ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७४ मा नेपालको न्यायलयलाई फर्केर हेर्दा


एबीसी न्यूज
२ बैशाख २०७५, आइतबार   २ : २८   बजे

मान्छेले पुज्ने भगवान पछीको दास्रो भगवानको रुपमा लिईन्छ न्यायलयलाई । दुध र पानी छुट्टाउने ठाउ हो न्यायलय । प्रधानन्यायधीश निष्पक्ष न्यायका लागि अन्तिम निर्णय लिन बसेका व्यक्तिको व्यक्तित्व यस बर्ष इतिहासै धमिलियो । एक व्यक्ति मात्र नभई न्यायालय धरायसै बन्ने होकी आशंका समेत पैदा भयो ।

यस वर्ष न्यायालय इतिहासकै बइेज्जतीको निकाय बन्यो । न्यायालय आफैमा अन्तिम निर्णय हो भने न्यायालयको गरिमामय उच्च पदले बेइज्जती कमायो । जसले न्यायालयलाई नै चरम विवादमा तान्यो । प्रधानन्यायधिश सुसिला कार्कीदेखि गोपाल पराजुली, अजय सुमार्गीको कालो धन ल्याउन दिने आदेशले न्यायालय हो कि होइन भन्ने सोच्न बाध्य बनायो ।

पुर्व प्रधानन्यायधीश गोपाल पराजुलीको जन्ममिती विवादले यस वर्ष अधिक चर्चा पायो । दुई वटा जन्ममिती पेस गरेको सरकारी अभिलेखमा नै फेला परेको थियो । न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल वैशाख १६ लाई कानुनी मान्यता दिईसकेपनि उनले विभिन्न निकायमा पेस गरेका फरक फरक चार थरीका जन्ममीति फेला परेको थियो ।

न्यायपरिषदको बुलेटिनहरुमा पराजुलीको जन्म मिति २००९ साल साउन ३१ गते उल्लेख छ भने २०७० साल र त्यसअघिको न्यायपरीषद बुलेटिनमा पुनरावेदन अदालतका मुख्य तत्कालीन मुख्य न्यायधीश पराजुलीको २००९ साल साउन ३१ गते उल्लेख छ । यसैगरी २०५८ सालमा प्रकाशित न्यायपरिषद बुलेटिनमा तत्कालीन पुनरावेदन अदालतका न्यायधिश पराजुलकिो जन्ममिति २०१० बैशाख १३ गते उल्लेख छ । पुनरावेदन अदालतका न्यायधिशहरुको क्रम संङख्या २९ उल्लेख गरी पृष्ठ १४ मा उनको जन्ममिति र सेवा प्रवेशको मिती उल्लेख छ । पराजुलीको तेस्रो जन्ममिति २०१० बैशाख १६ गते हो । २०६७ कातिक २५ मा पेस गरेको आधारमा जिल्ला प्रशासन कार्यलय काठमाण्डौबाट पराजुलीले नागरीकता लिएको थियो । त्यसमा जन्ममिति २०१० साल बैशाख १६ गते उल्लेख छ । शैक्षिक प्रमाणपत्रमा आधारीत भएर उनले प्रतिलिपी नागरिकता पाउ भनि दिएको निवेदनको आधारमा काठमाण्डौ जिल्ला प्रशासनले अभिलेखकै विवरण सच्चाएर प्रतिलिपी नागरिता जारी गरेको थियो ।

पुर्व प्रधानन्यायधिश सुसिला कार्की नेपालको ईतिहासमा सर्वाेच्च अदालतमा पहिलो महिला न्यायधिश हुन । महाअभियोग प्रस्ताव झेल्ने पनि पहिलो प्रधानन्यायधिशको रुपमा कार्कीलाई नै चिनिन्छ । भ्रष्टचारको मुदालाई पहिलो प्रथासमिकता दिर्द आएको कार्कीलाई अन्त्यतिर कार्यपालीका र व्यवस्थिपीका संग चर्को अन्तरद्धन्द्ध देखियो ।

उहा माथि महाअसभयोग लगाउन सम्म खोजियो । व्यवस्थिपीका संसदमा महाअभियोग दर्ता हुर्दै गर्दा कार्की भ्रष्टचार संग जोडिएको चर्चित मुदाको फैसलामा हुनुहुन्थ्यो । महाअभियोग प्रस्ताव दर्ता भएपछी स्वत निलम्बन्मा परेका कार्कीलाई सर्वाेच्च अदालतले महाअभियोग संम्बन्धी कामकार्वाहि अगाडी नबडाउन र कार्कीलाई अदालतमा हाजिर हुन आदेश जारी भयो । कार्यकाल सकिन १ महिना बाकि रहेकाले त्यस दिन देखि कार्कीले कुनै पनि मुदाको सुनुवाई नगरेर सामान्य प्रशाससनिक काम गर्दै विदा भएको थियो । कार्कीलाई अदालतमा गुटबन्धी गरेको न्यायसम्पादन स्वतन्त्र रुपमा नगरेको र कार्यपालीकाको अधिकारबाट हस्तक्ष्ोप गरेको आरोप सहित महाअभियोग प्रस्ताव दर्ता गरेको राजनितीक दलहरुले नै अवकाश पाउने अन्तीम दिन उहा माथि लगाएको महाअभियोग प्रस्ताव फिर्ता गरेको थियो ।

त्यस्तै, सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटलाईट कम्पनीको लागि ल्याएको २ अर्ब १४ करोड रुपैया“ नरोक्न नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा अन्तरिम आदेश जारी ग¥यो । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कुनै सोधपुछ विनै सुमार्गीले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दियो ।

नेपालको न्यायालय राजनीतिकबाट मुक्त हुन नसकेका कारण बेला बेलामा अपत्यारिला निर्णय हुने गर्दछन् । स्वतन्त्र र निष्पक्ष ढङगले काम गर्नु न्यायलयको कर्तव्य भएकोले न्ययालयभित्रका व्यक्तित्व सहि परिचान खोज्नु राज्यको कर्तव्य हो । सहि पहिचान अभाव देशले नै शीर झुकाउने पर्ने अवस्था अब दिनमा नआओस् । नव वर्षको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group