ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पमा मृत्यु भएका र घाइते परिवारको जीवनयापनमा कठिननाइ


admin
११ बैशाख २०७५, मंगलबार   ३ : २७   बजे

चरीकोट, ११ वैशाख । भूकम्पमा मृत्यु भएका र गम्भीर घाइतेको परिवारको जीवनयापनमा निकै कठिनाइ भएको छ ।

गोरखा भूकम्पमा परी दोलखामा करीब दुई सय जनाको मृत्यु भएको थियो भने एक हजार ५०० गम्भीर घाइते भएका थिए । वैशाख १२ गतेको भूकम्पले बिगु गाउँपालिका–९ चिलंखाभ-याङ टोलका ३५ भन्दा बढीको आफ्ना अन्नपातलगायत लत्ताकपडा नष्ट भएपछि राहतको आशमा वैशाख २९ गते सिँगटी झरेका थिए । राहत पनि लिए १० किलो चामलसहित अन्य केही सामग्री । राहत लिएर सिँगटी बजारबाट आफ्नो घर फर्किए ।

सिँगटी बजार नजिकै भीरको बाटो ट्रक चढेर जाँदै थिए, अकस्मात् १२.३० बजे खोलिखुम्बा भन्ने ठाउँमा सुख्खा पहिरो झरेर सबैलाई पुरिदियो । पुरेकामध्ये १० जनाको घटनास्थलमा नै मृत्यु भयो । भीरबाट झरेको सुख्खा पहिराले राहत लिएर आएका राहत बोकेर फर्किनु त परै जाओस्, बाँचेका सबैजसो गम्भीर घाइते भए ।

स्थानीयवासीका अनुसार एक जना किरण खड्काबाहेक सबै बेहोश अवस्थामा थिए । किरण भन्छन्, “१० जनासँगै हिँडेका गाउँका दाजुभाइ दिदीबहिनी मरे, म तिनै मरेका शवको साक्षी भएँ । बचाउ बचाउ भन्दै गरेर कराउनेका लागि पनि केही गर्न सकिन, मेरो शरीरले काम नै गर्न सकेको थिएन । म ट्रकको छेउमा नै भएकाले होला पहिरामा उछिट्टिएर बाँचे ।” घाइतेको कतिपयको चरीकोट अस्पताल तथा कतिपयको काठमाडाँैका अस्पतालमा उपचार भयो ।

राहत लिन गएकाको परिवार भने भरे घरमा राहत लिएर आउँछन् भनेर कुरिरहे तर राहत हैन उनीहरुले आफन्त कतिको मृत्युको खबर पाए । भूकम्प गएको तीन वर्ष बितिसक्दा पहिरामा पुरिएर बाँचेका केही घाइते भन्छन्, “हाम्रो १० किलो चामलले १० जना गाउँले मर्नुप¥यो, गरीबलाई दैव लागेपछि यस्तै हो ।” पहिरामा गम्भीर घाइते भएका ३४ वर्षीय कुमार लामिछाने भन्छन्, “हातको आंैँला छैन, शरीरभरी टाँका लगाएको छ, टाउकाको चोटले गर्दा अहिलेसम्म गरेर खान सक्दिन, जीवनयापन गर्नै गाह्रो भएको छ, घाइतेलाई न सरकारले हे¥यो न राम्रो उपचार नै ।”

उहाँजस्तै आफ्नो छोरासँगै राहत लिन गएका थिए ४१ वर्षीय अर्जुन भुजेल । उनी भन्छन्, “मैले १२ वर्षको मेरो छोरा सुरज मसँग नजा घरमा नै बस भन्दा मानेन, बुबालाई सघाउँछु भनेर सँगै गयौंँ, राहत लिएर ट्रकको पछाछि बसेर फर्किँदै थियौंँ, पहिरो आयो, गाडी गुडिरहेको थियो फालहाल्ने कुरो भएन, पहिरोमा परिएच, बेहोस भएछु, गम्भीर घाइते भएकाले मलाई टिचिङ हस्पिटल पु¥याइएको रहेछ, दुई दिनपछि होस खुल्यो, छोराको बारे बुझ्दा छोराको मृत्यु भइसकेको रहेछ”, भुजेल रुँदै भन्छन्, “१० किलो चामलले छोरो कहिल्यै नफर्कने भएछ ।”

बिगु– ९ मा मात्रै १७ जनाले ज्यान गुमाउनुप-यो । सोही पहिरामा श्रीमती गुमाएका कृष्णबहादुर खड्का शरीरभरीको चोट देखाउँदै भन्छन्, “राहतले श्रीमती लग्यो, म आफैंँ बिरामी छु, साना छोराछोरी छन्, सरकारले धेरथोर त राहत दिएको थियो तर त्यो राहत पनि सकियो, अब मैले मेरा छोराछोरीको पालनपोषण कसरी गर्ने ? सानी छोरी अहिले चार वर्षकी भई, परिवार पाल्नका लागि भारी बोक्न भारतको गान्तोक जाने गरेको थिएँ, अहिले छोराछोरी साना छन् आफैँ अशक्त भएँ, अब मेरो परिवार बिचल्लीमा पर्ने भयो । छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने रहर छ, कसैले हेरेन हाम्रो पीडामा ।”

सोही पहिरामा परेर गम्भीर घाइते अर्का स्थानीयवासी राजकुमार खड्का पनि शरीरभरीका चोट देखाएर भन्छन् ,“ढाड भाँचिएको छ टाउकोमा चोट छ, पहिला पहिला भारतमा काम गर्न जान्थ्यौँ, तीन महिना हस्पिटलमा बसेर आएपछि सबै सपना अधूरा भए, केही गर्ने आँट छैन, संघसंस्था आउँछन्, नाम टिप्छन, लैजान्छन्, हामी जस्तालाई केही गरिदिऊँ भन्ने कोही छैन ।”

यहाँका भूकम्पमा मृत्यु भएका र गम्भीर घाइते भएका कतिपय परिवारले सरकारले दिएको अनुदानबाट घर निर्माण गरिसके भने कतिले निर्माण गरिरहेका छन् । घाइते भन्छन्, “सरकारले दिएको तीन लाखले मात्रै घर निर्माण नहुँदोरहेछ, परिवार गतिला भएकाले त थपेर पनि बनाउँछन्, हामी जस्ता घाइते भएकाले त त्यही भएको पैसामा दःुखसुःख गरेर सानो दुईकोठे घर बनाउने हो ।”

पहिरामा पुरिएर मृत्यु भएका र गम्भीर घाइते भएका यहाँका बासिन्दाको दैनिकी निकै कष्टकर छ । उनीहरु सरकारले मृत्यु भएका परिवार र घाइते परिवारप्रति सहयोग गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group