कुनैबेला हरेक क्षेण कम्युनिष्टहरु टुट्ने र फुट्ने कार्यमा उद्देत भै रहेपछि सामना परिवारका कलाकार कर्णबहादुर परियारले एउटा गित लेखेका थिए । टुटफुट खण्डीत कुरा नगर, आत्मासमर्पणको कुरा नगर । बरु एकढिक्का को कुरा गर, एकताको कुरा गर……
तर परियारले गीत लेखि रहंदा नेपालमा झण्डै १ दर्जन बढी कम्युनिष्ट पार्टीहरु थिए र छन् । अधिकांस कम्युनिष्टहरुले आफ्नो मुल घरबाट बसांई सर्नुको ठुला कारण भने छैनन् । कसैले दस्ताबेजमा कमा नपुगेको त कसैले दस्ताबेजमा फुलिस्टप छुटेको ढंगका निहु निकाल्दै मुल घर छाड्ने अभियान नेपालमा कम्युनिष्ट पार्टी जन्मीए संगै सुरु भएको छ । छिमेकीलाई हेर्ने हेराईका कुरा हुन् वा जनबाद भन्ने की लोकतन्त्र , नौलो भन्ने कि नयां होस वा उपनिवेश भन्ने कि औपनिवेश यस्ता झिना मसिना कुरा कम्युनिष्ट पाटी बिभाजनको कारक बन्ने गरेको छ । त्यसो त नेपाली कम्युनिष्टहरुले आफुलाई लेनीनबादी संगठनात्मक सिद्धान्तका आधारीत कम्युनिष्ट पार्टी पनि भन्ने गर्दछन् । लेनिनले प्रतिपादन गरेको जनबादी केन्द्रियता आफ्नो पार्टीको संगठनात्मक सिद्धान्त हो पनि भन्छन् । तर नेपाली कम्युनिष्टहरुभित्र हेर्नेहो भने कतै बर्षौ देखि महाधिवेशन नै नभएका, कतै दशकौं सम्म एउटै ब्यक्तले पार्टी नेतृत्व हांकेका त कतै संगठनको ब्यवस्थापन नै नभएको दृष्य नै घनिभुतरुपमा देख्न सकिन्छ ।
२००६ साल बैसाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य मिली नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने प्रेरणा रुसी क्रान्ति, चिनिया क्रान्तिको निरन्तर विकास, भारतको तेलङगना विद्रोह, राणाशासन विरुद्धको जनसंघर्ष आदि थिए । जसका संस्थापक महासचिव पुष्पलाल थिए । सन् १९४९ सेप्टेम्वर १५ मा मोतिदेवी श्रेष्ठलाई थप्न प्रस्ताव गरिएको थियो । ने.क.पा.को प्रथम सम्मेलन वि.स. २००८ असोज (१९५१ सेप्टेम्वर २२) मा कलकत्ता नै भएको थियो । २००८ साल कार्तिक २० गते नेपाल भारत सन्धिको विरोध गरेकाले चिनिया काजीमान श्रेष्ठलाई सरकारले हत्या ग¥यो । २००९ माघ ९ गते डा. के आई सिंहद्धारा जेल विद्रोह गरे, यसैलाई निहु बनाएर २००९ माघ ११ गते कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध लगाईयो । ने.क.पा. स्थापनापछि २००६ भदौ ३० गते पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गरेका थिए ।
ने.क.पा.को प्रथम महाधिवेशन २०१० साल माघ १७–२५ सम्म काठमाण्डौमा भयो । जसमा पुष्पलाल श्रेष्ठले संविधानसभाको निर्वाचन र डा. केशरजङ्ग रायमाझीले वैधानिक राजतन्त्रको समर्थन गर्दै दुई वटा प्रस्ताव महाधिवेशनमा प्रस्तुत भयो । कम्युनिष्ट पार्टीको प्रथम अधिवेशन देखि नै पार्टी भित्र फुट र बिजलनको बिजारोपण भयो । एउटा कम्युनिष्ट पार्टीले राजालाई समर्थन गरेर जाने प्रस्ताव आउंदा बिचलन आउनु स्वाभाबिक थियो ।
