न्युज रुममा छिर्ने मलाई प्रमिशन थिएन । चाहना र मेरा रहरहरु सगरमाथा भन्दा पनि अग्ला बन्दै थिए । लाग्थ्यो म समाचार लेखेरै एक सक्षम पत्रकार बन्न सक्छु । तर खै किन हो शहरमा खोलिएका ठुला मिडिया हाउसहरुमा कस्तो पत्रकारिता हुने गर्छ मलाई कुनैमा पनि प्रमिशन थिएन । फेरि म त्यति धेरै मिडियाहरुमा पनि गएकी थिइन । र पनि, सानो पत्रिकामा काम गरेको मेरो अनुभवले ठुला मिडियामा अलि फरक अनुभव गर्थे आंफै भित्र ।
अनेक बाहाना बनाएर म मिडिया हाउस भित्र छिर्ने गर्थे कपी र कलम समाएर मात्र हैन समाचार लेखेर र जनताका समस्यालाई अक्षरको माध्यमबाट प्रष्ट पारेरै म पत्रकार बन्न चाहान्थेँ र पनि मेरो चाहाना पुरा भएको थिएन । मेरै घर नजिक बस्ने सम्पादकलाई चिनेको भएर पनि लाग्थ्यो मैले सजिलै मिडियामा छिर्न पांउछु तर त्यो गलत थियो । घरमा जस्तो मिजास र रसिला अफिसमा थिएनन सम्पादक । खै किन हो अफिसमा उनी असाध्यै कडा रुपमा प्रस्तुत हुन्थे । मलाई अचम्म लाग्थ्यो, सोच्थे ठूलो हुंदो रैछ सम्पादक । अनेक खाले समाचार आउछन न्युजरुम भित्र यो मैले पनि बुझेकी थिए । तर मेरो समाचार जसरी लेखे पनि उनले रिजेक्टनै गर्थे । एकदिन अफिसको कर्नरमा बसेर देशको चुनावी माहोल सम्बन्धि समाचार लेखे ।
सम्पादकलाई देखाए उनले ओठ टोके लाग्यो आज पनि मेरो समाचार उनलाई मन परेन । सांच्चै उनी पत्रकारितामा राम्रो दख्खल राख्ने मान्छे हुन तर म पनि त उनकोमा जागिरको लागि गएको कोरा मान्छे मात्र त हैन । तर खै किनहो घर वरीपरी भेटहुंदा नरम देखिने सम्पादक अफिसमा ओखरको बोक्रा भन्दा कडा थिए । उनी मातहतमा धेरै सहकर्मीहरु काम गरिरहेका पनि थिए । तर मलाई ?? तर मलाई र मेरो समाचारलाई धेरै पटक सुधार्ने जवाफ मात्र दिए उनले ।
एकदिन म्यानेजमेन्टका मान्छेसंग मेरो भेट भयो, नमस्कार भनेर उनीसंग आफ्नो चाहानालाई अगाडि राखें । उनले भने सम्पादकलाई भेटेर कुरागर्नुन म भनिराख्छु । अव म कन्र्फम थिए मेरो समाचार र मेरो जागिर अव न्युज रुममै पक्का हुन्छ । र पनि त्यहि सम्पादकलाई भेट्न परेकोमा म अवाक पनि थिए । बारम्वार मेरो समाचारलाई रिजेक्ट गरेको सम्पादकले म्यानेजमेन्टको कुरा सुन्दा मात्र मलाई झनै कसरी हेर्ला ? मलाई अप्ठ्यारो महसुस भयो । कसरी अफिस गएर त्यो सम्पादकलाई भेट्ने ? मैले आज जसरी पनि उसको मन जित्नै पर्छ अनेक सोचें । देश चुनावी माहोलमा थियो । जनताहरु चुनाबी लहरमा निकै खुसी थिए । मकै पोल्ने माइली तामाड देखी पानीपुरी बेच्ने मनी गुरुडसम्मको बाइट लिएर मैले पनि एउटा रिपोर्ट नै तयार गरे । किनकी मैले सम्पादकको मन जित्नु थियो । सरासर सम्पादकको कोठामा गएर उनलाई नडराइकन भेट्ने चाहाना थियो ।
तर डराइ डराई उनको स्टेशन पुग्दा उनी बाहिरै रहेछन । मैले नमस्कार गरें उनले नमस्कार भने । तर खै किनहो म बोल्नै सकिन । एकैछिन अलमलिए पछि मैले रिपोट तयार पारेको र यो पटक मलाई न्युजरुमले बाहिर निकाल्नु नपर्ने कुरा उनलाई जानकारी गराए । उनी फिस्स हांसे । मान्छेहरु धेरैलाई न्यूज रुममा काम गर्ने चाहाना हुन्छ । कस्ले नराम्रो भन्छ आफुले आफुलाई । तर हरेक कुरामा पर्फेक्ट हुनुपर्छ । समाचार केहो ?? समाचार कसरी बनाउने ? समाचारले आम दर्शकलाई दिने सन्देश असर र प्रभावको समेत समान्य दख्खल नभएकाहरुले पनि न्युजरुममा काम गर्न पाएको देख्दा र काम गर्ने चाहाना राखेको देख्दा म चकित छु । उनले जिब्रो फड्कादै भन्न थाले मेरो मुख रातो भयो । हैन यो सम्पादक आफुलाई कति जान्नेबुझ्ने सम्झिन्छ हं । उभिदां उभिंदै आफैले आफैलाइ प्रश्न गर्दा सम्मादक न्युज रुममा छिरिसकेको थिए । म पछि पछि जान सकिन ।
एकै छिन पर्खेर निस्कनै थाल्दा भित्र कसैले यहां आउनुस रे भन्यो । मलाई लाग्यो आज यो सम्पादकले झनै धेरै कुरा गरेर पठाउाने भयो । म डराएर पनि नडराए जसरी उनको कोठामा छिरेर नमस्कार सर भने । उनले यहा बस्नुस भनेर कुर्ची देखाए । उनको टेवल अगाडिको कुर्चीमा बस्दासम्म मलाई खै किन हो पटक्कै डर लागेन । सोचें म पनि त लेख्न सक्छु ,समाचार बनाउन सक्छु ,रिपोट तयार गर्न सक्छु । प्रत्यक बेलुका तिनै सम्पादकले सम्पादन गरेका समाचारहरु पनि पढ्ने गर्छु । आफुलाई महान ठान्ने उनको समाचार देखेर आफैलाई अचम्म लाग्छ । हैन यो सम्पादकको भन्दा त लेख्ने शैली मेरै राम्रो छ ।
आफुलाई त्यो सम्पादक भन्दा राम्रो दख्खल भएको देख्दा झोला खोलेर आफ्ना रिपोट र समाचारहरु हेर्छु अनि सोच्छु हैन केही फरकनै छैन फेरी यो सम्पादकले आजसम्म पनि मलाई उसको ज्युज रुममा छिर्न समेत दिंदैन किन?? आफैले आफैलाई प्रश्न गर्दा सम्पादकले भन्यो हैन के सोच्नु भा ल भन्नुस के तंपाइलाई न्युजरुममा काम गर्न सक्छु भन्ने लाग्छ ?उसका प्रश्न सोधाइले लाग्थ्यो आज उस्ले अन्तिम दिनको घोषणा गर्छ र अव आफ्नो न्युज रुम त के उसको स्टेशनको गेट भित्र पनि नपस्ने कुरा गर्छ । मैले नडराइकन किन नसक्ने सर म सक्छु भनें । गिलांसको पानी घुटुक्क पार्दै उ हाँस्न थाल्यो ।
लाग्यो यो सम्पादक साइको छ । किनकी हाँस्नु पर्ने कुनै कुरै थिएन । पत्रकार बन्नको लागि कपी र कलम समाएर मात्र हैन दुइचार ओटा समाचार र रिपोटै लेखेर सम्पादकको कोठामा पुगेकी मलाई अचम्म लाग्यो उस्को त्यो हाँसोले । सर किन ? सोधें उ हाँसीनै र¥यो । समाचार , लेखन, अक्षर मिलाएर शब्द बनाउने कला धेरैसंग कहां हुन्छ र ,र पनि , आज शहरमा कलम समाएर छरिएका छन् मान्छेहरु आफुलाई पत्रकार ठान्दै । अनि रिस आवेग र आफ्ना कुन्ठाहरु प्रहार गरिरहेका छन के ति पत्रकार हुन ? के पत्रकार हुन लायक छन ? आफुलाई रिस उठ्यो भनेर अरुलाई जथाभावी लेख्ने पत्रकार हुन सक्छन ? अनेकसंग अनेक कुरा गर्ने अनि नमिले पछि बिरोध गर्ने ? साना साना कुरामा बार्गेनिड. गर्ने समाचार बनाउने के समाचार यही हो ? यस्तै हुन्छन पत्रकाार ? एक गिलास रक्सी दुइचार सय पैसामा बिक्ने के यही हो पत्रकारिता पत्रकारिताका सिद्धान्तलाई पालना गर्न नसक्नेहरु पत्रकार हुन सक्दैनन । प्रेस प्रेस स्वतन्त्रता र मर्यादित पेशाका कुरा गर्नेहरुले पहिले आफुलाई अनुशासित र मर्यादित बनाउन जरुरी छ की छैन ?
सम्पादक आज पक्कै पनि तनाबमा थियो । उस्ले मलाई सुनाउंदै र सिकांउदै पनि गयो । पत्रकारिताका इथिक्सका कुरा नियमका कुरा । असाध्यै इमानका कुरा गरेर उस्ले लगातार शब्द प्रहार गर्दै गयो । लाग्यो ,मलाई सम्पादकले गलत रुपमा सोच्यो । आजको पत्रकारितालाई हेर्दा पुरा रुपमा म पनि त सन्तुष्ट थिइन । कलम र कापी समाएर सामान्य रुपमा अक्षर मिलाउंदैमा कहां पत्रकार बन्न सकिन्छ ? यो त मैले पनि सोचेको कुरा थियो । पत्रकार र पत्रकारिताका केही नियम र सिद्धान्तहरु जाने पनि आजको पत्रकारिता सम्पादकले भने भन्दा फरकत थिएन र छैननै तर सबै यैटै हुन्छ भनेर सोच्नु पनित गलत हो ।
मेरो सच्चा चाहाना कलमबाट शब्द बनाएर जनतालाई सुशुचित गर्ने थियो तर सम्पादकले आम अर्थ लगायो । हुनत सम्पादकले जे भन्यो त्यो एकदम ठिक थियो तर उस्ले मलाई नै किन भन्यो ?? किन यति धेरै कुरा सुनायो । मत न्युजरुमबाट आफ्ना समाचारहरुले आम दर्शकलाई सत्य तथ्य समाचार दिन आतुर थिएं । कर्णालीको भोकमरी देखी ढोरपाटनको समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्नेमा शब्द बनाउन लालायित थिएं । सत्य तथ्य समाचार लेखेर नयां र फरकपनको बाटो दिंदै आजको भ्रष्ट समाजलाई पारदर्शी बनाउन मेरो पत्रकारिता जरुरी थियो । म सम्पाद र म्यानेजमेन्टलाई हैन आम दुख पाएका जनताहरुको समचार लेखेर दर्शकहरुलाई खुशी बनाउंछु भन्नेमा थिंए तर उ ?? सुन्नुभएन उ अलि चर्को स्वरमा करायो ।
सुने, मैले टाउको हल्लाएं । म बोल्न सक्ने अवस्थामै थिइन । किनकी मेरो मनले ठानिसकेको थियो आज मेरो यो स्टेशन भित्र उ लाई भेट्न आउने पनि अन्तिम दिन हो । यहां अव कुनै पनि हालतमा म आउनु हुंदैन किनकी यो साईकोका यति धेरै कुरा सुनेर म सांच्चै वाक्कनै थिंए । कतिनै दुनिया बदल्छु भनेर ठुलो हुन्छ सम्पादक , इथिक्सका कुरा गर्छ , नियमका कुरा गर्छ , आफुले के जानेको होला ? मैले उसलाई कम आंके, र पनि उसका कुराले मेरो मन छोएको थियो । हैन म फरक हुं तपाईले जे भन्नु भयो त्यो सांचो हो तर म त्यो गर्न हैन सुन्न पनि चाहदिन मैले भन्न सकिन । उसका कुरा सुनेर पसिना पसिना भैसकेकी मैले बिनम्र रुपमा सोधें के गरौं त म जाउ सर । मेरा न्युज र रिपोट पहिल्यै हेरिसकेको सम्पादकले कठोर रुपमै भन्यो भोलीबाट न्युजरुममा तपाईलाई स्वागत छ । सांच्चै सम्पादक भन्दा पनि उसको स्वभाव अनौठो लाग्यो , उसको सोच र मान्यताहरुले पत्रकारितामा एउटा नयां आयाम ल्याउन पहल गर्नेछ उ साच्चैँ सक्षम थियो अनि चुस्त दुरुस्त रुपमा आफुले काम गर्ने संस्थालाई राख्न चाहान्थ्यो मलाई उस्का हरेक कुराहरु अचम्म लागे । एउट निष्ठाबान सम्पादकसंग काम गर्ने अवसर पाएकोमा मैले आंफुलाई निकै भाग्यमानी सम्झें । सम्पादकलाई धन्यबाद पनि भन्न बिर्सेर पाकिङ्गमा पुग्दा बल्ल थाहा भयो आज प्रेस स्वतन्त्रता दिवश रै छ ।
प्रतिक्रिया दिनुहोस्