नेपालमा मजदुरका माग उठाउने नाममा कैयौं क्रान्तिकारी पार्टी जन्मिए । मजदुरकै नारा लगाएर उनीहरु पटक–पटक सरकारमा पनि पुगे । तर वास्तविक मजदुरलाई भने सधैं अधिकारका लागि लडिरहनुपर्ने बाध्यता छँदैछ । आफ्नै दल र नेता सरकारमा पुग्दा पनि उनीहरुको दुरावस्था अन्त्य हुन सकेको छैन । विश्वमा १ सय २९ वर्ष पुरा भएको छ, मजदुर दिवस मनाउन थालेको । नेपालमा २००७ मा विराटनगरबाट वृहत मजदुर आन्दोलनबाट सुरु भएको मजदुर दिवसले ६८ वर्ष पुरा गरेको छ ।
विराटनगर जुट मिलमा काम गर्ने मजदुरहरुले मालिकको विरुद्धमा श्रम मुल्यको खोजी गर्न थाले । तर अझै नेपालमा अझैसम्म मजदुरले उचित पारिश्रमिक पाउन सकेका छैनन । अर्कोतिर नेपालमा रोजगारीको सम्भावना नभएर लाखौं नेपाली विदेशमा सस्तो श्रम बेच्न बाध्य छन । त्यस्तै सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनस“गै नेपालमा यो दिवसमा सार्वजनिक बिदा समेत दि“दै आएको छ । औलामा गन्य हो भने नेपालमा मात्रै मजदुर दिवस मनाउन थालेको करिब सात दशक पुरा हुने लागिसकेको छ । तर अझै पनि मजदुरको समस्या भने आज पनि सोचे जस्तो उपलब्धि भएको छनैन । मात्र मजदुरहरु राजनीतिक दलका स्वाथ पुरा गर्नमात्र प्रयोग भएका छन् । मजदुरहरु अझै पनि आफुहरुले पाउनु पर्ने अधिकार त परै छोडौ ज्यालादारीमा नै भेदभावपुर्ण स्वयम् मजदुरहरुको गुनासो छ ।
मजदुर अधिकारका लागि लामो समय विभिन्न संघसंस्थाबाट वकालग गर्दै आएकाहरुलाई भने पहिलेको तुलनामा केहि परिवर्तन भएको दावी गर्छन ।यता नेताहरु भने पहिले जे भयो त्यसलाई विर्सेर राष्ट्रले नै अंगालेको समृद्धिको बाटोमा लाग्नु पर्नेमा जोड दिन्छन । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा भने टे«ड युनियनको उपस्थिति मात्र नभई मुलुकले तय गरेको समृद्धिको खाका पुरा गर्न लाग्नुुपर्ने तर्क गर्छन ।
पछिल्लो समय मजदुर संगठनहरु पार्टीगत भइसकेका छन । सामान्य मजदुरका लागि भन्दा पनि पार्टी नेतृत्वका लागि सहयोगी बन्ने गरेको छ । मजदुरका अधिकारका लागि भन्दा पनि पार्टीका लागि वकालत गर्ने गरेको तितो यर्थाथ छ । लामै राजनीतिक संघर्ष पश्चात नेपाली राजनीतिले कोल्टे फेरिसकेको छ । एमाले महासचिव तथा रक्षा मन्त्री इश्वर पोखरेल भने आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्न सबै मजदुर संगठन एक हुनुपर्ने तर्क गर्छन ।
सुरुका वर्षहरुमा मजदुरलाई लक्षित गरि कार्यक्रम गरिने भएपनि पछिल्ला दिनमा केही परिस्कृत हुन थालेका छन् । नेकपा एमालेको मजदुर संगठन जिफन्टले राजधानीको पा“च तारे होटलमा मजदुर दिवस मनायो । यता माओवादी केन्द्रले पनि नेपाल राष्ट्रिय कर्मचारी संगठनको भवन उद्घाटन गरेर सहभागिता जनायो । त्यसैले नेपाली कांग्रेसको नेतृत्वमा सुरु गरिएको २००७ सालको मजदुर आन्दोलन होस या २०४६ सालको बहुदलिय व्यवस्था पछि एमालेले सुरु गरेका अधिकारका आन्दोलन किन नहुन ।
अनि मुलुककै राज्य व्यवस्था परिवर्तन गर्न माओवादीले सुरु गरेको मजदुर आन्दोलन किन नहोस् राजनीतिक परिवर्तन ल्याउन मजदुरको निकै महत्वपूर्ण भूमिका रहदै आयो । राजनीतिक चेतनाका कारण मजदुरहरु केही हदसम्म आÏना र आम जनताका अधिकारबारे जानकार भएकाले उनीहरुले राजनीतिक मुद्दामा पनि सरोकार राख्नु आश्चर्यको विषय भएन । तर धेरैजसो नेताहरुले मजदुरहरुलाई बारम्बार राजनीतिक दलको उद्देश्यपुर्तिका लागि हतियारका रुपमा मात्रै प्रयोग गर्नु भने राम्रो होइन । नेताहरुले सधैंभरी मजदुरलाई राजनीतिक दलको गोटी बनाउन खोेज्नु र मजदुरका जायज मागको कुरा गर्दा भने अर्कोतर्फ मुन्टो फर्काउने गर्नु कदापि जायज हुन सक्दैन । उनीहरुको स्वायत्तता र स्वतन्त्रतालाई बचाइराख्ने र बाँच्नयोग्य जीविकाको ग्यारेन्टी गर्ने संघर्षमा राजनीतिक दलका नेताहरुले पनि सहयोग गर्नुपर्छ ।
संसारभरका मजदुरले मंगलबार १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएपनि नेपालमा भने मजदुर र उद्योगीबीच राम्रँे सम्बन्ध देखिदैन । मजदुर बाध्यताको फाइदा उठाउ“दै थेरै पैसा धेरै काम लगाउने प्रबृति हाबी छ । बिगतका वर्षमा राजनीतिकक अस्थिरताको कारण उद्योग व्यवसायमा लगानी हुन नसक्दा पनि सिमित उद्योगले श्रमीकको शोषण गरी रहे । मजदुरलाई दुई छाक खान समेत हम्मे हम्मे पर्ने तलब दिएर मालिकहरु करोडौको बंगला र गाडी चढेर हुइकिरहेका छन । सन् १८८६ मा अमेरिकाका मजदुरहरु ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलनमा उत्रिएको दिनको सम्झनास्वरुप श्रमिक दिवस मनाउन थालिएको हो । मे एक तारिखका दिन विश्वका सबैजसो गरिखाने मानिसले हर्षोल्लासपूर्वक अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गर्छन् ।
तर नेपालमा केही राजनीतिक दलका भातृ ससंगठन बाहेक आम मजदुरलाई अझैपनि मे १ ले छुन सकेको छैन । नेपालमा समेत १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईए पनि मजदुर र उद्योगीबीचको सम्बन्ध अझै सुमधुर हुन नसकेको छैन । उद्योगीहरु सकेसम्म मजदुरलाई धेरै काम लगाएर थेरै तलब दिन पाए खुसी हुने गर्दछन । आफ्नो हक अधिकार सुनिश्चित भएको दिनका रुपमा संसारका मजदुरहरुले मे दिवस मनाउने गरेपनि नेपालमा भने मजदुरले आफ्नो अधिकार सुनिश्चित गर्न मालिकहरुस“ग लडिरहनु परेको छ । नेपालको राजनीतिक अस्थिरताले समग्र अर्थतन्त्रलाई प्रभाव पारिरहेकाले नेपालमा लगानीको वातावरण सुदृढ हुन नसकेको, उद्योगधन्दा समेत बन्द हुदा नेपाली श्रमीक मारमा पर्ने गरेका छन ।
मजदुरको हक अधिकारको लागि वर्षको १ दिन मजदुर पक्षमा ठुला ठुला भाषण हुने गरेपनि निरन्तर मजदुरको हक अधिकारको लागि अन्य दिनमा बास्ता नगर्दा दिवस मनाउनका लागि मनाउने गरीदै आएको छ । नेपालमा विभिन्न टे«ड युनियनस“ग आबद्ध मजदुरले उद्योगीहरु संग बार्गेनीङको माध्यमको रुपमा लिन थालिएको छ । जसले गर्दा ट्रेड युनियन समेत मालिकका चाकडीदार बन्दा काम गरेर खाने वर्ग पिडित बन्नु परेको छ ।
श्रमिक दिवसका बेला संसारका सबै मजदुर एक हौं भन्ने नारा जोडतोडका साथ उठ्ने गरेपनि नेपालमा भने मजदुर मजुदरबीच पनि सम्बन्ध राम्रो छैन । मजदुर समेत राजनीतिक दलको झण्डा मुनी बस्ने हुनाले नेता बन्ने तिर ध्यान दिइरहेका छन् न कि मजदुरको हक अधिकारको लडाईमा साथ दिन नसकेका छन ।
मुख्य तीन ठूला दल निकट टे«ड युनियन महासंघबाहेक अन्य पार्टी निकट सातवटा टे«ड युनियन पनि दर्ता भएका छन् । यी सबै टे«ड युनियनका मजदुर नेताको प्रवृत्ति हेर्दा उनीहरु मजदुरका समस्या उजागर गर्नमा चुकेका छन र निजी लोभलालचमा मालिकस“गै गला मिलाउने गरेका छन् । मजदुरका नेता पनि गैरमजदुर हुने र उनीहरु पनि पार्टीबाट बेसी निर्देशित हुने, साहुमहाजनस“ग सा“ठगा“ठ गर्न तल्लीन हुने गरेका छन । मजदुर युनियनभित्र देखिएका यस्ता समस्याले वास्तविक मजदुरका समस्यालाई अरु बल्झाउ“छ नै, युनियन र मजदुर आन्दोलनलाई पनि कमजोर गर्ने देखिन्छ । मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिबस ।
सबै श्रमिक वर्गको हक अधिकारको दिवस । श्रमिक बर्गले गरेको संघर्षको सम्झनामा प्रत्येक बर्ष बिश्वभर मनाउने महान पर्ब । झण्डै एक सय ३० वर्षअघि अमेरीकाको शिकागो शहरका श्रमिकहरुले आफ्नो वर्गीय हितसँग जोडिएका माग राखेर संघर्ष गरेका थिए । उनीहरुको संघर्षमा हिंसात्मक दमन भएपछि मे १ को संघर्षलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउन थालियो । मजदुरहरुको लामो संघर्षपछि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मागले सफलता पाउन थाल्यो ।
त्यसपछि मे १ लाई ऐतिहासिक श्रमिक संघर्षको ऐतिहासिक दिनको रुपमा संम्झना गर्न थालियो । मे १ को श्रमिक आन्दोलन अमेरीकाबाट शुरु भएको भए पनि अमेरीका र क्यानडाले भने मे १ लाई श्रमिक दिबसको रुपमा मनाउने गरेका छैनन् । अमेरीकाले आफ्नो भुमिमा भएको ऐतिहासिक श्रमिक संघर्षलाई बिर्से पनि संसारभरका मजदुर र सबैखाले श्रमिकले मे १ लाई ऐतिहासिक दिनको रुपमा संम्झदै आएका छन् । मेक्सिकोमा आठ घण्टा कामका लागि संघर्ष गरेर ज्यान गुमाएका मजदुर नेताहरुको शालिक सम्मानपुर्बक सार्बजनिक स्थलमा राखिएको छ । तर अचम्मको कुरा बिश्वका पुँजिवादी मुलुकले, उद्योगपतिदेखि व्यापारी, नेता र आफुलाई मजदुर नेता भन्नेहरुले मे दिबसलाई कम्युनिस्टहरुको दिबस र सोभियतसंघमा मात्र मनाउने दिबसका रुपमा चित्रित गर्न नखोजेका हैनन । यसरी उनीहरुले मे दिबसको वास्तविकता मेट्ने प्रयास गरेका छन् । मे दिबसको ऐतिहासिकता र यसको महत्व ढाकछोप गर्न अमेरीकाले मे १ लाई कानुन दिवसका रुपमा मनाउँदै आएको छ ।
इतिहास पल्टाउँदा देखिन्छ, सन १८८४ मा फेडरेशन फर अर्गनाइज्ड ट्रेड एण्ड लेबर युनियनले सन १८८६ को मे १ देखि श्रमिकले आठ घण्टा मात्र काम गरे पुग्ने घोषणा गर्यो । यो घोषणा लागू गर्न श्रमिकहरुले आम हडतालको आयोजना गरे । यसअघि श्रमिकहरुले १० देखि १४ घण्टासम्म काम गर्नुपर्दथ्यो । सन् १८८६ को मे १ का दिन अमेरीकामा २ लाख ५० हजार श्रमिक आफ्नो अधिकारका लागि एकैदिन सडकमा ओर्लिए । आन्दोलनको नेतृत्व भने अन्तर्रास्ट्रिय वर्किङ पिपल एसोसियसनले गरेको थियो, जसले पुजिबादको अन्त्य गरेर समतामुलक समाज बनाउन चाहेको थियो । एसोसियसनले बर्ग, जात र लिगंको आधारमा हुने भेदभाबको अन्त्य गरी शोषित तथा उत्पिडित श्रमिक बर्गको हक हितको सुरक्षा गर्न चाहेको थियो ।
बिशेष गरी जर्मनीबाट बसाई सरेर अमेरीका पुगेका श्रमिकका अधिकारको लागि गरीएको संघर्षले व्यापकता पाएको थियो । श्रमिक आन्दोलनदेखि डराएर सरकार तथा व्यापारीले दमनको जालो बुन्न थाले । श्रमिकलाई दमन गर्न सेना र प्रहरीको संख्या बढाइयो । स्थानिय व्यापारीहरुले सरकारलाई हतियार खरीद गर्न ऋण सहयोग दिन थाले । शिकागो व्यापारीक क्लबले प्रदर्शनकारीलाई दमन गर्न २ हजार मेसिनगन खरीद गर्यो । तर मे १ अगाडि नै संघर्षले शिकागोका बिभिन्न अद्योगमा सफलता प्राप्त गर्न थालिसकेको थियो । मे १ का दिन लाखौ मानिस सडकमा ओर्लिए । उनिहरुको आन्दोलन सफल भयो । तर सन १८८६ मे ३ तारीखका दिन शिकागोको एक उद्योगमा प्रहरीले गोलि चलाउँदा चार जनाको ज्यान गयो । धेरै घाइते भए ।
घटनाको भोलिपल्ट फेडरेशन फर अर्गनाइज्ड ट्रेड एण्ड लेबर युनियनले प्रहरी दमनको बिरोधमा ठुलो प्रदर्शन गर्यो । तर प्रर्दशनको अन्त्यतिर प्रहरीले हस्तक्षेप गर्दा प्रहरी र श्रमिकबीच दोहोरो झडप भयो । प्रर्दशनकारीको क्षेत्रबाट फ्याँकिएको बमले एक प्रहरीको ज्यान गयो, ७० प्रहरी घाइते भए । प्रहरीको गोलि प्रहारले एक प्रदर्शनकारीको मृत्यु भयो भने धेरै घाइते भए । प्रदर्शनमा बम कसले प्रहार गरेको हो भन्ने थाहा हुन सकेन । तर पनि सरकारले यो घटनाबाट सबै न्यायप्रेमि, श्रमिक र बामपन्थि श्रमिक संगठनलाई दमन गर्ने मौकाको रुपमा प्रयोग ग¥यो । सयौें समाजबादी नेताहरुलाई बिनावारेन्ट पक्राउ गर्न थालियो ।
श्रमिकका घर र उद्योगमा धरपकड व्यापक बनाइयो, निर्दाेष श्रमिकलाई जेलमा कोचियो । अन्तर्राष्ट्रिय वर्किङ पिपल एसोसियसनका आठ नेताहरुलाई ज्यान मार्ने उद्योगको आरोपमा मुद्दा चलाइयो । कङगारु अदालतमा चलेको न्यायको नाटकले उनिहरुलाई प्रमाणबिना नै दोषि ठहर गर्यो । । सन १८८६ को अगस्ट १९ मा अदालतले आठमध्ये सात जनालाई मृत्युदण्डको सजाय घोषणा गर्यो । एक जनालाई १५ बर्षको जेल सजाय दियो । व्यापक अन्तर्रास्ट्रिय दबाबका कारण अमेरिकी सरकारले दुई जनालाई मृत्युदण्डको सजाय नदिने घोषणा गर्यो । मृत्युदण्ड दिनु एक दिनअघि एक नेताले आत्महत्या गरे । सन् १८८७ नोभेम्बर ११ का दिन चार नेतालाई झुण्ड्याएर मारियो । उनिहरुको अन्त्येष्टिमा ६ लाख मानिसले भाग लिए ।
मृत्युदण्डको व्यापक भत्र्सना गरीयो भने बन्दी तीन नेताको रिहाईको माग चौतर्फि हुन थाल्यो । सन् १८९३ जुन २६ तारीखका दिन अदालतले तीन नेतालाई निर्दाेष साबित गर्दै रिहाइ गर्यो । अदालतले मृत्युदण्ड पाएका र बन्दि बनाइएका आठ नेता छारे रोग लागेको बतायो । पछि श्रमिक आन्दोलनलाई बदनाम गराउन प्रहरीकै एजेन्टले बम प्रहार गरेको पुष्टि भयो । मृत्युदण्डको घोषणा गर्दा आठमध्ये एक नेताले मृत्युदण्डले श्रमिक आन्दोलनलाई मार्न नसक्ने र यो आन्दोलन आगोको रुपमा फैलने बताए । शोषित पिडितहरुले आफ्नो अधिकारका लागि झन् ठुलो आन्दोलन गर्ने दाबि गरे । भयो पनि त्यस्तै । सन १८८६ को आन्दोलनपछि नारीवादी तथा श्रमिक नेतृ इम्मा गोल्डम्यानले संघर्षको आधिबेहरी ल्याइन् ।
यहि बमकाण्डले उनलाइ नेतृत्वमा स्थापित गरायो । गोल्डम्यानले सन् १९१० देखि १९३० सम्म संघर्षको कुशल नेतृत्व गरीन् । यसैगरी अर्की अश्वेत नेतृ लुसि गोन्जालेजले बन्दि श्रमिकको रीहाइका लागि निर्णायक संघर्ष छेडिन् । यसको अर्थ मे दिबस इतिहास सम्झनमात्र मनाउने होइन, सबै गरिखाने जनताको हकहित र अधिकारका लागि एकजुट हुन पनि मनाइने हो ।
प्रतिक्रिया दिनुहोस्