ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७४ मा कस्तो रहर्यो नेपालको अर्थतन्त्र एक समिक्षा


एबीसी न्यूज
२ बैशाख २०७५, आइतबार   २ : ०३   बजे

२०७४ साल पनि अर्थतन्त्रको लागि खासै उपलब्धी मुलक हुन सकेन, देशमा तिनै तहको निर्वाचनको कारण समेत पुजीगत खर्चमा भएको वृद्धिका कारण जलबिद्युत उत्पादन, सडक निमार्ण, उद्योग व्यवसाय समेत फस्टाउन सकेनन् । बैंकहरुका आर्थिक तरलको संकटमा परे भने सेयर लगानीकर्ताको लागि समेत ७४ साल फलदायी बन्न सकेन । अहिलेको ५ वर्षे स्थिर सरकारको ७४ साल जसरी बितेपछि ७५ साल समृद्धिको वर्ष हुनेमा उद्योगी व्यवसायी आशाबादी बनेका छन ।

२०७४ साल बिषेशगरी निर्वाचनको वर्ष भएकोले समेत अर्थतन्त्रमा पुजीगत खर्चका साथै मूल्यवृद्धि समेत बढ्यो । अर्थतन्त्रको बिकासको लागि स्वास्थ्य, शिक्षा, उद्योग, कृषि, जलबिद्युत लगायतको क्षेत्रमा खासै प्रगति हुन सकेन । गरिबी, बेरोजगार, मुल्य बृद्धिले मुलुकलाई अझै पछि धकेलेको छ । प्रधामन्त्री केपी शर्मा ओली वर्ष अन्तिममा आएर ३ वर्ष भित्र विकासशील राष्ट्रमा लैजाने दाबी गरेका छन ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार शोधानान्तर २४ अर्ब ७३ करोड रुपैयाले घाटा देखिएको छ । राष्ट्र बैंकका अनुसार यसवर्ष ५३ अर्ब रुपैयाको निर्यात गरेको छ भने ७ खर्ब ६७ अर्बको आयात गरिएको छ । यसले नेपालको व्यापार घाटाको कहानिलाग्दो स्पष्ट देखाएको छ ।

पुर्व अर्थमन्त्री तथा सभामुख कृष्णबहादुर महराले नेपालमा स्रोत र साधनको भरिपुर्ण भएको भन्दै परिचानमा समस्याको कारण बिगतमा वर्षमा आर्थिक समृद्धि हुन नसकेको बताए ।

२०७४ बैकिङ क्षेत्रको लागि समेत कष्टकर रह्यो, लगानी योग्य पुजीको अभावले बैकिङ प्रणालीमा तरलता संकट देखा प¥यो जसकारण बैकले अझै पनि पैसा अभाव झेल्नुपरेको छ ।

सरकारले जारी गरेको स्वतपत्रमा समेत नेपालको अर्थतन्त्र कहानी लाग्दो रहेको देखिएको छ । अर्थतन्त्र डरलाग्दो स्थितीमा रहेको दाबी गरिएको छ । यस वर्ष देशमा उद्योगधन्दा दर्ता गर्नेको संख्या बढेपनि उद्योग धन्दा खुल्न सकेका छैनन । उद्योगी व्यवसायीहरु पनि पर्ख र हेरेको अवस्था मै २०७४ लाई बिदा गरेका छन भने ७५ लाई आशा र भरोसाको रुपमा हेरेको नेपाल उद्योग बँणिज्य महासंघकी अध्यक्षले बताइन ।

२०७४ मा सेयर बजारमा खासै उत्साह देखिएन, निर्वाचनपछि बाम गठबन्धनको स्पष्ट बहुमत त्यसपछि बाम गठबन्धनको सरकारमाथि लगानीकर्ता बिश्वस्त हुन नसक्दा सेयर बजारमा लगानीकर्ताको लागि टाउको दुखाईको वर्ष बन्यो । ७४ साललाई बिदा गर्दै गर्दा संघीयता कार्यान्वयन, स्थानिय सरकारको खर्च व्यवस्थापन, स्थानिय प्रतिनिधीको तलब तथा भत्ता, सवारी साधन खरिद र निर्वाचनताका गरिएका बिकास वाचाको कारण अबका दिनमा समेत आर्थिक समस्या देशले झोल्नुपर्ने स्थिती देखिरहेको छ । आर्थिक विकासका दृष्टिकोणले बहुआयामिक प्रतिफल दिने शिक्षा, स्वास्थ्य, र सडक, उद्योग व्यवसाय जस्ता परियोजनामा ७४ मा खासै प्रगति हुन सकेन । आर्थिक बिकासको लागि राजनीतिक संक्रमणका अन्त्य भएको र स्थिर सरकारले समेत आर्थिक समृद्धि अबको मुख्य उदेश्य भनिरहेकोले उद्योग व्यवसायी ७४ साल जस्तो भएपनि ७५ साल आर्थिक बिकास हुनेमा आशाबादी बनेका छन ।

अर्थतन्त्रको सहज व्यवस्थापनका लागि अन्तराष्ट्र्रिय परिस्थिति पनि ७४ मा राम्रो देखिएको छ । यस वर्ष भएको लगानी सम्मेलनमा समेत बिदेशी लगानी कर्तँ उत्साहित देखिए । तारेहोटलहरु बन्ने क्रम ७४ मा तिब्र गतिमा अगाडी बढिरहेका छन भने नेपालको पर्यटन क्षेत्र चिनिया र भारतिय पर्यटको समेत आगमन बढेको छ । यसले समेत नेपाल पर्यटन क्षेत्रका लागि थप हौसला दिएको छ । अर्थतन्त्रका लागि देशमा बन्न लागेका राष्ट्रिय गौरवका ठुला आयोजना, मेलम्ची खानेपानी आयोजना, तामाकोशी जलबिद्युत आयोजना अन्तिम चरणमा छन । फ्यास्टट्याक निर्माण, रेलमार्ग, हुलाकी राजमार्ग लगायतका परियोजना समेत ७४ मा प्रगति गर्दै अगाडी बढिरहेको छ । यसले मुलुकको अर्थतन्त्रमा दिर्घकालिन फाइदा पुग्ने निश्चित छ । ७४ सालले बिदा लिदै गर्दा ७५ साल भने नेपालको अर्थतन्त्रका लागि केही आशा किरण छोडेर बिदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group