ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले भने- देशको शिर निहुरिने गरी कुनै सम्झौता गर्दिन ( भिडियो सहित)


admin
२० चैत्र २०७४, मंगलबार   ६ : ००   बजे

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने राजकीय भारत भ्रमण विशेष गरी सम्झौतामा भन्दा पनि सम्बन्ध थप मजबुत पार्न केन्द्रित हुने बताएका छन् । संसदमा भारत भ्रमण बारे जानकारी दिंदै प्रधानमन्त्री ओलीले भारतसँग नयाँ नयाँ सम्झौता गर्नुभन्दा पनि पुरानै सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्दै लैजाने बताएका छन् । ओलीको यो अभिव्यक्ति भारतसँग नयाँ सम्झौताहरु नगर्ने बरु पुरानैलाई कार्यान्वयन गर्दै लैजाने भन्नेमा केन्द्रित छ ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । यसका आधारमा बुझ्न सकिन्छ, यसपटकको प्रधानमन्त्रीको भारत भ्रमण भारतसँग आर्थिक र राजनीतिक रुपमा सम्बन्ध मजबुत बनाउने दिशामा विशेष केन्द्रित रहने देखिन्छ ।

प्रधानमन्त्री ओलीले भारतस“ग कृषि, जलमार्ग, रेलमार्ग र पर्यटन प्रबद्र्धनका विषयमा आफ्ना समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गर्ने बताएका छन् । ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए । उनले भारतका जायज चासोका विषयमा सम्बोधन गर्न सरकार तयार रहेको प्रष्ट पारे ।

भारतसँग नेपालको व्यापार घाटा चुलिंदै गएपछि व्यापार घाटा सन्तुलनमा ल्याउन यस पटक प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीसँग कुरा गर्ने बताएका छन् । भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब भन्दा बढी पुगेको छ । यो घाटा कुल व्यापार घाटाको ६६ प्रतिशत हो । व्यापार घाटा कम गर्न सरकारले उर्जा उत्पादनमा जोड दिने र उर्जाको व्यापार गर्ने रणनीति पनि अघि सारेको छ । यस पटकको भ्रमणमा उनले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कामलाई अघि बढाउने बताएका छन् ।

नेपाल अब विकासमा अगाडि बढ्ने भन्दै प्रधानमन्त्रीले छिमेकीहरुसँग पनि पारस्परिक लाभ र सहयोगपूर्ण सम्बन्ध कायम राख्नुपर्ने र आफ्नो भ्रमणलाई उपलब्धिमूलक बनाउन प्रयत्न गर्ने बताए । अब मित्रताको गीत गाउने मात्र नभई विकासमा सहकार्य गरेर लाभ लिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले देशको अहित हुने गरी कुनै काम नगर्ने स्पष्ट पारेका छन् । छिमेकसँगको सम्बन्ध राष्ट्रिय हितको संरक्षण गर्दै समानता, पारस्पिरक लाभ र पारस्परिक सम्मानका आधारमा हुने उनको भनाइ छ ।

प्रधानमन्त्रीको यस पटकको भ्रमण मुलत राजनीतिक भन्दा पनि आर्थिक विषयमा केन्द्रित हुने देखिन्छ । उनले भारतसँग नेपालले झेल्नुपरेका विभिन्न समस्याका विषयमा पनि आफ्ना समकक्षीसँग कुरा उठाउने बताएका छन् । ग्यास बुलेटको समस्या सुल्झाउन पहल गर्नेदेखि लिएर उर्जाको व्यापार गर्नेसम्मको योजना प्रधानमन्त्रीले अघि सारेका छन् ।

भारत भ्रमणबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन-

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group