किन गिल्डेड एजको ट्यारिफ मोडेल ट्रम्पका लागि काम गर्दैन

अमेरिकी राष्ट्रपति विलियम म्याकिन्लेले वाशिङ्टन डीसीमा सन् १८९७ मा आफ्नो उद्घाटन सम्बोधन गर्दै
राष्ट्रपति विलियम म्याकिन्लेले सन् १९२८ पछि सबैभन्दा ठूलो क्षण अनुभव गरिरहेका छन्, जब उनको अनुहार ५०० डलरको नोटमा छापिएको थियो। पछिल्ला केही दशकहरूमा, केवल केही अनौठा इतिहासकारहरू र उनका कट्टर भक्तहरूले मात्र उनलाई खासै ध्यान दिएका थिए। तर पछिल्ला केही वर्षहरूमा बारम्बार गरिएका टिप्पणीहरू, जसमा उनको दोस्रो सपथ सम्बोधन पनि समावेश छ, राष्ट्रपति डोनाल्ड ट्रम्पले म्याकिन्लेलाई पुनः चर्चामा ल्याएका छन्। म्याकिन्ले “प्राकृतिक व्यवसायी“ थिए, ट्रम्पले भने, जसले “ट्यारिफ र प्रतिभामार्फत हाम्रो देशलाई धेरै धनी बनाए।“
ट्यारिफहरू ट्रम्पको म्याकिन्लेप्रतिको सम्मानको केन्द्रमा छन्। यो आर्थिक नीतिले म्याकिन्लेको राजनीतिक करियरलाई परिभाषित ग¥यो। कंग्रेस सदस्यको रूपमा उनको अन्तिम कार्य म्याकिन्ले ट्यारिफ ऐन १८९० को नेतृत्व गरेका थिए, जसले करयोग्य आयातमा औसत ट्यारिफ लगभग ५० प्रतिशत निर्धारण ग¥यो। आफ्नो अधिकांश पेशागत जीवनमा, म्याकिन्लेले अमेरिकी शक्ति र सुरक्षालाई देशको घरेलु आर्थिक समृद्धिको कार्यको रूपमा हेरे, न कि यसको सैन्य शक्तिको आकारको रूपमा। यो असामान्य थिएन। दुई संरक्षित महासागरहरू, नयाँ औद्योगिक धन, सैन्यमा कानुनी सीमाहरू, र कम विदेशी खतराहरूले गिल्डेड एजमा अमेरिकी नौसेनालाई पनि शान्तिकालमा आफ्नो प्राथमिक भूमिकालाई वाणिज्य संरक्षणको रूपमा हेर्न प्रेरित ग¥यो।
आज, अमेरिकी राष्ट्रिय सुरक्षा प्रतिष्ठानभरि, अर्थशास्त्र पुनः एक केन्द्रीय चासो बनेको छ। ट्रम्पका लागि, अमेरिकी गठबन्धन र सम्बन्धहरू, वाशिङ्टनको प्रतिष्ठा, र यहाँसम्म कि विदेशी खतराहरू पनि प्रायः एउटा मात्र—यद्यपि भ्रामक—तथ्याङ्कमा झर्छन्, जस्तै व्यापार घाटा । म्याकिन्लेको ट्यारिफ नीतिले ट्रम्पलाई संयुक्त राज्य अमेरिकाका धेरै र विविध चुनौतीहरूको लागि सजिलो र सरल समाधान प्रदान गर्छ। एउटै नीतिले सबै समस्याहरू समाधान गर्छ।
म्याकिन्लेले पारस्परिकतालाई उच्च प्राथमिकता दिएनन्, आफ्नो राष्ट्रपतित्वकालमा अन्य देशहरूसँग पारस्परिकता सन्धिहरूमा थोरै राजनीतिक पूँजी खर्च गरे |संरक्षणवादी ट्यारिफ म्याकिन्लेको रोजाइको नीति थियो। उनले आफ्नो करियरको लामो सयम यसको अध्ययनमा बढी समय र यसको प्रवद्र्धनमा बढी प्रयास गरे, अन्य कुनै पनि नीतिमा भन्दा।
