कविता
तिमीलाई चिन्नुअघि
तिमीलाई बुझ्नुअघि
तिमीलाई पढ्नुअघि
अनि कलिला यी अबोध औंलाले
खाली कापीका पानाहरुमा
सिसाकलमले जिन्दगीको चित्र कोर्नुअघि
मैले साथी बनाएछु तिमीलाई
अन्जानमै बसेछ तिमीशीत
अव्यक्त अपरिभाषित प्रेम
र राखेछु मेरो हृदयकेन्द्रमा
तिमी मेरो प्रेम थियौ कि मीठो रहर रु
मेरो अमूल्य खुशी थियौ कि
मेरा अन्जानमै सजाएका अधूरा सपनारु
कखरा पढ्न सिके देखि नै
कोसौं टाढा मसँग सुख भागेपनि
दुस्खले अँगाले पनि मलाई
छोडिनौ तिमीले मेरो साथ
या मैले छोडिनँ तिमीलाई रुरु
म जाँन्दिनँ अझै
तिमीसँगको खै यो कस्तो सम्बन्ध होरु
न रगतको
न भावनाको
न चाहनाको
न त कुनै स्वार्थको
न कहिले पढें मैले तिमीलाई
न चिनें तिम्रा शब्दहरुको मर्म
न त जानें तिम्रा गहिरा अर्थहरु
न त तिमीले नै सुनायौ आफुभित्रका कथाव्यथा
प्रत्येक पाइलामा
फेरिए होलान् लुगाजस्तै कति थान झोलाहरु
यो जिन्दगीको भित्ताबाट
बदलिए होलान् समय असमयका क्लालेन्डरहरु
हराए होलान् कति मुरी यादहरु
तर तिमी सधैं मसँगै भयौ
कैयौंपटक महङ्गो भोक र अभाव किन्ने पर्स बिर्सें
जिन्दगी लख्ने आँसु भरिएको कलम बिर्सें
दुस्खका पहाड बोक्दा बर्सिने
मोती बोक्ने रुमाल पनि बिर्सें
तर कहिले तिमीलाई बिर्सिन सकिनँ
थाहा थिएन
किन हुन्थ्यौ हरपल तिमी
श्वास र स्पन्दनजस्तै
किन बोक्थें तिमीलाई म
पैतालाले शरीर बोकेजस्तै
जहाँ पुग्थे मेरो निर्बल पाइलाहरु
अघिपछि गर्दै दुरदराजका कन्दरामा
त्यहीँ पुग्थ्यौ तिमी
मेरो झोलाको अँध्यारो कुनामा
मणिझैं चम्किएर मेरो मुहारमा उज्यालो छर्दै
तिमीलाई पढिरहँदा
मलाई सधैं लागिरह्यो
म पढिरहेछु आफैलाई
तिमीले नै सिकायौ यो दिव्यज्ञान
किताब एउटा जिन्दगी हो
र जिन्दगी आफैमा एक अमूल्य किताब ,
प्रतिक्रिया दिनुहोस्