काठमाडौं ७ चैत । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले के के गरे रु धेरै काम गरे होलान् तर केही उदाहरणहरू हेरौं । ट्रम्पको निर्वासन नीति सम्बन्धी सामान्य जानकारी माग्ने संघीय न्यायाधीशलाई महाभियोग लगाउन आह्वान गरे।
स्वतन्त्र व्यापार आयोगका दुई डेमोक्र्याटिक आयुक्तहरूलाई बर्खास्त गरी कार्यकारी अधिकारको दुरुपयोग गरेको आरोप लगाइदिए।
यी दुई उदाहरणले मात्र पनि ट्रम्प कसरी आफ्नो दोस्रो कार्यकालमा राष्ट्रपतीय शक्तिको व्यापाक प्रयोग र व्याख्या गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।
शक्ति केन्द्रीकरणको प्रयास
ट्रम्पको शक्ति केन्द्रित गर्ने रणनीति केवल अदालत र संसद्मा सीमित छैन। उनले अमेरिकी समाज र संस्कृतिमाथि समेत प्रभाव पार्ने प्रयास गरेका छन्।
ट्रम्पले सरकारको पुनर्संरचना, नीतिगत परिवर्तन र उनी तथा उनका समर्थकहरूले उदारवादी प्रभाव भएको मान्ने निकायहरूलाई उन्मूलन नै गर्ने प्रयास गरिरहेका छन्।
ट्रम्प प्रशासनको यो उग्र(कार्यकारी शैलीबारे न्युयोर्क टाइम्ससँग कुरा गर्दै जर्जटाउन युनिभर्सिटीका कानुन विषयका प्राध्यापक स्टेफन भ्लाडेक भन्छन्, ‘हामीले कहिल्यै कुनै राष्ट्रपतिलाई अन्य निकायहरूको शक्ति यसरी समाहित गर्न देखेका छैनौं, त्यो पनि उनको कार्यकालको सुरुको दुई महिनामै।’
संसद्मा पनि शक्तिशाली
रिपब्लिकनको नियन्त्रणमा रहेको कंग्रेसले आफ्नो धेरैजसो महत्वपूर्ण जिम्मेवारी ट्रम्पलाई नै सुम्पेको छ। उनले बजेट खर्च गर्ने अधिकार पनि ह्वाइट हाउसलाई हस्तान्तरण गराएका छन्।
ट्रम्पले आफ्नो एजेन्डाको विरोधमा सुनिने झिनामसिना विरोधका स्वरलाई पनि दबाउने गरी काम गरिरहेका छन् ।
यस्तोमा पार्टीका नेताहरू ट्रम्पको इच्छाअनुकूल निर्णय गर्न बाध्य देखिन्छन् ।
भत्किंदै संस्थागत सन्तुलत
दोस्रो कार्यकालको सुरुवाती केही महिनामै स्वतन्त्र नियमनकारी निकायहरू बन्द गर्ने प्रयास गरिरहेका छन् ट्रम्प । उनले कतिपय स्वतन्त्र निरीक्षण गर्ने निकायहरू खारेज गरेका छन्।
न्याय मन्त्रालयमा उनीप्रति बफादार व्यक्तिहरूलाई नियुक्त गरिरहेका छन् । यसले उनीप्रति आलोचनात्मक दृष्टि राख्ने कानुनी निकायहरू पनि कमजोर बनाउने गरी ट्रम्पले कसरी काम गरिरहेका छन् भन्ने देखिन्छ ।
यति मात्र होइन, न्युयोर्क टाइम्सका उनले निजी कानुनी फर्महरूलाई पनि व्यक्तिगत शत्रुहरू लक्षित क्रियाकलाप अगाडि बढाउन दबाब दिइरहेका छन् ।
सांस्कृतिक हस्तक्षेप पनि
ट्रम्पले आफ्नो ‘मेक अमेरिका ग्रेट अगेन’ नीतिलाई निजी क्षेत्रसम्म फैलाउन खोजेका छन्। उनले निजी कम्पनीहरूलाई हायरिङ प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास गरिरहेका पनि सञ्चार माध्यमहरूले लेखेका छन् ।
ट्रम्प आफैं वासिंगटनस्थित जोन एफ। केनेडी कला केन्द्रको अध्यक्ष बन्न खोजेका छन्।
ट्रम्पको यी क्रियाकलापलाई संवैधानिकविद्हरूले अहिलेसम्मको सबैभन्दा डरलाग्दो शक्ति प्रदर्शन भनेका छन्।
ट्रम्प प्रशासनले वासिंगटनको संघीय जिल्ला अदालतका जेम्स ई। बोसबर्गले जारी गरेको आप्रवासीहरूको एक समूहको निर्वासनलाई रोक्नेगरी गरेको आदेशलाई बेवास्ता गर्यो । उनीहरूलाई निर्वासित गर्नेक्रममा उचित प्रक्रिया समेत अवलम्बन गरिएन ।
ट्रम्प प्रशासनका अधिकारीहरूले अधिकांश आप्रवासीहरू भेनेजुएलाका रहेका र ती सबै गिरोहसँग सम्बन्धित रहेका जिकिर गरे । तर अधिकारीहरूले उनीहरूको प्रमाण वा आप्रवासीहरूको नाम सार्वजनिक पनि गरेनन्।
ट्रम्पले न्यायाधीश बोसबर्गलाई महाअभियोग लगाउन आह्वान गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि राष्ट्रपतिलाई हत्याराहरू र अन्य अपराधीहरूलाई हाम्रो देशबाट बाहिर निकाल्ने अधिकार छैन भने हाम्रो देश ठूलो समस्यामा छ, र असफल हुन लागेको छ१ किनभने एक कट्टर वामपन्थी पागल न्यायाधीशले राष्ट्रपतिको भूमिका ग्रहण गर्न चाहन्छन् ।’
ह्वाइट हाउसले बुधबार ढिलो गरी टिप्पणीको लागि गरिएको अनुरोधलाई जवाफ दिएन।
ट्रम्प सामान्यतयाः न्यायपालिका र विशेष गरी न्यायाधीशहरूमाथि आफ्नो आक्रमणमा कहिल्यै एकरूप रहेका छैनन्। गत हप्ता न्याय विभागमा दिएको भाषणमा, उनले न्यायाधीश आइलीन एम। क्याननको आलोचनालाई कानुनी नहुन सक्ने सुझाव दिए, फ्लोरिडाका न्यायधीशले गत गर्मीमा उनले आफूविरुद्धको वर्गीकृत कागजातको मुद्दा खारेज गरेकी थिइन्।
निर्वाचन ताका उनी भन्थे – मैले जिते निष्पक्ष तर हारेमा होइन । उनले यही तर्क अदालतका मुद्दाहरूमा पनि लागु गर्न खोजेका छन् ।
यसअघि पनि उनले आफूले मुद्दा हारेमा न्यायाधीहरूलाई पक्षपाती कार्यकर्ता वा त्योभन्दा खराब भनेर आक्रमण गर्दै आएका छन् । जब उनी जित्छन्, उनी न्यायाधीशको प्रशंसा गर्छन्।
ट्रम्पका सहयोगीहरू उनले आफ्नो चुनावी अभियानको क्रममा वाचा गरेको एजेन्डा कार्यान्वयन गर्न आफ्नो शक्ति प्रयोग गरिरहेका दाबी गर्छन् । उनीहरू भन्छन्( ट्रम्पले संविधानको धारा २ कार्यान्वयन गरिरहेका छन् । उक्त धाराले राष्ट्रपतिको शक्तिहरू निर्धारण गरेको छ ।
‘राष्ट्रपति ट्रम्पले वासिंगटनमा अकल्पनीय काम गरिरहनुभएको छ – उहाँले अमेरिकीहरूलाई जे गर्ने भन्नुभएको थियो, त्यही गरिरहनुभएको छ र उहाँले त्यो छिटो गरिरहनुभएको छ,’ एक दक्षिणपन्थी समूहका माइक डेभिसले न्युयोर्क टाइम्ससँग भनेका छन् ।
