धनकुटा , २३ चैत । साहसिक खेलको रूपमा परिचित -याफ्टिङको सिजन सुरु भएसँगै तमोर नदीमा -याफ्टिङ गर्नेको भीड लाग्न थालेको छ। धनकुटाको मुलघाटदेखि सुनसरीको चतारासम्मको यो साहसिक यात्राका लागि वर्षेनी सयौंले मनोरञ्जन लिँदै आएका छन्।
धनकुटाको मुलघाटस्थित तमोर नदीमा -याफ्टिङ गर्ने पर्यटकको चाप वर्षेनी बढ्दो छ। यस वर्षको -याफ्टिङको मौसममा एक हजारभन्दा बढी पर्यटकले मज्जा लिइसकेका छन्।
नदीमा -याफ्टिङका लागि दैनिक तीन कम्पनीका दुई बोटमार्फत चालिस भन्दा बढी पर्यटकले मनोरञ्जन लिँदै आएका छन। नेपालकै तेस्रो उत्कृष्ट -याफ्टिङ गन्तव्य मानिएको तमोरमा मंसिरदेखि जेष्ठ महिनासम्म नियमित -याफ्टिङ हुने गर्छ।
बाँकी पाँच महिना भने धमिलो पानीका कारण बन्द हुने गर्दछ। करिव ३४ किलोमिटरको यो यात्रा नेपालकै छोटो र रमाइलो हुने गरेको छ। माइनस ४ डिग्रीसम्मको ‘-यापिट’ भएकोले मस्र्याङ्दी नदी र भोटेकोशीपछि तमोर नदीलाई उत्कृष्ट -याफ्टिङ गन्तव्यका रूपमा लिइने गरेको सेतु एड्भेन्चर प्रा.लि.का सञ्चालक सेतु सिलवालले बताए।
‘-याफ्टिङ गर्न सकिने नेपालका प्रायः सबै नदीमा -याफ्टिङ गरेको छु तर तमोर नदीमा जस्तो मनोरञ्जन अन्य नदीमा हुँदैन, उनले भने, ‘मस्र्याङ्दी नदी र भोटेकोशीमा पनि यो नदीमा भन्दा -यापिट त बढी छ तर जोखिमसमेत बढी छ। तमोर नदीमा भने जोखिम कम र मनोरञ्जन बढी हुन्छ।’ व्यावसायिक -याफ्टिङ सुरु गरिएपछि विदेशी तथा स्वदेशी पर्यटकको पनि यसतर्फ आकर्षण बढेको सिलवालको भनाइ छ। उनले गत मंसिरदेखि चैतसम्म ४० पटक -याफ्टिङ सञ्चालन गरिसकेको बताए। एक पटकमा कम्तीमा १६ देखि २० जनासम्मको समूह समावेश गरिने सिलवालले जनाए।
नौ वर्षअघिबाट धरानका मदन ढकालले तमोर नदीमा -याफ्टिङ गराउन तमोर रिभर एड्भेञ्चर प्रालि सञ्चालनमा ल्याएका थिए। हाल तीन कम्पनीले -याफ्टिङ गराउँदै आएका छन्। मूलघाटदेखि चतारासम्मको ३४ किमि यात्राका लागि एक दिनको प्रतिव्यक्ति ३५ सय लाग्दछ। ६ देखि ७ घण्टासम्म नदीका विभिन्न रूप हेर्दै ठाउँठाउँमा पौडी खेल्दै यो दुरी पार गर्ने गरिन्छ। एक रात बास बस्दै गएको पाँच हजार रूपैयाँ लाग्दछ।
यसरी एक रात खोलामै टेन्ट टाँगेर मनोरञ्जन गर्दै बसेर रात कटाइन्छ। ‘प्याकेजमा खाना, नास्ता र बाससमेत बस्ने गरी शुल्क समावेश गरिन्छ’, ढकालले भने, ‘सुरुवाती समयभन्दा पछिल्लो समय यसको व्यवसाय फस्टाउँदै गएको छ।’ तमोर जलमार्गमा -याफ्टिङका लागि नेपालकै उत्तम मार्ग मध्येको एक रहेकाले व्यावसायिक सफलता मिल्दै गएको उनको दाबी छ। मुलघाट देखि चतारा र चतारा–सुनकोसीसम्म -याफ्टिङ सञ्चालन हुने गर्दछ। यो साहसिक तथा मनोरञ्जनात्मक खेलमा प्रत्येक वर्ष सयाँैले मनोरञ्जन लिँदै आएका छन्।
-याफ्टिङ गर्न आउने पर्यटक निकै उत्साहित देखिन्छन्। ‘अधिकांश युवा जमातको आकर्षण बढदै छ’, ढकालले भने, ‘दोर्होयाएरसमेत -याफ्टिङमा जानेको संख्या उल्लेख्य छ।’ -याफ्टिङमा सहभागी धनकुटेली पत्रकार नारायण कुमार राईले कम्तीमा पनि वर्षमा एकपटक समय मिलाएर -याफ्टिङमा रमाउन जाने गरेको बताए। -याफ्टिङमा जाने अधिकांशले आफ्नो समूह बनाएर यात्रा गर्दै आएका छन। -याफ्टिङमा आकर्षण बढे पनि चिसोका कारण यस वर्ष अपेक्षाभन्दा कम संख्या रहेको तमोर रिभर एडभेन्चरका सञ्चालक ढकालले बताए। उनका अनुसार यस साहसी खेलमा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ। तमोर रिभर तथा सेतो एडभेन्चर लगायतका मुख्य -याफ्टिङ कम्पनी सक्रिय छन्। तमोर रिभरले हालसम्म २७ ट्रिप सञ्चालन गरेको छ। उक्त कम्पनीले मात्र हालसम्म ४ सयभन्दा बढी पर्यटकलाई सहभागी गराइसकेको ढकालले जनाए।
