राष्ट्रपति ट्रम्पले कथित रूपमा मन्त्रिपरिषद् सदस्यहरूलाई बताए अनुसार इलोन मस्कले चाँडै नै प्रशासन छोड्न सक्छन्। यदि र उनी बाहिरिन्छन् भने , उनले के छोडेर जानेछन् ?
मस्कले लामो समयदेखि आफूलाई विश्वमा एक भविष्यवादीको रूपमा प्रस्तुत गरेका छन्। तैपनि, ग्याजेटहरू—रकेटहरू, रोबोटहरू र सरकारी दक्षता विभागका मस्केटियर्स, जसले ल्यापटपले भरिएका ब्याकप्याक बोकेर संघीय कर्मचारीहरूलाई (एलएलएम) ठूला भाषा मोडलहरूसँग प्रतिस्थापन गर्ने सपना देख्छन्—का बावजुद, सार्वजनिक जीवनमा कमै व्यक्तिहरू विगतसँग यति धेरै बाँधिएका छन्।
डोनाल्ड ट्रम्पको सपथका दिन, मस्कले उत्साहित र हर्षित भीडलाई सम्वोधन गर्दै भनेका थिए चुनावले “मानव सभ्यताको बाटोमा एक काँटा“ को संकेत गरेको छ । उनले “डोजलाई मंगल ग्रहमा लैजाने“ वाचा गरे र अमेरिकीहरूलाई “भविष्यप्रति आशावादी हुने कारणहरू“ दिन सक्ने प्रतिबद्धता जनाए।
सन् १९३२ मा, जब सभ्यता अर्को बाटोको काँटामा उभिएको थियो, संयुक्त राज्य अमेरिकाले उदार लोकतन्त्र र फ्र्याङ्कलिन रुजवेल्टलाई चुन्यो, जसले “अमेरिकी जनताको लागि नयाँ सम्झौता“ को वाचा गरेका थिए। आफ्नो पहिलो १०० दिनमा, रुजवेल्टले ९९ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे, र कांग्रेसले ७५ भन्दा बढी कानूनहरू पारित ग¥यो, जसले अर्थतन्त्रलाई नियमन गर्न, रोजगारी प्रदान गर्न, गरिबहरूलाई सहायता गर्न र सार्वजनिक निर्माणहरू निर्माण गर्न सरकारी निकायहरूको शृंखला स्थापना गरेर देश पुनर्निर्माणको काम शुरू ग¥यो।
मस्क त्यो काँटामा फर्केर फरक बाटो रोज्ने प्रयास गरिरहेका छन्। उनले ध्वस्त गर्न खोजेका धेरै कुराहरू, गरिबीविरोधी कार्यक्रमहरूदेखि राष्ट्रिय निकुञ्जहरूसम्म, नयाँ सम्झौतामा आफ्नो उत्पत्ति राख्छन्। रुजवेल्टको वक्र्स प्रोग्रेस एडमिनिस्ट्रेशनले ८.५ मिलियन अमेरिकीहरूलाई रोजगारी प्रदान गरेको थियो; मस्कले आफ्नो उपलब्धिलाई उनले हटाएका रोजगारीको संख्यामा मापन गरेका छन्।
चार वर्षअघि, मैले बीबीसीको लागि एउटा शृंखला बनाएको थिएँ, जसमा मैले मस्कको अनौठो नियतिलाई एक सय वर्ष पुरानो विज्ञान कथामा पत्ता लगाएँ। यो वर्ष, शृंखलालाई पुनरावलोकन गर्दा, म फेरि प्रभावित भएँ कि मस्कले प्रस्ताव गरेका कुराहरू कति कम नयाँ छन् र उनको राजनीति, शासन र अर्थशास्त्रसम्बन्धी धेरै विचारहरू उनको हजुरबुबा जोशुआ हाल्डेम्यानले समर्थन गरेका विचारहरूसँग कतिहदसम्म मिल्दोजुल्दा छन्, जो एक काउव्वाय, काइरोप्र्याक्टर, षड्यन्त्र सिद्धान्तवादी र एमेच्योर उड्डयनकर्ता थिए, जसलाई फ्लाइङ हाल्डेम्यान भनेर चिनिन्थ्यो। मस्कको हजुरबुबा टेक्नोक्रेसी नामक राजनीतिक आन्दोलनको एक चम्किलो नेता पनि थिए।
