काठमाडौं, १९ वैशाख । सवा ५ भइसकेको थियो । साथीसँग भेट्ने हतारोमा थिए । आफ्नो काम सकीने बितीक्कै बिना अल्मल अफिसबाट निस्की हाले । साथीलाइ भेट्ने एक्साइटमेन्टमा उसलाइ एक कल फोन पनि नगरी निस्कीएछु । शंकरदेव क्याम्पस अगाडी हिड्दै कल लगाँए । उ त अफिसबाट निस्कीएकै पो रहेन रैछ । बिहान पुग्न ढिलो भएकोले आवर पु-याउनै भएनी ६ बजेसम्म बस्नुपर्ने रे । लैनचैरबाट आउनुपर्ने उ त्यसमाथी ६ बजे बल्ल छुटेर आउनपर्ने भएपछी जमलतीरै गएर उसलाइ कुर्ने भए म । शंकरदेव अद्वैतमार्गबाट रत्नपार्क हुँदै जमलतर्फ हानीँए म ।
रत्नपार्कको पुल चढ्दै गर्दा यस पुलले बेश्याबृतीमा मध्यस्तकर्ताको भूमीका निर्वाह गर्दैआएको बारे एकजना दिदिको कुरा यादआयो । हरेक साँझ यहाँ हुने मानिसको गतिबिधी नियाल्न मन लाग्यो । आज त झन मलाइ समय पनी कटाउनु थियो । कसैको बाटो हेरेर मुन्टो बटार्दै समय बिताउनु भन्दा बरु यही पुलमा हुनेगरेको भन्ने गतिबिधीबारे जानकारी लिन मलाई उचित लाग्यो । खल्तीबाट फोन निकालेर साथीलाइ कल गरीहालँे । म रत्नपार्कमा हुन्छु छुटी भएपछी कल गर्न भनँे ।
पुल चढ्दै गर्दा त्यहाँको दृष्य भने खासै फरक लागेन । मानिसको भिड यती थियोकी हिड्दापनि दुइ चार जना संग ठ्यास्स ठोकीहालीन्थ्यो । बेलुकीको समय घर जाने हतारोले होला सब यसरीनै ठेल्दै र बाटो पन्छाउदंै हिडीरहेका थिए । तर यि हतारमा आफ्नो बाटो हिँड्ने भन्दापनी मेरो आकर्षणको बिषय भने त्यहाँ उभिएर मानिसको मुखमुखमा हेर्ने महीला अनी पुरुष बनेका थिए । यही गतिबिधी नियाल्न म पनि रानीपोखरी पटी झर्ने भर्याङको साइड पारेर यस्सो रेलीङको आढमा उभिए । करिब दुइ मिनेट अडिदानै त्यहाँको माहोल अघी हिँड्दै गरेको भन्दा बेग्लै लाग्यो । मेरो अगाडीबाट पास हुने थोरैको मात्र ध्यान सायद आफ्नो गन्तब्यमा थियो होला । त्यहा हिड्ने अधिकांसको ध्यान बाटोमा भन्दा उभिनेहरुको अनुहारमा हुने गर्दथियो ।
बिभीन्न उमेर समूहका मानीसहरु न त कसैले कसैलाइ चिन्थे त्यो भिडमा तर पनि एक अर्काको इसारालेनै उनिहरुको हाउभाउ बदलीदै थियो । सायद म पनी त्यही पुलमै उभिराखेको भएर होला त्यहा आहोर दोहोर गर्ने पुरुषको नजरले पनि मलाइ केही भन्न खोजे जस्तो लाग्यो । मानिसको नजरैले पनि कति फरक पार्दोरैछ , हुन त साधारण टि सर्ट ,पाइन्ट अनि पातलो लेदरकोे ज्याकेट नै त लगाएकि थिंए मैले । तर अहिले भने ज्याकेटको चेन लगाउनै पर्ने आवश्यक्ता देखें ।
