी र वामपन्थी रुझानवाला दलहरु सहजै एएफडीसँग गठबन्धन गर्न तयार देखिंदैनन् । फ्रान्सेली राष्ट्रपति इमान्युल म्याक्रोंवादी जर्मनीको ग्रिन्स पार्टीले ११.६% मतसहित ८५ सिट प्राप्त गरेको छ । उग्रवामपन्थी मानिने डाइ लिन्केले अप्रत्याशित रूपमा ८.८% मत सहित ६४ सिट जित्न सफल भएको छ । यसअघिका विभिन्न मिडिया सर्वेक्षणहरुले यो दलले ५ प्रतिशतको थ्रेस होल्ड पार गर्न गाह्रो हुने प्रक्षेपण गरेका थिए । फ्री डेमोक्र्याट्स (एफडीपी) र सारा वागेनक्नेच्ट एलायन्स (बीएसडब्ल्यू) ले भने ५% को थ्रेसहोल्ड पार गर्न सकेनन् । उनीहरुले क्रमशः ४.३% र ४.९७% मत प्राप्त गरेर बन्डेस्टागमा सिटविहीन हुन पुगेका छन् ।
यो चुनावमा धर्तीका सवैभन्दा धनी ‘टेकजाइन्ट’ तथा अमेरिकी राष्ट्रपति ट्रम्पका ‘प्रथम साथी’ इलन मस्कले खुलेर एएफडीलाई समर्थन गरेका थिए । पछिल्ला दुई हप्तामा दिनहुँजसो उनले एएफडीको पक्षमा आफ्नै सोसल साइट एक्समा पोष्ट गर्न समेत अप्ठेरो मानेका थिएनन् ।

https://www.france24.com/en/europe/20250110-musk-praises-afd-leader-reiterates-support-german-far-right-party
जर्मनीमा चुनाव जितेर सरकार अरु दलहरुले नै बनाउँदैछन् । तर अघिल्लो निर्वाचनभन्दा दोव्वर सफलता प्राप्त गरेकोमा छिमेकी हंगेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टर अर्बानले एएफडी र त्यसकी नेतृ एलीस वाइडेलाई बधाइ दिएका छन्। लगत्तै अर्वानको ट्विटलाई एलन मस्कले रिट्विट गर्दै बधाइ दिइहाले । दक्षिणपन्थ वैश्विक गठबन्धनको विचित्र तमासा हालैमात्र अमेरिकाका सम्पन्न भइसकेको छ।
हालै निकै विभत्स रुपमा सम्पन्न म्युनिख सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले खुलेर एएफडीको पक्षमा भाषण मात्र गरेनन्, सम्मेलन आयोजक देशका चान्सलर शोल्जसँगको शिष्टाचार भेटवार्ता समेत अस्वीकार गरेर एएफडीकी नेतृसँग लामो छलफल गरेका थिए । अर्को अर्थमा अमेरिकी नयाँ प्रशासन पूर्ण रुपले चरम दक्षिणपन्थी यतिसम्म कि ‘हिटलरपन्थी’ मानिने एएफडीको पक्षमा खुलेर लागेको थियो ।
युरोपेली नेताहरूको लागि, जर्मनीको यो परिवर्तनले महत्वपूर्ण राजनीतिक दिशा बदल्न प्रेरित गरेको छ । मर्जको नेतृत्वमा सीडीयू/सीएसयू र एसपीडीको सम्भावित “ग्रान्ड कोएलिशन“ ले युरोपेली रक्षा र युक्रेनलाई समर्थन गर्ने भन्ने नीतिका बारेमा ट्रम्प प्रशासनले अख्तियार गर्ने रणनीतिमा उनीहरुको राजनीतिक दिशा निर्धारण हुने निश्चित जस्तै छ । युक्रेनलाई समर्थन गर्ने नीतिका कारण आफूहरुप्रति अमेरिकी समर्थन घट्ने सम्भावनाले युरोपलाई आफ्नो सैन्य क्षमता बढाउन बाध्य पार्दैछ । युरोपले हालसम्म युक्रेनमा ६५ अर्ब डलर सैन्य सहायता र २१ अर्ब डलर बढी मानवीय सहायता खर्च गरेको बताएको छ । अमेरिकाले भने ६७ अर्ब डलर सैन्य सहायता सहित ११९ अर्ब डलर खर्च गरेको छ। नाटोका महासचिव मार्क रुट्टेले संयुक्त राज्य अमेरिका बिना अगाडि बढ्नु युरोपका लागि अव्यावहारिक भएको बताएका छन् । तर म्याक्रोन र मर्ज जस्ता नेताहरूले स्वतन्त्र युरोपेली रक्षा रणनीति बनाउने प्रयत्न गरिरहेका छन् ।
आफ्नो तर्फबाट, मर्जले ट्रम्पअन्तर्गत भूराजनीतिक परिवर्तनहरूले उनलाई समयको विलासिता नदिने बुझेको हुनु पर्छ । विजयपछि “स्वतन्त्र युरोपेली रक्षा क्षमता“ को सम्भावनाबारे सोच्दै उनले भनेका छन् “हामीले सकेसम्म छिटो युरोपलाई सुदृढ गर्नु पूर्ण प्राथमिकता हो, ताकि हामी अमेरिकाबाट स्वतन्त्रता प्राप्त गर्न सकौं।“ निर्वाचनअघि उनले अमेरिकी छातालाई प्रतिस्थापन गर्न फ्रान्स वा बेलायतसँग आणविक सहकार्यको सम्भावनाको विषय पनि उठाएका थिए फ्रान्सेलीहरूसँग जर्मनहरुको अनौपचारिक वार्ता भइसकेको छ।
मर्जले शोल्जको सोशल डेमोक्र्याट्स (एसपीडी) सँग गठबन्धन बनाउने आशा राखेका छन् । जर्मनीको निर्वाचन नियमअनुसार, केन्द्र–वाम र केन्द्र–दक्षिण मुख्य पार्टीहरूले पहिले “ग्रान्ड“ गठबन्धन भनेर चिनिने सरकार बनाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा नयाँ “वाम–रूढिवादी“ सारा वागेनक्नेच्ट एलायन्स (बीएसडब्ल्यू) ले संसदीय प्रतिनिधित्वका लागि आवश्यक ५% थ्रेसहोल्ड पार गर्न सक्छ कि सक्दैन भन्नेमा निर्भर थियो। यो ०.०३ प्रतिशत अंकले झिनो रूपमा थ्रेस होल्ड पार गर्नबाट चुक्यो । यसको अर्थ अब सीडीयू/सीएसयू र एसपीडीसँग सहजै बहुमत हुने सिट प्राप्त भएका छन् ।
मर्जले निर्वाचनको पूर्वसन्ध्यामा “ग्रिन र वामपन्थीहरुलाई मूर्खहरू“ भन्दै आक्रोश पोखेका थिए । उनको ठूलो चुनौती जर्मनीमा अनियमित आप्रवासन व्यवस्थापन गर्ने प्रस्तावहरूमा सम्झौता कसरी गर्छन भन्नेमा निर्भर गर्नेछ । मर्जले जर्मनीको सीमामा स्थायी नियन्त्रण र शरणार्थीहरूलाई अस्वीकार गर्ने आफ्ना मागहरूप्रति अडिग रहेको बताएका छन्। तर एसपीडी र ग्रिन्स दुवैले यस्तो धारणालाई घरेलु र युरोपेली कानूनको उल्लंघन हुने बताउँछन् ।
भावी सत्तारूढ पार्टीहरूले जर्मनीको संवैधानिक ऋण ब्रेकलाई खुकुलो बनाउने कुरामा पनि सहमति खोज्नुपर्नेछ । त्यसो गर्नका लािग संघीय सरकारलाई न्युन घाटा बाहेक चलाउन असम्भव बनाउने बेलायतको विश्व प्रसिद्ध पत्रिका ‘द इकानोमिष्ट’ले विश्लेषण गरेको छ।
सरकारलाई चुस्त बनाउने र कतिपय आर्थिक मुद्धाहरुका विषयमा संवैधानिक परिवर्तन गर्नु पर्ने हुन्छ। त्यसका लागि संसदमा दुई–तिहाइ बहुमत आवश्यक पर्छ । यो नियम संशोधन गर्न सत्तारूढ पार्टीहरूलाई ग्रिन्स र डाइ लिन्केको समर्थन अनिवार्य देखिन्छ । कट्टर –वामपन्थी पार्टीले अन्तिम समयमा विशेष गरी युवा मतदाताहरूबीच अप्रत्याशित उछाल ल्याएर ९% मत जित्न सफल भएको छ । “शान्ति–समर्थक“ पार्टीको रूपमा यसले समर्थन प्राप्त गरेको हो । यसको मूल्य आफैमा निकै उच्च हुनेछ। यो नीतिबाट मर्जको समूहमा रहेका कट्टर सांसदहरूलाई आक्रोशित बनाउँछ । उनीहरु वामपन्थीहरूलाई घृणा गर्छन् र ऋण ब्रेक खुकुलो पार्ने कुरामा शुरूदेखि नै शंकालु बन्दै आएका छन् ।
जर्मनीको नयाँ सरकारले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रलाई पुनर्जनन गर्न र आप्रवासनमा कडाइ गर्ने सीडीयूको नीतिहरू लागू गर्न सक्छ कि सक्दैन भन्ने गम्भीर परीक्षणको समय आएको जस्तो देखिन्छ । युरोपेली नेताहरूले ट्रम्पसँगको कूटनीतिमा सन्तुलन कायम राख्दै आफ्नो रक्षा स्वायत्तता सुनिश्चित गर्नुपर्ने चुनौती मात्र नभएर वाध्यता आइलागेको नै छ ।
प्रतिक्रिया दिनुहोस्