संघीय गणतन्त्र नेपालको राजधानी काठमाडौं । राजधानी नआएका जो कोहीलाई मनमा कौतुहलता हुन सक्छ काठमाडौं कस्तो होला भनेर । अझ भनौं यौटा सपनाको शहर । काठमाडौं पुगे स्वर्गै पुगेजस्तो । देशको नेतृत्व सम्हालेर बसेको राजधानी शहर निकै सभ्य, सभा र सुन्दर छ होला भनेर कल्पना गर्छन होला, राजधानी नदेखेकाहरु । तर, त्यस्तो नसोच्नुहोस्, त्यस्तो । कल्पना गरिएजस्तो छैन, राजधानी शहर । देशको राजधानी शहर सबैतिर अस्तव्यस्त छ । घरबाट निस्केर सडकमा हिँडी साध्य छैन ।
कुनै समय सभ्यताको प्रतिक थियो राजधानी उपत्यका । सफा सुसंस्कृत उपत्यका आजका दिनमा अव्यवस्थित शहरीकरण र गतिहिन विकासे कामले कुरुप बनेको छ । सडक निर्माण हुन्छन् । सडक पिच पनि गरिन्छ । जब सडक निर्माण हुन्छन् अनि भत्किन्छन् फेरी । नेपाल विद्युत प्राधिकरण, खानेपानी संस्थान र नेपाल टेलिकम लगायतका निकायले सडक भत्काउन सुरु गर्छ । राजधानीका भत्किएका सडकमा लाखौं सवारी साधन कुद्ने गर्छन् । र राजधानी उपत्यका धुलोको बादलले छोपिने गर्छ । यही धुलाम्य सडकमा पुराना सवारी साधनले फ्यांक्ने कालो धुँवाले कुइरिमण्डल लाग्छ । अत्याधिक प्रदुषणले मानव स्वास्थ्यमै प्रतिकुल असर पुर्याएको छ । वातावरणविद्हरु वायुप्रदुषणले चिन्तित छन् ।
धुलोमाडौं
धुँवा, धुलो र राजधानी पर्यावाची शब्द जस्तै भएको छ । दैनिक बढ्दो सहरीकरण, भूकम्पपछिको अधुरो पुर्ननिर्माण, अधुरा सडक विस्तार तथा अधुरो मेलम्ची खानेपानीको पाइपलाइन विस्तार जस्ता कार्यले धुँवा धुलो उत्पादन हुने गरेको छ । अर्कोतिर पुराना सवारी साधन र बढ्दो सवारीले हुने ट्राफिक जामबाट निस्कने धुवा“ पनि वायु प्रदुषणको अर्काे कारण हो । दीगो र वातावरण मैत्री विकासका अभावमा थालिएका पूर्वाधारका कामले राजधानीलाई धुलाम्मै बनाउने गरेको छ । शहरभरि धुलोले आम नागरिकलाई हैरानी बनाएको छ । आयोजनाहरुमा भईरहेका ढिला सुस्तीले आम सर्वसाधारण धुलो र धु“वाको चपेटमा पर्ने गरेका छन् । करिब ४० लाख मानिसको बसोबास रहेको काठमाडौ वर्षाैदेखि धुलो धुँवाको हैरानीमा छ । आम नागरिकको धुँवा धुलोको मारमा परेकै छन् भने मुलुकको राजधानीको सौन्दर्यता मर्दै गएको छ । जिम्मेवारहरुको लापरवाही र ढिला सुस्तीले धुलो खान परेको आम नागरिकको गुनासो छ ।
यता सरकारले तयार पारेको वायु गुणस्तर सम्बन्धी मापदण्ड, २०६९ मा धुलो ४० माइक्रोग्राम (पीएम) २ दशमलव ५ भन्दा बढी हुनु हु“दैन । काठमाडौंमा वर्षायाममा त्यो पा“च माइक्रोग्राममा सीमित रहने गरेपनि अहिले पछिल्ला दिनमा ५ गुणाको हाराहारीमा वायु प्रदुषण बढिरहेको तथ्याङक छ । काठमाडौंमा कात्तिक पहिलो सातादेखि प्रदुषणको मात्रा विस्तारै बढेदै माघ पहिलो सातासम्म उच्च रहन्छ । अर्काे वर्षायाम शुरु नभएसम्म अर्थात जेठ अन्तिम सातासम्म उपत्यकामा धुलो र धुवा“को सघनता स्थिरि रहन्छ । अनि वर्षा सुरु भएस“गै असोज अन्तिमसम्म धुवा“धुलोमा कमी आउने गर्छ । यता काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले प्रदुषण न्यूननीकरण गर्ने कार्य भईरहेको दावी गर्छ ।
उपत्यकामा बिहान ८ बजे नै वायु प्रदुषण अधिक हुन्छ । बिहान ६ बजेदेखि बढ्दै गएको वायु प्रदुषण ८ बजे उच्च रहन्छ । मध्यान्हमा प्रदुषणको मात्रा केही कम हुन्छ । मध्यान्हपछि चल्ने पश्चिमी वायुले फेरि प्रदुषण बढारिदिन्छ अलिक कमी हुन्छ राजधानीको प्रदुषण औसत । राजधानीको प्रदुषणको औसत वर्षेनी उकालो लागेका तथ्यांक छ । महानगरलाई वातावरणमैत्री नगर बनाउने जिम्मा पाएको महानगर वातावरण विभागले सडक पूर्वाधार मेलम्ची खानेपानी आयोजनाका कारण धुुलो अत्याधिक बढको प्रतिक्रृया दिन्छ ।
उपत्यकामा सञ्चालन हुने सवारी साधन बर्सेनी बढ्ने क्रममा छन् । त्यसबाट ट्राफिक जाम मात्र बढेको होइन, वायु प्रदुषण पनि त्यत्तिकै बढाइरहेको छ । सवारी साधन यही गतिमा बढ्ने, निर्माण कार्य वर्षौसम्म सम्पन्न नहुने र ईंटाभट्टाबाट निस्किने विषाक्त धुँवाको रोकथाममा नलागे राजधनीको दैनिकी निकै असहज हुने देखिन्छ ।
मानव स्वास्थ्यमा गम्भीर असर
विश्व स्वास्थ्य संगठनको वायूको गुणस्तर मापन अनुसार औसतमा काठमाडौको वायूको गुणस्तर पाँच गुणा खराब छ । विश्व स्वास्थ्य संगठन पछिल्लो समय सार्वजनिक गरेको प्रतिवेदनमा ३ हजार शहरको सूचिमा काठमाडौ १६८ औ स्थानमा पर्दछ । अमेरिकी वातावरणीय संरक्षण एजेन्सी(इपिए)ले मापन गरेको तथ्यांक अनुसार, काठमाडौ १६५, बेइजिङ ५० र दिल्ली २६० औ प्रदुषित शहरमा पर्दछन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २० माइक्रोग्राम प्रतिघनमिटर धुलोका कण भएकोलाई मात्रै सामान्य मान्ने गर्दछ । उसका अनुसार विश्वमा ९२ प्रतिशत मुलुक प्रदुषणको जोखिममा रहेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको मापदण्डलाई मान्ने हो भने काठमाडौं उच्च जोखिमको शहरमा पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार न्यूनतम मापदण्ड भन्दा पांच गुणा बढी जोखिममा छ काठमाडौ । प्रदुषणले मानव स्वास्थ्य विग्रदै गएको छ भने शहर कुरुप बन्दै गएको छ ।
पछिल्लो समय त धुलोले मानव स्वास्थ्यमा समेत निकै प्रभाव परेको विभिन्न अध्ययनले देखाएका छन् । बढ्दो धुवा“ धुलोले मानव स्वास्थ्यमा प्रत्यक्ष गम्भीर असर गरेको छ ।
करिब ४० लाख मानिसको बसोबास रहेको संघीय शहर दिनानुदिन धुलो र धु“वाका कारण स्वास्थ्य समस्या भोग्न बाध्य छन् । पछिल्ला दिनमा फोक्सो र मुटु चेकजा“च गर्न अस्पताल आउने विरामीको संख्या निकै बढेको अस्पतालको रेकर्ड छ । अझै युवा पुस्ता मुटु जा“चका लागि अस्पताल बढि आउने गरेको डाक्टर खनालको भनाइ छ । मानिसमा घुवा“ धुलोको तनावले फोक्सो हु“दै प्रत्यक्ष रुपमा मुटुमा प्रभाव पर्ने उनको भनाइ छ । यतिबेला राजधानी दिनप्रतिदिन अस्वस्थकर बन्दै गएको छ । मुटुरोगी र मस्तिष्कघात मात्र होइन, दम, फोक्सोको क्यान्सरलगायत रोगको ग्राफ पनि उकालो लागेको छ । वायु प्रदुषणका कारण गर्भमा रहेका शिशुलाई पनि असर गर्ने चिकित्सकहरुको भनाइ छ । वातावरणमा दुई दशमलव पा“च माइक्रोग्रामभन्दा साना कणमा रसायनको मात्रा उच्च रहने गरेको छ । जसले बालबालिकाको मस्तिष्क विकासमा समेत असर पु-याएको छ ।
चिकित्सको भनाइलाई आधार मान्ने हो भने निरन्तरको धुलो स्वासनलीमा जमेर सा“घुरो बनाइदिन्छन्न् । विकास निर्माणको क्रममा निस्केको धुलोले एलजीर्, छाला र घार्टीलगायतमा समस्या देखिएपनि शरीरको भित्री भागसम्म नपुग्ने चिकित्सकको भनाइ छ । यता सवारी साधनबाट निस्केको धुँवाले क्यान्सर, हृदयघातजस्ता रोग निम्त्याउ“ने गरेको छ । विश्व बैंकको अध्ययनले २ दशमलव ५ पीएम धुलोबाट प्रभावित हुनेमध्ये ७० प्रतिशत मानिसलाई उच्च रक्तचाप, मुटु रोग, हृदयघात, मष्तिष्कघातजस्ता समस्याले ज्यान लिने गरेको तथ्याङक छ । अध्ययनमा १४ प्रतिशत मानिसमा धुँवा धुलोकै कारण क्यान्सर हुने गरेको छ । १६ प्रतिशत मानिस फोक्सोको समस्या भोग्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनको सन् २०१६ को तथ्यांकले नेपालमा वायु प्रदुषणकै कारण बर्सेनि करिब १० हजार मानिसको ज्यान जाने गरेको तथ्यांक छ । विकास पूर्वाधारका कार्य समयमै नहुनु, सवारी चाप बद्दै जानुले काठमाडौको मानव स्वास्थ्य दिनानुदिन यसरी जोखिममा पर्र्दै गएको हो ।
गैरजिम्मेवार राज्य
राजधानीलाई भौतिक पूर्वाधारले सम्पन्न शहर बनाउन भन्दै सडक बिस्तार थालिएको हो । दशकदेखि सडक आयोजनाहरु कार्यान्वयनमा पुगेपनि सम्पन्न हुन नसक्दा विकास होइन नागरिकलाई सकस थोपरिदिएको छ । काठमाडौंभित्र सडक आयोजना होस या दुई दशकदेखि पुरा हुन नसकेको मेलम्ची आयोजना पनि काठमाडौंलाई प्रदुषित बनाउने अर्काे कारण हो ।
कंलकी चोकको अन्डर बाइपास, कलंकी कोटेश्वर सडक आदि धुलो उत्पादन गर्ने मुख्य आयोजना हुन् ।
विकास पूर्वाधार बन्दा हिलो र धुलो हुन सक्छ तर तोकिएको समयमा आयोजना पुरा नगर्ने निर्माण कम्पनीको चरम लापरवाही अनि राज्यका जिम्मेवारहरुको अनुगमन र नियमनमा हुने फितलोपनाले आम नागरिकले धुलो र धुवा खानु परेको छ ।
