ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा राजनीतिक उपलब्धीहरु के-के भए ?


एबीसी न्यूज
३० चैत्र २०७४, शुक्रबार   ९ : ३१   बजे

 

कविराज विसी
काठमाडौं, ३०  चैत । वर्ष २०७४ राजनीतिक रुपमा ठूलो उपलब्धी हात पारेको वर्षमा रुपमा रह्यो । यस वर्ष स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न भयो । तीन तहको निर्वाचन सम्पन्न गराउन मुलुकले दुईवटा प्रधानमन्त्री पाउनु पर्‍यो ।
७५३ वटा रहेको स्थानीय तहको निर्वाचन तीन चरणमा गरियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचन सम्पन्न गरायो । त्यसपछि राजनीतिक सहमतिअनुसार प्रचण्डले सत्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुम्पे । उनै देउवाले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ र असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन गराए ।

निकै उत्साह, शान्तिपूर्ण र जन सहभागितामा स्थानीय तहको निर्वाचन गराएका प्रधानमन्त्री देउवाले मंसिर १० गते र मंसिर २१ गते दुईचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउन सफल भए। स्थानीय तहको निर्वाचनमा कांग्रेससँग कुम जोडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा भने देउवाको साथ छाडेर एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गाँसिन पुगे ।

एमाले र माओवादीसहित कम्युनिष्टहरुको वाम गठबन्धन र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा भयो । पहिलो चरण अन्तर्गत प्रदेश नम्बर १ का ७, प्रदेश नम्बर ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नम्बर ५ का २, प्रदेश नम्बर ६ का ७ र प्रदेश नम्बर ७ का ४ जिल्लासहित ३२ जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । त्यसपछि मंसिर २१ गते बाँकी ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भयो ।

उक्त निर्वाचनबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० गरी २७५ जना सांसद्हरु चुनिए । त्यसपछि भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट ५६ जना निर्वाचित भएकासहित ३ जन मनोनित गरी ५९ सदस्य राष्ट्रियसभा गठन भयो ।

साथै मंसिर १० र २१ गते भएको निर्वाचनबाट प्रदेशसभामा प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भए । अहिले सबै प्रदेशले प्रमुख र मुख्यमन्त्री पाइसकेको छ भने प्रादेशिक सरकारले काम सुरु गर्न थालेको छ ।

एकै वर्षमा तीन तहको निर्वाचन सम्पन्न भएपनि जनप्रतिनिधि र सरकारले नागरिकको अपेक्षाअनुसार काम गर्न सकेका छैनन् । स्थानीयदेखि केन्द्रीय तहसम्ममा एमालेसहित वाम गठन्धनको आरामदायी बहुमत रहेको छ । तर, कानुन, कर्मचारी, साधन स्रोतको अभाव देखाउँदै स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारले जनअपेक्षाअनुसार काम गरेन । महङ्गी, कालोबजारी लगायत शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका लुट तन्त्रसहित नागरिकका आधारभूत आवश्यकता पूर्तिका लागि सरल, सहज र सर्वसुलभ हुन सकेन । भूकम्प तथा बाढी पीडितहरु अझै पालमूनी नै रहेका छन् भने सिटामोलजस्ता सामान्य औषधिको अभावमा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था हटेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group