२०१७ साल फागुनमा भारतको दरभंगामा १ महिनासम्म दरभंगा प्लेनम भयो । प्लेनममा २४ जिल्लाका ५४ प्रतिनिधि सहभागी थिए । जसका प्रस्तावित लाईनहरु ः १. मोहनविक्रम सिंह ः संविधानसभाको निर्वाचन २. केशरजंग रायमाझी ः संसदीय व्यवस्थाको स्थापना ३. पुष्पलाल श्रेष्ठ ः विघटित संसदको पुनस्र्थापना थिए । प्रस्तावमा मतदान हुँदा मोहनविक्रमले २८ मत, रायमाझीले १७ मत र पुष्पलालले ६ मत प्राप्त गरेका थिए भने केन्द्रीय समितिको बहुमत पुष्पलालको पक्षमा थियो । ९ महिनाभित्र महाधिवेशन गर्ने अनिर्णित व्यवस्थामा नै प्लेनम समापन भयो । २०१८ सालमा पुष्पलाल र तुलसीलाल अमात्यको अग्रसरतामा अन्तरजोन सामजञ्य समिति गठन गरियो । यो समिति गठन गर्नु पार्टी नीति विपरित भएको र समानन्तर पार्टी भनी पुष्पलाल, तुलसीलाल अमात्य र हिक्मतसिंह भण्डारीलाई २०१९ मा पार्टीबाट निश्कासन गरियो । क्रमश त्यस यता लगातार कम्युनिष्ट पार्टी खण्डीत, बिभाजित र टुक्रे अवस्थामा छन् ।
हा,े त्यहि कम्युनिष्ट पार्टीले आज ठाउंठाउंमा लेनीनको जयन्ती मनाएको छ । लेनीनलाई सम्रण गर्दै आयोजना भएका कार्यक्रमहरुमा लेलिनको संगठनात्मक पठमा हिंडिरहेको दाबी समेत गरिएको छ । तर लेनीनको जन्म दिन मनाईरहंदा लेनीनको कल्पना बिपरित हरेक कम्युनिष्ट पार्टी भित्र न त जनबाद छ न त केन्द्रियता । कार्यकर्तामा आधारीत बनाउन लेनीनले कल्पना गरेका कम्युनिष्ट पार्टी मास बेस पार्टीमा रुपान्तरित भएका छन् । बिशेष गरि २०१९ देखि २०४७ सम्म फुट र विभाजनको रफ्तार निकै तेज गतिमा चल्यो । २०१९ सालपछि निम्न समूह कम्युनिष्ट समूहहरुका रुपमा क्रियाशिल छन् ।
रायमाझी समूह
पुष्पलाल समूह
रोहित समूह
झापाली विद्रोही धार
पुर्वी मेची कोशी प्रान्तीय समिति
कोर्डिनेशन केन्द्र
केन्द्रीय न्युक्लियस
नेकपा माले
नेकपा माक्र्सबादी
चौम समूह
नेकपा मसाल
ने.क.पा.(मशाल)
नेकपा एमाले
नेकपा माओबादी केन्द्र
नेकपा आदी……
कार्यकर्ताले अधिकार खोज्दा अराजकता देख्ने र केन्द्रले नियमन गर्न खोज्दा तानाशाही बुझ्ने नेपाली कम्युनिष्टहरुले जनबादी केन्द्रियता भन्दै आफुले लेनीनबादी संगठनात्मक सिद्धान्त अपनाईरहेको गफ गर्दा कहिं कतै नसुहाय जस्तो अनुभुती हुन्छ । कमा, फुलिस्टप र टिके पदको सुनिश्चिताका नाममा फुट्न्, टुट्ने नेपाली कम्युनिष्टहरुले आज लेनिन जयन्ती मनाएका छन् ।
लेनिनले त श्रमजिवीहरु फुट्न होईन जुट्न सिकाएका थिए । जनबाद र केन्द्रियताको सन्तुलन पत्ता लगाएका थिए र संगठन र अनुशासनको सिद्धान्त प्रतिपादन गरेका थिए । लेनिनका यी कुरा मान न नेता ज्युहरु, कहिं सभा गरेर जयन्ती मनाउनै पर्दैन ।
प्रतिक्रिया दिनुहोस्