आफुलाई अलीक असहज महसुस भएपछी म त्यही ठाँउमा उभिराख्न सकीन । मलाई यहाँको गतिबीधी नियाल्न पनि पुगेको थिएन । केबल त्यहाँ उभिएका मानिसलाइ देख्दैमा तिनीहरुको नियतलाइ गलत सम्झनु र त्यस क्षेत्रको बारेमा कुनै निष्कर्ष निकाली हाल्न पनि म गलत हुन सक्थें । एकैठाउँमा बसीराख्नु उचित नलागे पछी रानीपोखरी पटी नै झरी रोडक्रसगरी फेरी रत्नपार्क पटीकै खुड्कीलोमा जान म ओर्लीए ।
फुटपाथमा बेलुकीको बजार चर्कीएको थियो । मोजा सयको तीन जोर … ल ल सस्तोमा सस्तोमा …. इयरफोन सयमा इयरफोन सयमा …. जस्ता आवाजले नकीने पनि राखीएको सामान प्रती भने भिडको नजर तान्न सफल भएको थियो । तर त्यही भिडमा पनि बिना सरसामान कुनामा व्यपारनै गर्न चुपचाप बस आँखाकै इसारामा ग्राहक तान्नेको पनि कमी भने थिएन । त्यो दृष्य निकै पृथक लागेर फेरी एकैछिन म त्यहीं अडीँए । गन्तब्यमा पुग्न आतुरहरु हिड्दै थिए तर अधिकांस भने यता र उता गर्दै रुमलीनेहरु थिए ।
त्यतीकैमा मेरो आँखा गयो एउटा सुटेड बुटेड हेर्दै सरकारी कर्मचारी जस्ता देखीने त्यस्तै ५० बर्ष जतिको एक मानिसमा । उनको लवाइ हेर्दै लाग्थ्योकी पक्कैपनी उनी उच्च ओहोदाको सरकारी कर्मचारी हुन् ।निलो कोट पाइन्ट भित्र सेतो सर्ट र कालो पोलीस गरेको टलक्क टल्कीने जुत्ता, कानमा एयरफोन लगाएर कसैसग बोल्दै हिडीरहेका थिए अझ उनको हातमा बोकेको ब्रिफकेस जस्तो ब्यागलेत कार्यलयबाटै घर फर्कीदै जस्तो देखीन्थे उनी । उनी कुरा गर्दै मेरै साइडमा आएर उभिए । मेरो अनुहार तिर हेर्दै उनी फोनमा हिन्दीमा बातचित गर्दै थिए । त्यस व्यक्ती मेरै छेउमा उभिएपछी त्यही उभिराख्न मन लागेन । अघी सोचेजस्तै फेरी पुलकै खुड्कीलो तर्फ उक्लीए ।
हिड्दै गर्दा कसैले पछ्याए जस्तो लाग्यो । मैले पछाडी फर्कीएर हेरे । त्यस्तै २०-२२ बर्षका तिन जना रहेछन् । उनीहरु स्मार्ट देखिन्थे तर पनि हाउभाउ हेर्दा भने पाकेटमार जस्तो लाग्यो । उनीहरु न त त्यहाँ अडीग थिए, न त उनिहरुको हिडाँइमा कतै पुग्ने स्फूर्तीनै थियो । आफुलाइ पिछा गरेको जस्तो भान भएपछी आफु त्यही अड्डीँए र तिनीहरुलाई बाटो छाडीदीँए ।अली झीसमीस भइसकेको थियो सडकको बत्ती बालीहाल्ने बेला भने भैसकेको थिएन । मानिसको चाप भइराख्ने त्यस क्षेत्रमा अरुको पाकेटै मार्न अधँेरो कुरीराख्नु आवश्यक पनि थिएन ।
बस चढ्ने र ओर्लने क्रममा थुप्रैको मोबाइल र पर्स हराएको पनि सुनेको थिँए । त्यसैले शतर्कता अपनाउदै हातको फोन ब्यागमा हाले । ट्रेन्ड पछउदै सानो साइडब्याग बोकेको थिएँ । ब्याग आफैलाइ असुरक्षीत लाग्यो कसैले अली बल लगाएर तान्यो भने चुडी हाल्ला जस्तो । साइडमा भिरेको ब्यागलाइ फेरी हातले बलीयो गरी समातँे । एकैछिन अडीँदा फेरी त्यही सुटेड बुटेड अधबैसे मानिस मेरै नजीक आइपुग्यो । अब यतीबेला भने त्यस मानीस प्रतीको मेरो सोच बदलीयो । उ अघी जस्तै हिन्दीमै बोलीरहेको थियो । तर थाहाछैन उ फोनमा बिजीनै थियो की मेरो अगाडी बिजी जस्तो देखीन चाहान्थ्यो । ति अगीका ठिटाहरु बरीपरी नदेखीएपछी फेरी म पुलकै खुड्कीलोमा उभिन पुगे ।
म अली पर एउटा अँगालोमा बेरीएका जोडीलाई या भनौं अँगालोमा बाँध्दै गर्दा केटीको जिउमा सल्बलाइ रहेका त्यो पुरुषको हातलाइ हेर्दै थिएं । त्यतीकैमा फेरी त्यस अधबैसे मानीस मेरै वरीपरी ओहेर दोहोर गर्दै थियो । न त उसको हिँडाइ सामान्य थियो त उसको म प्रती को हेराइनै । अब भने त्यस व्यक्तीको नियतमा शंका गर्न म बाध्य भइसकेको थिँए । उसलाइ हेर्दा भने हिन्दी फिल्ममा देखाइने मध्यस्तकर्ताको झल्को आउन थालेको थियो मलाइ । त्यस मानीसलाइ देखेर मैले केही प्रतीक्रीया दिनु अघीनै अगीका पिछा गर्ने तिन जन मध्यको एउटाले जाने हैन ? सोध्यो । मेरो मुटुले ठाउँ छोड्यो । गाडिको टाँइ टाँइ र टँुइ टुँइ भन्दापनी डर ले मेरो मुटको ढुकढुक आवाज झन् ठुलो सुनिन थालेकोथियो ।
पहीलेको ३० सेकेन्ड जति त म निशब्द बने । त्यस पछी फेरी आफु पत्रकार भएकोमा घमण्ड जाग्यो । हाम्रो पेशाले पनि हामीलाई जस्तो अबस्थालाइ पनी आफु अनुकुल प्रयोग गर्न सिकाउँथ्यो ।अझ यस व्यक्ती संग कुरागरेर पर्याप्त जानकारी लिन सकेत एउटा राम्रो रिपोर्ट बन्छ जस्तो मलाई लाग्यो । तर यती बेला सम्ममा मलाइ आफु एउटा भ्रममा रहेको भान भयो ।
मलाइ लाग्थ्यो यसरी सहजै कसैसँग पनी शारीरीक सम्बन्धका लागी उपलब्ध हुनेहरु उनिहरुको लवाइ र चाल चलनले छुटीन्छन् । तर यस्तो होइन रहेछ । कुनै पनी पुरुषको सामु निर्वस्त्र उभिन सायदै कसैको रहर हुन्छ । यदि कोही स्त्री उभिइहाल्छे भने त्यस्को दइटै कारण हुन्छ । पहिलो यात उ प्रेममा हुन्छे या त कुनै मजबुरीमा । यदी उसले कसैलाइ प्रेम गर्छे भने आफ्नो पुरुषको खुसीमा नग्न हुन्छे । यात उ आफ्ना अभावको परीपूर्ती गर्न मजबुरीमा आफ्नो स्वाभीमान बेच्छे । तर त्यस भिडमा प्रेममा खातीर उभिने सायदै कोही थिए होलान । तर मेरो मनमा ठुलो प्रश्न खड्केको थियो । के मेरो व्यक्तित्व हेर्दा केही अभाव भएजस्तो देखीन्थे र म ? आखीर कीन मलाई शारीरीक सम्बन्धको लागी त्यहा सहजै उपलब्ध ठानीयो ? के यहाँ एक्कैछिन उभिनु गलत थियो ? तर मनमा एउटा अठोट भने पलाइसकेको थियो, यस पुल आसपासमा हुने यस्तै गतिविधीको गहिराईमा पुग्न मलाई यही प्रश्नले हौसला दिइरहेको थियो ।
