ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पपीडिलाई दिने भनिएको थप १ लाख रुपैँयाको किस्सा के हो ? (भिडियो)


admin
२३ चैत्र २०७४, शुक्रबार   ३ : ३६   बजे

काठमाडौं, २३ चैत ।भूकम्पपीडितलाई सुशील कोइराला नेतृत्वको सरकारले ५०÷५० हजारका दरले किस्ता दिने भनेको थियो । तर त्यस बेला तयारी गर्दा गर्दै सरकारले किस्ता वितरण गर्न सकेन । कोईरालापछि केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले किस्ता वितरण गर्न सुरु मात्रै ग-यो । ओलीपछि प्रधानमन्त्री बने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

प्रधानमन्त्री हुनुअघि अध्यक्ष प्रचण्डले अनुदान रकम पाँच लाख पु-याउनुपर्ने बताएका थिए । तर, उनको भाषण सार्वजनिक खपतका लागि मात्र थियो । प्रधानमन्त्री भएपछि पाँच लाखको कुरा हराएर गयो । उनले एक लाख मात्र बढाउन सके ।

प्रचण्डपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ १० गते भूकम्प पीडितलाई थप १ लाख दिने निर्णय ग-यो ।

सो निर्णयको बारेमा अहिले सरकार, प्रतिपक्ष दल, भूकम्पपीडित देखि संसदसम्म चर्चा बहस सुरु भएको छ । देउवा सरकारले थप गरेको एक लाख रुपैयाँ के हो त भन्ने भन्नेबारेमा आरोप प्रत्यारोप सुरु भएको छ ।

देउवापछि केपी ओली पुनः प्रधानमन्त्री भएका छन् । देउवा सरकारले गरेको निर्णय आफ्नो सरकार गठन भएपछि कार्यान्वयन नगर्ने चेतावनी ओलीले पहिला नै दिइसकेका थिए । देउवा सरकारले गरेका निर्णय यतिबेला कार्यान्वयन हुने नहुनेमा दुविधा पैदा भएको छ ।

सत्ता बाहिर हुदाँ स्वयम् एमालेले भूकम्पीडितका निजी आवास निर्माणमा तीन लाख अपुग हुने भन्दै ५ लाख दिनुपर्ने बताउदै आएको थियो । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले उठाएको जवाफ दिंदै भूकम्पपीडितको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

भूकम्प पीडितको नाममा यहाँ धेरै राजनीति भएको छ । कहिले रकम पाँच लाख पु-याउने त कहिले तीन लाख, यसरी आशै आशमा पीडितहरुको अनुहार घाम छाँया जस्तै बनेको छ । भूकम्प पीडितले खास कति रकम पाउने हुन् यसै भन्न सकिने अवस्था छैन । अनुदानको भरमा आवास निर्माण गर्छौं भन्नेहरू झनै अन्यौलमा छन् । भिडियो-

https://www.youtube.com/watch?v=72jbkycwCoo

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

ओली–प्रचण्डको नयाँ ‘गेम प्लान’: वडाबाट सुरु हुने वाम सहकार्य

सिंहदरबारको फेरिएको मुड : ‘उद्घाटन–संस्कृति’ को अन्त्य कि शक्ति केन्द्रीकरणको सुरुवात ?

पराजयपछि फेरि ब्युँतियो वाम एकताको बहस : पुनर्गठन कि अवसरवादी ध्रुवीकरण ?

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu