वैशाख १२, २०७२ । विनाशकारी भूकम्पले विनाशलिला मच्चाएको दिन । त्यो दिन सम्झँदा जो कोहीको आंङग पनि सिरिङ्ग हुन्छ । त्यस भूकम्पमा परि हजारौं मानिसले ज्यान गुमाए, दशौं हजार घाइते भए । आठ लाख हाराहारीमा घरहरु भत्के । खर्वौं रुपैयाँको नोक्सानी भयो । यति धेरै क्षति बेहोरेको राज्यले समयमै ध्यान दिएर आम प्रभावितलाई साथ दिनुपर्ने हो तर त्यो काम गर्न सकेन । भूकम्प गएको तीन वर्ष पुरा भएको छ । भूकम्पको इपिसेन्टर गोरखाको बारपाक भूकम्पका कहर बिर्सन प्रयत्न गर्दैछ ।
तङ्ग्रिदै बारपाक
२०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पको तीन वर्ष पुरा भएको छ । भुकम्पको मुख्य केन्द्रविन्दु गोरखाको बारपाक थियो । भूकम्पले पुरै ध्वस्त भएको बारपाक यो तीनवर्षको बीचमा पुनः तंग्रिने प्रयासमा छ । बारपाकीले बिर्सन चाहन्छन् त्यो विनाशलीलालाई । घरटहराहरु बन्ने क्रम अझैसम्म पनि जारी छ । सुस्त गतिमा सुरुवात भएको भूकम्पपछिको पुनर्निर्माणले बारपाकको मुहार विस्तारै विस्तारै फेरिँदै गएको छ । सरकारले राहत दिने भने पनि समयमै आवास पुर्ननिर्माणका लागी राहत रकम पाउन नसकेर अन्यौलमा परेका बारपाकी जनताले गच्छेअनुसार आआफ्नो घर निर्माण गरिरहेका छन । रात होस या दिन उनीहरुले आफ्नो घर पुनर्निर्माणमा जुटिरहेका छन् ।
१४ सयभन्दा बढी घर धुरी एकै ठाउमा रहेको बारपाकमा यतिवेला ६० प्रतिशत घरहरु बन्ने क्रममा छन् । ४० प्रतिशत भुकम्पपीडितले अझैपनि पुर्ननिर्माणको लागी आवश्यक कागजपत्र मिलाउन नसक्दा घर निर्माण गर्न सकिरहेका छैनन । चैत्र मसान्त सम्मबाट असार मसान्तसम्मको लागि दोस्रो किस्ता रकम लिन समय थप गरेको छ सरकारले । तर असार मसान्तलाई अन्तिम मिति तोकेको भएपनि विविध कठिनाईले अझै पनि घरको जग बसाई सक्नुपर्ने अवस्था छैन । तोकिएको समयमा निर्माण सक्नुपर्ने भएपछि गाउँमा सबै मानिस व्यस्त रहेको सुलिकोट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष लालबहादुर गुरुङ बताउंछन् । पुनर्निर्माणको सम्झौता गर्न एक हजार ३ सय घरपरिवार लाभग्रहीको सूचीमा परेका भएपनि ४० प्रतिशतको पुर्ननिर्माण सम्झौता ढिलाई भएको छ । निर्माणको कागजात नआएको कारण पनि केही घरपरिवार अझै अन्यौलमा परेको अध्यक्ष गुरुङको भनाइ छ ।
आवास निर्माणको लागि निश्चित मापदण्ड तोकिएकोले पनि अनुदान बापत आउने रकमले कोही कसैको पनि घर निर्माण सम्पन्न हुन नसक्ने भएकाले पनि ऋण धन गरेर भुकम्प प्रतिरोधात्मक घर निर्माण भइरहेका छन् । सरकारको कार्यविधि ढिलाई भएकै कारण भुकम्प प्रतिरोधात्मक घर आ–आफ्नै तरिकाले बनाइसकेको तर राहातमा अन्यौल परेको बताउंछन् अध्यक्ष गुरुङ ।
स्थानीय रसमाया घलेले तीन वर्षको अवधि कस्टकर रुपमा विताइन । अनुदान वापत पाउने तीन लाख रुपैया“ले घर निर्माणमा खासै सहयोग नहुने घले बताउ“छिन । अनुदान बमोजिमको मापदण्ड पुरा गर्दा धेरै ऋणमा परिने, पालना नगरे अनुदानबाट बन्चित हुनु पर्ने द्वविधा उत्पन्न भएको उनी बताउँछिन् ।
बिनाससंगै बिकास पनि बारपाक आसपास भइरहेको छ । बारपाक जाने बाटोको स्तरोन्नतीसंगै विभिन्न ५ ठाउँमा पक्की पुल, विभिन्न सामुदायिक भवनहरु, प्रहरी चौकी, विद्यालय, स्वास्थ्यचौकी समेत निर्माण भइरहेको छ । भुकम्पकको मुख्य केन्द्रबिन्दु बारपाकको पुरानो संरचना बिनास भएर गएपनि अत्याधुनिक विकासले प्रवेश पाएकाले पिडामाथि हा“सो भने भित्रिएको स्थानीयवासी बताउँछन् । पुराना भग्नावशेषहरु पूर्ण रुपमा क्षति भएर बारपाकको इतिहास मेटिएपनि यहा“का बासिन्दा भने बिनाससंगै बिकासको लहर छाउँदा निकै खुसी देखिन्छन ।