अर्काेतिर राजधानीमा कति सवारी साधन आवश्यक छन्, कस्ता सवारी साधन संचालनमा ल्याउने भन्ने विषय पनि त्यत्तिकै ओझेलमा छ । कुनै मापदण्ड विना धमाधम सवारी साधन भित्रिनाले पनि शहर प्रदुषित बन्दै गएको छ । फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्या“क्ने विषदियुक्त कालो धुवा“, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती धुलो उडेको छ । उपत्यकावासीको यसरी उड्ने धुलोबाट प्रदूषित वायुका कारण दिक्कलाग्दो दैनिकी बनेको छ । तर, पनि सरकारी निकाय यसको रोकथाममा यतिका वर्षसम्म कुनै ठोस योजना बनाएर लागेको देखिदैन ।
राजधानीमा वायु प्रदूषणमा निर्माण कम्पनीका ठेकेदारको पनि त्यतिकै भूमिका हुने गरेको छ । समयमै काम सम्पन्न नगरि ठेक्केदारले काम अलपत्र पार्ने गरेकाले समस्या थपिने गरेको छ । वातावरणविद् भने सरोकारवालाले मानव जिवनलाई लक्षित गरेर दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिन्छन् । प्रकोपले एकै पटक दशौ हजार मानिसको ज्यान लिने गर्छ तर वायु प्रदुषणले मन्द गतिमा वर्षेनी १० हजार बढीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ । विकास मानिसका लागि हो, वातावरण सन्तुलनलाई खलल पुराउने गरिएका विकासे गतिविधिले राजधानी यसरी कुरुप बन्दै गएको हो । वातावरणमैत्री विकासको अभावमा वायू प्रदुषणको पारो उकालो लागेको छ । आम नागरिक त्यस्को मार खेप्नु परेको छ । तर जिम्मेवारहरु प्रदुषण न्यूनीकरणमा लाग्ने आश्वासन बाड्न भने छोडेका छैनन ।
राजधानीमा सञ्चालित विकास आयोजनाको काम प्रभावकारी नभएको धेरै पहिलादेखि आवाज उढ्दै आएको हो ।
सर्वसाधारणले विभिन्न समयमा धुवा“धुलोको विरुद्ध सरकारलाई ध्यार्कषण पनि नगराएका होइनन । राजधानीमा अधिकांश सडक यतिबेला भत्काइएर कुरुप र धुलाम्य अवस्थामा छन् । बनिसकेका सडक पनि पुनः अर्को निकायले भत्काउने गरेको छ । सरकारले दुरगार्मी योजनाका साथ काम अघि बढाउन नस्कदा एउटै सडक पटक–पटक भत्काउने संस्कार जस्तै बसेको छ । यता अत्यधिक धुँवा निकाल्ने २० वर्ष पुराना सवारी साधनको पूर्ण नियन्त्रण गर्ने भनिएपनि खासै प्रभावकारी हुन सकेको छैन । पूर्वाधार आयोजनाले शहरका आम नागरिकलाई प्रदुषित हावा पिउन बाध्य बनाए पनि जिम्मेवारहरुले खासै ध्यान दिन सकेका छैनन् । यद्यपी शहरलाई स्वच्छ हराभरा र वातावरण मैत्री बनाउने आश्वासनले आम नागरिक वाक्क छन् । स्वास्थ्यलाई जोखिममा राखेर बांच्न विवश छन् आमनागरिक । धुलो धुँवा न्यूनीकरण गर्ने सवालमा सम्बन्धित मन्त्रालय होउन या महानगर स्वयं चुकेका छन् ।
प्रतिक्रिया दिनुहोस्