अग्रणी टेक्नोक्र्याटहरूले लोकतान्त्रिक रूपमा निर्वाचित अधिकारीहरू र निजामती कर्मचारीहरू—वास्तवमा, सम्पूर्ण सरकार—लाई वैज्ञानिकहरू र इन्जिनियरहरूको सेनाले प्रतिस्थापन गर्न प्रस्ताव गरे, जसलाई उनीहरूले टेक्नेट भन्थे। केहीले क्यानडा र मेक्सिकोलाई पनि मिसाउन चाहन्थे। टेक्नोक्रेसीको उचाइमा, आन्दोलनको एउटा शाखामा दुई लाख पचास हजारभन्दा बढी सदस्यहरू थिए।
टेक्नेटमा, मानिसहरूसँग नामहरू हुने थिएनन् उनीहरूसँग संख्याहरू हुने थिए। एक टेक्नोक्र्याट १ एक्स १८०९ एक्स ५६ को नामले जानिन्थ्यो। (मस्कको छोरोको नाम AX ” A–12 छ।) हाल्डेम्यान, जसले महामन्दीको समयमा आफ्नो सास्काचेवान फार्म गुमाएका थिए, उनी क्यानडामा आन्दोलनको नेता बने। उनी टेक्नोक्र्याट नम्बर १०४५०–१ थिए।
टेक्नोक्रेसीले पहिलो पटक सन् १९३२ मा विश्वव्यापी ध्यान आकर्षित ग¥यो तर चाँडै नै प्रतिद्वन्द्वी गुटहरूमा विभाजित भयो। टेक्नोक्रेसी इन्कर्पोरेटेडको स्थापना एक पूर्व न्यूयोर्कर हावर्ड स्कटले गर्दै त्यसको उनले नै नेतृत्व गरेका थिए। महाद्वीपभरि, टेक्नोक्र्याटहरूका प्रतिद्वन्द्वी समूहहरूले ट्र्याक्ट, पत्रिका र पर्चाहरूको बाढी लगाए, उदाहरणका लागि, “टेक्नोक्रेसीमा जीवन“ लोकतन्त्रमा जीवनभन्दा कसरी पूर्ण रूपमा फरक हुन्छ भनेर व्याख्या गर्दैः “जनमत संग्रहलाई ठूलो हदसम्म हटाउन सकिन्छ।“
टेक्नोक्र्याटहरूले तर्क गरे अनुसार उदार लोकतन्त्र असफल भएको छ। टेक्नोक्रेसी इन्कर्पोरेटेडको एक पर्चाले व्याख्या ग¥यो कि कसरी आन्दोलनले “लोकतान्त्रिक आदर्शको आधारभूत सिद्धान्तमा विश्वास गर्दैन, अर्थात् सबै मानिसहरू स्वतन्त्र र समान रूपमा सिर्जना गरिएका छन्।“ आधुनिक विश्वमा, केवल वैज्ञानिकहरू र इन्जिनियरहरूसँग अर्थतन्त्रको मुटुमा रहेका औद्योगिक सञ्चालनहरूलाई बुझ्ने बुद्धि र शिक्षा हुन्छ। स्कटको टेक्नोक्र्याटहरूको सेनाले धेरैजसो सरकारी सेवाहरू हटाउने थियोः “हाम्रो हुलाक प्रणाली, हाम्रा राजमार्गहरू, हाम्रो तटीय रक्षकलाई पनि धेरै प्रभावकारी बनाउन सकिन्छ।“ ओभरल्याप हुने निकायहरू बन्द गर्न सकिन्थ्यो, र “९० प्रतिशत अदालतहरू खारेज गर्न सकिन्छ।“
दशकौं अघि, महामन्दीको सबैभन्दा निराशाजनक र अन्धकारमय क्षणमा, टेक्नोक्रेसीले छोटो समयका लागि लोकतन्त्रको विरुद्धमा विजयी हुने सम्भावना देखिएको थियो। “एक क्षणको लागि, विचारशील मानिसहरूले यो विश्वास गर्न सम्भव थियो कि अमेरिकाले सचेत रूपमा टेक्नोक्रेसी बन्ने छनोट गर्नेछ,“ टेक्नोक्रेसी र अमेरिकी सपनाको निश्चित ऐतिहासिक अध्ययनका लेखक विलियम ई. एकिन लेख्छन्। सन् १९३२ को नोभेम्बरदेखि १९३३ को मार्चसम्म चार महिनामा, द न्यूयोर्क टाइम्सले आन्दोलनको बारेमा १०० भन्दा बढी कथाहरू प्रकाशित ग¥यो। र त्यसपछि बुलबुला फुटेको जस्तो देखियो। गर्मी सम्ममा, टेक्नोक्र्याट्स म्यागजिन र द टेक्नोक्रेसी रिभ्यू छापिन छोडेका थिए।
टेक्नोक्रेसीको विस्फोटका केही कारणहरू छन्। यसका सिद्धान्तहरूले छानबिनको सामना गर्न सकेनन्। किनभने त्यसपछि, टेक्नोक्र्याटहरू सामान्यतया पार्टीहरू, चुनावहरू वा कुनै पनि प्रकारको राजनीतिमा विश्वास गर्दैनथे—“टेक्नोक्रेसीसँग सत्ता प्राप्तीको कुनै सिद्धान्त थिएन,“ जसरी स्कटले भनेका थिए—उनीहरूसँग आफ्ना उद्देश्यहरू प्राप्त गर्ने साधन कम थियो।
तर टेक्नोक्रेसीको असफलताको मुख्य कारण लोकतन्त्रको सफलता थियो। रुजवेल्टको सपथ ग्रहण मार्च ४ मा भयो र उनले तुरुन्तै राष्ट्रलाई फायरसाइड च्याटको शृंखलाले शान्त पार्नका लागि नयाँ सम्झौता(न्यूडिल) लागू गर्न शुरू गरे । मे सम्ममा, ई.बी. ह्वाइटले द न्यूयोर्करमा टेक्नोक्रेसीको मृत्यु लेख लेखे : “टेक्नोक्रेसीले यो वर्ष आफ्नो दिन पायो, र यो अमेरिकीहरूको विशेषता थियो कि उनीहरूले यसलाई प्रयास गरे र त्यसपछि मिनिएचर गल्फ छोडे जस्तै छोडिदिए।“
तैपनि, टेक्नोक्रेसी टिकिरह्यो। यसका प्रदर्शनहरू चिन्ताजनक बन्दै थिएः टेक्नोक्र्याटहरूले एकसमान खैरो सूट लगाउँथे र एकसमान खैरो रंगका कारहरू परेडमा चलाउँथे, जसले चिन्तित पर्यवेक्षकहरूलाई इटालेली फासिस्टहरूको सम्झना गराउँथ्यो। मस्कको हजुरबुबा टेक्नोक्रेसीका कट्टर समर्थक थिए। सन् १९४० मा, जब क्यानडाले टेक्नोक्रेसी इन्कर्पोरेटेडमाथि प्रतिबन्ध लगायो—उनीहरूका सदस्यहरूले सरकार वा युद्ध प्रयासलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेका छन् भन्ने डरले— हाल्डेम्यानले एउटा अखबारमा विज्ञापन छपाउँदै भने टेक्नोक्रेसी “राष्ट्रिय देशभक्तिपूर्ण आन्दोलन“ घोषणा हो ।
केही हप्ताहरू पछि, जब उनले टेक्नोक्रेसीको भाषण यात्राको लागि संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोजे, उनलाई सीमामा प्रवेश निषेध गरियो, सम्भवतः नयाँ पासपोर्ट नियमका कारण जसले “सार्वजनिक सुरक्षाको विपरीत हुने विदेशी“ को अमेरिका प्रवेशमा रोक लगायो (वर्तमान प्रशासनको सीमा नीतिहरूलाई हेर्दा यो एक विडम्बना हो)। भ्यानकुभर, ब्रिटिश कोलम्बियामा, उनलाई गिरफ्तार गरियो, दोषी ठहर गरियो र जरिवाना वा दुई महिना जेलको सजाय सुनाइयो। पछि उनी यहूदीविरोधी सोसल क्रेडिट पार्टीमा सामेल भए, यसको राष्ट्रिय अध्यक्ष बने।