तीन वर्ष हिउँद वर्षा नभनि त्रिपालमा जीवन विताएपनि तिन वर्षको अवधिले जीवनमा धेरै उपलब्धीमुलक पाठ सिकाएको बारपाककै दिलसिंह घलेको अनुभव छ । घलेको अनुभवमा भुकम्पपछि गाउ“मा विभिन्न संघ संस्थाहरुले सामुदायिक भवनहरु निर्माणसंगै विभिन्न संघ सस्थाहरुले प्रदान गरेको तालिमले बारपाकबाट बाहिर गएका युवालाई पनि गाउमै केही गर्न सकिन्छ भन्ने पाठ सिकाएको छ ।
यहा“का महिला र युवालाई तालिम प्रदान गरेर जीविकोपार्जन गर्ने वातावरण बनाएको घलेको भनाइ छ । आन्तरिक र बाह्य पर्यटकहरु पनि वारपाकको विकास देखेर छक्क परेकाका छन् । भुकम्पकको केन्द्रबिन्दु बारपाकमा विनाससंगै विकास त छायो तर पनि बारपाकका भुकम्पपिडितहरु जो अझै पनि टहरा मानै बस्न बाध्य छन् ।
छुट्टिँदै वर्ग धरातल
हिउदो चिसो र हिउँ अनि हावाहुरी र वर्षको पानीसँग लुकामारी खेल्दै जीवन बिताएका भू्रकम्पपीडित परिवारमा आफ्ना परिवारको सदस्य घुमाउनको पीडा भने साथमै छ । तीन वर्षमा पनि आवास निर्माणमा प्रगति हुन नसक्दा सदस्य गुमाउनुको पीडा भन्दा कम छैन टहराको बासको पीडा । यतिमात्र होइन कष्टकर जीवन बिताउन बाध्य पिडित परिवारले अस्थायी टहरा समेत ऋण गरेर बनाएको बताउ“छन । सयौ पिडित परिवार अझै पनि अर्काको जग्गामा भाडा तिरेर अस्थायी टहरामै दैनिकी गुजारिरहेको बारपाक सुलीकोट गाउ“पालिका २ का अध्यक्ष लालबहादुर गुरुङ बताउँछन् । छिमेकीको जग्गामा बसे वापत मासिक ५ सय रुपैया तिर्ने गरेका भन्दै उनले हुने खानेले हुँदा खाने वर्ग माथि हैकम चलाएको बताउ“छन । सरकारको ढिलासुस्तीकै कारण अस्थायी टहरामा जीवनयापन गर्न बाध्य हुन परेको उनको तर्क छ ।
बारपाकबासी सरकारले दिने तीन लाखले नया संरचना बनाउन अपुग हुने भएकाले ऋण गरेरे गाउ“ले घर निर्माण गर्न लागेको बताउँछन् । उच्च पहाडि र हिमाली क्षेत्र भएकाले पनि निर्माण सामाग्री ढुवानी निकै महगो छ । स्थानीय दिमाया घलेले तीन बर्ष अस्थायी टहरामा कष्टकर जीवन विताएको भएपनि अहिले भने टोलमा सबै मिलेर पालै पालो घर निर्माण सुरु गरेको बताउ“छिन ।
भुकम्पपिडित भगवती घलेले पनि तीन बर्ष बितिसक्दा समेत ३ लाख दिन सरकारले ढिला सुस्ती गरेकोले अर्काको जग्गामा त्रिपाल र घोचाको भरमा बस्न बाध्य रहेको गुनासो गर्छिन् । सरकारले दिने निर्णय गरेको रकम समयमै प्राप्त गर्न नसक्दा यो वर्षपनि पालमै कटाउनु पर्ने पिरलो बढेको छ । तर, अब स्थानीय सरकार र केन्द्रको स्थायी सरकारले आफुहरुलाई केही सहयोग गर्छ की भन्ने आश गरेकी छिन् घलेले ।
पूर्व प्रधानमन्त्री तथा नया“ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले स्थानीय पीडितको समस्या स्थानीय तहमै सम्बोधन गर्नुपर्ने तर्क गर्छन् । बारपाककै समेत प्रतिनिधित्व गर्ने सांसद समेत रहेका संयोजक भट्टराईले स्थानीय तहलाई पीडितको आधारमा सबै रकम उपलव्ध निकासा गरेर एकमुस्ट रुपमा आवास निर्माणमा सहयोग भएमा मात्र निर्माणले गति लिने बताउँछन् ।
