ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैदेशिक रोजगारीमा ज्यान गुमाउनेलाई सात साख राहत


admin
१६ श्रावण २०७४, सोमबार   ७ : ४८   बजे

काठमाडौँ, १६ साउन । वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा वा अंगभंग भएमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिने राहत रकम रु तीन लाखबाट वृद्धि गरेर रु सात लाख पु¥याएको छ ।

वैदेशिक रोजगार नियमावली, २०६४ को तेस्रो संशोधन आज राजपत्रमा प्रकाशित भएपछि कामदारले सो रकम पाउने भएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद् बैठकबाट बोर्डले दिने सहायता रकम रु तीन लाखबाट रु पाँच लाख पु¥याउने तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले रु सात लाख पु¥याउने निर्णय गरे पनि नियमावली संशोधन नभएका कारण कामदारले हिजोसम्म पुरानै रु तीन लाख मात्रै रकम पाउँदै आएका थिए ।

कामदारको मृत्यु भएमा वा अंगभंग भएमा यस वाहेक बीमा कम्पनीबाट बीमाबापत बढीमा रु २० लाख पाउने व्यवस्था छ । बीमाबापतको रु १५ लाख र विभिन्न १० प्रकारका रोग लागेमा थप रु पाँच लाख गरी कामदारले रु २० लाखसम्म पाउँछन् । यसरी बीमाबापतको बढीमा रु २० लाख र बोर्डबाट रु सात लाख गरी कामदारको मृत्यु भएमा वा अंगभंग भएमा रु २७ लाखसम्म कामदार वा उनका परिवारले पाउनेछन् ।

बोर्डबाट दिइने आर्थिक सहायताको रकम वृद्धि भएसँगै कामदारले विदेश जानुअघि बोर्डको कामदार कल्याणकारी कोषलाई तिर्नुपर्ने रकममा समेत वृद्धि भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले यसअघि कामदारले रु एक हजार मात्रै कोषलाई तिर्नुपर्नेमा अब करार अवधि तीन वर्षसम्मका लागि रु एक हजार ५०० र करार अवधि चार वर्ष वा सोभन्दा बढीका लागि रु दुई हजार ५०० तिर्नुपर्नेछ ।

यसैगरी संशोधित नियमावलीमा करार अवधि भन्नाले करार अवधिभित्र वा करार अवधि सकिएको एक वर्षसम्मको अवधिलाई समेटेको छ । यसअघि करार अवधिको समयमा घटेको घटनामा मात्रै राहत रकम दिने गरिन्थ्यो ।

यस्तै करार अवधिमा विदेशमा कामदारको मृत्यु भएमा वा अंगभंग भएमा मात्रै राहत रकम दिइने गरेकामा अब करार अवधिभित्र स्वदेशमै मृत्यु वा अंगभंग भएमा समेत राहत रकम पाउने व्यवस्था गरिएको छ ।

विदेशमा नेपाली नियोगबाट थप जनशक्ति माग भएमा परराष्ट्र मन्त्रालयको सिफारिस बोर्डको निर्णयअनुसार बढीमा एक वर्षका लागि सेवा करारमा स्थानीय व्यक्तिलाई नियुक्त गर्ने व्यवस्थासमेत समेटिएको छ ।

करार अवधि सकिएको कामदारका हकमा समेत उसको मृत्यु भएमा बोर्डकै रकममा उसको शव नेपाल ल्याउनसक्ने व्यवस्था नयाँ नियमावलीमा गरिएको काफ्लेले जानकारी दिनुभयो ।

यसअघि करार अवधिमा मृत्यु भएका कामदारको मात्रै बोर्डको रकममा शव ल्याउन पाउने व्यवस्थाका कारण धेरै नेपालीको शव विदेशमा महिनौँसम्म अलपत्र पर्ने अवस्था थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Two Frankfurt Airport Workers Die After Contracting Malaria

Armenia’s EU Aspirations Clash With Economic Reliance on Russia

Meta Reaches $18 Billion Settlement in Teen Addiction Lawsuit

Russia and Ukraine Complete Prisoner Exchange

News Agencies Demand Accountability for Journalist Deaths in Gaza Hospital Strike

Syrian Democratic Forces Dissolve, Raising Questions About Military Integration

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu