ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकेटमारको कोड वर्ड ‘ध्रुव दाई’, बस चढ्दा हुनुस् सावधान


admin
१६ बैशाख २०७५, आइतबार   ४ : २४   बजे

काठमाडौं, १६ वैशाख । उपत्यकामा सार्वजनिक यातायातमा पाकेटमारी हुने घटना पुरानै हो । साझँको समयमा पुरानो बसपार्क देखि थानकोट, किर्तीपुर, कलंकी जाने रुटका सार्वजनिक यातायातहरु त्यस्तै गौशाला, चाहबेल, कोटेश्वर लगायतका रिङ रोडमा पाकेटमारी अत्याधिक हुने गरेको छ ।

राजधानीमा विगत केही महिनामा भएका चोरीको रेकर्ड हेर्दा मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म धेरै चोरी हुने गरेको छ ।

राजधानीमा चोरी गर्ने चोरको समूहले आफ्नै कोड वर्ड बनाएका छन् । उनीहरुले मास्टर, ढेक, खिँच, ध्रुव दाई लगायतका कोड वर्ड प्रयोग गर्ने गरेको छन् ।

मास्टरको अर्थ पाकेटमारको नाइके, खिँचको अर्थ पैसा निकाल, ढेकको अर्थ पाकेटमार्दा छेक्ने मानिस, र ध्रुव दाईले पैसा भएको व्यक्तिलाई जनाउँछन् । उनीहरुले प्रयोग गर्ने ‘ध्रुव दाइ’ सम्भावित लुटिने व्यक्ति हुन्छ।

सार्वजनिक बसको खचाखच भीडमा यस्ता शब्द सुनिए त्यहाँ पाकेटमार रहेको अनुमान गर्न सकिन्छ।

चोरी गर्ने चोरको समूहले कुनै पनि पैसा भएको व्यक्ति पहिचान गरे भने त्यसलाई ‘ध्रुव दाइ’ शब्द प्रयोग गर्छन्। त्यसपछि उसको पिछा गर्नेक्रम सुरु हुन्छ । आफूलाई अनुकूल पर्ने ठाउँमा पुगेपछि यो समूह थप सक्रिय हुन्छ र लुटपाट मच्चाउँछ।

चार देखि पाँच जनाको समूह बनाएर उनीहरूले ‘ध्रुव दाइ’को पिछा गर्छन्। बसमा वा भिडभाड हुने ठाउँ चोरी गर्ने सबैभन्दा सहज क्षेत्र हो। त्यस्तो ठाउँमा पुगेपछि उनीहरूले अर्को शब्द प्रयोग गर्छन्। ‘ढाक’ वा ‘ढेक’ उनीहरूको भाषामा ढाक भनेको चोरी गर्दा छेक भनेको हो। त्यसपछि उनीहरूले ‘ध्रुव दाइ’ लाई छेक्छन्।

त्यस्पछि उनीहरूको पकेटमार नाइके मास्टरले पकेट मार्ने गर्छ। मोबाइल चोर्ने भए ‘कान’ र पैसा भए ‘नोट’ शब्द प्रयोग गर्छन्।

उनीहरूले भिडमा वा बसमा प्रहरी देखे भने आफ्ना साथीहरूलाई जानकारी दिने पनि फरक कोड हुन्छ। सादा पोशाकका प्रहरी देखे ‘ठूला’ भन्छन्। ड्रेसमा भएको प्रहरीलाई भने ‘लाटा’ भनेर सङ्केत गर्छन्।

प्रहरीलाई यी विषयमा जानकारी भए पनि उपयुक्त कानुनको अभावमा पाकेटमारहरु सहज रुपमा छुट्ने गरेका छन् । छुटे पछि उनीहरु पुन पुरानै क्रियाकलापलाई जारी राख्छन् । यसैले पाटेकमारको घटना पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group