बर्दिया, ५ बैशाख । ‘पढने इच्छा सानै बाट हो , साथीभाई स्कुलमा घन्टि वज्यो भने झन दोडिदै विद्यालय जाने गर्दछन , आफु भने आमाको भर पर्नु पर्छ आफै हिडेर जान सक्ने अवस्था छैन अहिले सम्म कसैले ह्विचियर समेत दिएको छैन ।’ यो भनाई बर्दिया गेरुवागाउपालिका वार्ड न ३ लोहापुरकी १५ वर्षिय सुसिला थारुको हो ।
शारिरिकरुपमा अशक्त रहेकी सुसीलालाई विद्यालय कहिले काहि चाडै पुग्न पाए हुन्थो भन्ने हुन्छ तर आमाले खाना पकाउने खुवाउने काम गरीसकेपछि कपडा लगाउदा ढिलो भैहाल्छ । कहिले काहि त पहिलो घन्टि समेत छुटछ ।
सुसीलाको घर देखि करिब १५ मिनेको दुरिमा छ सरस्वति आधारभुत विद्यालय त्यहि विद्यालयमा कक्षा ७ मा पढ्ने सुसीलालाई दैनिक आमाले विधालय छोड्न जान्छिन् ।
राम थारु र खोज्या थारुकी छैटौ सन्तानको रुपमा जन्मिएकी सुसीला जन्मदै दुवै हात दुवै खुटटा कमजोर थिए। अहिले पनि उनि भित्र बाहिर गर्दा वसेर यताउता गर्छिन। उमेर अनुसार उनको उचाईपनि वढेको छैन । बाहिर कतै जानु पर्रो भने आमाले काखामा राखेर लैजाने गरेकी छिन ।
सुसीलाको विद्यालय नियमित हुदैन । कहिले काहि घरको काम सकिएन भने विद्यालय जान उनि वन्चित हुन्छिन । अनि आमा विरामी परेपछि पनि विद्यालय छुटने गर्दछ । उनको बुवा खेति किसानी गर्दछन १ विघाह ६ कठठा जमिन छ त्यहि जमिनबाट उव्जाएको अन्न बालिले ६ जनाको परिवार पालिने गर्दछ । त्यहि बाकि वचेको अन्न खाद्यान्न वेचेर औषधि खर्च , स्वास्थ्य उपचार खर्च लगायत सवै खर्च चल्ने गरेको छ ।
आर्थिक अभावकै कारण सुसीलाको कहि कतै उपचार नगरिएको बुवा पतिराम थारुले बताए,’ पैसा नै छैन कसरी उपचार गर्नु र ! काम नगरी खान पुग्दैन बालवच्चा पाल्नै पर्रो फेरि उपचार गरेर ठिक होला जस्तो पनि लाग्दैन’ उनि भन्छन् ।
सुसीलाले अहिले सारिरीक अपाङ्ग भएका कारण मासिक २ हजार रुपैया बुझने गरेकी छिन । तर त्यतिले मात्रै उनलाई पुगेको छैन । विद्यालय समयमै पुग्ने ठुलो धोको छ तर कहिलै सकिन आवाज पनि स्पष्ट नआउने सुसीलाले सकी नसकी भनिन् । ‘एउटा ह्विलचेयर भएको भए धेरै सजिलो हुन्थ्यो तर खै कसरी किन्ने हो वावाले पैसा छैन भन्नुहुन्छ’, उनले थपिन ।
यतिखेर सवै विद्यार्थि भर्ना अभियानमा दौडिरहेका छन तर विद्यालय गैरहेकाहरु मध्ये अपाङ्ग वालवालिको अवस्था के छ भनेर कसैले चासो लिएको पाइदैन । यस विषयमा गेरुवा गाउपालिका समेत अनविज्ञ रहेको छ । सुसीलाजस्तै फरक क्षमता भएका विधार्थीको समयमै विधालय पुग्ने चाहना पुरा कहिले हुने हो यसै भन्न सकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्