हाल्डेम्यान सन् १९४९ मा राजनीतिबाट अवकाश लिए र चाँडै दक्षिण अफ्रिकामा सर्ने सोच्न थाले, जसले सन् १९४८ मा रंगभेद नीति घोषणा गरेको थियो। सन् १९५० मा उनी प्रिटोरियामा सरे, जहाँ उनले टाइप गरिएका षड्यन्त्रकारी ट्र्याक्टहरू लेखे र तिनलाई वितरण गरे। (धेरैजसो हराएका छन्, तर सन् २०२३ मा मैले विश्वविद्यालय र निजी संग्रहहरूमा केही पत्ता लगाएँ।) उदाहरणका लागि, मे १९६० मा, उनले “विश्व तानाशाही स्थापना गर्न अन्तर्राष्ट्रिय षड्यन्त्र र दक्षिण अफ्रिकाको लागि यसको खतरा“ नामक पर्चा लेखेका थिए । जुन शार्पभिल नरसंहार पछिको अशान्तिको जवाफ थियो। ती प्रदर्शनहरूमा, नेल्सन मण्डेला ११ हजार मानिसहरूसँगै गिरफ्तार हुँदै जेल परेका थिए। हाल्डेम्यानले उनीहरुलाई विद्रोह मञ्चन गरिएको सुझाव दिए ।
उनले यो पनि विश्वास गरे कि पश्चिम “गहन सामूहिक मन परिवर्तन“ प्रयोगको विषय बनेको थियो, जसमा उनले हाँस्यास्पद ठानेका विचारहरू, जस्तै जातिहरूको समानता र रंगभेदको अनैतिकता, अखबार, पत्रिका, रेडियो, टेलिभिजन र विशेष गरी विश्वविद्यालयका प्राध्यापकहरूद्वारा फैलाइएको थियो। सरकार बेकारले भरिएको छ भन्ने विश्वासमा, उनले अकुशलतासँग लड्न वित्त समिति प्रस्ताव गरे, ठूला अक्षरहरूमा लेख्दै, “एउटा वाचडग वित्तीय निकायको आवश्यकता छ।“
मस्कले आफ्नो हजुरबुबाले सामाजिक इन्जिनियरिङ र आर्थिक योजनाबारे राखेका धेरै विश्वासहरू अंगालेका छन् भन्ने कुरा उनको राजनीतिक कल्पनाशक्तिको गहिरो अभाव, टेक्नोक्रेसीको दृढता र सिलिकन भ्यालीप्रतिको अभिमानको प्रमाण हो।
मस्क सन् १९८९ मा दक्षिण अफ्रिकाबाट क्यानडा गए, जहाँ उनी सास्काचेवानमा परिवारसँग बसे। उनको हजुरबुबाको सम्झना ठूलो थियो; धेरै पछि नभई, उनको काका स्कट हाल्डेम्यान, जसले प्रिटोरिया छोडेर ब्रिटिश कोलम्बियामा स्नातकोत्तर अध्ययन गरेका थिए, ले एउटा लेख लेखे जसमा उनले जोशुआ हाल्डेम्यानलाई “राजनीतिक अर्थशास्त्रीको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कद“ भएको व्यत्तित्वका रुपमा वर्णन गरेका थिए ।
सन् १९५५ मा, पेन्सिलभेनिया विश्वविद्यालयमा अध्ययन गरेपछि, श्री मस्कले स्ट्यानफोर्डमा पीएचडी कार्यक्रम छोडेर टेक उद्यमी बने। उनले सन् १९९९ मा एक्सडटकम कम्पनी शुरू गरे। “हामीले परम्परागत बैंकिङ उद्योगलाई रूपान्तरण गर्नेछौं,“ उनले भनेका थिए । (टेक्नोक्र्याटहरूले पनि बैंकहरू उन्मूलन गर्ने योजना बनाएका थिए। “हामीलाई बैंक, डाकु वा हरामीको आवश्यकता छैन,“ जोशुआ हाल्डेम्यानले एक पटक लेखेका थिए।) मस्कले ईबेले पेपल अधिग्रहण गर्दा भाग्य चम्कियो, जुन एक्सडटकमसँग मर्ज भएको थियो, तर सन् २०१७ मा उनले त्यसको युआरएल फिर्ता किने, र ट्विटर खरिद गरेर एक्स नामकरण गर्दा यो हातमा तयार भएको थियो, “वोक माइन्ड भाइरस“ लाई मार्ने आशा राख्दै—उनको हजुरबुबाको “सामूहिक मन परिवर्तन“ को प्रतिध्वनि गरेका छन् । मस्कले डोजमा प्रयास गरेका धेरै कुराहरू १९३० को शुरुका टेक्नोक्रेसी म्यानुअलहरूमा पाइन्छ।