सरकारले समयमै कस्ता घर बनाउने भन्नेमा ठोस योजना अघि सार्न सकेन । अनि स्थानीयले सुरु गरे आफनौ मौलिकतामा आवास निर्माण । अहिले निर्माण भएका घरलाई पनि मापदण्ड बिपरित भएको भन्दै राहातबाट बञ्चित हुनुपरेको पीडा पनि छ । भूकम्प प्रभावित क्षेत्रका हजारौं परिवारले अहिले पनि यो पीडा खेप्न बाध्य छन् ।
र पनि, कम छैन पर्यटन
पर्यटकीय हिसावले समेत प्रचलित बारपाकमा पुन पर्यटकीय गतिविधि सञ्चालन हुन थालेको छ । भूकम्पछि भत्केका भग्नावशेषहरु हेर्नका लागी आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको थिए । तर अब भने, बारपाकको सौन्दर्यतामा रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका छन् ।
त्यसो त बारपाकमा भुकम्पको स्मृती पार्क निर्माण गर्ने भनिएतापनि दुइ वर्ष पुगिसक्दा पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले गर्नुपर्ने काम हुन सकेको छैन । स्मृति पार्कको राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको भएतापनि तारबार लगाउने बाहेक केही काम अगाडी वढ्न नसकेको बारपाक बासीको भनाइ रहेको छ ।
भुकम्प पछि पर्यटनहरुका लागी खाने बस्ने सुविधा नभएको भएतापनि यो वर्षदेखि १२ वटा होम स्टे र आधा दर्जन होटलहरु सञ्चालनमा आएकोे सुलीकोट बारपाक पर्यटन समितीका अध्यक्ष खेमराज घले वताउछन । बस्नका लागी होटल र होम स्टे संगै भुकम्पबाट क्षती भएका धार्मिक स्थलहरु, पार्कहरु, चौताराहरु निर्माण गरी पर्यटकको बसाइ लम्ब्याउनका लागी विभिन्न क्रियाकलापहरु गरिरहेको वताउदै बारपाकमा पक्की सडक निर्माणको काम भइरहेको समेत अध्यक्ष घलेले वताए ।
बारपाकमा होटल संचालन भखैरै सञ्चालनमा आएको भए पनि यहां आउने आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई बारपाककै स्थानीय अर्गानिक खानाका परिकारहरु नै प्रदान गरिने बारपाकमा सञ्चालित बौद्ध भिलेज रिसोर्टका म्यानेजर समर राइले वताए ।
पौराणिक हिसावले घले र गुरुङहरुको एतिहासिक सांस्कृतिक मौलिकता झल्काउने खालको एकै किसिमको ढुंगाले छाएको घर ढुंगाले छापेको बाटो, गाउंको रहनसहन र संस्कृतिको लागी पर्यटकहरु आउने गरेका थिए । भकम्पछि पर्यटकहरु भुकम्पको इपिसेन्टर हेर्न भनेर आए । कस्तो रहेछ त भनेर पर्यटकहरु आउने गरेको सुलिकोट गाउपालिका वडा नम्बर २ का अध्यक्ष लालबहादुर गुरुङ बताउछन् ।
संस्कृति संगै बारपाकबाट देखिने बौद्ध हिमाल र बारपाक हुदै जाने विभिन्न पदमार्गहरु रहेकाले पनि आन्तरिक संगै बाह्य पर्यटकहरुर पुन बारपाकमा आउने क्रम वढेको छ । बारपाकबाट नम्बै, बाराङ, तिङग्रा, धार्चे हुदै गुम्दा माछाखोला हुदै मनास्लु पदमार्ग र धार्चे, घ्याम्पेसाल हुदै गोरखा जान सकिने र अर्को पदयात्र बारपाक, लारपाक, गुप्सी हुदै रुविल्ला हुदै मनास्लु हिमाल जान सक्ने भएकाले पनि पर्यटकको आवागमन वढिरहेको अध्यक्ष गुरुङ बताउँछन् ।
बारपाकमा आन्तरिक संगै इजरायली, अस्टे«लिया, क्यानडा लगायतका देशका बाह्य पर्यटकहरु आउने गर्दछन । बारपाक आफैमा खेतीयोग्य जमिन भएकाले पनी यहा आउने आन्तरिक पर्यटकलाई स्थानीय अर्गानिक खानाहरुनै पस्काउने गरेको बारपाकका पर्यटक व्यवशायीहरु बताउँछन ।
भुकम्प पछि विस्तारै जुर्मुराएको बारपाकमा पर्यटन प्रवद्र्धन गरी नेपालको विनाशकारी भुकम्पको केन्द्रबिन्दुको बारेमा विश्वसामु पुगी सकेको भए पनि अझै यसको सकारात्मक प्रचार प्रसार गर्न सकेको खण्डमा नेपालकै एक प्रमुख पर्यटकीय गन्तब्य बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्