ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान सञ्चालकहरु जोखिममा भए पनि गणतन्त्र जोखिममा छैन (भिडियोसहित)


एबीसी न्यूज
१८ चैत्र २०८१, मंगलबार   १० : ०८   बजे

कविराज विसी/ संघीय लोकतान्त्रिक गणतन्त्र विश्वमै उन्नत मानिएको शासन व्यवस्था हो । तर यो शासन सञ्चालन गर्ने शासकहरुको अक्षमताका कारण शासन सत्ताले छोटो समयमा नै चुनौती खेप्नुपरेको छ । नेपाली जनताको लामो त्याग र बलिदानका कारण २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भयो र सोही अनुसार अहिले मुलुक अघि बढिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र सुशासनयुक्त गणतन्त्र नै हो । त्यसैले यसका वर्तमान सञ्चालकहरु जोखिममा भए पनि गणतन्त्र जोखिममा छैन ।

यद्यपि गणतन्त्रको संस्थागत विकास गर्दै यसलाई समुन्नत बनाउनु प्रमुख राजनीतिक दलको जिम्मेवारी र कर्तव्य हो । गणतन्त्रका सञ्चालकहरु नसुध्रिने र लामो समयसम्म नै कुशासन मच्चाउने हो भनेचाहिँ नागरिकले नै गणतन्त्रको विकल्प खोज्न बाध्य हुने कुरालाई भने अस्वीकार गर्न सकिँदैन । त्यसैले गणतन्त्र बचाउनु छ भने प्रमुख राजनीतिक दल, तिनका नेता र शासकहरु सच्चिनुको विकल्प छैन । पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको सक्रियतासँगै शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनापछि गणतन्त्र पक्षधर राजनीतिक दलहरू एकजुट भएका छन् । उनीहरुले तीनकुने र आसपास क्षेत्रमा शुक्रबार भएको तोडफोड, आगजनी र लुटपाट घटनामा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकालेका छन् । ज्ञानेन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउने भूमिका निर्वाह गरिरहेको राजनीतिक दलहरूको निष्कर्ष निकालेका छन् । उनिहरुले पूर्वराजा ज्ञानेन्द्रको सेवा सुविधा कटौती गर्न र गतिविधिमा निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् । पूर्वराजाको सुरक्षार्थ खटिएको प्रहरीको टिम भने दलहरूको बैठकअघि नै गृह मन्त्रालयले परिवर्तन गरिसकेको छ । अन्य सेवा सुविधा पनि क्रमशः कटौती गर्दै लैजानुपर्नेमा उनिहरुले जोड गरेका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुले चैत्र १५ गते तिनकुनेमा गरेको कार्यक्रममा भएको सम्पूर्ण घटनाहरुको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् । पूर्वराजा शाहले चैत १४ गते नै समाज विथोल्न लागिपरेका दुर्गा प्रसाईँलाई आफ्नै निवासमा डाकेर कथित “जनकमाण्डर” तोक्नु तोकेर हिंसात्मक वारदातका लागि खटाएको भन्दै उनले यसमा पूर्व राजा शाहले उन्मुक्ति नपाउने स्पष्ट पारे तर राजावादीहरुको चाहना पूरा हुने वा नहुने विषय गणतन्त्रवादीहरुकै हातमा छ । त्यसैले गणतन्त्रवादीहरुले राजावादीहरुलाई धारेहात लगाउँदै गाली गर्नुको कुनै अर्थ छैन । यदि राजावादीहरुको चाहनालाई पूर्णरुपमा असफल बनाउने हो भने गणतन्त्रवादीहरु आमूलरुपमा सच्चिनुको विकल्प छैन ।
अहिले सडकमा सुनिएका विरोधका स्वर भनेको गणतन्त्रविरुद्ध होइन, नेताहरुको भ्रष्ट कार्यशैलीको विरुद्ध हो । शासकहरुको अक्षमताका कारण नेपालमा अहिले पनि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यको समस्या र रोजगारीको अभाव व्यापक छ । यदि राज्यले यी आधारभूत आवश्यकताहरू पूरा गर्न सकेन भने गणतन्त्रप्रति नागरिकको आस्था कमजोर हुन सक्छ । त्यसैले गणतन्त्रको सफलता र असफलता शासक तथा नेताहरुकै हातमा छ । हेरौ राजावादीको आन्दोलनपछि कुन नेता के भने ।
अन्य पक्षलाई दोष दिनुको कुनै अर्थ छैन । अहिले गणतन्त्रवादीहरु राजतन्त्रवादीहरुलाई गालीगलौज गरिरहेका छन् । यो आफैँमा लज्जाको विषय हो । राजावादीहरुले सडकमा प्रदर्शन गरेको भन्दै गणतन्त्रवादीहरुले सडकमा नै गएर प्रतिरोध गर्नु गणतन्त्रवादीहरुको लागि शोभनीय विषय होइन । गणतन्त्रवादीहरु त अहिले शक्ति र सत्तामा छन् । शक्ति र सत्तामा रहेकाहरुले राजतन्त्रवादीहरुलाई काम गरेर परिणाम देखाइदिने हो, उनीहरुसँग पौंठेजोरी खेल्न जाने होइन । अब मुुलुकलाई राजनीतिक स्थिरता दिनुपर्छ । नागरिकहरुले पनि आफ्नो कर्तव्यलाई बिर्सनुहुँदैन । मतदान, शान्तिपूर्ण प्रदर्शन, नीति, बहसजस्ता माध्यमबाट नागरिकहरूले आफ्नो आवाज बुलन्द पार्न सक्नुपर्छ । आम नागरिकमा सकारात्मक सोचको विकास हुनुपर्छ । मुलुक बर्बाद भयो, सबै सकियो भन्ने भाष्य कसैले पनि सिर्जना गर्नुहुँदैन । गणतन्त्रलाई संस्थागत गरी सफल बनाउन सरकार, नागरिक समाज, राजनीतिक दल तथा आम जनताको भूमिका महत्वपूर्ण छ । तर यसको लागि मुख्यरुपमा सरकार र प्रमुख दलका नेताहरुकै चरित्र र कार्यशैलीमा परिवर्तहुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group