मस्कको वाशिंगटनबाट सम्भावित प्रस्थानले संयुक्त राज्य अमेरिकामा मस्कवादको प्रभाव कम गर्ने छैन। उनको पुरानो भविष्यवाद सिलिकन भ्यालीको शासक विचारधारा हो। सन् २०२३ मा भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रिसन, जसले डोजमा कर्मचारी भर्ना गर्न सहयोग गरेको छ, ले “द टेक्नो–अप्टिमिस्ट मेनिफेस्टो“ लेखेका थिए, “प्राविधिक सुपरम्यानहरू“ को उदयको भविष्यवाणी गर्दै। यी बयानहरूको यस्ता सूचीले बनेको छः
हामी जीवन र अस्तित्वको कहीं धेरै उत्कृष्ट तरिकामा अघि बढ्न सक्छौं।
हामीसँग उपकरणहरू, प्रणालीहरू, विचारहरू छन्।
हामीसँग इच्छा छ । …
हामी विश्वास गर्छौं कि यसैले हाम्रा सन्तानहरू ताराहरूमा बस्नेछन्। …
हामी महानतामा विश्वास गर्छौं। …
हामी महत्वाकांक्षा, आक्रामकता, दृढता, अथकता—शक्तिमा विश्वास गर्छौं।
एन्ड्रिसनले आफ्नो प्रेरणाहरूमध्ये फिलिपो टोमासो मारिनेतीलाई उद्धृत गरेका थिए, जसले सन् १९०९ मा “द फ्युचरिस्ट मेनिफेस्टो“ लेखेका थिए, उनले हिंसा र पुरुषत्वको प्रशंसा गर्दै उदारवाद र लोकतन्त्रको विरोध गरेका थिए । यो पनि बयानहरूको सूची होः
हामी खतरा प्रेम, ऊर्जा र हतारको बानी गाउन चाहन्छौं।
हामी आक्रामकताको चाल, ज्वरोको निद्राहीनता, दोहोरो मार्च, खतरनाक छलांग, थप्पड र मुक्काको प्रहारलाई उचाल्न चाहन्छौं। …
हामी चक्कामा बसेका मानिसलाई गाउन चाहन्छौं। …
हामी संग्रहालय र पुस्तकालयहरू ध्वस्त गर्न, नैतिकता, नारीवादसँग लड्न चाहन्छौं। …
विश्वको शिखरमा उभिएर, हामी फेरि ताराहरूलाई हाम्रो ढीट चुनौती प्रक्षेपण गर्छौं!
मारिनेतीले “द फ्युचरिस्ट मेनिफेस्टो“ लेखेको दश वर्षपछि, ताराहरूतर्फ मुक्का उठाउँदै, उनले मुसोलिनीले नेतृत्व गरेको आन्दोलनको स्थापना दस्तावेज सह–लेखन गरेः “द फासिस्ट मेनिफेस्टो।“
मस्कवाद भविष्यको शुरुआत होइन। यो एक शताब्दीभन्दा पहिले शुरू भएको कथाको अन्त्य हो, पूँजी र श्रमबीच र अधिनायकवाद र लोकतन्त्रबीचको द्वन्द्वमा। लुटेरा ब्यारोनहरू र ज्याला–श्रम हड्तालहरूको गिल्डेड युगले बोल्शेभिक क्रान्ति, साम्यवाद, पहिलो रातो डर, प्रथम विश्वयुद्ध र फासिज्मलाई जन्म दियो। ती विचारहरूको लडाइँले टेक्नोक्रेसी आन्दोलन उत्पादन ग¥यो, र धेरै टिकाउ रूपमा, यसले नयाँ सम्झौता र आधुनिक अमेरिकी उदारवाद पनि उत्पादन ग¥यो। टेक्नोक्रेसी हा¥यो किनभने टेक्नोक्रेसी स्वतन्त्रतासँग असंगत छ।
यो अझै पनि सत्य छ, तर आफ्ना पुर्खाहरूभन्दा फरक, मस्कसँग सत्ताको ग्रहणको लागि सिद्धान्त छ। त्यो सिद्धान्त भनेको विगतको मृत रोबोटिक हातले सत्ता कब्जा गर्नु हो। त्यो पकडबाट मुक्त हुन जीवितहरूको लागि बाँकी छ।
(डा. लेपोर हार्वर्डमा इतिहास र कानूनकी प्राध्यापक हुन् र बीबीसी पोडकास्ट “एक्स–म्यानः द इलोन मस्क ओरिजिन स्टोरी“ की होस्ट हुन्।)
द न्यूयोर्क टाइम्बाट, अप्रिल ४, २०२५,
प्रतिक्रिया दिनुहोस्