तीन कम्पनी मार्फत वार्षिक १२ सयभन्दा बढी व्यक्तिले तमोर नदीमा -याफ्टिङ गर्दै आएका छन्। -याफ्टिङकै कारण एकातिर पर्यटकले मनोरञ्जन लिँदै आएका छन् भने अर्को्तिर धनकुटामा थप आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल समेत बढ्दै गएको छ। जसका कारण धनकुटाको मुलघाटमा साना ठुला होटल समेत थपिने क्रम बढ्दो छ। पर्यटन प्रवद्र्धन तथा मनोरञ्जनका लागि -याफ्टिङको सञ्चालन हुँदै आएको छ।
नेपालकै उत्तम मार्गका रूपमा तमोर जलमार्ग रहेकाले पर्यटकको आकर्षण बढ्दै गएको हो । तर, पछिल्लो समय अनधिकृत रूपमा पनि -याफ्टिङ कम्पनी सञ्चालन हुँदै आएको गुनासो बढेको छ। बिना दर्ताका कम्पनीले समेत -याफ्टिङ सञ्चालन गर्दै आए पनि सम्बन्धित निकायले चासो नदिएको -याफ्टिङ व्यवसायीको गुनासो छ।
-याफ्टिङका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य
साहसिक पर्यटन प्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ। नेपालमा पदयात्रा, पर्वतारोहण पछि बढी सम्भावना बोकेको -याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो। व्यावसायिक -याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ। नेपालमा -याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी बताउँछन्। नेसनल जियोग्राफीका अनुसार विश्वका उत्कृष्ट १० जलयात्रामा नेपाल १०औँ स्थानमा पर्छ। स्रोत र साधनका हिसाबले नेपाल दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य हो।
नेपालको -याफ्टिङलाई एसियाको मुहानका रुपमा पनि लिइन्छ। नेपालमा छ हजार नदीनाला छन्। त्यसमध्ये १६ वटा नदीमात्र सरकारले जलयात्राका लागि खुल्ला गरेको छ जसमध्ये त्रिशूली, भोटेकोसी, सुनकोसी, तमोर र कालीगण्डकी चल्तीका व्यावसायिक गन्तव्य हुन। ठूला नदी, भू–बनोट, प्राकृतिक सुन्दरताको दृश्यावलोकन तथा सहरदेखि टाढा शान्त ठाउँमा -याफ्टिङ गर्न सकिने हुँदा नेपाल उत्कृष्ट मानिन्छ।
यिनको मज्जा लिन एकदेखि १२ दिनसम्मका प्याकेजहरु उपलब्ध छन। नदी नभएका देशहरूले -याफ्टिङका लागि ठूलो धन राशि खर्चेर कृत्रिम नदी बनाई -याफ्टिङ चलाइरहेका समाचार आइरहेका छन। नेपालमा प्राकृतिक नदीहरुको रमणीय बहाव र आकर्षक छाल सहितको लामो गन्तव्यले जल पर्यटनको आकर्षण बढाएको हो। तर कुन–कुन नदी के–के कामका लगि उपयुक्त छन् भन्ने प्राथमिकता निर्धारण नहुँदा -याफ्टिङ व्यवसाय अलमलिएको -याफ्टिङ व्यवसायी ढकालले बताए।
नेपालमा -याफ्टिङका लागि त्रिशूलीपछि सेती, भोटेकोसी, कालीगण्डकी, मस्र्याङ्दी, अरुण, तमोर र कर्णाली नदी महत्वपूर्ण गन्तव्य मानिन्छ। त्यसमध्ये कर्णाली सबैभन्दा लामो (१० दिनको यात्रा) मानिन्छ भने त्रिशूली सबै किसिमले सहज मानिन्छ। अर्को महत्वपूर्ण भोटेकोसी नदीलाई मानिन्छ।
गैरकानुनी रुपमा जलयात्रा सञ्चालन हुनु, पर्यटक आफैँ आएर जलयात्रा गर्नु, जलयात्राका लागि खुल्ला गरिएका नदीहरुमा विद्युत्गृह निर्माणका लागि बाँध निर्माण गरिनुुलगायतका कारण जलयात्रा चुनौतीपूर्ण बन्दै गएको अर्का -याफ्टिङ व्यवसायी सेतु सिलवालको बुझाइ छ। नेपालमा जलयात्राका लागि ७२ वटा कम्पनी दर्ता रहेको र वार्षिक रुपमा करिब ४० हजार पर्यटकले जलयात्राको मज्जा लिने गरेको छन।
प्रतिक्रिया दिनुहोस्