ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न, २१ वर्षपछि नियमित उडान हुने


एबीसी न्यूज
३ बैशाख २०७५, सोमबार   १ : ०७   बजे

सप्तरी, ३ बैशाख । राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी भएको छ । रनवे कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक बन्द अनि सूचारु हुने गरेको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
झण्डै १६ महिना पश्चात् विमानस्थलको रनवे कालोपत्रे सम्पन्न पश्चात बाँकी रहेको कम्पाउण्ड घेरवार, कार्यालय मर्मत, रंगरोहन लगायतका काम समेत अन्तिम चरणमा पुगेको छ । यी कामहरु सम्पन्न पश्चात् नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन गरेपछि बैशाख मसान्तसम्ममा टेस्ट उडान गर्ने तयारी भइरहेको प्राधिकरणका प्रोजेक्ट इन्जिनियर रामएकवाल महतोले जानकारी दिएका छन् ।
विमानस्थलका लागि जग्गा दान गरेका जग्गादाताका छोरा माहामाया प्रसाद सिंहले सप्तरीवासीले देखेको सपना अब साकार हुने भन्दै सरकारलाई धन्यवाद समेत दिएका छन् । उनका बुबा स्व. रुद्र नारायण सिंहले विमानस्थलका लागि ५५ मध्ये ४८ विगहा जग्गा दान दिएका थिए ।
नेपाल नागरिक उडड्यन प्राधिकरण मार्फत रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनले २०७३ असोज १६ गते विमानस्थलको रनवे निर्माण गर्ने काम पाएको थियो । उक्त कन्स्ट्रक्सनले विमानस्थलको एक हजार ५ सय मिटर लम्बाई र ३० मिटर चौडाई धावनमार्गको कालोपत्रेका लागि ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुँपैया ३४ पैसामा सम्झौता गरेको थियो । सम्झौता भए बमोजिम २०७४ साल मंसिर मसान्तसम्ममा रनवेको सम्पूर्ण कार्य पुरा गरिसक्नु पर्नेमा उक्त कन्स्ट्रक्सनले ४ महिना ढिलो काम सम्पन्न गरेको छ ।
तत्कालिन जिल्ला विकास समिति सप्तरीको कार्यालय मार्फत २ करोडको लागतमा काँडे तारबाट विमानस्थल क्षेत्रको घेरवारको कार्य समेत सम्पन्न भइसकेको छ । हाल विमानस्थलमा रहेको विभिन्न सानातिना पानी निकासीका लागि कल्भर्ट, मूल ढोका अगाडी कालोपत्रे, रंगरोहन तथा मर्मतका कामहरु समेत अन्तिम चरणमा पुगेको छ ।
राजविराज नगरपालिकाबाट ४ किलो मिटर दक्षिणमा पर्ने विष्णुपुर गाउँपालिकामा अवस्थित ५५ विगहा क्षेत्र ओगटेको राजविराज विमानस्थल धावन मार्ग कै कारण वर्षा याममा पटक पटक बन्द हृुँदै आएको थियो । वि.स. २०१६ सालमा तत्कालिन मन्त्रि गणेशमान सिंहद्वारा उद्घाटन गरिएको यस विमानस्थलबाट २०५२ साल बैशाखबाट विमान उडान सेवा रद्द गरिएको थियो । विमानस्थल कालो पत्रे नहुनाले विगत २१ वर्षमा पटक पटक विमान सेवा संचालन र रद्द हुँदै आएको हो ।
अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो ।
प्रदेश नं. २ मा जनकपुर, सिमराहा र राजविराज गरि तीन विमानस्थल रहेकोमा राजविराज विमानस्थलबाट नियमित उडान संचालनमा आएपछि सप्तरीसहित प्रदेश नं. १ का पहाडी जिल्लाका बासिन्दाका लागि विमान चढ्न सहज हुने तथा प्रदेश नं. २ को चौतर्फि विकासमा टेवा पुग्ने स्थानीयवासीको आशावादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu