ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटको बकैया खोलामा नियम विपरित ढुङ्गा बालुवा उत्खनन, प्रशासन मौन


admin
२५ चैत्र २०७४, आइतबार   ३ : ११   बजे


रौतहट, २५ चैत ।
रौतहट जिल्लाको बकैया खोलाबाट ब्यापक रुपमा मापदण्ड विपरित ढुङ्गा बालुवा उत्खन्न हुने गरेको छ ।

समन्वय समिति रौतहटका कर्मचारीहरुको मिलोमत्तोमा खोलाबाट नियम विपरित ढुङ्गा बालुवा र गिट्टी उत्खन्न गरेको हो । जिल्लाको उत्तर पश्चिममा पर्ने जंगलसहियाको पशुपति क्षेत्रको लाल बकैया खोलाबाट जिल्लाको विभिन्न स्थानको विकास निर्माण कामका लागि मापदण्ड विपरित ढुङ्गा बालुवा निकासी हुने गरेको छ ।

रौतहटको गुजरा नगरपालिका वाड ३ र ४ स्थित बकैया खोलाबाट ठेकेदारले आफुखुशी स्काभेटर प्रयोग गरी ढुङ्गा, गिटटी, बालुवा उत्खन्न गरिरहेको फेला परेको छ ।

जिल्ला समन्वय समिति रौतहटले स्थलगत अनुगमन नगरी नदीमा खोलाजन्य सामाग्री उत्खन्नका लागि जथाभावी स्काभेटर मेशिन सञ्चालनको अनुमति दिने गरेको पाइएको छ । जिल्ला समन्वय समितीले अनुमति दिएका भन्दा धेरै परिमाणको ढुङ्गा बालुवा खोलाबाट निकल्ने गरेको हो ।

जिल्ला समन्वय समितिले चैत मसान्त भित्र १ हजार घनमिटर ढुङ्गा बालुवा निकाल्ने अनिमति दिए पनि विगत एक महिना देखि दैनिक ५ सय घनमिटर बराबर निकाल्ने गरेको छ । ठेक्केदार प्रमोद यादवले अनुमति पाएको स्थानको विकास निमार्णको कामका लागि मात्रै नभएर अन्य क्षेत्रमा प्रयोग गर्नको लागि पनि सो बकैया खोलाबाट ढुङ्गा निकाल्ने गरेको हो ।

अन्य क्षेत्रमा प्रयोग हुने ढुङ्गा बालुवा लोड गरेवापतको ४ सय रुपैया प्रति टेक्टर लिने गरेको भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

गाउँलेले बारम्बार ठेक्केदारहरुलाई यहाँबाट गिट्टी, बालुवा नकाल्न भन्दा पनि बेवस्ता गरेका स्थानिय समाजसेवी युवराज ज्ञवालीले बताए । साथै ज्ञवालीले ठेकेदारले नियम विपरित बकैया खोलामा मेशिन प्रयोग गरेर ढुङ्गा, बालुवा र गिटटी उत्खन्न गर्दा वर्षायाममा हाम्रो गाउँ नै बाढीको चपेटामा पर्ने भएकोले जिल्ला समन्वय समिति र नगरपालिकाले समयमा नै ध्यान दिनु पर्ने बताए । नभए हामी जनता चुप लागेर नबस्ने र परिआए स्काभेटर र ट्रयाक्टरमा आगजानी गर्न पनि पछि नपर्ने ज्ञवालीले बताए ।

त्यस्तै, स्काभेटर बस्ती नजिकको खोलामा प्रयोगमा ल्याउनै नहुने साथै यसको प्रयोगले खोला हाम्रो गाउँ नै सिध्याउने भएकाले यसलाई तुरुन्त रोक्नु पर्ने स्थानिय बासिन्दा गुणराज मैनालीले बताए ।

जिल्ला समन्वय समितिले ढुङ्गा उत्खन्नको अनुमति दिए पनि नियमित अनुगमन नहुँदाँ मापदण्ड विपरित उत्खन्न कार्य भएको हो । ढुङ्गा बालुवा उत्खन्न गर्दा अधिकतम गहिराई ४सय मिटर, लम्बाई २ मिटर र चौडाई २० मिटर हुनुपर्ने समन्वय समितिको अनुमतिपत्रमा उल्लेख भए पनि त्यस्तो नभएको पाइएको छ । ठेक्केदारहरुले नियम बिपरित काम गर्दा पनि जिल्ला समन्वय समिति र स्थानीय प्रहरी प्रशासन मौन रहनुले उनीहरुको पनि संलाग्नता हो भन्ने कुरा पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu