कविराज विसी / कस्तो अत्यास लाग्दो दृश्य तिनका हातमा नेपालको झण्डा थियो र उनीहरू नै नेपाली सामान्यजनको घरमा आगो लगाइरहेका थिए । गर्न त ती नेपाली राजनीति गलत बाटोमा गइरहेको दाबी गर्छन्, तर ‘कमान्डर’ नै यस्तो मानिसलाई बनाउँछन् जो दशकभर राजनीतिक नेतृत्वसँगको मिलेमतोमा दोहन अभ्यासमा लागिपरे, ब्यांकको ऋण–भारले थिचिँदै गएपछि विक्षिप्त भएर तथा ‘मिटरब्याज पीडित’को आन्दोलन गिजोल्ने प्रयत्न पनि असफल भएपछि ‘रातारात’ ‘राजावादी’ भएका छन् । जसको मुखमा लगाम छैन । जसको बोलीमा द्वेष र कुण्ठाभन्दा केही छैन । जो केवल निन्दक हुन्, जसले लिंग, क्षेत्र र जात, सम्प्रदायद्वेषी वाक्य उच्चारण गरिरहन्छन् । शुक्रबार काठमाडौंमा भएका दुई वटा प्रदर्शनलाई मूलतः तीन वटा कोणबाट विश्लेषण गर्न सकिन्छ । एक, सपनाहरूको रक्षा। दुई, अराजकताको मोह । तीन, अकर्मण्य सरकार । भृकुटीमण्डपमा भाषण गर्ने पुराना अनुहारहरूको चर्चा अहिले नगरौं (तिनका असफलताबारे लामै लेख्न सकिन्छ)। तर, त्यो आन्दोलनमा सहभागीबारे चर्चा गरौ ं। जसको चर्चा अराजकताको भूमरीमा कतै हराएको छ। तर, त्यो आवश्यक छ । हो दलका नेताप्रति आम नागरिक रुष्ट छन् । सत्ताप्रति तिनको असन्तोष बढी नै छ । तर, ती ढुक्क छन्, यो व्यवस्थामा मात्रै उनीहरूको आवाज सुनिन्छ । पहिलोपटक उनीहरूले आफ्नो जातका, आफ्नै घरछेउका मानिसहरू घर–गाउँको निर्णयप्रक्रियामा संलग्न भएको देखे–भोगेका छन् । सार हो, शिरमा ढाकाटोपी, अनुहारमा चाउरी, जिउमा उमेरको स्वभावजन्य थकानका बावजुद पनि सडकमा उत्रेका ती मानिसले दिने एउटै सन्देश हो, साँच्चै नै देशको राजनीतिक माहोल वर्तमान व्यवस्था र पश्चगमनबीच ध्रुवीकरणतिर गइहाले शहरिया असन्तोषी पश्चगामीहरूले अनुमान गरे जस्तो पश्चगमनको पल्ला भारी हुने अवस्था छैन । शुक्रबार तीनकुनेमा ‘पूर्वराजा’को समर्थकको प्रदर्शनले संकेत गर्ने एउटै तथ्य हो– उनीहरू कुनै पनि हालतमा अराजकता चाहन्छन् । त्यही अराजकताको पराकाष्ठा ‘निहत्था’ मानिसको घरमा आगो झोसियो । विडम्बना त्यस आगोमा परी त्यहीबाट रिपोर्टिङ गरिरहेका एक पत्रकार मारिए । यो अराजकता नियोजित थियो भन्ने प्रमाण प्रशस्त छन् । पहिलो, ‘कमान्डर’ घोषित दुर्गा प्रसाईं आफैंले प्रहरीलाई नै किचुँला झैं गरी गाडी हुइँकाएर ‘निषेधित क्षेत्र’ उल्लंघन गरे साथमा अन्य प्रदर्शनकारीलाई ‘आओ आओ’ भन्दै उत्साहित पनि गरे । दोस्रो, कान्तिपुर टेलिभिजनको कार्यालय र अन्नपूर्ण पोस्ट्को कार्यालयमा योजनाबद्ध रूपमा एउटा निश्चित समूहले निरन्तर ढुंगामुढा गरिरह्यो। भाटभटेनीमा भएको लुटपाट होस् वा जडीबुटीमा भएको आगलागी वा एकीकृत समाजवादीको मुख्यालयमा भएको तोडफोड– यी सबै दृश्यले दिने एउटै सन्देश हो आयोजकका ‘कमान्डर’ र आयोजकहरू सबै अराजकता चाहन्छन् जसलाई निर्देशित र नियोजित अराजकता भन्न सकिन्छ । शुक्रबारको प्रदर्शनबारे हेर्नुपर्ने अर्काे पाटो हो, सरकारको भूमिका । गृह मन्त्रालयले तथाकथित आन्दोलन अराजकतातिर जानेबारे खासै आकलन नगरेको देखिन्छ । काठमाडौंमा दुईथरी प्रदर्शन भएकाले झडप हुनेतर्फ भने सावधान भएको पक्कै हो । तर, एउटै प्रदर्शन यो हदको अराजकता र लुटपाट होला भन्नेमा सचेत नभएको देखिन्छ । ब्रेकपछि स्वागत छ, तपाई वीग न्यूजमा हुनुहुन्छ पूर्वपञ्च नवराज सुवेदी, मेडिकल व्यवसायी दुर्गा प्रसाई र विवादित धर्मगुरु आचार्य निवासले नेतृत्व गरेको राजावादीहरुको जुलुसले शुक्रबार हिंसात्मक मोड लियो । काठमाडौंको तीनकुनेस्थित एक निजी घरमा ढुंगा प्रहार गरेर क्षत–विक्षत बनाइयो । त्यतिले मात्र नपुगेर त्यहाँ आगजनीसमेत गरियो । अन्नपूर्ण र कान्तिपुर टेलिभिजनका कार्यालयमा पनि आक्रमण भयो । पेरिसडाँडामा सरकारी गाडीमा आगजनी भयो । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट र आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा समेत तोडफोड र लुटपाट गरे । भाटभटेनीबाट महंगा रक्सीसमेत लुटेर राजावादीहरुले लगेका छन् । सबैभन्दा दुःखद पक्ष भिडन्तका क्रममा दुईजनाको ज्यान गएको छ । २२ जना सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् । राजावादीले घरमा लगाएको आगोमा परेर एकजना पत्रकारको समेत ज्यान गएको छ । राजा फर्काउनुपर्ने माग राखेर गरिएको आन्दोलनमा व्यक्तिको सम्पत्ति साथै सार्वजनिक सम्पत्तिमाथि ढुंगामुढा र आगजनी भएकोमा आयोजक संस्थाले यसको जिम्मा लिनुपर्छ या पर्दैन ? गम्भीर प्रश्न उब्जेको छ । ज्ञानेन्द्र शाहको संरक्षकत्व रहेको दाबी गरिएको यो आन्दोलन शान्तिपूर्ण हो कि हिंसात्मक ? प्रहरीले कार्यक्रममा अवरोध ग¥यो भनेर मात्र आयोजकले उम्कने स्थिति रहेन । सबै घटनाक्रम हेर्दा प्ररहीले हदैसम्मको संयमता अपनाएको देखिएको छ । राजावादी आन्दोलनकारीहरुको दाबीअनुसार तीनकुनेमा बनाइएको मञ्चमै ताकेर प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तर, यही बाहनामा आन्दोलनका कमाण्डरहरु भागाभाग भएको देखियो । दुर्गा प्रसाई, रवीन्द्र मिश्र, आचार्य विश्वास, नवराज सुवेदी, धवलसमशेर राणाजस्ता कमाण्डहरु कोही पनि मैदानमा टिकेको देखिएन । उनीहरु घरमै बसेको त कोही टाप कसेको खबरहरु आए । सेनापति नै नभएको लडाइँ कस्तो होला ? कसले लड्ला ? आन्दोलनका कमाण्डरहरु डरपोक र गैरजिम्मेवार नभएको भए प्रहरीको घेरा नजिकै उनीहरुको उपस्थिति देखिनुपर्ने हो । नेताहरुले सम्वोधन गर्नुपर्ने हो । आफ्ना कुराहरु शान्तिपूर्णरुपमा जनतासमक्ष राख्नुपर्ने हो । प्रहरीले कार्यक्रममा हस्तक्षेप र दमन गरेको भए सो कुरा जनतालाई अपील गर्नुपर्ने हो । नेताहरु भागाभाग भए । अराजक भीडले मिडियाका कार्यालय, दलका कार्यालय र नेताका घरघरमा आक्रमण गरे । र, यो आक्रमण नियोजित थिएन भन्ने स्थिति रहेन ।आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईले नेताका घरघरमा पसेर आक्रमण गर्ने कुरा यसअघि नै बारम्बार गर्दै आएका थिए । यसरी हिंसा भड्काउने प्रसाईका अभिव्यक्ति सामाजिक सञ्जालमा छताछुल्ल छन् । प्रसाईको त्यही आह्वान अनुसार नै शुक्रबार एकीकृत समाजवादीजस्तो कमजोर पार्टीको कार्यालयमा हमला भएको देखिन्छ । भाटभटेनीबाट बियरका बोतलसमेत लुटिएको दृश्यले राजावादीको आन्दोलनलाई अपराधीकरण र लुटपाटमा करण भएको छ । हिन्दुधर्मले रक्सीलाई तामसी चिज मान्छ । हिन्दुराष्ट्रको माग गर्नेहरुले मादक पदार्थको लुटपाट कसको निर्देशनमा गरे ? यसको छानविन आवश्यक छ । शुक्रबारको आन्दोलन जसले हाम्रो हो भनेर दाबी गरिरहेका छन्, त्यसक्रममा भएका हिंसात्मक घटनाहरुको जिम्मेवारी ती कमाण्डरले लिने नैतिक आँट गर्लान् ? जनआन्दोलनको आफ्नै सिद्धान्त, चरित्र र व्याकरण हुन्छ । जनआन्दोलन एक–दुईजना व्यक्तिको चाहनाले हुने कुरा होइन । यसका लागि वस्तुगत र आत्मगत परिस्थिति परिपक्व हुनुपर्दछ । पूर्वराजालाई गद्दीमा फर्कन मन लाग्यो भन्दैमा एक–दुई दिन डाङडाङ–डुङडुङ गर्दैमा आन्दोलन सफल हुँदैन । जनआन्दोलन सफल पार्नका लागि नेताहरुमा संयम, धैर्य, अनुशासन र अहिंसाप्रतिको विश्वसनीय प्रतिवद्धता चाहिन्छ । तरु, यस्तो धैर्यता र परिपक्वता दुर्गा प्रसाई, नवराज सुवेदी, रवीन्द्र मिश्र आदिमा देखिएन । लोकतन्त्रवादीहरुले लामो आन्दोलन गरेर जनआन्दोलन सफल बनाएका हुन् । अहिलेको परिवर्तन एकै रातमा आतंक मच्चाएर आएको होइन । ज्ञानेन्द्र शाह वा दुर्गा प्रसाईंकै जीवनकालमा राजसंस्था नफर्कन पनि सक्छ । ०८४ अगाडि नै राजा फर्काउँछु भनेर कसैको हुटहुटी गरेर मात्रै जनआन्दोलन उठ्दैन । ज्ञानेन्द्र साहले के दुर्गा प्रसाईले विद्रोहको बाटोबाट राजसंस्था फर्काउन चाहेका हुन् ? यदि हो भने त्यसले ज्ञानेन्द्र शाहलाई शिखरमा होइन, खाडलमा पु¥याउने निश्चित छ । यसको झिल्को शुक्रबार निर्मल निवासले राम्रैसित देखेको हुनुपर्छ । वियर लुटेर, हिन्दु राष्ट्र फर्कँदैन । व्यक्तिका घर जलाएर राजसंस्था फर्किँदैन । मिडियामाथि आक्रमण गरेर सभ्य समाजको कल्पना गर्न सकिँदैन । सरकारले अब यो लुटपाटको घटनामा कथित आन्दोलनका संयोजक, संरक्षक र जनकमाण्डरलाई पक्राऊ, सोधपुछ वा कानूनी कारवाही गर्छ कि गर्दैन ? त्यो हेर्न बाँकी छ । भाटभटेनीबाट रक्सी, फ्रिज, फलफूल, तरकारी र अन्य सामान लुटिरहेको दृश्य हेरेर अब कोही पनि मानिस यस्तो आन्दोलनमा थपिने अनुमान गर्न सकिन्छ ? व्यक्तिको घरमा आगो लगाइएको र मानिस जिउँदै जलेको कारुणिक दृश्यले थप मानिसलाई अब दुर्गा प्रसाईको कथित आन्दोलनमा लामवद्ध हुन पे्ररित गर्छ ? कार्यक्रमबाट घर फर्कँदा शहरमा आगो झोस्दै, घर र गाडी जलाउँदै हिँड्ने कथित अभियन्ताको पछाडि कोही लामवद्ध होला ? प्रसाईको कमाण्डिङमा शुक्रबार मच्चाइएको यो आतंकले शायद अब राजावादीहरुको अभियानलाई दशकौं पछाडि धकेलिदिएको छ ।
प्रतिक्रिया दिनुहोस्