ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किम जोंग उन: सीधा-रमाईलो व्यक्तिदेखि कठोर शासकसम्म


admin
१९ बैशाख २०७५, बुधबार   ३ : ३८   बजे

काठमाडौं, १९ वैशाख । अमेरिका र उनका सहयोगी देशहरूका लागि सबैभन्दा टाउको दुखाइ बनेका देशहरूको सूचीमा सम्भवतः प्रथम स्थानमा उत्तर कोरिया नै होला ।

तर, समयले कोल्टे फेरिसकेको छ । शुक्रबार उत्तर कोरियाका सर्वोच्च नेताले दक्षिण कोरियाको ऐतिहासिक भ्रमण गरी विश्वमाझ आफू शान्तिका पक्षमा रहेको अद्भूत छवी प्रदर्शित गरे ।

विगत केही वर्षमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदाय विशेष गरी अमेरिकाको चिन्ता तथा मागलाई बेवास्ता गरी क्षेप्यास्त्र तथा परमाणु परीक्षण गर्दै रहे । अमेरिकी पहलमा उमाथि कडा भन्दा कडा प्रतिबन्ध लगाउने क्रम पनि जारी र≈यो ।

तर, प्योंगयांगले अमेरिकाको भूमिसम्म प्रहार क्षमता राख्ने अन्तरमहाद्वीपीय क्षेप्यास्त्रसँगै शक्तिशाली हाइड्रोजन बमको सफल परीक्षण गर्दै आफ्नो सुरक्षा मजबुत बनाउने लक्ष्य हासिल गरी छाडे ।

एउटै परिवार भएपनि टुक्रिएको दक्षिण कोरियाको सुरक्षाका नाममा अमेरिका उत्तर कोरियाको आगनमै आएर लगातार सैन्य अभ्यास गरिरहन्छ ।

अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यासको माध्यमबाट विश्व र विशेषगरी उत्तर कोरियालाई आफ्ना शक्तिशाली हतियार क्षमता प्रदर्शन गरिरहेका हुन्छन् । उनीहरू सम्भावित कोरियाली युद्ध आफ्नो पक्षमा पार्ने कसरत गर्दै आइरहेका छन् ।

यसको विरोधमा उत्तर कोरियाले उठाएका आवाजलाई सोल र वासिंगटनले कहिल्यै महङ्खव दिएन । उनीहरू आफ्नो सैन्य अभ्यासलाई आक्रामक नभएर सुरक्षात्मकमात्र भएको बताउँछन् ।

जसको फलस्वरुप कुनै बेला परित्याग गर्ने मनसायसमेत राखेकोे परमाणु हतियार विकास कार्यक्रमलाई सन् १९९० दशकको उत्तराद्र्धमा उत्तर कोरियाले निरन्तरता दिए । हालैका वर्षमा उसले आफ्नो लक्ष्य हात पार्दै दक्षिण कोरिया र अमेरिकालाई दबाबमा राख्न सफल भए ।

उत्तर कोरियाले हासिल गरेको पछिल्लो सैन्य शक्ति उपलब्धिका लागि देशका युवा नेता किम जोंगकै नेतृत्व जिम्मेवार हो । सन् २०११ मा पिता किम जोंग इलको निधनपछि सत्तामा पुगेका किम छोटो अवधिमा आफ्नो कठोर शासन शैलीको छाप छाड्दै देश सुरक्षाका लागि आफू कटिबद्ध र सक्षम भएको प्रमाणित गर्न सफल बने ।

आफूले सत्ता सम्हालेको ७ वर्षपछिमात्र किम पहिलो विदेश भ्रमणका क्रममा केहीदिन अगाडि गोप्यरुपमा चीन पुगेको समाचार विश्वमा सबैभन्दा चर्चाको विषय बन्यो ।

उनको यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता कार्यक्रम घोषणा पछिको हो । यसअघि प्रत्यक्ष वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारेर विश्वलाई चकित पारेको थियो ।

कोरियाली प्रायद्वीपको विभाजनपछि कुनै पनि अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग गर्न लागेको यो पहिलो भेटवार्ता हो । यद्यपी वार्ता मेमा हुने भनिए पनि कहाँ र कुन तिथिमा हुने भन्ने तय भएको छैन ।

किमको सिधा र ठट्यौलो स्वभाव

किम जोंग उनको गणना विश्वका खतरनाक तानाशाहमा हुने गरेको छ । यद्यपी स्विजरल्यान्डमा उनीसँगै पढेका साथीहरू किम बच्चामा अत्यन्त सिधा र सोझो विद्यार्थी भएको बताउँछन् ।

सञ्चार माध्यमका अनुसार किम जोंग उनको जन्म १९८२ मा भएको थियो । तर, अमेरिको टे«जरी डिपार्टमेन्टले उनको औपचारिक जन्मदिन सन् १९८४ जनवरी ८ को मिति दर्ता गरेको छ ।

किमले स्विजरल्यान्डमा कोरियाली दूतावासका कर्मचारीका छोराका रुपमा ‘पाक उन’को नामले शिक्षा हासिल गरेका थिए । अंग्रेजी माध्यमको उक्त अन्तराष्ट्रिय स्कुल बर्न नजिकै गम्लिगेनमा अवस्थित छ ।

किमका पूर्व सहपाठीहरू किम अत्यन्तै सीधा केटा भएको र ऊसँग हँसाउन सक्ने अद्भूत क्षमता भएको बताउँछन् । एकजना पूर्वसहपाठी माइक्रो इम्होफका अनुसार किम अत्यन्तै ठट्टा गर्न रुचाउने रमाइलो स्वभावका थिए । सबैसँग उसको व्यवहार समान हुन्थ्यो, चाहे त्यो बच्चा शत्रु देशकै किन नहोस् ।

अर्का एक सहपाठीले जर्मन अखबार वेल्स एम सन्टाय्गलाई किमको राजनितिक चेतनाका विषयमा कुनै विशेष चासो नभएको बताएका थिए ।

त्यतिबेला स्कुलमा राजनीतिशास्त्र भनेको पढ्नै नहुने विषय जस्तो बनेको उनले बताएका थिए । त्यतिबेला उनीहरूले राजनीति नभएर फुटबलको विषयमा मात्र बहस गर्न पाउँथ्यो ।

किम बच्चै बेलादेखि मोटो थिए र उचाइ ५ फिट ६ इन्चको थियो । तर पनि उनी बास्केटबलका राम्रो खेलाडीमा पर्थे । माइकल जोर्डन उनको आइडियल थिए ।

स्विजरल्यान्डमा स्कुल शिक्षा पूरा गरेपछि किम उत्तर कोरिया फर्के र त्यहाँ आफ्नो दाइसँग किम जोंग नामसँग किम इल सुंग मिल्ट्री युनिभर्सिटीमा भर्ना भएका थिए । केही समाचारले किमले सन् २००७ देखिनै आफ्ना पिताको सैन्य क्षेत्रको निरीक्षण थालिसकेको उल्लेख गरिएको छ ।

किमका विषयमा मात्र होइन, उत्तर कोरियामा उनका पुर्खा पिता तथा बाजेका विषयमा पनि धेरै हल्लाहरू बाहिर आउने गरेका छन् । किम जोंग उनको अनुहारलाई लिएरपनि त्यस्तै हल्ला चल्ने गरेको छ । उनको अनुहार, कपाल र हाउभाउ दुरुस्त उनको हजुरबुबा किम इल सुंगको जस्तो छ । उनले यो स्वरुप पाउन प्लास्टिक सर्जरीसमेत गरेको हल्ला चलेको थियो । तर यसको पुष्टि भने हुन सकेन ।

सन् २०११ डिसेम्बर १७मा किम जोंग इलको हृदयघातबाट मृत्यु भएपछि किमले पुख्र्यौली बागडोर सम्हालेका हुन्। आफ्ना दाजु किम जोंग चोल भएपनि उनलाई देशको जिम्मेवारी प्राप्त भयो । त्यतिबेला किमको उमेर मात्र ३० वर्ष थियो । उनी विश्वकै सबैभन्दा कम उमेरका शासक बनेका थिए ।

तानाशाह किमको क्रुरता

किम जोंग उनकी फुपू किम क्योंग हुइ र फुफाजु जांग संग तायक उसको सबैभन्दा विश्वासिला सल्लाहकार मध्येका एक थिए । धेरैजसो कार्यक्रममा उनीहरू किमसँगै बसेको देखिन्थ्यो ।

तर किमले उनलाई पनि छोडेनन् । सन् २०१३ मा किमले फुफाजु जांगलाई सत्ता विद्रोहको तयारी गरेको आरोपमा मृत्युदण्ड दिइयो । पछि उनको परिवारकै हत्या गरेको समाचार बाहिर आएको थियो । यद्यपी यसको पुष्टि भने हुन सकेका छैन । किममाथि आफ्ना कैयौं वरिष्ठ कर्मचारीको हत्या गरेको आरोप छ ।

चियरलिडर एवं गायिकासँगको विवाह

किम जोंग उन प्राय कार्यक्रममा पत्नी री सोल जुसँगै देखिने गरेको पाइन्छ । उत्तर कोरियाकै समाचार माध्यमका अनुसार किमले पूर्व चियरलिडर तथा गायिकासँग विवाह गरको हो । यद्यपी यो विवाह कहिले भयो भन्ने प्रष्ट छैन ।

दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार उनीहरूको विवाह सन् २००९ मा भएको हो र उनीहरूको १ छोरी पनि छ । सन् २०१२ मा दास्रो सन्तान जन्मेको हल्ला फैलिएको थियो ।

बीबीसी /अनलाइन

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu