उपराष्ट्रपति भ्यान्सले सार्वजनिक झगडा सुरु गरे जसले केवल रुसको तानाशाहलाई मद्दत ग¥यो ।
सम्पादकीय बोर्ड, फेब्रुअरी २८, २०२५
शुक्रबार युक्रेनका भोलोदिमिर जेलेंस्कीसँग ओभल अफिसमा क्यामेरा अगाडिको झगडाको अन्त्यतिर, राष्ट्रपति ट्रम्पले यो “महान टेलिभिजन“(शो–सं) भएको टिप्पणी गरे। उनको यो कुरा सही छ। तर बैठकको उद्देश्य युक्रेनको लागि सम्मानजनक शान्तितर्फ ल्याउनु हुनुपर्ने थियो, तर घटनामा विजेता भने रुसका भ्लादिमिर पुटिन हुन पुगे ।
ट्रम्प–जेलेंस्की खनिज बैठक गलत दिशामा मोडियो । “उनले संयुक्त राज्य अमेरिकालाई यसको प्रिय ओभल अफिसमा अपमान गरे,“ ट्रम्पले शुक्रबार दिउँसो सामाजिक सञ्जालमा लेखे– युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसबाट निकाल्दै गर्दा । “उनी शान्तिको लागि तयार भएपछि फर्कन सक्छन्।“ दुई नेताहरूले योजना गरिएको खनिज सम्झौतामा हस्ताक्षर गरेनन् जसले कम्तीमा युक्रेनलाई भविष्यको अमेरिकी समर्थनको आशा दिलाएको हुने थियो ।
ट्रम्प र जेलेंस्कीबीचको बैठक सुरुमा सहज रूपमा सुरुवात भएको थियो। “यो संयुक्त राज्यको ठूलो प्रतिबद्धता हो, र हामी तपाईंसँग काम गर्न धेरै कदर गर्छौं, र हामी त्यो जारी राख्नेछौं,“ ट्रम्पले खनिज सम्झौताको बारेमा भने । जेलेंस्कीले युद्धबन्दीको रूपमा दुव्र्यवहार गरिएका युक्रेनीहरूको तस्बिर देखाए । “यो कठिन कुरा हो,“ ट्रम्पले भने ।
त्यसपछि बैठक, विश्वको अगाडि, आरोप–प्रत्यारोपमा झ¥यो। यो मुखामुख उपराष्ट्रपति जेडी भ्यान्सको अनौठो हस्तक्षेपबाट शुरू भयो, जसले ट्रम्पको कूटनीतिको रक्षा गर्न खोजेका थिए, उनलाई जेलेंस्कीले चुनौती दिएका थिएनन्। जेलेंस्कीले पुटिनले तोडेका धेरै शान्ति सम्झौताहरू दोहो¥याए र भ्यान्सलाई यो पटक के फरक हुन्छ भनेर सोधे।
भ्यान्सले जेलेंस्कीमाथि आक्रमण गरे—उनी “असम्मानजनक“ भइरेहकाछन्, जनशक्तिमा कम छन्, र युक्रेन भ्रमण गर्नेहरूलाई “प्रचार“ यात्र गराउँछन् । राष्ट्रपति ट्रम्प जेलेंस्कीको सुझावले रिसाएका देखिए कि युक्रेनको परिणाम अमेरिकालाई महत्वपूर्ण हुन्छ। “तपाईंको देश ठूलो संकटमा छ। तपाईंले जितिरहनुभएको छैन,“ ट्रम्पले पटक जलेन्स्कीस्लाई भने ।
उपराष्ट्रपतिले किन सार्वजनिक झगडा भड्काउन खोजे? भ्यान्सले आफ्नो एक्स खातामा लेखेका छन् – युक्रेनको आत्मसमर्पणको लागि राजनीतिक आधार नरम पार्न प्रयास गरिरहेका छन्, हालै पुटिनको क्रूर आक्रमणलाई केवल जातीय प्रतिद्वन्द्विता मात्र भनेर लेखेका छन्। भ्यान्सले जेलेंस्कीलाई रातको खानामा ढिला गरेको बच्चाजस्तै गरेर आलोचना गरे। उनले युक्रेनीले अमेरिकी सहायताप्रति पर्याप्त कृतज्ञता नेदेखाएको दावी गरे । यद्यपि जेलेन्स्कीले अमेरिकालाई अनगिन्ती पटक धन्यवाद दिएका छन् । यो भावी राजनेताको व्यवहार थिएन।
जेलेंस्कीले तनाव कम गर्न फेरि अमेरिकालाई धन्यवाद दिएर र ट्रम्पलाई सम्मान गरेर बुद्धिमानी देखाउन सक्थे। ट्रम्पका अगाडि ऐतिहासिक रेकर्ड सच्याउन खोजेर उनकै सहायता माग्दा थोरै फाइदा थियो ।
तर युद्धमा जस्तै, जेलेंस्कीले यो ओभल अफिसमा त्यस्तै आदानप्रदान शुरू गरेका थिएनन्। के उनले तीन वर्षदेखि बाँच्नका लागि युद्ध लडिरहेका युक्रेनी जनताको लामो सार्वजनिक अपमान सहनुपर्ने थियो ?
ट्रम्पका सहयोगीहरूले यो विपत्तिलाई अमेरिकी शक्तिको कुनै प्रदर्शनको रूपमा बचाउ गर्नु अचम्मलाग्दो छ। युक्रेनमा अमेरिकी चासो भनेको पुटिनको साम्राज्यवादी परियोजना, जुन गुमेको सोभियत साम्राज्य पुनः संयोजन गर्न हो, अमेरिकी सैनिकले गोली नचलाएरै बन्द गर्नु हो। त्यो आधारभूत चासो परिवर्तन भएको छैन, तर विश्वको अगाडि युक्रेनलाई आलोचना गर्नाले त्यो हासिल गर्न गाह्रो बनाउनेछ।
युक्रेनलाई पुटिनको हातमा सुम्पनु त्यो देश र युरोपको लागि विनाशकारी हुन्छ, तर यो ट्रम्पको लागि पनि राजनीतिक संकट हुनेछ। अमेरिकी राष्ट्रपति त्यो द्वन्द्वबाट केवल टाढाबाट हिँड्न सक्दैनन्, जति उनले चाहे पनि। युक्रेनसँग यो गर्मीसम्म टिक्ने हतियार समर्थन छ। तर युद्धको हालको अवस्थामा, पुटिनले कुनै रियायत गर्नुपर्ने कारण देख्दैनन् किनभने उनका सेनाहरू युक्रेनको पूर्वमा रक्तपातपूर्ण रूपमा एक–एक इन्च अगाडि बढिरहेका छन्।
शुक्रबारको प्रदर्शनले उनलाई आफ्नो हमलालाई रोक्न थप इच्छुक बनाउने छैन किनभने उनले अमेरिकी राष्ट्रपति र उनको उत्साही सहायकले युक्रेनका नेतालाई आलोचना गरेको देख्छन्। केही ट्रम्पविज्ञहरूले सुझाव दिए अनुसार ट्रम्पले उचित समयमा पुटिनमाथि दबाब दिनेछन्। तर हालसम्म पुटिनले क्षेत्र वा शान्ति सम्झौता हस्ताक्षर भएपछि युक्रेनको आत्मरक्षा क्षमतामा कुनै रियायत गरेका छैनन्।
राष्ट्रपति ट्रम्पलाई सन् २०२० मा जितेको भए यो युद्ध रोक्न सक्थे भन्ने लाग्छ र यो युद्धसँग व्यवहार गर्नुपर्दा उनलाई रिस उठ्छ। तर राष्ट्रपतिहरूले उनीहरूले उत्तराधिकारमा पाएको विश्वसँग व्यवहार गर्नुपर्छ। युक्रेनमा शान्ति सम्भव छ, तर उनले र जेलेंस्कीले युक्रेनीहरूले स्वीकार गर्न सक्ने सम्झौतामा सँगै काम गर्नुपर्छ।
ट्रम्प युक्रेनलाई भ्लादिमिर पुटिनको हातमा छोड्ने राष्ट्रपति बन्न चाहँदैनन्, जसले रक्तपात र अमेरिकी हितहरूलाई क्षति पु¥याउँछ। भ्यान्स पनि यस्तो विश्वमा राष्ट्रपति पदको लागि दौडन चाहँदैनन्।
(अमेरिकी कन्जरभेटिभसँग निकट मुख्य पत्रिका द वाल स्ट्टि जर्नलको सम्पादकीय)
प्रतिक्रिया दिनुहोस्