काठमाडौं, १६ चैत । चीनले सन् २०११ मा पठाएको एक अन्तरिक्षयानको केहि अवशेष दुई दिनमा पृथ्वीमा खस्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । ‘दि तियांगोङ–१’ नाम दिईएको सो यानले अन्तरिक्षमा पठाएको पाँच वर्षपछि अर्थात् सन् २०१६ मै आफ्नो मिसन पूरा गरिसकेको छ र हाल यो नियन्त्रण कक्षको बाहिर छ । बन्द रहेको यो यान पृथ्वीको कुन भागमा खस्छ भन्ने यकिन छैन। तर विश्वका ३८ वटा शहर खतरामा रहेको बताईएको छ ।
विश्वका ती ३८ सहरमध्ये १४ सहर अमेरिकाका छन् । त्यस्तै स्पेन, चीन, मोनाको, फ्रान्स, इटली, न्यूजिल्याण्ड, टर्की, जापान, क्यानाडा, रुस र अर्जेन्टिना सहर पनि जोखिममा छन् ।
यी हुन् जोखिममा रहेका शहर-
यसरी प्रक्षेपण गरिएका अधिकांश अन्तरिक्षयानहरु अंतरिक्षमा नै जलेर नष्ट हुन्छन । नष्ट हुन नसकेका अवशेषहरु पृथ्वीमा खस्न सक्ने खतारा हुन्छ । तर यस्ता अवशेषलाई पनि समुन्द्र वा मानव वस्ती भन्दा पर मन चाहेको ठाउँमा लगेर खसाल्न सकिन्छ ।
विशेषगरी यस्ता टुक्राहरुलाइ दक्षिण प्रशान्त महासागरको अष्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अमेरिकाको बिचमा खसालिन्छ र १५०० वर्ग किलोमिटरको यो एरियालाई स्पेश क्राफ्ट र स्याटेलाइटको चिहान भन्ने गरिन्छ।
तर पृथ्वीतर्फ आउँदै गरेको चिनियाँ यान नियन्त्रणमा नरहेकोले खतरा बढेको हो ।
प्रतिक्रिया दिनुहोस्