ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई किराँती मातृभाषा जनगणनामा थप्न सुझाव


admin
२० बैशाख २०७५, बिहिबार   ६ : ४२   बजे

काठमाडौँ, २० वैशाख । याक्खा भाषाको वर्ण निर्धारण गर्न धनकुटा जाँदा जनगणनामा उल्लेख नभएका तर धनकुटामा बोलिने दुई मातृभाषा (मुगाली र मारेक याक्खा) फेला परेका छन् ।

धनकुटा मारेकमा बोलिने ‘मारेक याक्खा’ भन्न सकिने बेग्लै किराँती भाषा प्रमाणित भएको भाषाविद् प्रा डा माधवप्रसाद पोखरेलले बताउनुभयो । समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्सले ‘लुम्बा याक्खा’ भन्ने छुट्टै मातृभाषा धनकुटाको मारेक कटहरेमा बोलिन्छ भन्ने सूचना इ २०१२ भन्दा अगाडिसम्म दिए पनि त्यस संस्थाले प्रकाशन गर्ने विश्वभरका झण्डै सात हजार मातृभाषाको लगत दिने ‘एथ्नोलग’ भन्ने ग्रन्थको इ २०१२ को संस्करणपछि हटाइयो । यसरी धनकुटा र सङ्खुवासभामा बोलिने मातृभाषा याक्खा एथ्नोलगको लगतमा रह्यो तर मारेक कटहरेमा बोलिने ‘लुम्बा याक्खा’ को उल्लेख र अस्तित्व भने हराएको थियो ।

जनगणनामा उल्लिखित मुगुको ‘मुगाली’ बाहेक त्यही नामको अर्को किराँती भाषा फेला परेको प्रा डा पोखरेलले बताउनुभयो । उहाँका अनुसार धनकुटाको मुगामा बोलिने ‘मुगाली’ लाई छुट्टै मातृभाषाको उल्लेख अहिलेसम्म कतै कसैले गरेको छैन । मुगाकै फाङ्दुवामा बोलिने किराँती भाषा फाङ्दुवालीको भने जनगणनामा उल्लेख छ । “राष्ट्रिय जनगणनामा ‘मुगाली’ भन्ने मातृभाषाको नाम त छ तर त्यो मातृभाषा धनकुटा मुगाको नभएर मुगुको एउटा भोटात्मक भाषा हो, धनकुटाको किराँती भाषा होइन”, भाषाविद् प्रा डा पोखरेल बताउनुहुन्छ ।

धनकुटा र सङ्खुवासभाका याक्खा भाषा बोल्ने मातृभाषीसँगको अन्तरक्रियामा ११ वर्ष अगाडि रामजी कोङ«ेनको शब्दकोष बनाउने क्रममा एक वक्ताको बोलीका आधारमा डा पोखरेलले गरेको वर्ण निर्धारणमा जति वर्ण प्रमाणित भएका थिए, गाउँ गाउँका बेग्लाबेग्लै मातृभाषीसँगको अन्तरक्रियामा याक्खा भाषाको वर्णमालामा सात वर्ण थपिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group