सम्पादकीय टिप्पणीःव्यापार युद्ध र मूल्यह्रासलाई परास्त गर्नु र विज्ञानलाई प्रोत्साहन गर्ने बेइजिङका प्रमुख प्राथमिकताहरू हुन् ।
काठमाडौं २१ फागुन । विश्वका दुई महाशक्तिहरूले एकपछि अर्कोले राष्ट्रको अवस्थाबारे सम्बोधन गर्ने अवसर जुरेको छ । चिनियाँ प्रधानमन्त्री ली चियाङले मार्च ५ मा बेइजिङमा देशको राष्ट्रिय जन कांग्रेसमा आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यसको समयमा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटनमा कांग्रेसको संयुक्त सत्रमा आफ्नो दोस्रो कार्यकालको पहिलो सम्बोधन गरेका थिए ।
ट्रम्पको भाषण उत्तेजक र तिक्त थियो, अमेरिकी मिडियाका अनुसार “उचित शिष्टाचारको अवरोध“ ट्रम्पको सम्वोधन निरश थियो । राष्ट्रपतिको शब्दहरू “युएसए, युएसए, युएसए!“ र “लड, लड, लड!“ र “ना ना ना ना, हे हे, अलविदा!“ जस्ता नाराहरूले बीचबीचमा गुञ्जिँदै ‘अमेरिका पुरानो युगतिर फर्केको थियो । पश्चिमी सम्भयता पुरानै ढर्रामा ढल्दै थियो । ट्रम्पको आगामी घरेलु तथा वैश्विक नीति र रणनीति ट्रयारिफमा आधारित हुने निश्चित छ। यसको पराकम्पनमा ग्रिनल्याण्ड र पानामा फिर्ता ल्याएर उनी अलस्का खरिद प्रकरण पछि भूगोल थप्ने महान् राष्ट्रपति हुने बाटोमा छन् । कामयावी हुने नहुने भविष्यको कुरा हो ।

चिनिया प्रिमीयर लीको भाषणमा त्यस्तो उग्रता केही थिएन। उनको श्रोता—तियानमेन स्क्वायर नजिकैको ग्रेट हल अफ द पिपलमा जम्मा भएका ३,००० प्रतिनिधिहरुले गम्भीरतापूर्वक सुनिरहेका थिए । लीले भनेका धेरै कुराहरू परम्परागत शैलीका अनुमानयोग्य थिए। उनले प्रस्तुत गरेका वित्तीय संख्याहरूले कठिन समयमा सरकारको मनस्थितिलाई प्रकट गरेको छ । चीनको अर्थतन्त्रले लामो समयदेखिको सम्पत्ति संकट, पुरानो मूल्यह्रास र तीव्र व्यापार युद्धको सामना गरिरहेको छ। प्रधानमन्त्री लीको प्रतिवेदनले मनोबल बढाउने प्रतिवेदनबाट, मानिसहरूले गत वर्ष चीनको अर्थतन्त्रको स्थिर प्रगति देख्न सक्छन् र भविष्यप्रति दृढ विश्वास महसुस गर्न सक्ने ग्लोवल टाइम्सले बाँकी दुनियालाई सीपीसीको सन्देश दिएको छ ।

लगातार तेस्रो वर्ष हो जसमा चीनले आफ्नो जीडीपी वृद्धि दरलाई ५ प्रतिशतको दायरामा स्थिर राखेको छ। रोयटर्स र पश्चिमी मिडिया आउटलेटहरूले करिब ५ प्रतिशत वृद्धि लक्ष्य दोहो¥याउनु “विश्वासको प्रदर्शनका साथै यो वर्ष घरेलु मागको लागि बलियो नीति समर्थनको संकेत बताउँदै यो ५ प्रतिशतको बृद्धिको लक्ष्या “आलु टिप्न उफ्रनु“ जस्तै रहेको टिप्पणी गरेर कडा परिश्रम चाहिने चेतवानी व्यक्त गरेका छन् । चीनसँग उल्लेखनीय संस्थागत फाइदाहरूमा अति–ठूलो बजार, पूर्ण औद्योगिक प्रणाली र प्रचुर मानव संसाधनले आर्थिक विकासको लागि ठोस आधार प्रदान गरेको छ ।

जनतामा केन्द्रित विकास दर्शन नै चीनको आर्थिक जीवनशक्तिको आधार भएको प्रतिवेदनले व्यक्तिगत आयको वृद्धि आर्थिक वृद्धिसँगै तालमेलमा हुनुपर्ने, थप कोष र स्रोतहरू जनताको सेवामा प्रयोग हुने, र पहिलो पटक सम्पत्ति बजार र स्टक बजारको स्थिरतालाई समग्र आवश्यकताको हिस्साको रूपमा समावेश गरेको छ । प्रतिवेदनले भनेजस्तै पार्टी र राज्यले सधैं जनताको सुन्दर जीवनको आकांक्षालाई आफ्नो अन्तिम लक्ष्य बनाएको दावीको स्थिरता नै चिनिया परीक्षण जस्तो प्रतित हुन्छ । “आफ्नो काम राम्रोसँग गर्नमा ध्यान केन्द्रित“ गर्ने चिनिया विकास तर्कले जनताको जीवनस्तर मात्र सुधार गरेको छैन, बरु सम्पूर्ण जनसंख्याको उत्साह र सिर्जनशीलतालाई प्रेरित गरेकोमा नेताहरुले सन्तोष गरेका छन् ।
चीन बलियो कार्यान्वयन क्षमता भएको देश हो – एक पटक लक्ष्य निर्धारण भएपछि, त्यसलाई हासिल गर्न हरसम्भव प्रयास गर्ने चिनिया विशेषता रहेको छ । यो वर्षको सरकारको कार्य प्रतिवेदनले “सुधार“ शब्द ४० भन्दा बढी पटक दोहराएर “नीतिहरू छिटो प्रस्तुत र कार्यान्वयन गर्नुपर्छ – ढिलो गर्नुभन्दा चाँडो गर्नु राम्रो हो, किनभने यसले उत्पन्न हुन सक्ने कुनै पनि अनिश्चितताहरूलाई सम्बोधन गर्न बहुमूल्य समय किन्ने।“ बताइएको छ ।
सीकृत लीको दावी छः चीनको अर्थतन्त्र आफ्नो “रूप“ मा स्थिर र “गति“ मा उदीयमान छ, यसले वैश्विक शासनमा जित–जित सहकार्यको लागि थप सम्भावनाहरू प्रदान गर्छ।
विश्व आर्थिक आउटलुक प्रतिवेदनको पछिल्लो संस्करणमा, अन्तर्राष्ट्रिय मुद्रा कोषले २०२५ र २०२६ का लागि चीनको अर्थतन्त्रको वृद्धिका बारेमा आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभर गौरिन्चासले चीनको २०२४ को प्रदर्शनलाई “सकारात्मक आश्चर्य“ भनेर उल्लेख गरेबाट चिनिया नेतृत्व हौसिएको बुझ्न सकिन्छ । बढ्दो वैश्विक आर्थिक अनिश्चितताको सन्दर्भमा, चीनको अर्थतन्त्र जटिल वातावरणमा स्थिर र दिगो रूपमा अघि बढ्छ कि बढ्दैन भन्नेमा सवैभन्दा बढी चिनिया नेतृत्व नै चिन्तित भएको देखिन्छ ।
प्रधानमन्त्री लीले २०२५ मा चीनले गर्नु पर्ने दस “प्रमुख कार्यहरू“ को सूची पनि प्रस्तुत गरेका छन् । यो सूची धेरै हदसम्म २०२४ को सूचीसँग मिल्दोजुल्दो देखिन्छ । औद्योगिक आधुनिकीकरण, प्राविधिक आत्मनिर्भरता र घरेलु माग विस्तार लगायतका विषयहरु प्रमुख रूपमा अघि सारिएको छ । घरेलु खर्चलाई प्रोत्साहन गर्ने गत वर्षको तेस्रो प्राथमिकताबाट २०२५ मा पहिलोमा आइपुग्नुले विश्वको सम्भावित आर्थिक प्रतिस्पर्धालाई संकेत गर्दछ । लीले “उपभोग“ शब्द ३२ पटक उल्लेख गरेबाट चिनिया बस्तुहरुको आन्तरिक उपभोग बढाएर व्यापार सन्तुलन गर्ने चिनिया प्रमुख रणनीति बन्दै गएको अमेरिकासँगको थप चर्कने व्यापार युद्धकै अनुमानयोग्य परिणामको नतिजा हुनसक्छ । यसअघिको उपभोग शव्द सवैभन्दा धेरै पटक २००९ मा २६ पटक उल्लेख गरिएको द इकोनोमिष्टले जनाएबाट पश्चिमको सम्पूर्ण नजर नै बेइजिङमा केन्द्रित भएको समेत प्रष्टै छ । सन् २००८–१० को विश्व मन्ददीमा चीनले खर्च पुनर्जनन गरेर दोस्रो आर्थिक महाशक्ति बन्ने बाटोमा छलाङ मार्न सफल भएको थियो ।
चिनिया सरकार उपभोक्ता विश्वास पुनस्र्थापना गर्न कोभिड लकडाउनका बेलाबाटै अधिकतम बल गर्दै आएको छ । पश्चिमी टिप्पणीकारहरुका अनुसार चीनमा घरमालिकहरूलाई अब आफ्नो फ्ल्याटको मूल्य कायम रहन्छ कि रहँदैन भन्ने निश्चितता नपाएको अवस्थामा संघर्षरत छन्। लीले “जनताको कल्याण सुधार“ र “उपभोग बढाउने“ परियोजनालाई ठूलो प्राथमिकता दिने वाचा गरेका छन् । केन्द्रीय सरकारले आफ्नो “ट्रेड–इन“ योजनामा ३०० बिलियन युआन खर्च गर्नेछ, यसो हुँदा घरपरिवारहरूलाई पुराना उपकरणहरू र गाडीहरू नयाँसँग प्रतिस्थापन गर्न प्रोत्साहन दिन्छन्।
अमेरिकाको व्यापार युद्धले बेइजिङलाई थप आक्रामक बनाउन सक्छ । ट्रम्पले लीको भाषणको अघिल्लो दिन चीनमाथि नयाँ १०% कर लगाएका छन्, यो कदम एक महिना दुई पटक समान शुल्क थोपरिएको घटना हो । पुराना शुल्कहरूसँग जोड्दा, चिनियाँ सामानहरूले अब औसत अमेरिकी कर लगभग ३४% को भन्दा बढीको सामना गर्नुपर्छ । चीन सरकारले तुरुन्तै अमेरिकी सामानहरूको मसिनोगरी कुखुरादेखि सोयाबिनसम्म—कर लगाएर जवाफ दिनुका साथै केही अमेरिकी कम्पनीहरूलाई सरकारको कालोसूचीमा राख्ने घोषणा गरेको छ । यो कदमले अमेरिकी कम्पनीहरुलाई चिनियाँ फर्महरूसँगको कारोबारलाई सीमित गर्न सक्छ। चिनिया प्रधानमन्त्री लीले आफ्नो भाषणमा परम्परागत रुपमा “हेजेमोनिज्म र शक्ति राजनीति“ को विरोध गर्ने र “एकतर्फीवाद र संरक्षणवादका सबै रूपहरूको विरोध“ गर्ने चीनको दृढ संकल्प दोहराएर अमेरिकालाई कुटनीतिक जबाफ दिएका छन् । चीनले विश्व व्यापार संगठनमा अमेरिकी एकतर्फी शुल्क थोपराईको विरुद्ध मुद्धा दर्ता गराएको छ ।
लीले यो वर्षको मुख्य बजेट घाटा लक्ष्य गत वर्षको जीडीपीको ३% बाट बढेर ४% पुग्ने खुलासा गरेका छन् । परम्परागत रूपमा, पुरानो अन्तर्राष्ट्रिय मानदण्डहरू अनुरूप नै चीनले आधिकारिक घाटालाई जीडीपीको ३% भन्दा तल राख्न खोजेको छ ।यस नीतिको व्यवहारिक प्रयोग भनेको “विशेष बन्डहरू“ को कोटा बढाउएर गत वर्षको ३.९ ट्रिलियन युआन (४५४० बिलियन) बाट यो वर्ष ४.४ ट्रिलियनसम्म बेच्न सक्छन्। अब स्थानीय सरकारहरूले यो पैसा बिक्री नभएका फ्ल्याटहरू र सम्पत्ति विकासकर्ताहरूबाट निष्क्रिय जमिन किन्न प्रयोग गर्न सक्छन्। यो सन्तोषजनक कदम हो । केन्द्रीय सरकारले अ१.८ ट्रिलियन युआन मूल्य बराबरको अर्को “विशेष“ बन्ड बेच्नेर ५०० बिलियन युआन चीनका बैंकहरूको पुनर्पूँजीकरणका लागि सहयोग गर्न प्रयोग गर्नेछ । यो गत वर्षको भन्दा बढी हो। समग्रमा, अर्थशास्त्रीहरूले चीनको व्यापक वित्तीय घाटा जीडीपीको २% भन्दा थोरै कमले बढ्ने अपेक्षा गरेको फाइनान्सीयले टाइमले लामो विश्लेषण्मा उल्लेख गरेको छ । चीनको प्रोत्साहनको शैली केही हदसम्म निराशाजनक थियो। विगतमा सरकारले स्थायी पूर्वाधारहरु जस्तै पुलहरू र अन्य केही महत्वकांक्षी परियोजनामा गरेको खर्चलाई अमेरिकाले मन्दीको सामना गर्न पैसा छाप्छ, चीनले कंक्रिट खन्याउँछ भन्ने धारणा बनाएको थियो ।
चीनले निजामती कर्मचारीहरूको तलब पनि बढाएको छ। ग्रामीण बासिन्दाहरू र काम–आधारित योजनाहरूद्वारा कभर नभएका सहरवासीहरूका लागि चिकित्सा बीमा अनुदान बढाउने भएको छ । बजेट अनुसार ४.५% को वृद्धि गरेर वार्षिक अनुदान प्रति व्यक्ति ७०० युआनसम्म पु¥याइने भएको छ । यी समूहहरूले आफ्नो आधारभूत पेन्सनमा पनि मासिक २० युआनको वृद्धि पाउनेछन् । अघिल्ला वर्षकै बृद्धिलाई निरन्तरता दिएको छ । यो वर्ष प्रदान गरिएको अतिरिक्त वित्तीय प्रोत्साहनमध्ये करिब एक चौथाइ मात्र उपभोगसँग सम्बन्धित रहेको बताइएको छ ।

विज्ञान र प्रविधि क्षेत्रमा अर्को १०% ले खर्च बढाइने भएको छ । राष्ट्रिय रक्षाको बजेट ७.२% ले घोषणा गरेर अमेरिका र पश्चिम युरोपको ध्यान तानेको छ । यद्यपि यो व्यवस्था अर्थतन्त्रको वास्तविक वृद्धि र मुद्रास्फीतिको मिश्रण मार्फत सैन्य खर्चको गतिलाई निरन्तरता दिइएको हो । आधिकारिक सैन्य बजेट जीडीपीको प्रतिशतको रूपमा लगभग स्थिर रहेको छ, १.३% जति बढेको छ । गत वर्ष चिनिया आर्थिक बृद्धि जीडीपी केवल ४.२% मा सीमित थियो । प्रधानमन्त्री लीले यो वर्ष ४.९% ले आर्थिक बृद्धि हुने अनुमान गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने निरन्तर सफलताको अपेक्षा गरेको दम्भका साथ घोषणा गरेका छन् । “हाम्रो देश यस्तो पुनरागमनको कगारमा छ, जुन विश्वले कहिल्यै देखेको छैन,“ भन्दै ट्रम्पले ट्यारिफले नै सबै कुरा कभर गर्ने नीति लिएका छन् । कम प्रतिबद्धता गरेर बढी उपलब्धि हासिल गर्ने आदर्शवादी कल्पना सामान्यतया संसारभर कतै देखिन छाडेको छ नै । विश्वास पुनस्र्थापना गर्न र जंलली आत्माहरूलाई पुनर्जनन गर्न, केही केही उत्तेजनाले सम्भवतः सहयोग गर्न सक्छ । तर ट्रम्पको ट्रेडवारले अमेरिकादेखि विश्वभरका शेयर मार्केटले प्रारम्भमै गम्भीर धकका खाएका छन् । अमेरिका र चीन विश्वका पहिलो र दोस्रो अर्थतन्त्र तथा दुवै तिरबाट एकअर्कालाई मुख्य प्रतिद्वन्द्व र शत्रु घोषणा गरिएका कारण तुलना हुने भएपनि अर्थतन्त्रका सन्दर्भमा राजनीतिक प्रणालीजस्तै धेरै पक्षमा गहिरो भिन्नता छ।

प्रतिक्रिया दिनुहोस्