‘लुम्बिनी, नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’भन्ने मुल नाराका साथ २५६२ औं बौद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख १५ र १६ गते लुम्विनीमा आयोजना हुने अन्तरराष्ट्रिय वौद्ध सम्मेलन तथा २५६२ औं बुद्ध जयन्तीको तयारी तिब्र पारिएको छ । सम्मेलनमा संसारका २३ वटा मुलुकहरुले सहभागीता जनाउने भएका छन् । ति मध्ये १३ मूलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरुको सहभागिता रहनेछ । अघिल्लो वर्षसम्म त्रिपालमुनी हुंदै आएको बुद्धजयन्तीको कार्यक्रम यसपाला अन्तराष्ट्रिय सम्मेलनका रुपमा व्यवस्थित सभा भवनमा हुनेभएको छ ।
यसपटकको बुद्ध जयन्ती तीन दिन मनाईंदैछ । १५ र १६ गते अन्तराष्ट्रिय बौद्ध सम्मेलन हुंदैछ । सम्मेलनको अन्तिम दिन १७ गते बुद्ध जयन्ती मनाउंदै सम्मेलनको समापन हुनेछ । सोही दिन, राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागीता हुनेछ ।
बौद्ध सम्मेलनमा २३ मुलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरु र बौद्ध धर्मसंग आवद्ध संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ । भारत, जापान, फ्रान्स, यूके, पोल्याण्ड, मलेसिया, जर्मन र श्रीलंका लगायतका राष्ट्रले सहभागितो पक्का पक्की भएको छ । सम्मेलनमा १६ जना राष्ट्रिय र १६ अन्तराट्रिय विज्ञ गरी ३२ जनाले बौद्धसगं सम्बन्धित १३ वटा विभिन्न उपशिर्षकहरुमा कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धित प्राज्ञिक व्यक्तित्व तथा अनुसन्धानदाताहरुको कार्यपत्र समेत रहनेछ । सम्मेलनपश्चात प्रस्तुत कार्यपत्रहरुको निश्कर्षको रुपमा लुम्बिनी सम्मेलन घोषणा पत्र २०१८ जारी गरिनेछ ।
बुद्धसंग सम्बन्धित रहेका रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका पुरातात्विक तथा धार्मिक स्थलको, बुद्धको अमृतमय शिक्षालाई प्रचार प्रसार गरी जनताको कल्याण गर्ने तथा आपसी सदभाव बढाउने लगायत उद्देश्यले जयन्ती र सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनका लागि ३ हजार पाहुना अट्ने क्षमता भएको भवन निर्माण गरिएको छ । नेपाली सेनाले लुम्बिनी अनुसन्धान केन्द्र र संग्रहालयको बीचमा अस्थाई प्रकृतिको पक्की सभा हल बनाएको छ । ठेक्का प्रकृयाबाट ढिला हुने भएपछि मन्त्री परिषद बैठकबाट हल बनाउने जिम्मा सेनालाई दिइएको थियो ।
फलाम, स्टिल र ट्रष्ट प्रयोग गरेर हल बनाईएको छ । माथि जस्तापाता र चारैतिर सिमेन्ट बोर्ड प्रयोग गरिएकोछ । हल ८० मिटर लामो, ४० मिटर चौडा छ । हल भित्र मञ्च सहित ३ हजार कुर्सी सजिलै अटने गरि बनाईएकोछ । कोषको ४ करोडकोे लागतमा हल बनाइएको हो । सभा हल र सम्मेलनको लागि ६ करोड खर्च लाग्ने अनुमान गरिएको छ । ६ करोड मध्ये करिब ४ करोड रुपैयांको लागतमा अस्थायी सभाहल निर्माण भइरहेको र बांकी २ करोड रुपैयांमा अन्य तयारीका कामहरु भइरहेको छ ।
लुम्बिनीमा हुन गैरहेको बौद्ध सम्मेलनालाई लिएर सुरक्षा ब्यावस्था मजबुद बनाइएको छ । राष्ट्रपतिदेखि विदेशी पाहुनाहरु आउने कार्यक्रम भएकाले सुरक्षा थ्रेटलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षाका लागी नेपाली सेना, ससस्त्र प्रहरी, जनपद प्रहरी र अनुसन्धानको सुरक्षा संयन्त्र परिचालन गरिएको छ । सुरक्षालाई मध्यनजर गरि कार्यक्रम स्थलमा सर्बसाधारालाई जान अवरोध नगरीने भएको छ । सुरक्षा थ्रेड छ तर पनि विभिन्न सुरक्षा चरणहरु पार गरेर स्थानीयलाई कार्यक्रम स्थलसम्म जान दिने गरि सुरक्षा मिलाइएको नेपाली सेनाले जनाएको छ ।
लुम्बिनीको विकास र प्रवद्र्धन गर्न राज्यले अन्तराष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्न जति स्वागतयोग्य छ । त्यति लुम्बिनीको विकासकै लागि सरकारबाट अघि सारिएको गुरुयोजना अझै अधुरो छ । यसर्थ सम्मेलनलाई सम्मेलनमै सीमित होइन, युद्धस्तरमा गुरुयोजना कार्यान्वयन गरि लुम्बिनीको पर्यटन विकासमा राज्यले इमान्दारिता देखाउनै पर्छ । होइन भने सम्मेलन गरेरै मात्रै लुम्बिनीको प्रवद्र्धन कदापी हुने छैन ।
लुम्बिनी विकासको लागि लुम्बिनी, कपिलवस्तु हुदै देवदहसम्म मोनोरेल संचालन गर्नुपर्ने आवश्यकता रहेको सम्बन्धित सरोकारवालाहरुको सुझाव छ ।
लुम्बिनी विकास गुरुयोजना निर्माणको काम अधुरै
एउटा विकास आयोजना सम्पन्न हुन कति समय लाग्ला ? २ वर्ष, ४ वर्ष, ५ वर्ष, १० वा २० वर्ष । तर, नेपाललाई विश्वमै चिनाउने शान्तिको अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको गुरुयोजना ४० वर्षदेखि अधुरै छ ।
लुम्विनी क्षेत्रको संरक्षण र योजनावद्ध विकास गर्न भन्दै सन १९८७ मा लुम्विनी विकास गुरुयोजना बनाउन सुरु भएको हो । १४ वर्ष भित्र सम्पन्न गर्ने गरि गुरुयोजना कार्यान्वयन गर्ने भनिएपनि गुरुयोजनाको प्रगति कछुवा गतिमा पनि छैन । लुम्बिनीको विकासको लागि भन्दा पनि राम्रालाई भन्दा हाम्रालाई जिम्मेवारी दिने गलत प्रवृत्तिका कारण गुरुयोजनाको यस्तो हविगत भएको हो । गुरुयोजना सम्बन्धी विज्ञता भन्दा पनि अयोग्यहरुको प्रवेशले गुरुयोजना अलपत्र परेको सत्य कुरा हो । दक्ष र योग्यहरुको प्रवेश भन्दा पनि अयोग्यहरुले लुम्बिनीको विकासको जिम्मा लिदा लुम्बिनी विकास गुरुयोजना अघि बढ्न नसकेको हो । राजनीतिक स्वार्थबाट प्रेरित प्रवृत्तिले ४० वर्षदेखि गुरुयोजना अधुरो हुदै आएको छ । विश्व मानव जगतको आस्थाको धरोहर भएर पनि जिम्मेवारहरुको खेला“चीका कारण अन्तराष्ट्रिय समुदायको अगाडि लज्जाकै विषय बनेको छ ।
गुरुयोजना निर्माणका लागि हालसम्म करिव ८ अर्व ६९ लाख ३० हजार रुपैया खर्च भईसकेको तथ्यांक छ । जग्गा अधिग्रहण र भौतिक संरचना निर्माणमा नेपाल सरकारको साढे २ अर्व र विदेशी दाताहरुले बनाएका बौद्ध गुम्बाहरुको निर्माणमा साढे ५ र्अव खर्च भैसकेको छ । ४० वर्षदेखिको गुरुयोजना अझै पूर्णता पाउन सकेको छैन । ४० वर्षमा पनि नसकिएको गुरुयोजना कार्यान्वयनको काम अझै २५ प्रतिशत ब“ँकि छ अधुरो लुम्बिनी विकास गुरुयोजना पूर्णरुपमा कार्यान्वयन गर्न अझै ६ अर्व रुपैया लाग्ने अनुमान गरिएको छ । गुरुयोजना निर्माणको कामलाई युद्धस्तरमा गरेपनि अझै ४ वर्ष पुरा गर्न लाग्नेछ ।
धार्मिक पर्यटनको अब्बल गन्तव्य , विश्व शान्तिको पूण्यभूमि, विश्व मानव जगतको आस्थाको धरोहर लुम्बिनीको प्रवद्र्धन गर्न भईरहेका ढिलालाई दुनियांमा नेपाललाई लज्जित बनाएको छ । जिम्मेवारहरुको लापरवाहीका कारण १४ वर्षमा सम्पन्न हुने गुरुयोजना कार्यान्वयन ४ दशकसम्म थन्किनु चानचुने कुरो होईन । यसर्थ अबको अन्तराष्ट्रिय बौद्ध सम्मेलनबाट अधुरा लुम्बिनी विकासका कार्य युद्धस्तरमा पुरा गर्ने अठोटसहित बाचा पुरा गर्न जिम्मेवारहरु नचुकून् ।
अधुरो लुम्बिनी विकास गुरुयोजनाका कारण पर्यटन प्रवद्र्धन हुनै सकेन
१४ वर्षभित्र सम्पन्न गर्ने भन्दै आज भन्दा ४० वर्ष पहिले लुम्बिनी विकास गु्रुयोजना कार्यान्वयनमा गएको थियो । गुरुयोजना कार्यान्वयनमा गएपनि योजनाहरु पुरा हुन सकेका छैनन् । इतिहासकै सर्वाधिक लामो योजना बनेको छ, लुम्बिनी गुरुयोजना । गुरुयोजना पुरा नहुंदा लुम्बिनीको पर्यटन प्रवद्र्धन सोचेजति हुनसकेको छैन ।
चार दशकमा गुरुयोजना अनुसार पवित्र उद्यान क्षेत्रमा पोखरीहरुको निर्माण कार्य भएको छ । लुम्बिनी गुरुयोजना वरिपरि १६ मि.मि. सुरक्षा पर्खाल निर्माण भएको छ । तीर्थयात्री एवम् पर्यटकलाई उत्तरतर्फबाट बुद्ध जन्मस्थलसम्म जान र आउन केन्द्रीय नहरमा डुंगा संचालन, प्रो. केन्जो टांगेले तयार गरेको शैलीमा प्रशासकीय भवन तथा पर्यटक सूचना केन्द्रहरु निर्माण भएका छन् । लुम्बिनी सर्किटमै पर्ने कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार, तिलौराकोट क्षेत्रमा पुरातात्विक उत्खनन् जारी छ ।
प्रोफेसर केन्जो टांगेले बनाएको गुरुयोजना बाहेक यूनेस्कोले लुम्बिनी क्षेत्रको (Integrated Management Plan – IMP) तयार गरी स्वीकृतिको लागि अन्तिम चरणमा पुर्याएको छ । यस्तै, कोरियन संस्था कोइकाद्वारा लुम्बिनी विश्व शान्ति सहरको विस्तृत गुरुयोजना तयार गरी स्वीकृतिको अन्तिम चरणमा पुगेको छ ।
गुरुयोजना अनुसार हालसम्म करिव ७५% कार्य सम्पन्न भएको छ । ४० वर्षसम्म लुम्बिनी गुरुयोजना चलिरहे पनि अझै २५ प्रतिशत काम अधुरै छ । लुम्बिनी विकासकोषमा हुने चरम राजनीतिकरण, नेतृत्वको कार्यक्षमता अभाव आदिका कारण गुरुयोजनाको काम कछुवा गतिमा हु“दा लुम्बिनीको महिमा जति नै उच्च भएपनि अझै अधुरो छ । पूर्वाधारको विषय दुनिया“का अगाडि लज्जाको विषय बनेको छ । अझै पनि मुख्य १६ ओटा आयोजना पुरा हुन सकेका छैनन् ।
गुरुयोजना विपरीतका काम
त्यसो त, बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजनाको माफदण्ड बिपरीत केही काम भैरहेको छ । गुरुयोजना अन्तरगत रहेको एक सय ५५ विघा क्षेत्रफलमध्ये मोनास्ट्रीक जोनमा नियम बिपरीत काम भएका छ । इच्छुक राष्ट्र तथा संस्थाले प्रस्ताव गरेपछि नक्सा अनुसार वर्गिकरण गरिएका तीन प्रकारका प्लट मध्ये एउटा दिने व्यवस्था छ । तर लुम्बिनी विकास कोषका कर्मचारीहरुले भने आफुखुसी निर्णय गरि दुईदेखि तीन वटासम्म प्लट दिएको पाइएको छ । कोषमा हुने राजनीतिक नियुक्तिबाट आएका पदाधीकारीहरुले थाइल्याड, बर्मा, चीन, कोरिया, कम्बोडिया देशका विहार बनाउन दुई देखि तीनवटा प्लट दिएका छन् । ९५ प्रतिशत काम सम्पन्न भएको मोनास्ट्रीक जोनमा अब ६ वटा मात्र प्लट बांकी छन् । मोनास्ट्रीक जोनमा १७ राष्ट्रले बौद्ध परम्परा झल्कने गुम्बा, बिहार र ध्यान केन्द्रहरु बनाएका छन् । जोनमा दुई सय, एक सय बीस र ८० वर्ग मिटरका ४२ वटा प्लट छन् ।
गुम्बाको नाममा होटल ः लुम्बिनी विकास गुरुयोजना लुम्बिनी परिसरमा गुम्बाहरुमा होटल संञ्चालन भैरहेका छन् । होटल व्यवसायीहरुको आम्दानीको मुख्य श्रोत भनेको पर्यटन ब्यावसाय हो । तर लुम्बिनी भित्र रहेका बौद्ध गुम्बाहरुले भने होटल संञ्चालन समेत गरेका छन् । गुम्बामा एक जना भिक्षु र तिनका लागि आवस्यक खाना पकाउने भान्से र केही सहयोगी राख्न पाउने व्यवस्थालाई समेत उल्टाइएको छ ।
विश्वका वौद्धमार्गी हुन या अन्य धर्ममा आस्था राख्नेहरु नै किन नहुन्, शान्तिको प्रतिकको रुपमा सबैको गन्तव्य हो लुम्बिनी । लुम्बिनीको विकासमा राज्यले पहल कदम नचालेको त होइन तर सरकारी पहलकदमीले गति लिन सकेन नै । यसैमा पनि राजनीतिक शक्ति केन्द्रको आडमा लुम्बिनीमाथि लुट मच्चाउने काम पनि भए । यसले यतिबेलासम्म विश्व जगतको अगाडि लुम्बिनी जस्तो राष्ट्रिय गौरवको आयोजना अधुरै छ । यसर्थ यसपटको वौद्ध सम्मेलनले अधुरो योजना पुरा गरि लुम्बिनीको पूर्वाधार सम्पन्न गर्न राज्य सफल हुन सकोस्
प्रतिक्रिया दिनुहोस्