विज्ञहरू भन्छन्, कार्यकारी र विधायिकी दुवै निकायहरूलाई नियन्त्रण र सन्तुलन प्रदान गर्न सिर्जना गरिएको न्यायपालिकाले यस्तो खुला अवज्ञा विरलै सामना गरेको छ।
ट्रम्पका केही शीर्ष सहयोगीहरूले उनलाई अदालतको आदेशको अवज्ञा गर्ने अधिकार छ भन्ने सुझाव दिएका छन्। ‘न्यायाधीशहरूलाई कार्यकारीको वैध शक्ति नियन्त्रण गर्न अनुमति छैन,’ उपराष्ट्रपति जेडी भान्सले गत महिना घोषणा गरे।
नियन्त्रण बाहिरको राष्ट्रपतीय अभ्यास
राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गरिरहेको र यी वाचा चुनावबाटै अनुमोदन भएको जिकिर गर्छन् । उनको एउटा चुनावी एजेन्डा राष्ट्रपतीय शक्तिको अधिकतम प्रयोग गर्नेबारे थियो ।
उनका सहयोगीहरूका अनुसार, ट्रम्पको पहिलो कार्यकाल अनुसन्धान र संघीय कर्मचारीतन्त्रको प्रतिरोधले रोकिएको थियो। त्यसैले, दोस्रो कार्यकालका लागि कार्यकारी निकायका स्वतन्त्र निकायहरूलाई नियन्त्रणमा लिन लामो समयदेखि योजना बनाइएको थियो।
उनका रणनीतिकारहरू एकल कार्यकारी ९यूनिटरी एक्जिक्युटिभ० कानुनी सिद्धान्तको वकालत गर्दे आएका थिए । यो सिद्धान्तअनुसार कार्यकारी निकायका सबै शक्ति राष्ट्रपतिबाट प्रवाहित हुन्छन् ।
प्रोजेक्ट २०२५ नामको रिपब्लिक रणनीतिमा उल्लेख छ, ‘संविधानको वास्तविक अर्थ कार्यकारी शक्तिको आक्रामक प्रयोग हो, जसले शक्ति राष्ट्रपतिबाट पुनः जनतालाई फर्काउनेछ। राष्ट्रपतिले कर्मचारीलाई आफ्नो इच्छाअनुसार झुकाउन वा बाध्य बनाउन पर्याप्त हिम्मत देखाउनु आवश्यक छ।’
यही रणनीति अनुरूप ट्रम्पले सत्तामा फर्केपछि दर्जनौं कार्यकारी आदेशहरू हस्ताक्षर गरिसकेका छन्।
संघीय नियमन निकायहरूलाई नियन्त्रणमा लिने एक कार्यकारी आदेशमा भनिएको छ, ‘संघीय सरकार जनताको अगाडि जवाफदेही हुनुपर्छ। कार्यकारी शक्ति प्रयोग गर्ने अधिकारीहरू निर्वाचित राष्ट्रपतिबाट निर्देशित हुनुपर्छ।’
संविधानविद्हरूका अनुसार यूनिटरी एक्जिक्युटिभ सिद्धान्तको अर्थ राष्ट्रपतिले गर्ने सबै कुरा कानुनी हुन्छ भन्ने होइन ।
फासीवाद र अधिनायकवादको अध्ययन गर्ने न्युयोर्क विश्वविद्यालयकी इतिहासकार रुथ बेन(घियाटले ट्रम्पका केही अत्यधिक समस्याग्रस्त व्यवहारहरूलाई औंल्याउँदै भनेकी छन्स् कार्यकारी शक्तिको विस्तार, सरकारका अन्य निकायहरूको राजनीतीकरण, निरीक्षण र जवाफदेहिता संरचनाको विघटन, र राष्ट्रपति र उनका सहयोगीहरूलाई जवाफदेही बनाउन खोज्नेहरूलाई निसाना राख्नु ।’
उनी अगाडि थप्छिन्, ‘न्यायपालिका वा अन्य एजेन्सीहरूसँग भइरहेका कार्यहरूको अन्तिम लाभार्थी ट्रम्प आफैं हुन् किनभने यो उनको व्यक्तिगत शक्तिको विस्तार हो । जे भइरहेको छ, यसको मात्रा र गति डरलाग्दो छ।’
–न्युयोर्क टाइम्सको सहयोगमा
प्रतिक्रिया दिनुहोस्