मनमा भने अनौठो डरले डेरा जमाइरहेको थियो तर अब मैले पछि हट्नु भनेको मेरा निमित्त जानकारी बाट विमुख हुने बाटो तर्फ लाग्नु थियो । मेरा लागी यी सबै प्रश्नको जबाफ त्यही प्रस्ताबकले दिन सक्थ्यो । त्यसैले मैले पनि उस्कै प्रश्न अनुसारको जवाफ दिन थालें र प्रतीप्रश्न गरें “जानलाई अफोर्ड गर्न सक्छौ” ? उसले मधेसी लबजमा भन्यो रेट कती छ र ? अब भने त्यहाँ उभिएकोमा मलाइ ग्लानी हुन थाल्यो । आफ्नो रेट भन्न पर्नेथियो मैले । आफ्नो मूल्य तोक्नु सायद कसैलाइ पनि सह्य हुंदैन । मैलेपनी आफ्नो रेट तोक्न उचित ठानीन । कुरा मोडें मलाइ आफ्नो प्रश्नको जबाफ चाहीएको थियो । कुराको पृष्ठभूमी रच्दै सोधें कती टाइमको लागी ? उत्तर फर्काइ हाल्यो ”होल नाइट , म सगं मेरो तिन जना साथी पनि हुन्छन् ।” ओहो सुनेरै झसंग भए म । मलाइ मेरो अगी भेट्ने भनेको साथीको याद आयो । कुरा टुङगाउन तर्फ लागँे म । सोधँ,े तपाइलाई किन म तपाइ सगं जान्छु जस्तो लाग्यो ? उसले मेरो कुरा बुझेन । भन्यो ”अरे रेट त भन पहिला, मिलाएर हामी दिइ हाल्छौ ।” अब भने मैले मेरो परिचय दिन आवश्यक सम्झें । आफु पत्रकार भएको खुलाउँदै फेरी सोधँे किन म तपाइ सँग जान्छु जस्तो लाग्यो तपाइलाइ । अब भने उ अली हड्बडाउदै भन्यो ”सबैजना यहाँ यस्तै को लागी त उभिन्छ । यहाँ काम नहुनेत आफनो बाटो गैहाल्छनी , यहा मान्छेको मुख हेरेर थोडीन बस्छ ।” अब बल्ल मैले आफ्नो जबाफ पाँए ।
परिस्थिति हेर्दा लाग्यो कि त्यस क्षेत्रमा एकछीन अल्मल गर्नु नै मेरो गल्ती भएको रहेछ । ब्यागबाट फोन निकालँे साथीको ३ वटा मिस्डकल भइसकेको रहेछ । कल ब्याक गरँे, फोन रिसिभ नगरेकोमा आक्रोसीत भयो । जमलको मःमःलीसीयसमा आउन भन्यो पाँच मिनेटमा पुग्ने आश्वासन दिदै रोडक्रश गरी घण्टाघर हुँदै जमलको तर्फ लाग्दै थिए । फेरी अगीको सुटेड बुटेड अधबैसें मान्छेले रोकीहाल्यो । अघि त्यो केटा संग कुरा गरेको देखेको रैछ । उता कुरा नमीलेको भए रातको पन्ध्र हजार सम्ममा मिलाइ दिन सक्छु भन्यो । म केही नबोली आफ्नो बाटो लागँे । त्यहाँ मैले बोली रहनु केही आवश्यक नै थिएन ।
दैनिक हजारौँले वार पार गर्ने पुल सबैको नजरकै सामु त्यसरी दुषित भैरहेको थियो । यस बारे कतिलाई जानकारी छैन होला वा जानेरै पनि कतिले वेवास्ता गरिरहेका होलान् । मेरो मनस्पटलमा त्यो क्षण यसरी कैद भयो कि शायदै मैले ति स्थानहरुलाई अब सामान्य नजरबाट मात्रै हेर्न सकुँ !
प्रतिक्रिया दिनुहोस्