ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापार घाटा कम गरी लगानीको वातावरण बनाउन प्रधानमन्त्रीलाई व्यवसायीको सुझाव


admin
२२ चैत्र २०७४, बिहिबार   २ : ५४   बजे

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि शुक्रबार भारत जाँदै छन । लामो समयदेखि अस्थिर राजनितिकको कारण वर्ष दिन नबित्तै नयाँ प्रधानमन्त्री बन्ने र भारत जाने बिगतको तितो यर्थात छ । तर यसपटक ५ वर्षे स्थिर सरकारको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा निस्किँदैछन् । स्थिर सरकारलाई स्वागत गर्न भारत आतुर देखिन्छ ।

भ्रमणमा कुनै नयाँ सम्झौता नहुने भए पनि नेपाल भारतको सम्बन्धलाई बिस्तारको नया“ आयाम बन्न सक्ने देखिन्छ । संबिधान घोषणापछि भारतले लगाएको ६ महिने नाकाबन्दीले सबन्धमा केही दरार उत्पन्न भएपनि पछिल्लो सयम भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा केही परिर्वन हुदै गएको आभाष हुन्छ । प्रधानमन्त्री ओलीलाई राष्ट्रियताको मुद्धामा अडिक व्यक्तित्वको रुपमा भारतले बुझिसकेको हुनाले पनि ओलीको भ्रमण फलदायी बनाउन भारतले भरपुर प्रयास गर्ने निश्चित छ ।

यता उद्योग व्यवसायीहरु प्रधानमन्त्री ओलीको भारत भ्रमण राजनीतिक भन्दा पनि आर्थिक एजेण्डाको बिषयमा छलफल हुन आवश्यक रहेको बताउछन । स्थिर सरकारले समेत समृद्ध नेपालको निमार्ण गर्ने भनिरहेको बेलामा व्यवसायीले भारतसंगको व्यापार घाटा कम गरी नेपालमा लगानी भित्र्याउनका लागि अनौपचारिक रुपमा पहन गर्नुपर्ने बताउनुहुन्छ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ ।

बिगतमा ९/९ महिनामा सरकार परिवर्तन हुने, सरकार परिवर्तन हुने वित्तिकै भारतको भ्रमण हुनै पर्ने र भारतसंग गरिने सम्झौताहरु कान्र्यान्यन नहुने गरेको तितो यर्थाथता छ ।

तर, अब, नेपालको स्थिर र शक्तिशाली सरकार भएका कारण भारतले समेतसहमति र सम्झौताहरु पालना गर्नेमा विश्वास गर्न सकिन्छ । भारतको नाकाबन्दी पछि दुई देशबीचको सम्बन्ध बिग्रिएका कारण उद्योग व्यवसायीहरु समेत व्यवसाय गर्न असहजता भोग्नु परेको थियो । नाकावन्दी पछि बिग्रिएको सम्बन्ध सुधार गर्न भारत स्वयं आतुर भएका कारण व्यवसायीहरु अलिे बढी नै उत्साहित भएका छन् । अबको भ्रमण आर्थिक समृद्धिको लागि पर्यटन, उर्जा, व्यापार, नेपालमा भारतीय लगानी बढाउनुका साथै विगतका राष्ट्रहितमा रहेका सम्झौताहरु कान्र्यान्यन जोड दिनुपर्ने व्यवसायी बताउनुहुन्छ नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल ।

नेपालमा वाम गठबन्धन सरकार बनेपछि नेपाल चीनसँगै नजिकिदै गएको भन्ने साउथ ब्लकको बुझाइ छ । यसैकारण नेपाललाई आफ्नो सुरक्षा छाताभन्दा बाहिर जान नदिन भारतले हरसम्भव प्रयास गर्न थालेको प्रष्टै हुन्छ ।

यसका लागि नेपाललाई फकाउनका लागि यसपटक भारत निकै उदार बन्न सक्छ । त्यसो त, बाम गठबन्धनले आफनो घोषणापत्रका नेपालमा १० लाख पर्टयन भित्राउने, रेल चलाउने,१० हजार मेगावाट जलविद्युत उत्पादन, सिचार्इं, यातायात, हुलाकी राजमार्ग, पेट्रोलियम पाइप लगायत महत्वाकांक्षी बिकासका योजना सार्वजनिक गरिसकेको छ । त्यसैले अहिलेको भ्रमणमा प्रधानमन्त्रीका एजेन्डाभित्र नेपाल भारत व्यापार बिस्तारको लागि रेलवे, हुलाकी राजमार्ग, भन्सारदर ,व्यापारघाटाका विषय भ्रमणको मुख्य एजेन्डा बनाउन उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group