ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली महिलाले सगरमाथाको शिखरमा पाइला टेकेको २५ वर्ष पुरा


एबीसी न्यूज
१० बैशाख २०७५, सोमबार   ७ : ४०   बजे

वैशाख १० गते अर्थात विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली महिलाले पहिलो पटक पाइला टेकेको दिन । सगरमाथामा पहिलो पटक पाइला टेक्ने महिला हुन् पासाङ ल्हमु शेर्पा । उनले सरमाथाको शिखरमा पाइला टेकेको २५ वर्ष पुगेको अवसरमा देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाल र हिमाल एक अर्काका परिपुरक हुन् भन्दा फरक नपर्ला । किनकि, विश्वका अग्ला १० हिमालमध्ये नेपालमा ८ वटा छन् । यहा रहेका हिमाल आरोहणबाट मात्रै नेपाललाई वार्षिक करिब ३ करोड रुपैया राजस्व संकलन हुने गर्दछ । नेपालमा हिमाल मात्र छैन, हिमाल आरोहण गर्ने सहासिक व्यक्तिहरु पनि छन् । त्यही साहसी व्यक्तिमध्ये पासाङ ल्हमु शेर्पा पनि एक हुन् । सोलुखुम्बुको चौरीखर्क सुर्केमा २०१८ सालमा जन्मेकी पासाङ ल्हमुले २०५० साल बैशाख १० गते सगरमाथाको चुचुरोमा पाइला राख्दै सगरमाथा पुग्ने पहिलो नेपाली महिलाको कीर्तिमान राखेकी थिइन् । उही साहसी महिला पासाङ ल्हमुको सर्वोच्च चुचुरोबाट फर्किने क्रममा खराब मौसमका कारण आधा बाटोमै दुखद् निधन भएको थियो । सोमबार उनै साहसी महिला पासाङ ल्हमुले सागरमाथाको शिखरमा पाइला राखेको २५ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरिएको छ । रजत दिवसको अवसरमा प्रधानमन्त्री के.पि शर्मा ओलीले पासाङ ल्हमुबाट सबै नेपालीले प्रेरणा लिनुपर्ने बताए ।


पासाङ ल्हमु शेर्पाको साहसको कदर गर्दै उनलाई सरकारले राष्ट्रिय विभुतिको रुपमा सम्मान गरेको छ । जुनसमय कमै मात्र नेपाली महिला घरधन्दाबाट बाहिर निस्कन्थे, त्यही बेला उनले विश्वको सर्वोच्च शिखर आरोहण गरेकी थिइन् । त्यो पनि आफ्नै अग्रसरतामा । उनको यही प्रयास पछिल्लो पुस्ताका लागि प्रेरणको स्रोत बनेका छ । पासाङ ल्हमुका सहपाठीहरु उनी साहासिक र केही गर्नुपर्छ भन्ने भावना भएको बताउ“छन ।


विश्वको सर्वोच्च शिखरमा पाइला राखेर पासाङ ल्हमुले नेपाली महिला नेपाललाई विश्वमा चिनाउने योगदान मात्र दिइनन्, नेपाली पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याएको पर्यटन व्यवसायीहरु बताउ“छन ।

पासाङ ल्हमु शेर्पा सगरमाथाको शिखरमा पाइला राख्ने १७ औ महिला हुन् । उनको योगदानको कदर गर्दै सरकारले राष्ट्रिय विभूतिको विभूषण दिएको छ । यद्यपि, सर्वोच्च शिखर आरोहण गरी नेपाल र नेपालीको परिचय विश्वमा फैलाउने साहसी आरोहीहरुलाई सरकारले अझै सम्मान गर्न नसकेको आरोहीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group