ट्रम्पको समस्या नजिरको अभाव होइन; उनका नीतिहरूको अमेरिकी इतिहाससँगको सम्बन्ध स्पष्ट छ। समस्या के भने म्याकिन्लेको ट्यारिफ दृष्टिकोण आजको संसारमा उपयुक्त छैन। त्यसभन्दा पनि बढी, जहाँ म्याकिन्लेले ट्यारिफहरूलाई मुख्य रूपमा घरेलु लक्ष्य हासिल गर्न प्रयोग गरे—अमेरिकी उद्योग विस्तार गर्न—ट्रम्पको प्राथमिक लक्ष्य बाह्य छ। उनी अन्य देशहरूको व्यवहार परिवर्तन गर्न चाहन्छन्, सम्पूर्ण ट्यारिफको धम्कीका भरमा तिनीहरूलाई वार्ताको टेबलमा ल्याउन र व्यापारभन्दा बाहिरका असहमतिका क्षेत्रहरूमा सम्झौता निकाल्न। ट्रम्पले आफ्नो सफलतालाई ट्यारिफले अमेरिकी आर्थिक स्वास्थ्यमा पारेको प्रभावबाट मापन गर्नेछैनन्, बरु सहयोगी र प्रतिद्वन्द्वीहरू उनको मागअनुसार झुक्छन् कि झुक्दैनन् भन्ने कुराबाट मूल्याङ्कन गर्नेछन्। संक्षेपमा, ट्रम्पले म्याकिन्लेको मोडेललाई उल्टो बनाएका छन्।
ट्यारिफमार्फत शान्ति
जब म्याकिन्ले सन् १८९७ मा राष्ट्रपति बने, उनको विदेश नीतिमा खासै रुचि थिएन। उनी मुख्य रूपमा घरेलु आर्थिक स्वास्थ्यका बारेमा चिन्तित थिए, विशेष गरी १८९३ को आर्थिक संकटको पछि, जसले बहुवर्षीय मन्दी निम्त्यायो। उनको विश्वास थियो कि हजारौं वस्तुहरूमा लागू हुने व्यापक ट्यारिफले अमेरिकी उद्योगहरूको वृद्धिमा सहयोग गर्नेछ र अमेरिकी श्रमिकको संरक्षण गर्नेछ।
आफ्नो करियरको अधिकांश समयमा, म्याकिन्ले विदेशी बजारहरूको शोषण गर्न उत्सुक अन्तर्राष्ट्रिय व्यापार विस्तारवादी थिएनन्, जस्तै सेनेटर हेनरी क्याबट लज र अर्का राष्ट्रपति थियोडोर रुजवेल्ट जस्ता उग्र राष्ट्रवादीहरू थिए । म्याकिन्ले अन्तर्राष्ट्रिय व्यापारप्रति सशंकित थिए। उनले यसलाई अस्थिर र अविश्वसनीय ठाने। “हामीले विदेशी वाणिज्यको बारेमा किन चिन्ता गर्नुपर्छ?“ उनले १८९० मा हाउसको फ्लोरमा सोधे। १८९६ मा, उनले मध्यपश्चिमका किसानहरूको समूहलाई भनेः “घरेलु बजार किसानको सबैभन्दा राम्रो मित्र हो। यो उसको सबैभन्दा राम्रो बजार हो। यो उसको एकमात्र भरपर्दो बजार हो। यो उसको प्राकृतिक बजार हो।“ म्याकिन्लेले त्यो वर्षको राष्ट्रपति अभियानमा यो कुरा बारम्बार दोहो¥याए।
म्याकिन्ले एक कट्टर संरक्षणवादी थिए। ट्यारिफहरू उपभोक्ता मागलाई आकार दिन डिजाइन गरिएको “ठूलो सरकार“वाला नीति थियो। आयातित वस्तुहरूमा कर लगाएर, म्याकिन्लेले उपभोक्ताहरूलाई घरेलु आपूर्तिकर्ताहरूतर्फ मार्गदर्शन गर्न चाहन्थे। यसले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न नसक्ने नवजात अमेरिकी उद्योगहरूलाई समर्थन गर्नुका साथै स्थिर र पूर्वानुमानयोग्य घरेलु माग सुनिश्चित गर्नेछ। घरेलु बजारको विश्वसनीयतामा म्याकिन्लेको विश्वास त्यसैले स्वयं–पूर्ण भविष्यवाणी बन्यो।
इतिहासकार पीटर रोडेले सुन्दर ढंगले तर्क गरेका छन्, दोस्रो विश्वयुद्धपछि वाशिङ्टनमा स्थापित सोचमा सैन्यवाद र अन्तर्राष्ट्रिय राष्ट्रिय सुरक्षाको अवधारणाले प्रभुत्व जमायो। तर अब, पेन्डुलम पुनः फर्किंदै छ।
कहिलेकाहीँ, म्याकिन्लेको वक्तव्यले लचिलो ट्यारिफ दर्शनको संकेत गरेको जस्तो देखिन्थ्यो। सन् १९०१ मा न्यूयोर्कको बफेलोमा दिएको भाषणमा, उनको हत्याको केही समयअघि, उनले पारस्परिकताको गुणस्तरको प्रशंसा गरे, जुन एक संशोधित संरक्षणवाद थियो जसले गैर–प्रतिस्पर्धी उद्योगहरूमा चयनात्मक रूपमा ट्यारिफ घटाएर पारस्परिक लाभदायक द्विपक्षीय व्यापारको अनुमति दियो। पाँच वर्षअघि अभियानको क्रममा, उनले यो दृष्टिकोणको बारम्बार प्रशंसा गरे, संरक्षण र पारस्परिकतालाई “सच्चा अमेरिकी नीतिको जुम्ल्याहा उपायहरू“ भन्दै । तर व्यवहारमा, म्याकिन्लेले पारस्परिकतालाई उच्च प्राथमिकता दिएनन्, आफ्नो राष्ट्रपतित्वकालमा अन्य देशहरूसँग पारस्परिकता सन्धिहरूमा थोरै राजनीतिक पूँजी खर्च गरे।
संरक्षणवादी ट्यारिफ म्याकिन्लेको रोजाइको नीति थियो। उनले आफ्नो करियरको लामो सयम यसको अध्ययनमा बढी समय र यसको प्रवद्र्धनमा बढी प्रयास गरे, अन्य कुनै पनि नीतिमा भन्दा। उनले यसलाई आर्थिक दबाबको साधनभन्दा अमेरिकी समृद्धिको ग्यारेन्टरको रूपमा हेरे। एक तरिकाले, उनले ट्यारिफलाई राष्ट्रिय सुरक्षाको केन्द्र पनि ठाने। “आर्थिक सुरक्षा“ र “राष्ट्रिय सुरक्षा“ म्याकिन्लेको युगमा व्यापक रूपमा प्रयोग हुने शब्दहरू थिएनन्। तैपनि, युद्ध, शान्ति, सुरक्षा, शक्ति, कानुन, व्यवस्था, र सैन्यबारे उनको टिप्पणीले देश र यहाँका जनताको सुरक्षालाई अनिश्चितता, मन्दी, अस्थिरता, र अराजकताबाट मुक्तिको रूपमा उनले कसरी बुझेका थिए भन्ने भावना दिन्छ।
म्याकिन्लेले ट्यारिफले आत्मनिर्भरता प्रवद्र्धन गर्छ र आर्थिक संकटविरुद्ध रक्षा प्रदान गर्छ भन्ने विश्वास गरे। “जसको श्रमले पर्याप्त पारिश्रमिक पाउँदैन … त्यो जनसंख्या अन्ततः भयानक दुख र अपमानबाट पूर्ण विनाशमा झर्छ,“ म्याकिन्लेले १८९१ मा भने, जीववैज्ञानिक थोमस हक्सलीलाई उद्धृत गर्दै गभर्नरको चुनावी अभियानमा । म्याकिन्ले त्यस्तो समयमा बाँचेका थिए, जब आर्थिक मन्दी असामान्य थिएन र अराजकता बढ्दै थियो। दार्शनिक रूपमा, उनले संरक्षणवादी आर्थिक नीतिलाई समृद्धिसँग मात्र जोडेनन्, तर डरको अनुपस्थितिसँग पनि जोडे।
राष्ट्रपति बन्नुअघि, म्याकिन्लेले सुरक्षालाई गैर–सैन्य तरिकामा परिकल्पना गरेका थिए। विदेशी शत्रुद्वारा संयुक्त राज्य अमेरिकामाथि भौतिक आक्रमण हुने सम्भावना टाढाको जस्तो देखिन्थ्यो। उनी आर्थिक कठिनाइबाट उत्पन्न हुने कानुन, व्यवस्था, संस्था, र सभ्यताको विघटनको बारेमा धेरै चिन्तित थिए। उनले १८९६ को अभियानमा पेन्सिल्भेनियाको एक समूहलाई यो सोचका बोरमा सूक्ष्म रूपमा संकेत गरे, रिपब्लिकन आर्थिक नीति र ट्यारिफले “संयुक्त राज्य अमेरिकामा शान्ति र स्थिरता“ सुनिश्चित गर्ने वचन दिए।
म्याकिन्लेले सैन्यको आकार वा गतिविधिले नभएर, आर्थिक स्वास्थ्य,ले अमेरिकी शक्ति निर्धारण गर्छ भन्ने विश्वास गरे। १८८० को दशकको अन्त्यसम्ममा संयुक्त राज्य अमेरिकाको धनले युरोपेली प्रतिस्पर्धीहरूलाई उछिनेको थियो, जसले उनलाई यो विश्वको सबैभन्दा शक्तिशाली देश हो भन्ने प्रमाणित ग¥यो। देशको सैन्य, यसको शक्ति प्रदर्शन, यसको विदेशी व्यापार, र लोकतन्त्रको विस्तार दोस्रो दर्जाका कारकहरू थिए, यदि त्यस्तै भए पनि। वास्तवमा, केही अवसरहरूमा, म्याकिन्लेले अमेरिकी शक्ति प्रदर्शनको निन्दा गरे र कम सैन्य खर्चको उत्सव मनाए।
आर्थिक सुरक्षाको पुनरागमन
अर्थशास्त्र र राष्ट्रिय सुरक्षाबीचको सम्बन्ध लामो समयसम्म टिकेन। इतिहासकार पीटर रोडेले सुन्दर ढंगले तर्क गरेका छन्, दोस्रो विश्वयुद्धपछि वाशिङ्टनमा स्थापित सोचमा सैन्यवाद र अन्तर्राष्ट्रिय राष्ट्रिय सुरक्षाको अवधारणाले प्रभुत्व जमायो। तर अब, पेन्डुलम पुनः फर्किंदै छ। पछिल्लो दशकमा, चीन एक आर्थिक महाशक्ति र संयुक्त राज्य अमेरिकाको सुरक्षा प्रतिस्पर्धीको रूपमा उदायो, अमेरिकी उत्पादनको क्षयीकरणले अनियन्त्रित वैश्वीकरण र स्वतन्त्र व्यापारको बुद्धिमत्तालाई चुनौती दियो, र विभिन्न संकटहरूले वैश्विक आपूर्ति श्रृंखलालाई अवरुद्ध ग¥यो, अर्थशास्त्रले अमेरिकी राष्ट्रिय सुरक्षा नीतिमा पुनः प्रवेश गरेको छ। यो केवल अमेरिकी नेताहरूले परम्परागत सुरक्षा खतराहरूलाई सम्बोधन गर्न आर्थिक उपकरणहरू बढ्दो रूपमा प्रयोग गरिरहेका छन् भन्ने मात्र होइन। यो हो कि सुरक्षा भनेको आक्रमणबाट मुक्तिभन्दा बढी हो।
वर्तमान बहसको मुटुमा एउटा पुरानो प्रश्न छः सरकारको व्यापार र उद्योगसँग कस्तो सम्बन्ध हुनुपर्छ? डेमोक्रेटिक पार्टीले सामान्यतया चिप्स र साइन्स ऐन जस्ता उपायहरूमार्फत घरेलु अमेरिकी उद्योगलाई प्रत्यक्ष सहायता दिन जोड दिन्छ, ट्रम्पको प्राथमिकतामा रहेको विश्वव्यापी ट्यारिफभन्दा। तर ट्रम्प र डेमोक्रेटहरू ठूलो हदसम्म सहमत छन् कि अर्थशास्त्र राष्ट्रिय सुरक्षा समीकरणमा समावेश छ र लेसेज–फेयर पूँजीवाद समाधान होइन। गहिरो असहमति मुख्य रूपमा रिपब्लिकन पार्टीभित्रै छ, जहाँ स्वतन्त्र व्यापारीहरू बढ्दो रूपमा किनारा लगाइएका छन्।
शक्ति र सुरक्षाको बारेमा पुराना सोचाइहरूको पुनर्जनन आजको नीति छलफल र म्याकिन्लेको युगबीचको सबैभन्दा गहिरो सम्बन्ध हो। रणनीतिक स्तरमा, ट्रम्पले पनि स्पष्ट रूपमा म्याकिन्लेको ट्यारिफप्रतिको प्रेम साझा गर्छन्। म्याकिन्लेप्रति उनको सार्वजनिक प्रशंसा कम्तीमा २०१७ सम्म फर्किन्छ, जब उनले आफ्नो आर्थिक संरक्षणवादको ब्रान्डलाई १८९० को दशकको रिपब्लिकन नीतिसँग जोडेका छन् । संरक्षणवादमा अथक ध्यान केन्द्रित गरेको ट्रम्पको रिपब्लिकन पार्टीले दशकौंसम्मको स्वतन्त्र व्यापार रूढिवादपछि बिर्सिएको रिपब्लिकन विरासत पुनर्जनन ग¥यो।
केही आलोचकहरूले तर्क गरे अनुसार ट्रम्पको ऐतिहासिक तुलनाले म्याकिन्लेको नीतिहरूको असफलतालाई बेवास्ता गर्छ। पहिलो नजरमा, त्यो व्याख्या समझदारीपूर्ण देखिन्छः म्याकिन्लेको नामाकरण गरिएको १८९० को ट्यारिफले १८९० को मध्यावधि चुनावमा डेमोक्रेटिक लहरलाई अगाडि बढायो, म्याकिन्ले आफैं पदबाट हटाइए—र अन्ततः संघीय आयकरले प्रतिस्थापन गरियो। तर यो भ्रामक इतिहास हो; यो “व्याख्या पक्षपात“ को मामला हो, जसमा बीसौं शताब्दीको प्रारम्भमा ट्यारिफको मृत्यु पछिको ज्ञानले धेरै विशेषज्ञहरूलाई यसको जीवनको पुनर्कथनलाई विकृत गर्न प्रेरित गरेको छ। १८९० मा, म्याकिन्लेले आफ्नो कंग्रेसको सिट मतदाताहरूले उनको नीतिहरूलाई अस्वीकार गरेको कारणले गुमाएनन्। बरु, उनी जेरिम्यान्डरिङद्वारा पदबाट हटाइएका थिए। र यदि उनको लोकप्रियतामा कुनै शंका थियो भने, त्यो हारको केही महिनाभित्रै, उनले ओहायोको गभर्नरको रूपमा दुई राज्यव्यापी चुनावमध्ये पहिलोमा जिते।
रिपब्लिकन आर्थिक नीतिहरू पनि उल्लेखनीय रूपमा लोकप्रिय थिए। यद्यपि डेमोक्रेटहरूले १८९० र १८९२ को चुनावमा विजय हासिल गरे, रिपब्लिकनहरूले १८९४ को मध्यावधि चुनावमा सफा गरे, सिनेट र हाउस पुनः कब्जा गरे—पछिल्लोमा १३० सिटको रेकर्ड लाभ सहित, मुख्य रूपमा डेमोक्रेटहरूमा थोपरिएको लामो आर्थिक मन्दीका कारण। १८९६ को राष्ट्रपति चुनाव, जुन म्याकिन्लेले जिते, ट्यारिफमा केन्द्रित थियो, उनको पहिलो नम्बरको मुद्दा। यो उनले दिएका लगभग हरेक अभियान भाषणमा समावेश थियो। रिपब्लिकनहरूले अर्को पुस्तासम्म अमेरिकी राजनीतिमा प्रभुत्व जमाए, वाल स्ट्रिट र धनी उद्योगपतिहरूबाट मात्र होइन, आप्रवासीहरू, कारखाना श्रमिकहरू, मजदुरहरू, र जातीय र धार्मिक अल्पसंख्यकहरूबाट पनि समर्थन प्राप्त गरे।
एक शताब्दीको फरक
अवश्य पनि, लोकप्रियता बुद्धिमत्ताजस्तै समान होइन। ट्रम्पले तर्क गर्छन् कि ट्यारिफले औद्योगिक युगमा अमेरिकी धन उत्पादन ग¥यो, र म्याकिन्लेले पनि त्यही विश्वास गरे। विशेषज्ञहरू लामो समयदेखि त्यो दावीप्रति सशंकित छन्। आर्थिक इतिहासकार डगलस इर्विनले तर्क गर्छन् कि गिल्डेड एजका ट्यारिफहरूले सन्तुलनमा तटस्थ प्रभाव पारे, न त समग्र अमेरिकी अर्थतन्त्रलाई उल्लेखनीय रूपमा सहयोग गरे न त उल्लेखनीय हानि गरे। तथापि, त्यो इतिहास आफैं दोहोरिने सम्भावना छैन। ट्रम्पले सुझाएका ट्यारिफहरू आजको संसारमा, आजको अर्थतन्त्रमा लागू गर्दा, अन्ततः संयुक्त राज्य अमेरिकालाई हानि पु¥याउनेछ।
ट्रम्पले केही छोटो अवधिका लक्ष्यहरू हासिल गर्न सक्छन्। जनवरीमा, कोलम्बियाविरुद्ध निर्वासन उडानहरू स्वीकार नगरेमा भन्दै दिइएको ट्यारिफको धम्कीले बोगोटालाई झुकायो। ट्रम्प अब मेक्सिको, क्यानडा, र चीन, संयुक्त राज्य अमेरिकाका तीन ठूला व्यापारिक साझेदारहरूविरुद्ध उही रणनीति प्रयोग गर्दै छन्, सीमा र औषधि सम्बन्धी मुद्दाहरूमा सम्झौता निकाल्न। यसको सफलता अहिलेसम्म प्रभावशाली भएको छैन। यो हप्ता, उनको ट्यारिफ नीतिको परिणामस्वरूप, अमेरिकी स्टक बजार खस्कियो, र ट्रम्पले अप्रत्यक्ष रूपमा संयुक्त राज्य अमेरिका मन्दीमा प्रवेश गर्न सक्ने स्वीकार गरे।
यसबीच, अन्य देशहरूले अर्को के हुन्छ भन्नेमा मत राख्छन्। यदि तिनीहरूले तत्काल आफ्नै ट्यारिफ वा कुनै अन्य उत्तेजक प्रतिक्रियाले जवाफ दिएनन् भने, समयसँगै तिनीहरूले त्यसो गर्छन्। संयुक्त राज्य अमेरिकाले जति धेरै धम्की दिन्छ, अन्य देशहरूले संयुक्त राज्य अमेरिकालाई खतरा ठान्छन्, र तिनीहरूले त्यसविरुद्ध सन्तुलन गर्नेछन्। दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिकाले निर्माण गरेको गठबन्धन र संस्थाहरूको प्रणाली क्षय हुनेछ। यदि वाशिङ्टनले आफ्ना साझेदारहरूलाई अनावश्यक रूपमा उत्तेजित ग¥यो भने, तिनीहरूले विकल्पहरू खोज्न थाल्नेछन्। प्रतिबन्ध र निर्यात नियन्त्रण, व्यापार सम्झौता, र यहाँसम्म कि गुप्तचर साझेदारी र अमेरिकी सैन्य अभियानहरूको समर्थनमा बहुपक्षीय समन्वय सबै भत्किन थाल्न सक्छ।
ट्रम्पका ट्यारिफहरूले आज हानि पु¥याउने अर्को कारण के हो भने संसार उन्नाइसौं शताब्दीको अन्त्यको तुलनामा अर्थपूर्ण रूपमा फरक छ। त्यस समयमा, ट्यारिफहरू राजनीतिको सामान्य हिस्सा थिए। गिल्डेड एजमा, म्याकिन्ले र अन्य रिपब्लिकनहरू मात्र उच्च ट्यारिफ चाहने अमेरिकी राजनीतिज्ञहरू थिएनन्; डेमोक्रेटहरू, १८९० को दशकका “स्वतन्त्र व्यापारीहरू,“ सत्तामा हुँदा पनि ट्यारिफको पक्षमा मतदान गर्थे, केवल कम दरमा । अमेरिकी राजनीतिज्ञहरूले सामान्यतया विश्वव्यापी ट्यारिफलाई दबाब वा दण्डात्मक नीतिको रूपमा प्रयोग गर्ने विचार गरेनन्। दबाब एक अपवाद थियो, नियम होइन।
आज, व्यवस्थित ट्यारिफ धम्कीहरूले १८९० को दशकको अमेरिकी ट्यारिफ नीति पुनर्जनन गर्दैनन् किनभने तिनीहरूले १८९० को दशकको संसारलाई पुनर्जनन गर्न सक्दैनन्। बरु, तिनीहरूले पुरानो अभ्यासलाई विकृत गर्छन्। नीतिले भ्रम सिर्जना गर्छ, बजार अवरुद्ध गर्छ, र आर्थिक अन्तरक्रियाको मान्यताहरूलाई उल्टाउँछ। ट्यारिफलाई नीति उपकरणको रूपमा दुरुपयोग गरेर, ट्रम्पले संसारलाई पनि त्यसै गर्न निम्तो दिइरहेका छन्।
आजको अमेरिकी अर्थतन्त्र पनि, संरचना र आकारमा, म्याकिन्ले राष्ट्रपति निर्वाचित हुँदा भएको भन्दा उल्लेखनीय रूपमा फरक छ। विदेशी व्यापारले अमेरिकी जीडीपीको ठूलो हिस्सा दाबी गर्ने मात्र होइन—आजको प्रतिशत १८९७ को तुलनामा सजिलै दोब्बर छ—यो २०२४ मा ७.३ ट्रिलियन डलरको चक्कर लाग्ने उचाइमा पनि पुग्यो। विश्वव्यापी रूपमा एकीकृत अर्थतन्त्रमा, अमेरिकी बजारहरू धेरै उजागर छन्। ट्यारिफ आयातमा लाग्ने शुल्क वा कर हो, र थपिएको लागत सामान्यतया उपभोक्ताहरूमा हस्तान्तरण हुन्छ। उच्च विश्वव्यापी ट्यारिफले अमेरिकी उपभोक्ता लागतहरू उल्लेखनीय रूपमा बढाउनेछ। छोटो अवधिमा, यस्तो ट्यारिफले अमेरिकी कोषमा पैसा ल्याउन वा केही अमेरिकी उद्योगहरूलाई वैश्विक प्रतिस्पर्धाबाट जोगाउन सक्छ, तर जनताले मूल्य चुकाउनुपर्छ। विदेशी इनपुटमा निर्भर अमेरिकी उत्पादकहरूले पनि; यी फर्महरूले संरक्षित उद्योगहरूले भर्ना गर्न सक्नेभन्दा बढी कामदारहरूलाई बर्खास्त गर्न बाध्य हुन सक्छन्, जसले गर्दा शुद्धरुपले रोजगारीलाई हानि हुन्छ। साथै, यदि अन्य देशहरूले प्रतिशोधी ट्यारिफहरू लगाए भने, अमेरिकी सामानहरूको विदेशी माग तीव्र रूपमा घट्न सक्छ। उच्च विश्वव्यापी ट्यारिफको धम्की दिनु भनेको संयुक्त राज्य अमेरिकाको ३.२ ट्रिलियन डलर निर्यात बजारसँग चिकनको खेल खेल्नु हो। म्याकिन्लेको नीति, यसको विपरीत, अमेरिकी अर्थतन्त्रलाई संरक्षण गर्न डिजाइन गरिएको थियो—यससँग जुवा खेल्न होइन।
केही विशेषज्ञहरूले ट्रम्पका विश्वव्यापी ट्यारिफहरू बुद्धिमानी छन् भन्ने विश्वास गर्छन्। जसले गर्छन्, तिनीहरूले सरल अनुमानहरू गर्छन्। उदाहरणका लागि, अर्थशास्त्री माइकल पेटिसले हालै फरेन अफेयर्समा तर्क गरे अनुसार ट्यारिफले केवल अतिरिक्त उपभोक्ता मागलाई घरेलु बजारमा स्थानान्तरण गर्नेछ, उत्पादन बढाउँछ, ज्याला बढाउँछ, र श्रमलाई बलियो बनाउँछ। तर यस्तो आशावादी निष्कर्ष निकाल्न संसारका अन्य सबै तथ्यहरूलाई स्थिर राख्नुपर्छ जस्तो कि नियन्त्रित प्रयोगशाला प्रयोग चलाउँदा। यदि विदेशी देशहरूले ट्यारिफ वा कुनै अन्य दण्डात्मक उपायले जवाफ दिए भने के हुन्छ? यदि उपभोक्ताहरूले बरु विदेशी उत्पादनहरूमा बढी खर्च गरे भने के हुन्छ? मुद्रास्फीतिको प्रभावको बारेमा के हुन्छ? ट्यारिफका अप्रत्याशित धम्की र रोकावटले बजार अवरोधको बारेमा के हुन्छ? १,००० पटक चलाइएको कुनै पनि प्रयोगले एकपटक असामान्य नतिजा दिन सक्छ। तर नीति निर्माताहरूले ९९९ को विपरीत दिशामा संकेत गर्नेमा शर्त लगाउनुपर्छ।
सावधानीको कथा
विश्वव्यापी ट्यारिफहरू, वा केवल तिनीहरूको धम्कीले, अन्ततः प्रतिशोध निम्त्याएर, साझेदार र सहयोगीहरूलाई टाढा बनाएर, बजारमा अनिश्चितता ल्याएर, र अमेरिकी उपभोक्ता र उत्पादकहरूका लागि लागत बढाएर अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजोर पार्नेछ। यदि ट्रम्पले ट्यारिफ राख्नैपर्छ भने, कम हानिकारक दृष्टिकोण उनको पहिलो कार्यकालको नीति पुनर्विचार गर्नु र विश्वव्यापीको सट्टा लक्षित ट्यारिफहरू लागू गर्नु हुनेछ। यसले राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण उद्योगहरूलाई संरक्षण गर्नेछ र अमेरिकी अर्थतन्त्रमा व्यापक प्रभावलाई सीमित गर्नेछ। अझ राम्रो हुने भनेको संयुक्त राज्य अमेरिकासँग उपलब्ध अन्य धेरै आर्थिक उपकरणहरू प्रयोग गरेर नीति लक्ष्यहरू पछ्याउनु हो, जसमा बहुपक्षीय र द्विपक्षीय व्यापार सम्झौताहरू, स्वैच्छिक सम्झौताहरू, उद्योग र अनुसन्धान सहायता, निर्यात र आयात प्रतिबन्धहरू, निर्यात प्रवद्र्धन, लगानी स्क्रिनिङ, प्रतिबन्धहरू, बौद्धिक सम्पत्ति संरक्षण, सम्पत्ति फ्रिजिङ, र मापदण्ड विकास समावेश छन्।
