काठमाडौं, १८ चैत । ग्रामीण पर्यटन प्रवद्र्धन गर्न भन्दै गुरिल्लामार्ग रेखाँकन भएपनि अझै यस
क्षेत्रमा पर्यटनको व्यवसायीकरण हुन सकेको छैन, सन २०१२ मा गुरिल्लामार्गको बिस्तृत अध्ययन गरि रेखाँकन भएपनि सरकारी उदाशिनताले व्यवसायीकरण हुन नसकेको पर्यटन टिप्पणी छ । पैदलमार्गको माध्यमबाट ग्रामीण क्षेत्रको आर्थिक विकास गर्नका लागि नयाँ रुट निर्धारण भएको थियो, हालको प्रदेश ५ मा नयाँ पैदल मार्गको प्रवद्र्धन गरि पर्यटक भित्र्याउने सरकारी योजना तुहिँदा गुरिल्लामार्ग ओझेलमा पर्दै गएको हो । तत्कालीन प्रचण्ड सरकारले चुनबाङमा युद्ध संग्राहलय निर्माणको लागि सरकारी अनुदान पुगेपनि खासै प्रभावकारी हुन सकेको छैन । यससंगै वर्तमान पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो सय दिने कार्ययोजनामा गुरिल्ला पदमार्गको प्रवद्र्धनको विषय समेटेका छन् ।
गुरिल्लामार्गले प्रदेश ५ को रोल्पा पूर्र्वी रुकुम अनि प्रदेश ४ मा पर्ने म्याग्दी बाग्लुङका केही भाग समेटिएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रको अवलोकन तथा पश्चिम धवलागिरी हिमश्रृंखलामा पर्ने दर्जनौ हिमटाकुराहरु जस्तै सिस्ने, पुथा दोगरी चुरेन लगायतका हिम चुचुराको अवलोन तथा आरोहण समेत गर्न सकिन्छ ,तत्कालीन समयमा माओवादी छापामारहरुले प्रयोग गरेको गोरेटोलाई पदमार्गको रुपमा विकास गरि युद्ध पर्यटन प्रवद्र्धन गर्न लक्ष्यले रेखाकन भएको हो । उत्तरका हिमशिखरका आधार क्षेत्रमा रहेका दर्जनौ मगर बस्तीमा सांस्कृतिक अवलोकन अध्ययन गर्न सकिने संभावनालाई समेत मनन् गरि गुरिल्लामार्ग अवधारणा आएको हो । ,
धवलागिरी हिमश्रंखलाको पश्चिमतिरका सिस्ने हिमालसम्मको पैदल यात्रा गर्नेका लागि निकै उपयुक्त मानिन्छ । विश्वमा पर्यटन उद्योगको तीव्र विकास भइरहेको बेला गुरिल्ला पदमार्ग नेपालको पदयात्राका लागि नयाँ र वैकल्पिक मार्गको रुपमा रहेको पर्यटन विज्ञहरुको धारणा छ । विशेष गरि ढोरपाटनबाट रेखाँकन गरिएको गुरिल्लाामार्ग रुकुम र रोल्पामा बढी केन्द्रित छ, तीनवटा रुट भएको मार्ग नेपालको एकमात्र पर्यटन मार्गको रुपमा रहेको छ , करिब २७ दिनको प्याकेजमा गुरिल्लामार्ग ट्रेकिङ गर्न सकिने द गुरिल्ला ट्रक नामक पुस्तकमा उल्लेख छ । अमेरीकन लेखक बेनीबाट शुरु भएको मार्ग रुकुमको मुसीकोट र रोल्पाको सुलिचौरमा गएर टुंगिने गर्दछ ।
साबिकको जिल्ला विकास समिति रुकुम, नेपाल पर्यटन बोर्ड र टानको प्रवद्र्धनात्मक सहयोगमा सन २०१२ मा गुरिल्लामार्गको विशेष अध्ययन सहित प्याकेजको सार्वजनिक भएको थियो । विशेष गरि द्वन्द्वको अन्त्यसंगै स्थानीयको जीवन सुधार गर्न र नेपालको ट्रेकिङ क्षेत्रमा नयाँ गन्त्व्यको विकास गर्न गुरिल्ला पदमार्गको अवधारणा आएको हो । अमेरिकन विज्ञ एलेन्जो लियनसको खोजमुलक लेखन तथा हिमालयन म्यापहाउसको प्रकाशमा द गुरिल्ला ट्रेक नामक पुस्तक समेत बाहिर आएको छ । धवलागिरी हिमश्रंखलाका पश्चिम क्षेत्रको पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्न र नयाँ गन्तव्यको रुपमा स्थापित गर्न गुरिल्लामार्ग एक भरपर्दाे आयाम हो । विशेषगरि ट्रेकिङ गर्न चाहाने पर्यटकका लागि अन्नपूर्ण पछि नयाँ वैकल्पिक पदमार्गको रुपमा रहेको छ ।
गुरिल्लामार्गको रेखाँकनसंगै ग्रामीण क्षेत्रमा होमस्टे संचालन गर्ने, सांस्कृतिक प्रवद्र्धन गर्ने, र आवस्यक पूर्वाधारमा लगानी गर्ने लगायतका कार्य अझै हुन सकेका छैनन् । रुकुम तकसेरा, रुकुमकोट बाफीकोट, महत, रोल्पाको थबाङ र जेलबाङ लगायतका गाँउमा होमस्टे संचालन गर्ने कार्य प्रस्ताव भएका थिए। तर यस क्षेत्रमा होमस्टेको विकास गर्न सकिएको छैन, हस्पिटालिटीको अभावमा पर्यटकहरुलाई असहज हुने गरेको छ ।
यस क्षेत्रमा प्राकृतिक मनोरम दृष्यसंगै सांस्कृतिक वैभवता छ, यतिमात्र होइन दशवर्षसम्म नेपालमा संचालन माओवादी जनयुद्धको विषयमा अध्ययन गर्न चाहाने पर्यटकका लागि यो क्षेत्र जिवन्त पुस्ताकालय नै हो । तत्कालीन समयमा माओवादीको केन्द्रीय आधार इलाका नाँउले समेत परिचित यस क्षेत्रको अन्तराष्टिय बजारमा समेत निकै महत्व छ, यसका साथै युद्धकालमा माओवादीले निर्माण गरेका भौतिक संरचना तथा युद्ध स्थलहरु युद्ध पर्यटनका लागि गतिला श्रोत हुन् । यस क्षेत्रको भ्रमण गर्ने पर्यटकले पश्चिम धौलागिरीका दर्जनौ हिमशिखर, मगर संस्कृति, अनि युद्धकालीन अवस्थाको अवलोकन अध्ययन गर्न सक्छन् । यतिमात्र होइन यस क्षेत्रमा पाइने विविध जैविक विविधता तालतलैया तथा जलाधार क्षेत्रहरुको पनि अवलोकनको अवसर मिल्ने गर्दछ ।
किङडम अफ मगर कल्चरले समेत परिचित यस क्षेत्र सांस्कृतिक पर्यटनको लागि उत्तम मानिन्छ, आदिबासी मगर समुदायको जीवनशैली, भाषा, रितिरिवाज, संगित कला, कृषी प्रणाली इत्यादीको अध्ययन गर्न सकिन्छ, मौलिक कला परम्परा जीवनशैली इत्यादी पर्यटकका लागि रोजाइका विषय हुन् । स्वदेशी तथा विदेशी पाहुनाले गुरिल्लामार्गको यात्रा गरेका छन् सांस्कृतिक हिम आरोहण मात्र होइन यस क्षेत्र यार्शा ट्रेलले पनि निकै चर्चित छ, देशकै उत्कृष्ट यार्शा पुपाल क्षेत्रमा पाइन्छ, पर्या पर्यटन,साहसीक पर्यटन, सांस्कृतिक पर्यटन, पर्या पर्यटन र युद्ध पर्यटनले वैभव मानिन्छ । तर कति पर्यटकले यस क्षेत्रको अध्ययन अवलोकन गर्दछन् भन्ने कुनै सरकारी तथ्याँक छैन,पर्यटकको आगमन हुने गरेपनि त्यसको अध्यावधिक नहुनाले पर्यटन विकासमा गुरिल्ला पदमार्ग अझै ओझेला परेको बताइन्छ ।
गुरिल्लामार्गको प्रवद्र्धन गर्न सरकारी लगानी भएपनि पर्याप्त छैनन्, यद्यपी मध्यपहाडी लोकमार्ग राप्ती लोकमार्ग, त्रिदेशी प्रस्तावित पर्यटन मार्ग लगायतका सडक संजालले जोडिएको भएपनि पर्यटनमैत्री हुन सकेका छैनन्,यसका साथै यसको आसपास क्षेत्रमा प्रत्येक वर्ष मेला महोत्सव जस्ता कार्यक्रम त हुने गरेका छन् तर ती कार्यक्रमको अर्थपूर्ण प्रभाव नपरेको पर्यटन सम्बद्धहरुको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस्