जगरवर्गलाई वास्तवमै रिस उठाउने कुरा के थियो भने विश्वको एउटा ठूलो क्षेत्र—चीन—उनका लागि बन्द थियो’

एउटा कर्पोरेट एम्पाएरले मूर्खतापूर्ण गल्ती गरेको हेर्नुभन्दा सन्तोषजनक अरू केही छैन। यहाँ प्रश्नमा रहेको विशाल मेटा हो, जब गत हप्ता एक पूर्व वरिष्ठ कर्मचारी, सारा विन–विलियम्सद्वारा लिखित ह्विसलब्लोइङ पुस्तक “केयरलेस पिपुल“ प्रकाशित भयो, यसका आतंकित वकिलहरूले तुरुन्तै आपतकालीन अन्तरराष्ट्रिय मध्यस्थता ट्रिव्युनल मार्फत यसलाई दबाउन खोजे। यो अनौठो संस्थाले सहजै (र कडा रूपमा) विन–विलियम्सलाई “मौखिक रूपमा, लिखित रूपमा, वा अन्यथा कुनै पनि व्यक्ति वा संस्थालाई ‘मेटा’, यसका अधिकारीहरू, निर्देशकहरू, वा कर्मचारीहरूको बारेमा कुनै पनि ’अपमानजनक, आलोचनात्मक वा अन्यथा हानिकारक टिप्पणी’ गर्नबाट रोक लगायो।“ त्यसको जवाफमा उनका प्रकाशक, म्याकमिलनले संक्षिप्त रूपमा यसरी सारांशित गर्न सकिने विज्ञप्ति जारी ग¥योः “बेकार बनिदेऊ।“
स्पष्ट रूपमा, मेटामा कसैले पनि स्ट्राइसन्ड प्रभावको बारेमा सुनेको छैन, “जुन सूचना लुकाउने, हटाउने वा सेन्सर गर्ने प्रयासको अनपेक्षित परिणाम हो, जहाँ यो प्रयासले उल्टै उक्त सूचनाको बारेमा जनचेतना बढाउँछ।“ कम्पनीले अब विन–विलियम्सको मेटाको विनाशकारी आलोचनालाई ‘हाम्रो समीक्षा न्यु रिभ्युमा हेर्नुहोस्’विश्वव्यापी बेस्टसेलर बनाउने सुनिश्चित गरेको छ।
यहाँ धेरै स्वादिष्ट विडम्बनाहरूमध्ये एक के छ भने मेटाको सर्वोच्च शासक मार्क जकरबर्ग, जो हालै “स्वतन्त्र अभिव्यक्ति“ को ठूलो वकालतकर्ता बनेका छन्—वा कम्तीमा ट्रम्प शासनले बुझेको स्वतन्त्र अभिव्यक्ति—विन–विलियम्सको समस्याग्रस्त अभिव्यक्तिलाई दबाउन खोजिरहेका छन्। यसको पुरानो शब्द हो ‘कपट’ । तर उनले सर्वोच्च नेताको आन्तरिक वृत्तमा बिताएको छ वर्षले उनलाई त्यसप्रति अभ्यस्त बनाएको हुनुपर्छ।
उनी एक चतुर सञ्चालक पनि हुन्। मेटालाई यो आउँदैछ भन्ने स्पष्ट रूपमा थाहा थिएन। उनले पहिलेको फेसबुक ह्विसलब्लोअर फ्रान्सेस हाउगेनले प्रयोग गरेको रणनीति अपनाइन्, प्रकाशन अघि सेक्येरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसइसी) मा उजुरी दर्ता गरिन् —र यसका सामग्रीबारे वाशिङ्टन पोस्टलाई जानकारी दिइन्; प्रकाशनको दुई हप्ता अघि एमिली मेटलिससँग एक प्रभावशाली अन्तर्वार्ता रेकर्ड गरिन् र वास्तविक कुप डे ग्रेस(coup de grace ) थपिन्—स्टीभ ब्याननको हाँस्यास्पद पोडकास्टमा उपस्थिति भएर ।
जगरवर्गलाई वास्तवमै रिस उठाउने कुरा के थियो भने विश्वको एउटा ठूलो क्षेत्र—चीन—उनका लागि बन्द थियो’
विन–विलियम्सको विवरणबाट सबैभन्दा बलियोसँग देखिने कुरा यो हो कि मेटा वास्तवमा यसको सर्वोच्च शासकको व्यक्तित्वको कर्पोरेट विस्तार मात्र हो, जुन बिल गेट्सले माइक्रोसफ्ट चलाउँदा जस्तो थियो, त्यस्तै झल्को गराउँछ। जकको विशेष सेयरहोल्डिङको अर्थ हो कि उनले कम्पनीमाथि पूर्ण नियन्त्रण राख्छन्। यसको नियमित एसइसी फाइलिङहरूमा सधैं एउटा अनुच्छेद हुन्छ, जसले स्पष्ट गर्छ कि उनले सबै सेयरहोल्डरहरू र बोर्डको विचारविपरीत कम्पनी बेच्न पनि सक्छन्।
नतिजा के हुने भयो भने मेटा, एक कर्पोरेशनको रूपमा, सधैं जकका जुनूनहरू पछ्याउँछ। धेरै वर्षसम्म, यो प्रयोगकर्ता संख्यामा घातकीय वृद्धि सुनिश्चित गर्नेबारेमा थियो। जकले विश्वलाई बोर्ड–गेम उत्साहीहरूले विजयको खेललाई हेरे जस्तै हेर्थे। र उनलाई वास्तवमै रिस उठाउने कुरा यो थियो कि विश्वको एउटा ठूलो क्षेत्र—चीन—उनका लागि बन्द थियो। विन–विलियम्सले एसइसीमा दायर गरेको ७८–पृष्ठको दस्तावेजमा (र जुन वाशिङ्टन पोस्टले देखेको दाबी गरेको छ), यो आरोप लगाइएको थियो कि मेटाले वर्षौंदेखि विश्वको सबैभन्दा ठूलो बजारमा प्रवेश गर्न धेरै प्रयासहरू गरिरहेको थियो।
यी प्रयासहरूमा समावेश थिएः सन् २०१५ मा चीनका लागि सेन्सरशिप प्रणाली विकास गर्नु, जसले “प्रमुख सम्पादक“ लाई कुन सामग्री हटाउने भनेर निर्णय गर्न अनुमति दिन्छ, र “सामाजिक अशान्ति“ को समयमा सम्पूर्ण साइट बन्द गर्ने क्षमता; सन् २०१४ मा मेटाका सेवाहरूको चीन–अनुकूल संस्करणहरू विकास गर्न “चिनिया समूह“ गठन गर्नु; हङकङका प्रयोगकर्ताहरूको गोपनीयता संरक्षण कमजोर गर्ने विचार गर्नु; स्वचालित रूपमा प्रतिबन्धित शब्दहरू पत्ता लगाउने विशेष सेन्सरशिप प्रणाली निर्माण गर्नु; र चिनियाँ सरकारको आलोचक गुओ वेन्गुईको खाता प्रतिबन्ध गर्नु, जुन चिनियाँ इन्टरनेट नियामकले सहयोग सुधार गर्न सुझाव दिएको थियो। यी कर्पोरेट प्रयासहरू डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैले चीनलाई अमेरिकाको लागि रणनीतिक खतरा मानेपछि मात्र रोकिएका थिए ।
मेटामा आफ्नो समयमा, विन–विलियम्सले यी धेरै गतिविधिहरूलाई नजिकबाट अवलोकन गरिन्। त्यस अर्थमा, उनको ह्विसलब्लोइङको सबैभन्दा उपयोगी कुरा यो हो कि यसले एक प्रमुख टेक कम्पनी वास्तवमा कस्तो हुन्छ भन्ने सद्दा चित्र प्रदान गर्छ। पाठकलाई प्रभावित गर्ने के हो भने मेटा र यसका समकक्षीहरू एनालग युगका तेल, खानी, र तंबाकू समूहहरूको डिजिटल समकक्ष मात्र हुन्। र ती सबै अमेरिकी कम्पनीहरू हुन् जसले ट्रम्पसँग नजिकको सम्बन्ध बनाएका छन्, जसको अर्थ अब उनीहरूका हितहरू अमेरिकी राज्यको हितसँग अविभाज्य रूपमा जोडिएका छन्।
यसले यूकेका लागि ठूला प्रभावहरू छाड्छ । यसको अर्थ, उदाहरणका लागि, सरकारले मेटा, एक्स (पूर्व ट्विटर), अमेजन आदि नियमन गर्ने कुनै पनि प्रयासलाई ट्रम्पले आर्थिक युद्धको कार्यको रूपमा लिनेछन्। अब स्टार्मर र कम्पनीले हिम्मत बढाउनुपर्छ र टोनी ब्लेयर इन्स्टिच्युटले उदारतापूर्वक वितरण गरेको एआई बारेको कुल एड पिउन छोड्नुपर्छ। र प्रविधि मन्त्री पिटर काइलको अमेरिकी टेक ब्रदर्सको उपस्थितिमा देखाइएको दासत्वपूर्ण व्यवहार अब राष्ट्रिय सुरक्षा मुद्दा बनेको छ भनेर मान्यता दिनुपर्छ।
द गार्डियनबाट, जोन नटन ओपन युनिभर्सिटीमा प्रविधिको सार्वजनिक जानकारीका प्राध्यापक हुन्।
प्रतिक्रिया दिनुहोस्