ट्रम्पले जुनसुकै बाटो रोजे पनि, उनी अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थशास्त्रका आधारभूत सिद्धान्तहरूबाट उम्कन सक्दैनन्। विदेश नीति अनन्त चरणहरूको खेल हो; अन्य देशहरूले सधैं जवाफ दिन्छन्। साथै, आर्थिक नीतिमा समय महत्त्वपूर्ण हुन्छः केही आर्थिक उपकरणहरूले छिटो कार्य गर्छन्, तर सबैभन्दा शक्तिशालीहरूले पूर्ण प्रभाव पार्न वर्षौं समय लिन्छ। दुवै उपयोगी हुन सक्छन्, तर छिटो समाधानको लागि पुग्दा दीर्घकालीन नतिजाहरूलाई कमजोर पार्न सक्छ। थप रूपमा, यो हप्ताको स्टक बजारको गिरावटले प्रकट ग¥यो, अव्यवस्थित धम्कीहरू शून्यमा हुँदैनन्। बजारले अनिश्चितता र अव्यवस्थामा खराब प्रतिक्रिया दिन्छ। अन्तमा, विश्वव्यापी ट्यारिफ जस्तो व्यापक नीतिले समग्र आर्थिक स्वास्थ्यमा अनपेक्षित परिणामहरू ल्याउन बाध्य छ। सुधारात्मक नीति परिवर्तन जति शल्यक्रियात्मक हुन्छ, त्यति नै कम सम्भावना हुन्छ कि यसले पाश्र्व क्षति निम्त्याउँछ। यी कुनै पनि वास्तविकतालाई बेवास्ता गर्ने नीतिहरूले अमेरिकी आर्थिक सुरक्षालाई संरक्षण गर्ने होइन, कमजोर पार्नेछ।
यदि विदेशी देशहरूले ट्यारिफ वा कुनै अन्य दण्डात्मक उपायले जवाफ दिए भने के हुन्छ? यदि उपभोक्ताहरूले बरु विदेशी उत्पादनहरूमा बढी खर्च गरे भने के हुन्छ? मुद्रास्फीतिको प्रभावको बारेमा के हुन्छ? ट्यारिफका अप्रत्याशित धम्की र रोकावटले बजार अवरोधको बारेमा के हुन्छ?
म्याकिन्लेले ट्रम्पका लागि अन्तिम सावधानीको कथा प्रदान गर्छन्। आफ्नो राष्ट्रपतित्वको अवधिमा, म्याकिन्लेको अमेरिकी सुरक्षाको प्रारम्भिक सिद्धान्त भत्कियो। नजिकैको क्युबामा अस्थिरताको बढ्दो डर (स्पेनी दमनबाट पीडित क्युबालीहरूको लागि मानवीय चासोसँग मिश्रित) ले उनलाई १८९८ मा स्पेनविरुद्ध युद्ध घोषणा गर्न प्रेरित ग¥यो। केही महिनामा स्पेनलाई पराजित गरेपछि, संयुक्त राज्य अमेरिकाले फिलिपिन्ससम्मका पूर्व स्पेनी उपनिवेशहरू प्राप्त ग¥यो—जहाँ, विद्रोहको सामना गर्दै, म्याकिन्लेले आफ्नै औपनिवेशिक युद्ध चलाए। केवल एक वर्षपछि, संयुक्त राज्य अमेरिका चीनमा बक्सर विद्रोह दबाउन आठ देशको गठबन्धनमा सामेल भयो। म्याकिन्लेले आफ्नो घरेलु आर्थिक दृष्टिकोणबाट दृष्टि गुमाए, र विदेशमा बढ्दो संलग्नताको साथ, उनी यति संलग्न—र हजारौं माइल टाढाको अस्थिरताबाट डराए—कि उनले छोड्न सकेनन्। ठूलो सैन्य र क्षेत्रीय शक्तिले ठूलो चिन्ताको भावना पैदा ग¥यो।
यो असुरक्षाको चक्र युद्ध–विरोधी ट्रम्पले निश्चित रूपमा बेवास्ता गर्न चाहनुपर्छ। उनले क्यानडा, गाजा, ग्रीनल्याण्ड, र पनामामा क्षेत्र कब्जा गर्ने उत्तेजक धम्कीहरूको लागि पछुताउन सक्छन् यदि उनको धम्कीको जवाफ आयो र उनले पछ्याउन बाध्य महसुस गरे भने । ट्रम्प, अवश्य पनि, लामो समयदेखि अमेरिकी हस्तक्षेपप्रति सशंकित छन्। तर फेरि, म्याकिन्ले पनि त्यस्तै थिए।
फरेन अफेयर्सबाट,मार्च १४, २०२५,
प्रतिक्रिया दिनुहोस्