ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर र दक्षिण कोरियाका नेताबीच ऐतिहासिक भेटवार्ता


एबीसी न्यूज
१४ बैशाख २०७५, शुक्रबार   ७ : १३   बजे


काठमाडौं,१४, वैशाख । आज भएको दक्षिण कोरिया र उत्तर कोरियाविचको भेट वार्तालाई यसलाई ऐतिहासिक भेटका रुपमा लगिएको छ । यसले विगत ६ दशकदेखि विभाजित कोरियाली प्रायद्विपमा शान्ति आउनसक्ने आस गरिँदैछ ।

शुक्रबार विहान उत्तर कोरियाली नेता किम जोङ्ग उनलाई दक्षिण कोरियाली राष्ट्रपति मून जाय–इनले दुई देशलाई छुट्टाउने गैरसैनिक क्षेत्रमा भेटर्वाता भएको छ । यो भेट दुई देशका शीर्ष नेताहरुबीचमा सन् २००७ पछिको पहिलो पटक भेट हो ।
यो वार्ताको परणामले यो पुस्ताको सबैभन्दा महत्वपूर्ण वार्ताको रुपमा बताइएको किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेट निर्धारण हुनेछ । उनीहरु बीचमा मे वा जुनको शुरुमा भेट हुनेछ ।

यसरी भएको छ वार्ता

किमले दुई देशलाई छुट्याउने रङ्गाइएको ‘मिलिटरी डेमार्केशन लाइन’ पार गरेका छन् । उनी स्थानीय समयको विहान ९ः३० नेपाली समय ५ः१५ विहान मा गैरसैनिक क्षेत्रको दक्षिण भाग भेट भएको छ । त्यसलाई करोडौँले प्रत्यक्ष प्रशारण मार्फत हेरेका छन् ।

त्यहाँ उनले राष्ट्रपति मूनलाई भेटेपछि दुईले गैर सैनिक क्षेत्रमा रहेका ‘सम्झौता गाँउ’मा रहेको ‘पिस हाउस’ भनिने सभा हलमा छोटो यात्रा गर्ने कार्यक्रम रहेका छ ।
दक्षिण कोरियाले धेरैको नजर हुने यो वार्ताको तयारीमा कुनै कमि भएको छैन। उनीहरु भेट्ने कोठालाई दुई देशको सम्बन्धका धेरै संकेतहरु राखेर डिजाइन गरिएको संचार माध्यमले जनाएका छन् ।

खाजाको लागि ब्रेक पछि किम र मूनले एक धुपीको बिरुवालाई दक्षिण कोरियाको माउण्ट हल्ला र उत्तर कोरियाको माउण्ट बेइक्दुबाट ल्याइएको माटो प्रयोग गरेर रोप्नेछन् । दिनभर विभिन्न चरणमा दुई देशको गुण भएका उपहार आदानप्रदान हुनेछ कार्यक्रम तय भएको छ ।

के हासिल हुने सम्भावना छ ?
वार्ताका मुख्य तीन विषय छन् – कोरियाली प्रायद्विपको आणविक निसशस्त्रीकरण, द्विपक्षिय सम्बन्धमा सुधार र आधिकारिक शान्ति सम्झौता । कोरियाली प्रायद्विपमा सन् १९५० देखि १९५३ भएको युद्ध सन् १९५३ मा भएको शान्तिवार्ता पछि रोकिएको थियो । तर कुनै सम्झौता नभएकाले प्राविधिकरुपमा हाल पनि दुबै देश युद्धमा रहेको मानिन्छ ।

यस वार्ताको सबैभन्दा जटिल मुद्धा भनेको उत्तर कोरियाको आणविक कार्यक्रम हुनेछ । किमले उनको बुवा वा हजुरबुवाले भन्दा धेरै मिसाइल परिक्षण सञ्चालन गरिसकेका छन् । उनले आफुसँग अमेरिकाको मुलभूमीसम्म मार हान्न सक्ने लामो दुरी मिसाइल भएको दावी गरिरहेका छन् ।

तर विश्लेषकहरुले यी नरमतालाई शंकाको नजरले हेरेका छन् । उनीहरुले आणविक निसशस्त्रीकरण वार्ताको सबैभन्दा जटिल मुद्दा हुने बताउदै किम आफ्नो आणविक हतियार त्याग्न साँच्चै तयार नदेखिएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu