ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदर्शन भयो, वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’


admin
२१ बैशाख २०७५, शुक्रबार   १ : ५६   बजे
काठमाडौं– आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’ को प्रिमियर सो भएको छ । बुधबार (२०७५ वैशाख १९ गते) राष्ट्रगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित सामुदायिक भवनमा प्रदर्शन गरिएको हो ।  वाम्बुले भाषा राष्ट्रगानका रचयिता व्याकुल माइलाको मातृभाषा पनि हो ।
यो चलचित्र वाम्बुले राईहरुको महान् चाड ‘ढ्वाङकुम’ र मुन्धुमको सेरोफेरोलाई लिएर निर्माण गरिएको हो । ‘ढ्वाङ्कुम वाम्बुले राईहरुको महान् चाड हो,’ चलचित्रका निर्देशक शन्तकुमार राईले भन्नुभयो, ‘ढ्वाङ्कुम वाम्बुले राई यूवाहरुले वाम्बुले पहिचान भाषा र संस्कृतिको प्रवद्र्धन र जगेर्नाको लागि बनाएको चलचित्र हो ।’ मूलथलो गाउँघर छाडेर उच्च अध्ययनका क्रममा सहर पसेका युवाले आफ्नो मातृभाषा, संस्कृति र रीतिरिवाजप्रति देखाएको चासोलाई लिएर चलचित्रको कथावस्तु उनिएको छ । ती युवा आफ्नोपनको जगेर्ना गर्न जुटेका युवालाई सबैको साथ सहयोग लिन सफल हुन्छन् ।
चलचित्रको मुख्य नायक रोशनको भूमिकामा निर्देशक शन्तकुमार स्वयं छन् भने नायिका रिम्साको भूमिकामा चाँदनी राईले निभाएी छिन् । त्यस्तै, द्वन्द्व नायक सुरिमको भूमिका रेन्जाप्रसाद राईको रहेको छ । चलचित्रका निर्माता बिआएएस रहेका छन् भने सहनिर्मातामा लीलाराज राई छन् ।
‘यो ढ्वाङ्कुम चलचित्रलाई अन्य मुलधारको चलचित्रसंग दाजेर हेर्न हुन्न,’ कथालेखक तथा निर्माता सदस्य विकास राई भन्नुहुन्छ, ‘यसलाई विशुद्ध वाम्बुले संस्कारभित्र रहेर हेरिदिनु भएमा धेरै कुरा पाउन सकिने छ ।’ वाम्बुले राईहरुको उद्गम थलो ओखलढुंगाको उँबु गाउँ सेरोफेरो तथा जनजीवनलाई लिएर निर्माण गरिएको चलचित्र लगभग एक घण्टाको रहेको छ ।
चलचित्र हेरिसकेपछि राष्ट्रगानका रचयिता व्याकुल माइलाले वाम्बुले मातृभाषाको आयु बढाएको टिप्पणी गर्नुभयो । ‘तीन दशकदेखि लेख्य रुपमा अघि बढेको वाम्बुले भाषामा चलचित्र निर्माण हुनु ज्यादै सराहनीय पक्ष हो,’ माइलाले भन्नुभयो, ‘यो काममा युवा पुस्ताले गर्नु भएकोले हाम्रो भाषा, मुन्धुम, संस्कृति, परम्परा अझ सशक्त ढंगले अघि बढ्ने विश्वास लिएको छु ।’
वाम्बुले भाषाका कोशकार अविनाथ राईले ‘ढ्वाङकुम’ चलचित्र आफ्नो जीवनकहानी जस्तै लागेको बताउनु भयो । त्यसैगरी वाम्बुले राई समाजका महासचिव जीवन हाताचोले मातृभाषाको संरक्षण अभियानमा नयाँ आयाम थपिएको र युवा भाषाशास्त्री डा. तारामणि राईले वाम्बुले भाषा जिवित रहेको प्रमाण विश्व समुदायमाझ चलचित्रमार्फत् उजागर भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group